Author: महेन्द्रनगर पोष्ट

काठमाडौं – नेपाली बजारमा आज सुनको मूल्य ३ सय रुपैयाँले घटेको छ । हिजो मंगलबार ९९ हजार ३०० रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य आज ३०० रुपैयाँले घटेको हो । आज छापावाल सुनको मूल्य तोलामा ९९ हजार रुपैयाँ कायम हुँदा तेजाबी सुनको मूल्य ९८ हजार ५०० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । महासंघले आज चाँदीको मूल्य तोलामा १० रुपैयाँले घटेर १४ सय ४० रुपैयाँमा कारोबार भइरहेको जनाएको छ ।

Read More

काठमाडौं – त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बढ्दो हवाई चाप व्यवस्थापन गर्न नियामक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरणले आन्तरिक उडानतर्फ उडान समयावधि बढाएर १८ घण्टा पु¥याएको छ । विमानस्थलको एयर ट्राफिक जामलाई ध्यानमा राख्दै बिहीबारदेखि तराईका ६ क्षेत्रीय विमानस्थलमा १८ घण्टा उडान गर्न लागिएको महानिर्देशक इञ्जीनियर प्रदीप अधिकारीले जानकारी दिए । प्राधिकरणले रात्रिकालीन उडानयोग्य भद्रपुर, विराटनगर, जनकपुर, सिमरा, भैरहवा, नेपालगञ्ज र धनगढी विमानस्थललाई बिहान ६ देखि राति १२ बजेसम्म सञ्चालनमा ल्याउने निर्णय गरेको हो । यसले काठमाडौँ विमानस्थलको विद्यमान उडान चाप व्यवस्थापन हुने तथा कोभिड–१९ महामारीपछि जुर्मुराउँदै गरेको पर्यटन क्षेत्रलाई राहत पुग्ने प्राधिकरणको विश्वास छ । `तराईका रात्रिकालीन उडानयोग्य विमानस्थलमा राति १२…

Read More

काठमाडौं – नेपाली कांग्रेसले चुनावी घोषणापत्रका विषयलाई लिएर आज (बुधबार) पत्रकार सम्मेलन गर्दै छ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली कांग्रेसको चुनावी घोषणापत्रमाथि गरेको टिप्पणीबारे नेपाली कांग्रेसका महामन्त्री एवम् निर्वाचन घोषणापत्रका संयोजक गगनकुमार थापाले आज पत्रकार सम्मेलन गर्न लागेका हुन् । थापाले ओलीको अभिव्यक्तिबारे जवाफ दिने उनको सचिवालयले जनाएको छ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मंगलबार आयोजित एक सार्वजनिक कार्यक्रममा कांग्रेसको चुनावी घोषणापत्रलाई ‘पागलहरुको प्रलाप’ भनेर आलोचना गरेका थिए । मंगलबार नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले एमाले अध्यक्ष ओलीले निर्वाचन आचारसंहिता उल्लंघन गरेको भन्दै निर्वाचन आयोगको ध्यानाकर्षण गराएका थिए ।

Read More

काठमाडौं – सरकारले १० प्रकारका सामान आयातमा प्रतिबन्ध लगाएको छ। उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले राजपत्रमा सूचना निकालेर मोबाइल सेटदेखि मदिरासम्मको आयातमा रोक लगाएको हो। मन्त्रालयका अनुसार कुरमुरे, लेज र यस्तै प्रकारका उत्पादन पनि आयात गर्न पाइने छैन। कच्चा पदार्थबाहेक सबै प्रकारका तयारी मदिरा, चुरोट तथा सुर्तीजन्य वस्तु, औद्योगिक कच्चा पदार्थबाहेक हिरा, खेल्ने तास, सबै प्रकारका खेलौनाको आयातमा पनि अंकुश लगाइएको छ। ६ सय अमेरिकी डलरभन्दा बढी मूल्यका मोबाइल सेट, ३२ इन्चमाथिको रंगीन टेलिभिजन, एम्बुलेन्स र शवबाहनबाहेक जीप, कार र भ्यान तथा २५० सीसीमाथिका मोटरसाइकलको आयातमा पनि रोक लगाएको मन्त्रालयले जनाएको छ। आयातमा बन्देज लगाइएका सामान कूटनीतिक नियोगले आफ्नो प्रयोजनका…

Read More

उदयपुर – ताप्ली गाउँपालिका-१ पिपलभञ्ज्याङमा मङ्गलबार साँझ चट्याङ पर्दा आगलागीबाट दुई घर जलेर नष्ट भएका छन् । चट्याङ पर्दा स्थानीय टङ्क हमाल र सन्तोषी हमालको घरमा आगलागी भएको हो । टङ्कको घरमा आगलागी हुँदा छिमेकी सन्तोषीको घरमा पनि हावाहुरीका कारण आगो सल्किएको थियो । दुवै घरको अन्नपात, लत्ताकपडा, भाँडाकुँडासहितको सामग्री जलेर नष्ट भएको ताप्ली–१ का दिलबहादुर राईले जानकारी दिए । प्रहरी चौकी रुपाटारको टोली घटनास्थलमा पुगेको छ । क्षतिको विवरण सङ्कलन भइरहेको इलाका प्रहरी कार्यालय कटारीका प्रमुख प्रहरी नायब उपरीक्षक मानबहादुर राईले बताए।

Read More

काठमाडौं – नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले स्थानीय तह निर्वाचनमा टिकट वितरण गर्दा अनियमितता हुँदा इमान्दार कार्यकर्ता पीडामा परेको बताएका छन् । आफूसँग असहमत भएकै कारण कैयनको राजनीतिक जीवन समाप्त पार्ने योजनाबद्ध प्रयत्नहरु भएको भन्दै उनले दुःख व्यक्तसमेत गरेका छन् । आज प्रेस विज्ञप्ति जार्दै कोइरालाले भनेका छन्, ‘टिकट वितरणमा आर्थिक चलेखल र अनियमितता भयो भन्ने कुराहरु यतिखेर सार्वजनिक भइरहेका छन् र त्यसको पीडा इमान्दार र निष्ठावान कार्यकर्ताहरु भोग्दैछन् ।’ ‘‘।सबैभन्दा दुःखको कुरा त आफूसँग असहमत भएकै कारण कैयन साथीहरुको राजनीतिक जीवन समाप्त पार्ने योजनाबद्ध प्रयत्नहरु भएका छन्,’ डा. कोइरालाको विज्ञप्तिमा लेखिएको छ, ‘कैयन साथीहरुलाई राज्य र पार्टी संयन्त्रको…

Read More

काठमाडाैँ- एसइईको नतिजा प्रकाशन भएपछि मात्र कक्षा ११ मा नयाँ भर्ना प्रक्रिया सुरु गर्न कामाडौं महानगरपालिकाले विद्यालय र कलेजहरुलाई आग्रह गरेको छ। माध्यमिक शिक्षा परीक्षा (एसईईं) चलिरहेकै बेला केही विद्यालय र कलेजले कक्षा ११ मा भर्नाका लागि विज्ञापन र प्रचारप्रसार गर्न थालेपछि काठमाडौं महानगरपालिकाको शिक्षा विभागले त्यस्ता विद्यालयलाई कारबाही गर्ने चेतावनी दिएको हो। एसइई परीक्षा चलिरहेकै बेला कक्षा ११ मा नयाँ विद्यार्थी भर्नाको सूचना सम्प्रेषण गर्दा विद्यालयहरूबीच अस्वस्थ प्रतिस्पर्धा हुने र शिक्षा क्षेत्रमा अराजकता सृजना हुने महानगरपालिकाले जनाएको छ। काठमाडौं महानगरपालिकाको शिक्षा अधिकारी रामप्रसाद सुवेदीले जारी गरेको परिपत्रमा भनिएको छ, ‘यस परिपत्रको विपरित भए गरेको पाइएमा नियमानुसार भइजाने व्यहोरासमेत जानकारी गराइन्छ।’

Read More

काठमाडौँ – स्थानीय तह सदस्य निर्वाचनका लागि दर्ता भएको उम्मेदवारविरुद्धको परेको उजुरीमा निर्वाचन आयोगले आजदेखि (जाँचबुझ) छानबिन थाल्ने भएको छ । आइतबार र सोमबार मनोनयन दर्ता भएकोमा मंगलबार उम्मेदवारविरुद्ध उजुरी आह्वान भएको थियो । प्राप्त उजुरीमाथि आज र भोलि जाँचबुझ हुने निर्वाचन आयोगका प्रवक्ता शालिकराम शर्मा पौडेलले जानकारी दिएका छन् । आज र भोलि छानबिन गरेर आयोगले निर्णय लिनेछ । आयोगले बिहीबारै उम्मेदवारको नामावली प्रकाशन गर्ने तयारी गरेको छ । १६ वैशाखमा उम्मेदवारले नाम फिर्ता लिने र उम्मेदवारहरूको अन्तिम नामावली प्रकाशन हुने छ । आयोगका अनुसार १७ गते मात्रै उम्मेदवारहरूलाई निर्वाचन चिह्न प्रदान गरिने छ । ७५३ स्थानीय तहमा ३५…

Read More

काठमाडौं- यही वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा सुरक्षाका लागि सरकारले म्यादी प्रहरी परिचालन गरेको छ । प्रहरी प्रधान कार्यालयको रेकर्ड अनुसार देशकका ७ प्रदेशमा ९९ हजार ९९३ जना म्यादी प्रहरीलाई खटाइएको छ । नेपाल प्रहरीले १ लाख म्यादी प्रहरी भर्नाका लागि दरखास्त आह्वान गरेको थियो । मतदानस्थलको संवेदनशीलताका आधारमा ७ प्रदेश र उपत्यकामा फरक–फरक सङ्ख्यामा म्यादी प्रहरी परिचालन गरिएको छ । मधेस प्रदेशमा सबैभन्दा धेरै २१ हजार म्यादी परिचालन गरिएको छ । सुदूरपश्चिम प्रदेशमा १० हजार १६१, लुम्बिनी प्रदेशमा १५ हजार ८२८, कर्णाली प्रदेशमा ७ हजार ७५३, गण्डकी प्रदेशमा १० हजार ९३३, बाग्मती प्रदेशमा १२ हजार १८६ र…

Read More

काठमाडौं- सशस्त्र प्रहरी बलका सशस्त्र प्रहरी नायव महानिरीक्षक (डीआईजी) राजु अर्याललाई सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी)मा बढुवा भएका छन् । मन्त्री परिषद्को मंगलबार बसेको बैठकले उनलाई एआईजीमा बढुवा गर्ने निर्णय गरेको हो । उनी यही वैशाख १८ गतेबाट अनिवार्य अवकाशमा जान लाग्नुभएको थियो । हालका महानिरीक्षक पुष्पराम केसीपछि अर्याल सो सङ्गठनको महानिरीक्षकमा बढुवा हुने भएका छन् ।

Read More