Author: महेन्द्रनगर पोष्ट

काठमाडौँ – चालु आर्थिक वर्षमा नेपालको आर्थिक वृद्धिदर ५.८ प्रतिशत पुग्ने प्रक्षेपण गरिएको छ । केन्द्रीय तथ्याङ्क विभागले सरकारलाई राहत मिल्ने गरी उक्त प्रक्षेपण सार्वजनिक गरेको हो । विभागका निर्देशक ईश्वरीप्रसाद भण्डारीले आर्थिक वर्ष २०७८/७९ को वार्षिक राष्ट्रिय लेखा अनुमान सार्वजनिकीकरण कार्यक्रममा आर्थिक वृद्धिदरको आङ्कलन सुनाएका थिए । विभागले कृषि र खानीसहित प्राथमिक क्षेत्रको वृद्धिदर २.३ प्रतिशत रहने अनुमान गरेको छ । यस्तै, उद्योगमा १०.३ प्रतिशत र सेवा क्षेत्रमा ५.९ प्रतिशतको वृद्धिदर हासिल हुने विभागको अनुमान छ । आर्थिक वर्ष सकिनुभन्दा करिब तीन महिना अगाडि विभागले आर्थिक वृद्धिदरको प्रक्षेपण सार्वजनिक गरेको हो । अघिल्ला दुई वर्षमा कोभिडका कारण नेपालको वृद्धिदर…

Read More

पोखरा – पोखरामा सत्तारुढ गठबन्धनको संयुक्त घोषणापत्र सार्वजनिक कार्यक्रममा कांग्रेसकै कार्यकर्ताले अवरोध गरेका छन् । बिहीबार दिउँसो २ बजे पोखरा महानगरपालिकाका लागि संयुक्त घोषणापत्र सार्वजनिक गर्ने कार्यक्रम भए पनि वडा तहमा भागबन्डा नमिलेको भन्दै कांग्रेस कार्यकर्ताले नाराबाजीसहित अवरोध गरेका हुन् । सुरुदेखि नै महानगरको मेयर नेकपा एकीकृत समाजवादीका धनराज आचार्यलाई दिने निर्णयले कांग्रेसका स्थानीय कार्यकर्ता रुष्ट बनेका छन् । त्यसपछि मेयर र उपमेयरमा तालमेल भए पनि वडा तहमा आफूखुसी उम्मेदवार उठाउने निर्णय भएपछि विवाद केही मत्थर भएको थियो । वडा नम्बर १८, २२ र २४ नेकपा माओवादी केन्द्रलाई दिने सहमति भएपछि त्यहाँका कांग्रेस कार्यकर्ता असन्तुष्ट बनेका हुन् । असन्तुष्ट कांग्रेस…

Read More

काठमाडौं – जुवातास खेलिरहेको अवस्थामा प्रहरीले ४ जनालाई पक्राउ गरेको छ । पूर्व नवलपरासी स्थित कावासोती नगरपालिका–३ स्थित अक्सफोर्ड ट्रायल सेण्टरभित्र जुवातास खेलिरहेको अवस्थामा ४ जना पक्राउ परेका हुन् । पक्राउ पनेहरुमा गोरखा भिमसेन थापा गाउँपालिका–५ घर भएका ३५ वर्षीय सन्दिप कुमार श्रेष्ठ लगायत ४ जना रहेका छन् । उनीहरुलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको हो । उक्त ट्रायल सेण्टरभित्र जुवातास खेलिरहेको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको थियो । उनीहरुलाई १ बुक तास सहित नगद ४४ हजार ९ सय ७७ रूपैयाँ फेला पारी पक्राउ गरेको छ । यस सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले…

Read More

काठमाडौं – काठमाडौं महानगरपालिकाको मेयरकी उम्मेदवार सिर्जना सिंहले सात संकल्प अघि सारेकी छिन् । नेपाली कांग्रेसको तर्फबाट उम्मेदवार बनेकी सिंहले बिहीबार काठमाडौंमा आयोजित कार्यक्रममा सात संकल्प अघि सारेकी हुन् । उनले सेवा सुशासन, स्वास्थ्य, शिक्षा तथा सामाजिक शिक्षा, स्वच्छ हावा, दिगो पर्यावरण, सुरक्षित सहरको संकल्प अघि सारेकी छिन् । त्यस्तै संस्कृति, सम्पदा र सभ्यता, सवल र सम्मुनत पूर्वाधार, सवल युवा स्वावलम्बी महिला र सिर्जनशील महानगरबासीको संकल्प अघि सारेकी हुन् । उनले काठमाडौं महानगरपालिकाको मेयरमा निर्वाचित भएको खण्डमा फोहोर व्यवस्थापन पहिलो प्राथमिकतामा राख्ने बताइन् । त्यसका लागि उनले जिरो वेष्ट म्यानेजमेन्ट अवधारणा अघि सारेकी छिन् । ‘घरबाट निस्किएको फोहोर घरभित्रै व्यवस्थापन गर्न…

Read More

काठमाडौं- नेपाली कांग्रेसका प्रवक्ता प्रकाशशरण महतले काठमाडौं महानगरपालिकामा एमालेबाट उम्मेदवार बनेका केशव स्थापितको गेम इज ओभर भएको बताएका छन् । काठमाडौं महानगरमा गठबन्धनको तर्फबाट मेयरको उम्मेदवारी दिएकी कांग्रेस नेतृ सिर्जना सिंहको प्रतिबद्धता सार्वजनिक कार्यक्रममा बोल्दै महतले स्थापितको हार निश्चित भएको बताएका हुन् । ‘स्थापित जी नोमिनेसन गरेर निस्किँदा मैँले सुन्दै थिएँ, गेम इज ओभर रे । म भन्छु, उहाँको गेम इज ओभर । अब बागमतीमा धेरै पानी बगिसकेको छ । फेरि फर्केर आउने सपना नदेखे हुन्छ,’ महतले भने । एमाले अध्यक्ष केपी ओली र स्थापितलाई लक्षित गरेर उनले राजनीतिलाई मनोरञ्जनको साधन नबनाउन आग्रह गरे । काठमाडौं महानगर कांग्रेसले जित्नु भनेको ५० वटा…

Read More

डडेल्धुरा – नेपाली कांग्रेस डडेल्धुराका पूर्व जिल्ला सभापति कर्णबहादुर मल्लले कांग्रेससँग तालमेल हुन सक्ने संकेत गरेका छन्। बिहीबार जिल्ला सदरमुकाममा पत्रकार सम्मेलन गर्दै उनले करूवा र रूख चुनाव चिह्नबीच तालमेल हुन सक्ने संकेत गरेका हुन्। शेरबहादुर देउवाले मिलेर जाउँ भनेपछि एमालेसँगको गठबन्धन के हुन्छ? भन्ने पत्रकारको प्रश्नमा जवाफ दिँदै मल्लले करूवा र रूख चुनाव चिह्नबीच तालमेल गराए स्वीकार्य हुने बताएका हुन्। उनले आफूहरूको बटमलाइन अमरगढीको मेयर हरि भट्ट रहेको समेत बताए। मल्लको यो भनाइले मल्लपक्षसँग गठबन्धन गरेको एमालेलाई सकस पर्ने भएको छ। दुई भागमा बाँडिएको कांग्रेस डडेल्धुराकोे मल्ल पक्षले नेकपा एमालेसँग चुनावी तालमेल गरेको छ। पहिलैदेखि रुष्ट बनेको मल्ल समूहले कांग्रेस बिपीबाट…

Read More

काठमाडौं – नेपाली काँग्रेसका महामन्त्री गगन थापाले काठमाडौं महानगरपालिकाकी काँग्रेसकी मेयरकी उम्मेदवार सृजना सिंहसँग महानगरलाई महान घर बनाउने क्षमता रहेको बताएका छन् । आज सिंहको संकल्प प्रस्ताव सार्वजनिक पत्रकार सम्मेलनमा बोल्दै घरको सफल व्यवस्थापन गरेको सृजनाले महानगरलाई पनि महान घर बनाएर देखाउने क्षमता राखेको बताए । ‘सृजना सिंहले काठमाडौं महानगरपालिकालाई महान घर बनाउने क्षमता राख्नुहुन्छ,’ थापाले भने,‘उहाँ सामान्य हुनुहुन्छ, करुणामयी हुनुहुन्छ । तपाईंहरुले महानगरमा उहाँबाट त्यस्तै अपेक्षा गर्नुहोस् ।’ काँग्रेस सभापति समेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले आफूलाई बालुवाटारमा डाकेर सृजना सिंहलाई महानगरपालिकाको मेयर बनाउने कुरा गरेको खुलासा गर्दै आफू सिधै चाक्सीबारी पुगेर केही प्रश्नहरु गरेको बताए । उनले भने,‘तपाईं मेयर…

Read More

भक्तपुर – मोरङ सुन्दर हरैचा नगरपालिका–९ विराटचोक घर भई हाल मध्यपुरथिमि नगरपालिका–५ कमेरोटारमा डेरा गरी बस्ने आमा–छोरा एकैसाथ ५० मिटर अग्लो पर्खालबाट हामफाल्दा आमाको मृत्यु भएको छ भने छोरा गम्भीर घाइते भएका छन् । कमेरोटारस्थित डेरा कोठा नजिकै रहेको कमेरोटारको पिपल चौतारोबाट हामफाल्दा ७४ वर्षीया मनमाया तिमिल्सिनाको घटनास्थलमै मृत्यु भएको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक राजु पाण्डेले जानकारी दिए । पर्खालबाट हामफाल्दा गम्भीर घाइते भएका मृतकका कान्छो छोरा ४९ वर्षीय मातुराम तिमिल्सिनाको मध्यपुर अस्पतालमा प्राथमिक उपचारपश्चात् वीर अस्पतालमा उपचार भइरहेको उनले जानकारी दिए । घटनाबारे प्रारम्भिक अनुसन्धान गर्दा घटनामा संलग्न दुवै जना डिप्रेसनको बिरामी रही लामो समयदेखि औषधि…

Read More

चितवन – भरतपुर महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवारी दिएका काँग्रेस नेता जगन्नाथ पौडेलले उम्मेदवारी फिर्ता लिन नसकिने बताएका छन् । उम्मेदवारी फिर्ता लिन आग्रह गर्दै निवासमै पुगेका गृहमन्त्री बालकृष्ण खाँण र राज्यमन्त्री उमेश श्रेष्ठलाई पौडेलले चितवनका काँग्रेसका मान मर्यादा र भविष्यसँग जोडिएको कुरा भएकाले आफू एक्लैले उम्मेदवारी फिर्ता लिन नसक्ने बताएका हुन् । उनले आफुले एक्लै निर्णय गर्ने विषय नभएको बताउदै उम्मेदवारी फिर्ता गर्न सम्भव नदेखिने बताए । उम्मेदवारी दिने बेलेमै बयोवृद्ध नेता कृष्णलाल सापकोटालगायतको भेलामा पछि पार्टी शीर्ष नेतृत्वको दबाबमा उम्मेदवारी फिर्ता लिन पाइँदैन भनेर बचनबद्धतासहित अघि बढेकाले अहिले आएर कार्यकर्तालाई धोखा दिन नसक्ने पौडेलले बताएका छन् ।

Read More

काठमाडौं – गायक प्रमोद खरेलले आफू गम्भीर सवारी दुर्घटनामा परेको जानकारी दिएका छन् । दाङको तुलसीपुरमा हुने कार्यक्रमका सहभागी हुन होटेलमा जानेक्रममा बिहीबार साँझ आयोजकले चलाएको कार गम्भीर दुर्घटनामा परेको उनले बताए । दुर्घटनामा परेपछि बेहोस भएका गायक खरेलको ४५ मिनेटमा होस खुलेको बताएका छन् । राति नै डिस्चार्ज भएर गायक खरेल काठमाडौं आएर सिटी स्क्यानलगायत सबै परीक्षणपछि अहिले आराम गरिरहेको उनले जानकारी दिए । उनका अनुसार बाहिरी चोट भए पनि आन्तरिक रुपमा कुनै समस्या नदेखिएको र विस्तारै सामान्य हुनेक्रममा रहेको गायक खरेलको भनाइ छ । दुर्घटनामा परेपछि गायक खरेलले दुई चार दिन रेकडिङसहितका सबै कार्यक्रम स्थगित गरेका छन् ।…

Read More