Author: महेन्द्रनगर पोष्ट

बैतडी – बैतडीको पुर्चौडी नगरपालिका-७ ऐरीगाउँ दलित टोलमा रहेको लटिनाथ आधारभूत विद्यालयको छानो उडाएको छ । बुधबाराति वर्षासँगै आएको हावाहुरीले उक्त विद्यालयको दुई कोठाको जस्तापाता उडाएको हो । अहिले विद्यालय बन्द भए पनि स्कुल खुल्ने बेला बर्षात हुने भएकाले बालबालिकाको पठनपाठनमा समस्या हुने स्थानिय पुरनसिंह ऐरले बताए । उक्त विद्यालयमा हाल कक्षा तीनसम्मको पढाइ हुन्छ भने करिब ६० जना विद्यार्थी छन् । छानो उडाउँदा जस्तापाताहरू छरिएका छन् । छरिएको सामग्री व्यवस्थापन नभए चोरी हुने सम्भावना पनि छ ।

Read More

काठमाडौं – निर्वाचन आयोगले निर्वाचनको काममा खटिन इन्कार गर्ने कर्मचारीलाई प्रचलित कानुन बमोजिम कडा कारबाही हुने जनाएको छ । बिहीबार आयोजित पत्रकार सम्मेलनमा आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले वैशाख ३० गते सम्पन्न हुने स्थानीय तह निर्वाचनका लागि मतदान अधिकृत, सहायक मतदान अधिकृत, सहायक कर्मचारी र मतगणना कर्मचारीलाई अति जरुरी मानवीय, संवेदनशील कारण परेको अवस्थामा बाहेक खटिएका कर्मचारीलाई फेरबदल नगर्न र उपयुक्त कारण परेको अवस्थामा बाहेक कुनै पनि कर्मचारीले निर्वाचनको काममा खटिन इन्कार गरेमा प्रचलित कानुन बमोजिम कडा कारबाही गर्न मुख्य निर्वाचन अधिकृत तथा निर्वाचन अधिकृतहरूलाई निर्देशन दिएको बताए। प्रवक्ता पौडेलले मतदान कार्यको लागि खटिएका सम्पूर्ण कर्मचारीहरूलाई अनिवार्य रूपमा आफू खटिएका…

Read More

काठमाडौं – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले हँसिया हतौडामा भोट नहाले देश दुर्घटनामा जान सक्ने बताएका छन् । चितवनमा बिहीबार आयोजित गठबन्धनको संयुक्त सभालाई सम्बोधन गर्दै उनले कांग्रेस चितवनका नेता तथा कार्यकर्तालाई हँसिया हतौडामा मत हाल्न आग्रह गर्दै सो कुरा बताएका हुन् । गठबन्धनबाट भरतपुर महानगर मेयरमा प्रचण्डकी छोरी रेणु दाहालले उम्मेदवारी दर्ता गरेकी छन् । उनको बागीको रुपमा कांग्रेसका जगन्नाथ पौडेलले स्वतन्त्र उम्मेदवारको रुपमा मनोनयन दर्ता गरेका छन् । कांग्रेस चितवनका नेता तथा कार्यकर्ताले रेणुलाई मत नदिने आशंका बढिरहेका बेला प्रचण्डले आफ्नी छोरीलाई भोट नदिए देश दुर्घटनामा जान सक्ने बताएका हुन् । रेणु दाहालको टिमलाई जिताएमा गठबन्धनलाई…

Read More

काठमाडौं – सर्वोच्च अदालतले प्रहरी महानिरीक्षक (आईजीपी) बढुवाविरुद्धको मुद्दामा अन्तरिम आदेश दिन अस्वीकार गरेको छ । सर्वोच्चले महानिरीक्षक (आईजीपी) नियुक्ति गर्ने सरकारको निर्णय कार्यान्वयनमा गइसकेकाले अन्तरिम आदेश दिन नपर्ने जनाएको छ । एआईजी विश्वराज पोखरेलले दायर गरेको रिटमा सुनुवाइ गर्दै न्यायाधीश सुष्मालता माथेमाको एकल इजलाससले यस्तो आदेश दिएको हो । पोखरेलले सोमबार दायर गरेको रिटमा बुधबार र बिहीबार दुईदिन सुनुवाई भएको थियो । ‘निवेदकले रोक्न माग गरेको निर्णय कार्यान्वयन भई विपक्षी धिरज प्रताप सिंहले काम सुरु समेत गरिसकेको भन्ने देखियो । निवेदकले उठाउनु भएको कानूनी प्रश्नका सम्बन्धमा पूर्ण सुनवाइका समयमा विवेचना भई न्यायिक निरोपण हुने नै हुँदा हाल निवेदकको माग…

Read More

काठमाडाैं – नेपालमा पछिल्लो २४ घण्टामा थप १७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। देशभर गरिएको २ हजार ३ सय ७६ पिसिआर परीक्षणका क्रममा १५ जना र १ हजार ४ सय ३५ एन्टीजेन परिक्षणका क्रममा २ जनामा कोरोना संक्रमण पुष्टि भएको हो। कोरोनाका कारण बिहीबार कसैको पनि मृत्यु नभएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। त्यस्तै १५ संक्रमित निको हुँदा हालसम्म नेपालमा ९ लाख ६६ हजार ७ सय ३० जना निको भएका छन्। हाल नेपालमा २ सय १७ सक्रिय संक्रमित आइशोलेशनमा रहेका छन्।

Read More

काठमाडौं – प्रहरी महानिरीक्षक (आईजीपी) बढुवाविरुद्ध सर्वोच्चले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ । अतिरिक्त प्रहरी महानिरीक्षक (एआईजी) विश्वराज पोखरेलले सर्वोच्च अदालतमा दिएको रिटमा आईजी नियुक्तिमा वरिष्ठता मिचेर आफूमाथि अन्याय गरेको भनी दायर गरेको रिटमा अन्तरिम आदेश दिन अस्वीकार गर्दै कारण देखाउ आदेश जारी गरेको हो । न्यायाधीश सुष्मलता माथेमाको एकल इजलासमा भएको बहसपछि अन्तरिम आदेश नदिइ कारण देखाउ आदेशमात्र जारी भएको छ । सर्वोच्चले मुद्दाको पूर्ण सुनुवाइका लागि आगामी जेठ १७ गते अर्को पेसी तोकेको छ । अदालतको यो आदेशसँगै नवनियुक्त आईजीपी धिरजप्रताप सिंहलाई काम गर्ने बाटो खुलेको छ ।

Read More

काठमाडौं – निर्वाचन आयुक्तलाई गालीगलौज र दुर्व्यवहार गरेको भन्दै निर्वाचन आयोगमा खटिएका नेपाल प्रहरीका एसपी फिर्ता लैजान आयोगले गृह मन्त्रालयलाई पत्राचार गरेको छ । ज्वाइन्ट इलेक्सन सेलमा कार्यरत एसपी दीपेन्द्र शाहीले निर्वाचन आयुक्त डा.जानकी तुलाधरलाई गालीगलौज गर्नुका साथै अभद्र व्यहार गरेको आयोगले जनाएको छ । ‘बुधबार अपरान्ह आयुक्तको गाडीमा एसपी सवारी गाडी ठोक्कियो । त्यसपछि एसपीले गालीगलौज गर्दै अभद्र व्यहार गर्नुभयो । आयुक्तमाथि अशोभनीय व्यवहार भयो,’ आयोग स्रोतले भन्यो, ‘यो घटना हुनासाथ तत्काल आयोगको बैठकले एसपीलाई फिर्ता पठाउने भनी गृह मन्त्रालयमा पत्राचार गर्ने निर्णय गरिसकेको छ ।’ निर्वाचन आयोगले घटनाको छानबिन गर्न समेत गृह मन्त्रालयमा पत्राचार गर्ने निर्णय गरेको छ…

Read More

चितवन – सत्तागठबन्धनले आजदेखि संयुक्त चुनावी सभाको आयोजना गरेको छ । गठबन्धनले चितवनको भरतपुरमहानगरमा पहिलो चुनावी सभाको आयोजना गर्दै देशभरका विभिन्न स्थानका लागि घोषित आमसभाको सुरुवात गरेको छ । सभामा सत्ता गठबन्धनका शीर्ष नेताहरु उपस्थित भएका छन् । सभामा कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल, एकीकृत समाजवादी अध्यक्ष माधवकुमार नेपाललगायतले सम्बोधन गर्ने कार्यक्रम रहेको छ । बिहीबार बिहान ११ बजेका लागि गर्ने भनिएको आमसभामा बुधबार राती परेको वर्षाका कारण अस्तव्यस्त भएपछि केही समयपछि सरेको थियो ।

Read More

चितवन — अगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा सत्तागठबन्धनबाट चितवन महानगरपालिकाका मेयर पदकी उम्मेदवार रहेकी रेनु दाहालले आफ्नो जित सुनिश्चित रहेको बताएकी छन् । गठबन्धनद्वारा आयोजित पहिलो संयुक्त चुनावी सभामा सम्बोधन गर्दै निवर्तमान नगरप्रमुख दाहालले आफूले विगत ५ वर्षमा गरेका कामको फेहरिस्त प्रस्तुत गर्दै आगामी कार्यकालमा बाँकी रहेका काम पूरा गर्ने दाबी गर्ने बताएकी छिन् । उनले आफूले गरेका विकासका कामको वर्णन गर्दै अहिले विकासको ‘कास्टिङ’ मात्र भएको बताउँदै आगामी ५ वर्षमा पूरा ‘फिलिम’ नै देखिने बताइन् । उनले आगामी कार्यकालमा भरतपुरलाई मुलुककै नमूना सहर बनाउने दाबी गर्दै स्मार्ट सिटिको अवधारणा अगाडि सारेको पनि बताइन् । उनले आगामी…

Read More

दार्चुला – स्थानीय तह निर्वाचन जिकिएसँगै ९ पालिकामा चुनावी चहलपहल बढेको छ । डाडाँपाखा अनि बजार क्षेत्र विभिन्न थरीका झण्डा र ब्यानरले झकिझकाउ छन् । कतै पञ्चेबाजा त कतै ठूला ठूला डेग र साउण्डबक्समा पार्टीका गीतहरु घन्किएका छन् ।दलका उम्मेदवारहरू आफ्नो घरदैलो अभियानलाई तीव्रता दिएका छन् । उनीहरु आफ्ना घोषणापत्र र प्रचारप्रसार सामग्रीसहित घरदैलोमै भट्न जान्छन्, नमस्कार गर्छन् र भोट माग्छन् । जिल्लाहरुमा कतै गठबन्धन त कतै एक्लाएक्लै चुनावी प्रतिस्पर्धामा दलहरु मतदाताहरुसंग मत मागिरहेका छन । नेपाली काँग्रस, माओवादी र समाजवादीको गठबन्धनमार्फत प्रतिस्पर्धामा छन् भने एमाले एक्लै चुनावी प्रतिस्पर्धामा रहेको छ ।सबै उम्मेदवारहरू बिहान सबेरैदेखि राति अबेरसम्म दलका झण्डा, उम्मेदवारहरूको…

Read More