Author: महेन्द्रनगर पोष्ट

काठमाडौं – नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर बमबहादुर मिश्रले डिजिटल करेन्सी यात्रातर्फ मुलुक अघि बढेको बताएका छन् । राष्ट्र बैंकको ६७ औं वाषिर्कोत्सब समारोहमा बोल्दै डेपुटी गभर्नर मिश्रले यस्तो बताएका हुन् । कागजको नोट चलाउनबाट सुरु भएको राष्ट्र बैंकको यात्रा अब डिजिटल करेन्सीतर्फ अघि बढेको उनले बताए । अब भौतिक मुद्रालाई विस्थापित गरी डिजिटल कारोबारलाई अघि बढाउने उनले सुनाए । उनले अर्थतन्त्र बाहृय क्षेत्रको कारण दवावमा परेको जनाकारी दिए । बाह्य क्षेत्रबाट अर्थतन्त्रमम परेको असरलाई समाधान गर्न राष्ट्र बैंकले कहिले कसिलो त कहिले लचिलो नीति लिनुपरेको उनको भनाइ छ । कसिलो नीतिहरु अवस्था सहज भएपछि लचिलो हुने साथै लचिलो नीतिहरु…

Read More

काठमाडौं – सरकारलेमन्त्रिपरिषद बैठकका १९ निर्णय सार्वजनिक गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद बैठकले स्थानीय विकास प्रशिक्षण प्रतिष्ठानका कार्यकारी निर्देशक पितकुमार श्रेष्ठको राजीनामा स्वीकृत गर्ने निर्णय गरेको छ । बैठकका निर्णयहरु: ओ

Read More

तनहुँ– टोलटोलमा पानीको धारा राखिएको छ । बिहान सबेरै उठेर लाइनमा बस्न सकिएन भने रित्तै गाग्री फर्काउनु पर्छ, पालो पाएमा बल्लतल्ल दुई-तीन गाग्री पानी भर्न पाइन्छ, व्यास नगरपालिका–५ पतेनीका बासिन्दाले यस्तै सास्ती खेप्दै आएका छन् । यहाँ जडान गरिएका धारामा प्रशस्त र लामो समयसम्म पानी नआउँदा पतेनीका बासिन्दाले खानेपानीको चर्को समस्या भोग्दै आएका हुन् । धारामा पानी आएन भने कुवा तथा खोलामा पानी लिन जानुपर्ने बाध्यता रहेको दरै टोल संस्थाका सदस्य विष्णुबहादुर दरैले बताए । विसं ०६१ मा म्याग्दे गाउँपालिका–१ गुणादी बरचौर खोल्सीबाट सेडा नेपाल नामक गैरसरकारी संस्थाको सहयोगमा खानेपानी वितरण गरे पनि बढ्दो बस्ती विस्तारका कारण पानीको स्रोतले धान्न नसक्दा स्थानीयवासीलाई खानेपानीको व्यवस्थापन गर्न सकस भएको छ । धारामा दैनिक पानी नआउने र…

Read More

काठमाडौं – सरकारले हप्तामा दुई दिन बिदा दिने निर्णय गरेको छ । मङ्गलवार बसेको मन्त्रिपरिषद् बैठकले जेठ १ देखि लागू हुने गरी शनिवार र आइतबार बिदा दिने निर्णय गरेको हाे । सातामा एक दिन बिदा थप्दा इन्धनमा हुने करोडौँ रुपैयाँ घाटा कम हुनुका साथै महँगीमा इन्धन आयातसमेत घट्ने भन्दै आयल निगमले आइतबार पनि बिदा दिने प्रस्ताव केही समय अघि अघि सारेको थियो । २०४७ सालमै अदालतमा सातामा २ दिने बिदाको चलन केही समय अभ्यास गरिए पनि २०४८ सालमा तत्कालीन प्रशासन सुधार आयोगले खर्च घटाउन सकिने र प्रशासन सञ्चालन सहज हुने भन्दै २ दिन बिदा दिन सिफारिस गरेको थियो ।

Read More

काठमाडौं – प्रेस काउन्सिल नेपालले ३५ सञ्चार माध्यम साथै दर्ता नभएका ४ वेबपोर्टललाई कारबाही गरेको छ । काउन्सिलले कारबाही गरेको ४ वेबपोर्टललाई मुलुकभित्र सम्प्रेषण हुन नसक्ने बनाइएको छ । सञ्चार माध्यमबाट निर्वाचन आचारसंहिता प्रतिकूल सामग्री सम्प्रेषण भएको देखिएमा तत्कालै कारबाही प्रक्रिया अगाडि बढाइ सोको जानकारी निर्वाचन आयोगलाई गराइँदै आएको उपप्रशासकीय अधिकृत (सूचना अधिकारी) रामशरण बोहराद्वारा बुधवार जारी विज्ञप्तिमा भनिएको छ । निर्वाचन आचारसंहिता लागु भएपश्चात् काउन्सिलले देशभरका सञ्चार माध्यमहरूबाट आचारसंहिता पालना भए/नभएको विषयमा विशेष अनुगमन गरिरहेको छ । २०७८ चैत २६ गतेदेखि हालसम्म आचारसंहिता प्रतिकूल सामग्री सम्प्रेषण गर्ने ३५ सञ्चार माध्यममध्ये ४ वटालाई २४ घण्टे स्पष्टीकरण माग गरिएकोमा २ सञ्चार…

Read More

काठमाडौं – नेपाली कांग्रेसको पत्रकार सम्मेलन सुरु भएको छ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली कांग्रेसको चुनावी घोषणापत्रमाथि गरेको टिप्पणीबारे आज (बुधबार) कांग्रेसले पत्रकार सम्मेलन सुरु गरेको हो । नेपाली कांग्रेसका महामन्त्री एवम् निर्वाचन घोषणापत्रका संयोजक गगनकुमार थापाले आज पत्रकार सम्मेलन गरेका हुन् । थापाले ओलीको अभिव्यक्तिबारे जवाफ दिने बताइएको छ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मंगलबार आयोजित एक सार्वजनिक कार्यक्रममा कांग्रेसको चुनावी घोषणापत्रलाई ‘पागलहरुको प्रलाप’ भनेर आलोचना गरेका थिए ।

Read More

काठमाडौं – नेपाल विद्युत् प्राधिकरणले टेलिफोन, इन्टरनेट, केवल टिभी सेवा प्रदायक कम्पनीलाई फेरि पोल भाडाको बक्यौता महसुल तिर्न आउन आग्रह गरेको छ । आज (बुधबार) एक सूचना जारी गर्दै प्राधिकरणले वैशाख मसान्तसम्म विद्युतीय संरचनाहरू प्रयोग गरेर, अप्टिकल फाइवर भाडामा लिएर बक्यौता महसुल नतिर्नेहरुलाई कारबाही गर्ने चेतावनी दिएको छ । अधिकांश सेवा प्रदायकहरूले नियमअनुसार सम्झौता नगरी वा आंशिक क्षेत्रको मात्रै सम्झौता गरेर विद्युतीय संरचनाहरू प्रयोग गरिरहेको भन्दै नियमानुसार सम्झौता र नवीकरण गर्न आग्रह गरेको छ । हालसम्मको बाँकी बक्यौता भाडा रकम भुक्तानी गर्न पनि प्राधिकरणले अनुरोध गरेको छ । नयाँ सम्झौता नभएसम्म नयाँ लाइन विस्तारको कार्य नगर्न यसअघि नै पटक-पटक सचेत…

Read More

काठमाडौं – सत्ता गठबन्धनका पाँच दलका शीर्ष नेताले स्थानीय तह निर्वाचनमा गठबन्धनको निर्णय विपरीत दर्ता भएका उम्मेदवारी फिर्ता लिने सहमति भएको छ । नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाका शीर्ष नेताबिच महानगरपालिका, उपमहानगरपालिका र नगरपालिकामा गठबन्धनले गरेको सिट बाँडफाँट विपरीत गठबन्धनभित्रका दलको तर्फबाट दर्ता भएको उम्मेदवारी फिर्ता लिने सहमति भएको हो । बैठकपछि शीर्ष नेताहरूले जारी गरेको संयुक्त विज्ञप्तिमा गठबन्धनको सहमति विपरीत दर्ता भएको बागी उम्मेदवारी फिर्ता लिन तल्ला समितिहरूलाई निर्देशन दिइएको छ । ३० वैशाखमा हुने स्थानीय तह निर्वाचनको लागि दर्ता गरेको मनोनयन फिर्ता लिने दिनको अघिल्लो दिन बुधबार गठबन्धनका शीर्ष…

Read More

बुटवल – नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले सत्तारुढ दलको चुनावी गठबन्धनलाई बालुवा र तासको घरको संज्ञा दिएका छन् । रुपन्देहीको तिलोत्तमा नगरपालिकामा एमाले उम्मेदवारहरूको अभिमुखीकरण एवं अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले बालुवा र तासको घरजस्तै चुनावमा गठबन्धन पनि भताभुङ्ग हुने टिप्पणी गरे । ‘एमालेका निम्ति गठबन्धन केही होइन, केपी ओली र एमालेप्रतिको बढ्दो आकर्षणले एमालेले चुनाव जितिसकेको छ,’ पौडेलले भने । उनले एमाले नेतृत्वमा रहँदा संघ, प्रदेश र स्थानीय सरकारले गरेका राम्रा काम र आगामी योजना बनाएर चुनावमा मत माग्न जान पनि कार्यकर्तालाई निर्देशन दिए । उनले टिकट वितरणलाई लिएर असन्तुष्टि व्यक्त गर्ने छुट एमालेका कुनै कार्यकर्तालाई नभएको बताए…

Read More

काठमाडौं – काठमाडौंबाट मोटरसाईकल चोरी गर्ने १ जनालाई प्रहरीले पक्राउ गरेको छ । उक्त्त व्यक्तिलाई मोटरसाईकल सहित काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले आज नियन्त्रणमा लिएको हो । हराएका मोटरसाईकलहरु चोरी गर्ने कार्यमा संलग्न व्यक्तिहरूको सूचना संकलन, निग्रानीएवं खोजतलास गर्न सादा पोसाकमा खटाएको थियो । सादा पोसकमा खटिएको ट्राफिक प्रहरी टोलीले काठमाण्डौं तार्केश्वर नगरपालिका वडा नं. ५ लोलाङ हाईट स्थित सडक खण्डबाट सो व्यक्तिलाई पक्राउ गरेको प्रहरीले जनाएको छ । पक्राउ पर्नेमा मकवानपुर ईन्द्रसरोवर गाउँपालिका वडा नं. ५ घर भई हाल काठमाण्डौं लोलाङ वर्ष २६ को सुदास लामा रहेको छ । लामाले बास्तविक नम्वर परिवर्तन गरी लु ६४ प ७३७५ नम्वर…

Read More