Author: महेन्द्रनगर पोष्ट

काठमाडौँ : भारत भ्रमणमा रहेकी परराष्ट्रमन्त्री आरजु राणा देउवा र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच भेटवार्ता हुने भएको छ। परराष्ट्र मन्त्रालय स्रोतका अनुसार, सोमबार साँझ साढे ७ बजे उनीहरूबीच भेटवार्ता हुने तय भएको हो। नयाँ दिल्लीस्थित हैदरावाद हाउसमा भेटवार्ता तय भएको परराष्ट्र मन्त्रालयका एक सदस्यले नेपालखबरलाई जानकारी दिए। मन्त्री राणाले प्रधानमन्त्री केपी शर्मा ओलीका तर्फबाट भारतीय समकक्षी नरेन्द्र मोदीलाई नेपाल भ्रमणको औपचारिक निम्तो हस्तान्तरण गर्नेछिन्। भारतीय विदेशमन्त्री डा एस जयशंकरसँग मन्त्री राणाको सोमबार नै भेटवार्ता हुने बताइएको छ। परराष्ट्रमन्त्री राणा भारतीय समकक्षी एस जयशंकरको निमन्त्रणामा आइतबार (भदौ २ गते) नयाँदिल्ली प्रस्थान गरेकी हुन्। भदौ ६ गते उनी स्वदेश फर्किने कार्यक्रम छ।

Read More

धनगढी : आर्टिफिसियल इन्टेलिजेन्स (एआई) प्रविधिको दुरुपयोग गरी विशिष्ट व्यक्तिहरुको चरित्र हत्या गरेको आरोपमा एक युवक पक्राउ परेका छन् । बाजुराको खप्तड छेडेदह गाउँपालिका–५, का २२ वर्षीय रमेशबहादुर रावत समातिएका हुन्। उनलाई अस्ति सिन्धुपाल्चोकबाट नियन्त्रणमा लिएको प्रहरीको साइबर ब्यूरोले जनाएको छ। रावतउपर विद्युतीय (इलेक्ट्रोनिक) कारोबार ऐन, २०६३ अन्तर्गतको कसुरमा मुद्दा दर्ता गरी जिल्ला अदालत काठमाडौंबाट पाँच दिनको म्याद थप अनुमति लिएर आवश्यक अनुसन्धान गरिरहेको ब्यूरोले जानकारी दिएको छ। उनले काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह र उपमेयर सुनिता डंगोललाई जोडेर एआइ भिडिओ बनाई सामाजिक सञ्जालमा पोष्ट गरेका थिए। आफ्नो फेक फोटो र भिडियो बनाएर चरित्रहत्या गरेको भन्दै सुनिताले गत बुधबार प्रहरीमा…

Read More

धनगढी: दार्चुलाको शैल्यशिखरका २ जना कर्मचारीविरुद्ध मुद्दा दर्ता भएको छ। घुससहित समातिएका दार्चुलाको शैल्यशिखर नगरपालिकाका कृषि प्राविधिक अधिकृत मोहनसिंह धामीसहित दुई जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको हो। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले धामीसहित कृषि नायव प्राविधिक सहायक अशोकसिंह धामीविरुद्ध पनि मुद्दा अघि बढाएको जनाएको छ। आयोगको कञ्चनपुर कार्यालयबाट खटिएको टोलीले गत असार ३१ गते उनीहरुलाई चार लाख १२ हजार रुपैयाँ घुससहित नियन्त्रणमा लिएको थियो। त्यस्तै, अशोकको नाममा लेखिएको साढे दुई लाखको दुईवटा चेक पनि अख्तियारले बरामद गरेको थियो। अनुसन्धानको क्रममा कृषि सामग्री खरिदबापत भुक्तानी गर्नुपर्ने रकमको चेक उनीहरुले कृषक समूहबाट संकलन गरी आफूसँग राखेर भुक्तानी गर्नका लागि सेवाग्राहीबाट घुस मागेको पुष्टि…

Read More

काठमाडौँ : घरेलु मैदानमा सुरु साफ यू–२० च्याम्पियसिपमा नेपालले विजयी सुरुवात गरेको छ। ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्स मैदानमा आइतबार भएको उद्घाटन खेलमा नेपालले श्रीलंकालाई १–० गोल अन्तरले पराजित गर्दै च्याम्पियनसिपमा विजयी सुरुवात गरेको हो। पहिलो हाफमा निराजन धामीले गरेको गोल नै नेपालका लागि निर्णायक बन्यो। खेलको २४ औँ मिनेटमा निराजन धामीको गोलमा नेपाली युवा टोलीले सुरुवाती अग्रता बनाएको हो। श्रीलंकाका गोलरक्षकसहित ७ खेलाडीलाई विट गर्दै गरेको निराजनको शसक्त प्रहारले पोष्टको जाली चुमेको थियो। त्यसपछि खेलमा थप गोल हुन नसक्दा नेपालले जित हात पारेको हो। खेलको दोस्रो हाफमा नेपालले अग्रता बनाउने मौका पाएपनि त्यसलाई सदुपयोग गर्न नसक्दा अग्रता फराकिलो पार्ने मौका…

Read More

धनगढीः एकीकृत फोहोरमैला व्यवस्थापन केन्द्रका लागि भीमदत्त नगरपालिकामा जग्गा प्राप्तिमा देखिएको अवरोधले काम ठप्प छ। केन्द्रका लागि खोजिएको जग्गामा स्थानीय बासिन्दाको अवरोध हुन थालेपछि नगरपलिकाले जग्गाको टुङ्गो लगाउन नसक्दा काम ठप्प बन्न पुगेको हो। नगरपालिकाले एसियाली विकास बैंकको सहुलियतपूर्ण ऋण सहयोगमा सञ्चालित क्षेत्रीय सहरी विकास योजनाअन्तर्गत ६० करोडको फोहरमैला व्यवस्थापन केन्द्र निर्माणको योजना अघि सारेको थियो। तर जग्गा नै नपाइएपछि बाँकी काम ठप्प हुन पुगेको भीमदत्त नगरपालिकाका नगर प्रमुख पदम बोगटीले बताए। योजना निर्माणका लागि छनोट गरिएका स्थानमा अवरोध हुँदै आएपछि फोहरमैला व्यवस्थापन केन्द्र निर्माण अनिश्चित हुन पुगेको उनले बताए। एसियाली विकास बैंकको तीन अर्ब ऋण सहयोगअन्र्तगतको यो परियोजनामा फोहरमैला…

Read More

धनगढी : नेपाल प्रहरीका प्राबिधिक प्रहरी निरीक्षक (इन्स्पेक्टर) निलम बहादुर भण्डारी अनिवार्य अवकाशमा गएका छन् । उनी ३० बर्षे सेवा अवधि पुरा गरी आइतबारबाट अनिवार्य अवकाशमा गएका हुन् । उनी २०५१ साल भदौ १ गते प्रहरीमा भर्ना भएका थिए । आइतबार सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीमा आयोजित एक कार्यक्रमकाबीच प्रहरी नायव महानिरीक्षक (डीआईजी) रबिन्द्र केसीले मायाको चिनोसहित इन्स्पेक्टर भण्डारीलाई बिदाइ गरेका छन् । सो अवसरमा सम्बोधन गर्दै डीआईजी केसीले निरन्तर रूपमा आफूलाई तोकिएको जिम्मेवारी कुशलतापूर्वक निर्वाह गर्दै ३० वर्ष लामो अवधिमा संगठनमा पुर्‍याएको योगदानको प्रशंसा गरे । साथै नागरिक जीवनमा पनि वर्दी विनाको प्रहरीको रूपमा समाजमा शान्ति, सुरक्षा र अमन…

Read More

धनगढी: धनगढीमा एक किशोरी मृत फेला परेकी छन्। आज (आइतबार) धनगढी उपमहानगरपालिका १ मा किशोरी मृत फेला परेकी हुन्। कञ्चनपुरको बेलौरी नगरपालिका घर भएर धनगढीमा भाडामा बस्दै आएकी १९ वर्षीया आस्था थापा मृत फेला परेको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार थापा आफू बस्ने कोठाको झ्यालको ग्रीलमा झुन्डिएको अवस्थामा फेला परेकी थिइन्। उनी शैलेश्वरी स्कुल अफ हेल्थ साइन्समा एचए प्रथप वर्षमा अध्यनरत थिइन्। निकटस्थ स्रोतका अनुसार प्रेम सम्बन्धमा थिइन्। अहिले प्रहरीले भने घटनाको थप अनुसन्धान गरिरहेको जनाएको छ।

Read More

कञ्चनपुर: नेकपा (एमाले) का पोलिटव्युरो सदस्य राजेन्द्र सिंह रावलले नेताहरुका बीचमा अविश्वास बढाएर द्धन्द्ध फैलाउन खोज्नेहरुसँग कार्यकर्ताले सर्तक हुनुपर्ने बताएका छन्। नेकपा (एमाले) बेल्डाँडी गाउँ कमिटीको प्रथम पूर्ण भेलालाई सम्बोधन गर्दै कार्यक्रमका प्रमुख अतिथि रावलले नेताहरुलाई आपसमा भिडाएर फाइदा लिन खोज्नेहरुलाई पछिल्ला गतिविधि मार्फत जवाफ दिइसकेको पनि बताए। ‘राजेन्द्र रावल र निरु पाललाई झगडिया देखाएर आफ्नो स्वार्थको रोटि सेक्न खोज्नेहरुलाई हामीले जवाफ दिइसकेका छौँ,’ उनले भने। पार्टीको जिल्ला र नगर अधिवेशनहरु सर्वसम्मत ढंगले गर्न सफल भएको उनले बताए। ‘कञ्चनपुरमा सर्वसम्मत सम्भव नै छैन भनेर जिस्काउथे,’ अर्का पोलिटव्युरो सदस्य तथा कञ्चनपुर जिल्ला इन्चार्ज निरु पालतर्फ हेर्दै रावलले भने, ‘हामीले जवाफ दियौं,…

Read More

धनगढी: कञ्चनपुरको महेन्द्रनगरस्थित होली फेमिली बोर्डिङ स्कुलका १४ जना विद्यार्थीको नतिजा रद्द गरिएको छ। गत शैक्षिकशत्रको परिक्षामा परीक्षा दिएका १४ जनाको नतिजा रद्द गरिएको छ। राष्ट्रिय परीक्षा बोर्डले १४ जनाको नतिजा रद्द गरिएको जनाएको छ। त्रुटिपूर्ण उत्तरपुस्तिका आएकाले नतिजा रद्द गरिएको बताइएको छ। स्रोतका अनुसार सो स्कुलबाट कक्षा १२ को परीक्षा दिएका १४ जना विद्यार्थीको अंग्रेजी, अर्थशास्त्र र लेखा विषयको उत्तरपुस्तिका हरेकमा एकै व्यक्तिले उत्तर लेखिदिएको फेला परेको थियो। सो क्रममा अक्षर भिडाउँदा ती विषयका उत्तरपुस्तिकामा अक्षर हुबहु फेला पारिएपछि ती सबै विद्यार्थीको नतिजा रद्द गरिएको बताइएको छ।

Read More

काठमाडौं: पराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले आजदेखि भारतको औपचारिक भ्रमण थाल्दैछिन्। समकक्षी डा. एस जयशंकरको निमन्त्रणामा राणा पाँच दिने भ्रमणमा जान लाग्नुभएको परराष्ट्र मन्त्रालयले जनाएको छ। उनी बिहिबार फर्कने तालिका छ। परराष्ट्र मन्त्रालयको विज्ञप्तिमा भने पाँच दिन दिल्ली बस्दा जम्माजम्मी एक जनासँग भेटवार्ता गर्ने उल्लेख छ। गत साता दुई दिने भ्रमणमा आएका भारतीय विदेश सचिव विक्रम मिस्रीले राष्ट्रपतिदेखि आफ्ना नेपाली समकक्षीसम्म गरेर झण्डै एक दर्जनसँग औपचारिक भेट गरेका थिए। एजेण्डाबिना काठमाडौं आएका भनिएका मिस्रीले विदेशमन्त्री जयशंकरको निम्तो मन्त्री राणालाई हस्तान्तरण गरेका थिए। प्रधानमन्त्री केपी शर्मा ओलीसँगको भेटमा उल्टै प्रधानमन्त्रीले उताका प्रधानमन्त्रीलाई नेपाल भ्रमणको निम्तो सुनाइदिन आग्रह गरेका थिए। मन्त्रालयका एक जना…

Read More