Author: महेन्द्रनगर पोष्ट

काठमाडौं – नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले बागी उम्मेदवारी दिने उम्मेदवारलाई कारबाही गर्न आग्रह गरेका छन् । पाँच दलीय गठबन्धनको तर्फबाट उम्मेदवारी दिएकाहरूका विरूद्धमा बागी उम्मेदवारी दिएकाहरूलाई सम्बन्धित पार्टीले कारबाही गर्नुपर्ने बताएका हुन् । ‘बागी उम्मेदवार दिनेलाई सम्बन्धित पार्टीले कारबाही गर्नुपर्छ । कारबाही गरिएन भने गठबन्धनभित्र अविश्वास पैदा हुन्छ । गठबन्धनका उम्मेदवारलाई जिताउन सबै लाग्नुपर्छ,’ अध्यक्ष नेपालले भने । बागी उम्मेदवारलाई सम्बन्धित पार्टीले कारबाही नगरे गठबन्धनभित्र अविश्वास पैदा हुने बताए । गठबन्धन नभएको ठाउँमा आ-आफ्नो पार्टीका उम्मेदवारलाई विजयी गराउनुपर्नेमा जोड दिए ।

Read More

काठमाण्डौं – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले महिला उम्मेदवारहरुलाई छोरी र श्रीमतीको रुपमा प्रचार गरेको भन्दै असन्तुष्टि जनाएका छन् । सत्तारुढ गठबन्धनले शुक्रबार काठमाडौंमा गरेको चुनावी सभालाई सम्बोधन गर्दै प्रचण्डले कसैको छोरी र श्रीमतीका रुपमा प्रचार गर्नु महिलाहरुको अपमान भएको बताएका हुन् । महिला उम्मेदवारहरुलाई छोरी र श्रीमतीका रुपमा प्रचार गर्ने प्रवृत्तिको आफू विरोधी भएको प्रचण्डले बताएका छन् । ‘घटनाक्रमले के सावित गरेको छ भने जहाँ–जहाँ महिला कार्यकारी प्रमुख रहेका छन्, त्यहाँ राम्रो काम भएको छ,’ उनले भने, ‘पुरुषहरुले धेरै राज गर्‍यौं, खासै लछारपाटो पनि लगाउन सकिएन । एक चोटी महिलाहरुलाई कार्यकारी भूमिका दिएर हेरौं ।’ सत्ता गठबन्धनले काठमाडौं…

Read More

काठमाडौं । नेपाल प्रहरीको अतिरिक्त महानिरीक्षक (एआईजी) बढुवामा प्रहरी नायब निरीक्षक (डीआईजी) वसन्त कुमार लामाको नाम सिफारिस गरिएको छ । गृह मन्त्रालयमा आज शुक्रबार बसेको बढुवा समितिको बैठकले प्रहरी नायब निरीक्षक लामालाई अतिरिक्त महानिरीक्षकमा बढुवाका लागि सिफारिस गरेको हो ।

Read More

काठमाडाैं – रौतहटमा भएको बम बिस्फोटका अभियुक्त मोहम्मद अफताब आलमलाई थुनामुक्त नगर्न सर्वोच्च अदालतले आदेश दिएको छ । आलमको रिटमा सुनुवाइ गर्दै सर्वोच्च अदालतका न्यायाधीशद्वय सुष्मलता माथेमा र नहकुल सुवेदीको संयुक्त इजलासले आलमलाई थुनामुक्त गर्न अस्वीकार गरेको हो । सर्वोच्चले आज शुक्रवार आलमकाे रिटमा सुनुवाइ गर्दै रौतहट जिल्ला अदालतको आदेश सदर गरेको छ । जिल्ला अदालतको आदेशविरुद्ध आलम उच्च अदालत जनकपुरको वीरगञ्ज अस्थायी इजलासमा पुगेका थिए । वीरगञ्ज अस्थायी इजलासले पनि जिल्ला अदालतको पुर्पक्षका लागि थुनामा राख्न दिएको आदेश सदर गरेको थियो । जिल्ला र उच्च अदालतको आदेश उल्ट्याइ साधारण तारेखमा छाड्ने आदेश माग्दै आलम सर्वोच्च अदालत पुगेका थिए ।कांग्रेसका…

Read More

काठमाडौं – नेपाल पूर्व प्रहरी संगठनले प्रहरी महानिरीक्षक पदमा पदोन्नति भएका धिरज प्रताप सिंहलाई बधाई दिएका छन् । संगठनले महानिरिक्षक सिंहको कार्य क्षमताको कदर गर्दै सरकारले सिंहलाई महानिरिक्षक पदमा पदोन्नति गरेकोमा संगठनले खुसी व्यक्त गरेको छ । मन्त्रिपरिषद्को आइतबार बालुवाटारमा बसेको बैठकले गृह मन्त्रालयको प्रस्तावमा एआईजी सिंहलाई महानिरीक्षकमा बढुवा गरेको थियो ।

Read More

काठमाडाैं – पछिल्लो २४ घण्टामा १५ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । पीसीआर र एन्टिजेन गरी तीन हजार चार सय ५३ जनाको नमुना परीक्षण गर्दा १५ जनामा सङ्क्रमण देखिएकाे मन्त्रालयले जनाएको छ । यस्तै थप १७ जना निको भएसँगै सक्रिय सङ्क्रमितको सङ्ख्या दुई सय १५ जनामा झरेको छ । पछिल्लो २४ घण्टामा कोरोना सङ्क्रमणका कारण कसैको पनि ज्यान गएन । यसैबीच यही अवधिमा ८४ हजार ६ सय २१ जनाले कोरोनाविरुद्धको खोप लगाएका विवरण प्राप्त भएकाे मन्त्रालयले जनाएकाे छ ।

Read More

काठमाडौंओ– नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले मनोरञ्जनको काम कलाकारलाई छाड्न आग्रह गरेका छन् । नेपाली कांग्रेसको चुनाव लक्षित गीत सार्वजनिक कार्यक्रममा प्रवक्ता महतले नेकपा एमालेका अध्यक्ष केपी ओलीलाई लक्षित गर्दै त्यस्तो भनेका हुन् । जनतालाई झुटा आश्वासन बाँडेर बटुलेको मतको इज्जत गर्न नसकेको आरोप लगाउँदै नेता महतले अहंकार र मै हुँ भन्ने मानसिकताले देश अगाडि नबढ्ने बताए । नेता महतले भने, ‘उहाँको अहंकारले उहाँकै पार्टीभित्र विद्रोह भयो । त्यसपछि नेपालमा कांग्रेसको माग भएपछि नेतृत्व लिएका हौँ । कोरोना भाइरसको महामारीले उत्पन्न परिस्थितिलाई विस्तारै सहज बनाएका छौँ । उद्योग खुलेका छन्, सबैले खोप लगाएका छन् । सहज परिस्थिति बनाउदै छौँ।’

Read More

काठमाडौं – नेपाली कांग्रेसको तर्फबाट काठमाडौं महानगरपालिकामा मेयर पदकी उम्मेदवार सिर्जना सिंहले असुरक्षित रहेको काठमाडौंलाई सुरक्षित बनाउनु आफ्नो पहिलो प्राथमिकता रहेको बताएकी छिन् । रत्नपार्क शान्तिबाटिकामा आयोजित पाँच दलीय गठबन्धनको चुनावी सभालाई सम्बोधन गर्दै सिंहले असुरक्षित रहेको काठमाडौंलाई सुरक्षित बनाएर ढुक्कले बस्न सक्ने वातावरण बनाउनु पहिलो प्राथमिकता रहेको बताएकी हुन् । काठमाडौं महानगरमा फोहोरको समस्या, सडकको समस्या, वेराजगारीको समस्या रहेको भन्दै त्यसको समाधान गर्ने बताइन् । युवाहरूको लागि विशेष योजना अघि सार्ने उनको प्रतिबद्धता छ । ‘अहिलेसम्म युवाहरूले धेरै दिए । अब मैले जितेमा युवाहरूलाई दिनेछु । उनीहरूमा देखिएको बेरोजगारी समस्या समाधान गर्नेछु,’ सिंहले भनिन् । शिक्षाको गुणस्तर बढाउनतिर आफ्नो प्राथमिकता हुने…

Read More

दार्चुला – यही वैशाख ३० गते हुन लागेको स्थानीय तहको निर्वाचनलाई भयरहित वातावरणमा सम्पन्न गराउनका लागि दार्चुलामा झण्डै २ हजार सुरक्षाकर्मी परिचालन हुने भएका छन् । जिल्ला सुरक्षा समितिले यहाँका निर्वाचन केन्द्रलाई अतिसंवेदनशील, संवेदनशील र सामान्य गरी तीन भागमा वर्गीकरण गरेर आवश्यक सुरक्षा प्रबन्ध मिलाएको छ । दार्चुलाका प्रमुख जिल्ला अधिकारी दीर्घ राज उपाध्यायले निर्वाचन शान्तिपूर्ण वातारणमा सम्पन्न गराउनका लागि रणनीतिक सुरक्षा योजनासहित जिल्लाको सुरक्षा कायम गर्न तयार रहेको बताए ।मतदानस्थलमा भित्री घेरामा म्यादी र नेपाल प्रहरी खटिन्छन्’, उनले भने, ‘त्यो भन्दा बाहिर र चोकमा सशस्त्र प्रहरीले गस्तीलगायत सुरक्षा निगरानी बढाउनेछ।’उनले सबैभन्दा बाहिरी घेरामा नेपाली सेनाको गस्ती तथा सुरक्षा पहरा…

Read More

काठमाडौं – स्थानीय तहको निर्वाचनलाई केन्द्रमा राखेर सत्तारुढ पाँचदलीय गठबन्धनका तर्फबाट राजधानी काठमाडौँमा आयोजना गरिएको चुनावीसभा सुरु भएको छ । राजधानीको रत्नपार्कमा सुरु यस सभालाई गठबन्धनका शीर्ष नेताहरुले सम्बोधन गर्ने कार्यक्रम छ । यही वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनलाई केन्द्रमा राखेर गठबन्धले देशव्यापी संयुक्त आमसभा गरिरहेका छन् । बिहीबार मात्रै गठबन्धनले चितवनको भरतपुरमा चुनावीसभा आयोजना गरेको थियो । काठमाडौँमा गठबन्धनकातर्फबाट प्रमुख पदका उम्मेदवारमा सिर्जना सिंह छिन्। सभालाई नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादी पार्टीका नेता राजेन्द्र श्रेष्ठ र राष्ट्रिय जनमोर्चाका अध्यक्ष…

Read More