Author: महेन्द्रनगर पोष्ट

काठमाडौं : अविरल वर्षापछि आएको पहिरोले गुल्मी, बागलुङ र कास्कीमा गरी शनिबार मात्र ९ जनाको मृत्यु भएको छ ।  अविरल वर्षापछि आएको पहिरोले घर पुरिँदा गुल्मीमा एकै परिवारका पाँच जनाको मृत्यु भएको छ ।  मालिका गाउँपालिका–६ अर्जेको कँडेलपाटामा भेषबहादुर विकको घर गए राति पहिरोले पुरिएको हो ।  जिल्ला  प्रहरी कार्यालय  गुल्मीका डीएसपी  शंकर पोखरेलका  अनुसार मृत्यु हुनेमा भेष बहादुर विक, उनकी श्रीमती सुन्तली विक, बुहारी सिता बिक, नातिनी सपना विक र  बिपना विक रहेका छन् । उता बागलुङमा गएराति गएको पहिरोले घर पुरिँदा दुई जनाको मृत्यु भएको छ, भने दुई जना घाइते भएका छन् । गलकोट नगरपालिका–८ काँडेबाँस बिसौनीका ५५…

Read More

काठमाडौं : नक्कली भुटानी शरणार्थी प्रकरणमा फरार सूचीमा रहेका बेचन झा पक्राउ परेका छन् । फरार सूचीमा रहेका उनलाई गएराति कञ्चनपुरबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ । सोही प्रकरणमा शुक्रबार नै प्रहरीले पूर्वगृहमन्त्री रामबहादुर थापा बादलका छोरा प्रतीक थापालाई पक्राउ गरेको थियो। उनी पनि  नक्कली भुटानी शरणार्थी प्रकरणमा फरार थिए । उनलाई प्रहरीले काठमाडौंको बौद्धबाट पक्राउ गरेको हो ।

Read More

धनगढी: डडेल्धुरामा सब-ओभरसियरसमेत रहेका एकजनाले आफ्नै घाटीमा चक्कुले रेटेका छन्। हिजो (शुक्रबार) डडेल्धुराको अमरगढी नगरपालिका-५ का ४५ वर्षीय डम्मरबहादुर भट्ट (सन्तोष)ले आफ्नै घाँटीमा चक्कुले रेटेका हुन्। जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रमुख (डीएसपी) दीपक कार्कीले घाँटी रेटिएको अवस्थामा डम्बरबहादुर घर नजिकैको जंगलमा फेला परेको महेन्द्रनगरपोष्टलाई जानकारी दिए। उनका अनुसार डम्बरबहादुर हिजो बेलुकादेखि हराएकोमा आज बिहान घर नजिकैको जंगलमा घाँटी काटेको अवस्थामा फेला परेका थिए। यस्तै टनास्थलमा चक्कु पनि फेला परेको छ। हिजो बेलुका ६ बजेदेखि हराएका उनी खोजतलासका क्रममा बिहान फेला परेका थिए। त्यसपछि उनलाई जिल्ला अस्पतालमा लगिएकोमा अहिले धनगढी रेफर गरिएको छ। धनगढीमा पनि अहिले उपचार सम्भव नहुने देखिएपछि काठमाडौं…

Read More

धनगढी: बैतडीको सुर्नया गाउँपालिकाकी उपाध्यक्ष मञ्जु महरा बोहरालाई धम्की दिइएको छ। बोहराले अस्ति मध्यरातमा आफूलाई ज्यान मार्ने धम्की आएको महेन्द्रनगरपोष्टलाई बताइन्। उनका अनुसार गाउँपालिकामै कार्यरत कर्मचारीले उनी बस्ने कोठाबाहिर आएर ज्यान मार्ने धम्की दिएका हुन्। उनले राति मदिरा पिएर जनप्रतिनिधिकै कोठामा आएर कर्मचारीले धम्की दिँदा आफू असुरक्षित भएको र प्रशासनलाई जानकारी गराएको उनको भनाई छ। यस्तै तीनै धम्की दिने कर्मचारीको टोलीले बिहीबार राति सुरुमा गाउँपालिकाको पशु स्वास्थ्य प्राविधिक उपेन्द्र कुमार शाहलाई पनि धम्की दिएको उनले बताइन्। धम्की दिनेवाला भने पालिकाको रोजगार शाखामा कार्यरत सब इन्जिनियर लोकबहादुर विष्ट हुन्। शाहले आफूलाई १२ बजे राति कोठामा आएर मार्ने धम्की दिएको र त्यसपछि…

Read More

काठमाडौँ : जारी टी- २० विश्वकपको फाइनल खेल आज हुदै छ । फाइनलमा उपाधिका लागि भारत र दक्षिण अफ्रिकाबीच भिडन्त हुदै छ । बरबाडोसमा हुने फाइनल नेपाली समय अनुसार राति ८: १५ बजेदेखि शुरु हुने छ । सेमिफाइनलमा भारतले इङल्याण्ड र दक्षिण अफ्रिकाले अफगानिस्तानलाई पराजित गर्दै फाइनलमा पुगेका हुन् । भारत २०१४ पछि पहिलो पटक टी-२० विश्वकपको फाइनलमा पुगेको छ । भारतले २००७ को टी- २० विश्वकपको पहिलो संस्करण जितेपछि अहिलेसम्म विश्वकप जित्न सकेको छैन । २०१४ मा उपविजेता बनेको भारत पछिल्लो विश्वकपमा सेमिफाइनलबाट बाहिरिएको थियो । त्यस्तै दक्षिण अफ्रिका भने पहिलो पटक विश्वकपको फाइनलमा पुगेको हो । दक्षिण अफ्रिका…

Read More

काठमाडौँ: प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जनताको जीवनशैली र जनजीविकासँग जोडिएको धान बालीको आर्थिक, सामाजिक र सांस्कृतिक महत्त्व रहेको उल्लेख गरेका छन्। ’जलवायुमैत्री कृषि, धान उत्पादनमा वृद्धि’ भन्ने नाराका साथ मनाउन लागिएको २१औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव, २०८१ का अवसरमा शुभकामना व्यक्त गर्दै उनले नेपालको संविधानले खाद्य सम्बन्धी हकलाई मौलिक हकको रूपमा सुनिश्चित गरेको स्मरण गरे।  ’नेपालको संविधानले खाद्य सम्बन्धी हकलाई मौलिक हकको रूपमा सुनिश्चित गरेको र यसको कार्यान्वयनका लागि नेपाल सरकारले खाद्य अधिकार तथा खाद्य सम्प्रभुता सम्बन्धी ऐन, २०७५ समेत जारी गरेको छ। उक्त ऐनमार्फत नागरिकको खाद्य अधिकार, खाद्य सुरक्षा र खाद्य सम्प्रभुतालाई कानुनी अधिकारको रूपमा स्थापित गरिएको…

Read More

काठमाडौं : आज असार १५ गते, राष्ट्रिय धान दिवस मनाइँदै छ । सरकारले धान दिवस धुमधामसँग धान दिवस मनाउने तयारी गरिरहँदा अहिलेसम्म ९.८ प्रतिशत मात्र रोपाइँ भएको छ। कृषि विभागका अनुसार सबभन्दा बढी सुदूरपश्चिम प्रदेशमा २५ प्रतिशत र सबभन्दा कम मधेश प्रदेशमा २.९ प्रतिशत मात्र रोपाइँ भएको छ। यो वर्ष १३ लाख ९८ हजार ८३६ क्षेत्रफलमा धान रोपाइँ हुने अनुमान विभागले गरेको छ। त्यसमध्ये हालसम्म एक लाख ३६ हजार ४११ क्षेत्रफलमा मात्र रोपाइँ भएको छ। सरकारले यो वर्ष ‘जलवायुमैत्री कृषि, धान उत्पादनमा वृद्धि’ नाराका २१ औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव मनाउन लागेको छ। कृषिको परनिर्भरता कम गर्न र…

Read More

काठमाडौं : बागलुङको गलकोट नगरपालिका–८ काँडेबाँसको बिसौनामा वृद्ध दम्पती घरसहित पहिरोमा पुरिएका छन् । बिसौनाका ५५ वर्षीय प्रेम विक र उनकी श्रीमती ५० वर्षीया वसन्ती गए राति पहिरोमा पुरिएका जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक ऋषिराम कँडेलले जानकारी दिए । अहिले घटनास्थलमा प्रहरी टोली पठाइएको छ ।

Read More

गुल्मी : गुल्मीमा गए राति परेको वर्षाका कारण पहिरोले घर पुरिँदा एकै परिवारका तीन जनाको मृत्यु भएको छ । दुई जना बेपत्ता भएका छन् ।  मालिका गाउँपालिका–६ अर्जेको कँडेलपाटामा भेषबहादुर विकको घर गए राति पहिरोले पुरिएको हो । जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी उपरीक्षक राजन भुजेलका अनुसार ५६ वर्षीय भेषबहादुर विक, उनकी श्रीमती ४७ वर्षीया सुन्तली, बुहारी ३० वर्षीया सीता तथा दुई नातिनी सात वर्षीया सपना र दुई वर्षीया विपना पहिरोमा पुरिएका हुन् । 

Read More

धनगढी : भारतले धौलीगंगा बाध खोल्न लागेको भन्दै जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले सतर्क रहन आग्रह गरेको छ । भोलि (१५ गते) बाधको सिल्ट सफाइ गर्ने र सोही समयमा बाध खोलिने जानकारी प्राप्त भएको प्रशासनले जनाएको छ । उक्त समयमा महाकालीको जलस्तरमा बृद्धि हुने सम्भावना भएकोले नदीको तटिय क्षेत्रका बासिन्दालाई सावधान रहनु आग्रह गरेको हो । सर्वसाधारणलाई आवश्यक तयारी र सावधानी अपनाउन तथा सुरक्षा व्यवस्था मिलाउन जिल्ला प्रशासन कार्यालयको अनुरोध छ। सूचनामा कोहि दिन विद्युत आपूर्तिसमेत प्रभावित हुनसक्ने बताइएको छ ।

Read More