Author: महेन्द्रनगर पोष्ट

दार्चुला : दार्चुलाको व्याँस गाउँपालिकाले महाकाली करिडोर अन्तर्गतको तिंकर सडक निर्माण कार्यलाई गति दिन आर्थिक सहयोगका लागि हार्दिक अपिल गरेको छ। गाउँपालिकाले एक विज्ञप्ति जारी गर्दै नेपाली सेनाले निर्माण गरिरहेको ७९ किलोमिटर लामो दार्चुला-तिंकर सडकलाई शीघ्र सम्पन्न गर्न सबै प्रदेश सरकार, स्थानीय सरकार, र सरोकारवालाहरुको सहयोग आवश्यक रहेको बताएको छ। गाउँपालिकाले नेपाल सरकारको न्यून बजेट विनियोजनका कारण सडक निर्माणमा अपेक्षित प्रगति नहुनुमा चिन्ता व्यक्त गर्दै, द्रुत गतिमा काम सम्पन्न गर्नका लागि सबै तहबाट सहयोगको आवश्यकता रहेको उल्लेख गरेको छ। चालू आर्थिक वर्ष २०८०/०८१ सम्म तिंकर सडक निर्माणमा ४७ करोड ६८ लाख ४३ हजार रुपैयाँ खर्च भइसकेको छ भने वडा नम्बर…

Read More

काठमाडौं : राष्ट्रिय पुरुष टीमका अलराउन्डर दीपेन्द्रसिंह ऐरीकी बहिनी राजमतीले राष्ट्रिय टोलीमा स्थान बनाएकी छन् । श्रीलंकामा जुलाई १९ देखि २८ सम्म हुने एसिया कपको लागि घोषणा भएको इन्दु बर्माको कप्तानीमा १५ सदस्यीय टोलीमा राजमतीले स्थान बनाएकी हुन । नेपाल क्रिकेट संघ (क्यान) ले अर्काे महिना श्रीलंकामा हुने एसिसी महिला एसिया कप खेल्ने टोलीको बुधबार घोषणा गरेको हो । घरेलु प्रतियोगिता शसस्त्र प्रहरी बल (एपिएफ) बाट खेलिरहेकी युवा अलराउन्डर राजमती ऐरीले पहिलो पटक राष्ट्रिय टोलीमा स्थान बनाएकी छन् । उत्कृष्ट प्रदर्शन गर्दै आएका दाइ दीपेन्द्रलाई बहिनी राजमतीले पछ्याउँदै आएकी छन् । उनले पछिल्लो समय घरेलु प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै आएकी…

Read More

धनगढी : जबरजस्तीकरणी गरेको आरोपमा बैतडीमा एक जना पक्राउ परेका छन् । जिल्लाको दशरथचन्द नगरपालिका–३ पोखरीका ४६ बर्षीय प्रेमसिंह भण्डारी पक्राउ परेका हुन । उनलाई गाउँकै ३० बर्षीया विवाहित महिलामाथि करणीको आरोपमा पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक बलराम पाण्डेयले बताए । भण्डारीलाई प्रहरीले मंगलवार पक्राउ गरेको हो ।

Read More

काठमाडौं : एसइईको नतिजा सार्वजनिक भएको छ । राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयले माध्यामिक शिक्षा परीक्षा बोर्डलले विहिबार एसइईको नतिजा सार्बजनिक गरेको हो । परीक्षामा सहभागी भएका कुल विद्यार्थीमध्ये ४७.८६ प्रतिशत विद्यार्थीमात्रै उत्तीर्ण भएका छन् । नतिजाअनुसार सुदूरपश्चिमबाट ५३ हजार ४४६ जना परीक्षार्थी सहभागी हुँदा ३६ हजार ४१० जना अनुत्तीर्ण भएका छन् । परीक्षामा नियमिततर्फ ४ लाख ६४ हजार ७८५ जना परीक्षार्थी सहभागी थिए ।

Read More

काठमाडौं : सुदूरपश्चिम प्रदेशका केही नदी तथा खोलामा आज बाढी आउने सम्भावना छ । मध्यमदेखि भारी वर्षाको सम्भावना रहेकाले बाढीको जोखिम रहेको हो ।  सुदूरपश्चिमका कैलाली, कञ्चनपुर, डोटी, डडेलधुरा,अछाम र आसपास जिल्ला भएर बहने नदी तथा खोलामा आकस्मिक बाढीको जोखिम रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।  बाढीको जोखिम रहेकाले नदी तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन विभागले आग्रह गरेको छ । आज सातवटै प्रदेशमा वर्षाको सम्भावना छ । 

Read More

काठमाडौं : एसइईको नतिजा सार्वजनिक भएको छ । राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयले माध्यामिक शिक्षा परीक्षा बोर्डलले विहिबार एसइईको नतिजा सार्बजनिक गरेको हो । परीक्षामा सहभागी भएका कुल विद्यार्थीमध्ये ४७.८६ प्रतिशत विद्यार्थीमात्रै उत्तीर्ण भएका छन् । जसमा १८६ जनाले ४ जीपीए ल्याएको बोर्डले जानकारी दिएको छ । कार्यालयले सार्वजनिक गरेको नतिजा अनुसार परीक्षामा सहभागी भएका ४ लाख ४४ हजार ७८५ जना विद्यार्थी मध्ये २ लाख ४२ हजार ९२ जना विद्यार्थीले मात्रै कक्षा ११ मा पढ्न पाउने भएका हुन् । अर्थात् परीक्षामा सहभागी भएकामध्ये ५२.१४ प्रतिशत परीक्षार्थीले ननग्रेड (एनजी) ल्याएका छन् । कार्यालयले गत वर्ष असार २४ मा एसइईको नतिजा…

Read More

काठमाडौँ: दक्षिण अफ्रिका जारी आईसिसी टी–२० विश्वकपको फाइनल प्रवेश गरेको छ । पहिलो सेमिफाइनल खेलमा अफगानिस्तानलाई ९ विकेटले पराजित गर्दै दक्षिण अफ्रिका फाइनल प्रवेश गरेको हो ।  अफगानिस्तानले दिएको जम्मा ५७ रनको लक्ष्य दक्षिण अफ्रिकाले ८.५ ओभरमा पूरा गरेको थियो । टस जितेर पहिला ब्याटिङ गरेको अफगानिस्तानले ११.५ ओभरमा सबै विकेट गुमाएर ५६ रनमात्रै बनाएको थियो । ५७ रनको सामान्य लक्ष्य पछ्याउँदा दक्षिण अफ्रिकाको सुरुआत भने राम्रो रहेन । जारी विश्वकपमा राम्रै प्रदर्शन गरेका क्विन्टन डी कक फ्लप भए । उनी ५ रन बनाएर आउट भएका थिए । त्यसपछि रिजा हेनरिक र कप्तान एडेन मार्करमले पारि सम्हाल्दै दक्षिण अफ्रिकालाई ८.५…

Read More

अछाम : अछामको मंगलसेन लगाएका स्थानमा भारी वर्षा भएको छ । मंगलसेन वर्षामापन केन्द्र र आसपासमा मयध्मदेखि भारी वर्षा मापन भएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।  भारी वर्षा भएकाले उक्त क्षेत्र भएर बग्ने स–साना खोलाहरूमा जलसतह केही बढ्ने भएकाले तटीय क्षेत्रमा रहनेहरूले सतर्कता अपनाउन विभागले अनुरोध गरेको छ ।  यस्तै दैलेखको डण्डा गाउँ वर्षामापन केन्द्र र आसपासमा मयध्मदेखि भारी वर्षा मापन भएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । 

Read More

काठमाडौं : प्रतिनिधिसभाको बैठक आज बस्दै छ । बैठकमा सभामुखले प्रतिनिधिसभा कार्यव्यवस्था परामर्श समितिमा सदस्यको नाम मनोनयन गर्ने, संयुक्त समितिअन्तर्गतको संसदीय सुनवाइ समितिमा सदस्यहरूको नाम हेरफेर गर्ने सम्भावित कार्यसूची छ । सभामुखले विषयगत समितिहरूमा सदस्यहरूको नाम हेरफेर गर्ने, संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्रीले राष्ट्रियसभामा उत्पत्ति भएको ‘अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको प्रतिवेदन सहितको अभिलेख संरक्षण (पहिलो संशोधन) विधेयक, २०७८’ छलफलका लागि प्रस्तुत गर्ने कार्यसूची छ । ‘अभिलेख संरक्षण (पहिलो संशोधन) विधेयक, २०८१’ पारितका लागि प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ । बिहान ११ बजेका लागि बोलाइएको छ ।

Read More

काठमाडौं : माध्यमिक शिक्षा परीक्षा (एसइई)को नतिजा आज सार्वजनिक हुँदै छ । हिजो बिहानै नतिजा प्रकाशन गर्ने भनिए पनी आन्तरिक तयारी नसकिएको भन्दै आज नतिजा सार्वजनिक गर्ने तयारी रहेको छ । २०८० साल चैत्र १५ देखि चैत २७ सम्म भएको एसइई परीक्षामा देशभरका ५ लाख ४ हजार ४१४ विद्यार्थी सहभागी थिए । बोर्डले यस वर्षदेखि लेटर ग्रेडिङ निर्देशिका, २०७८ अनुसार नतिजा सार्वजनिक गर्नेछ । जसमा सैद्धान्तिक र आन्तरिकको मूल्याङ्कन फरक–फरक रूपमा गर्ने व्यवस्था छ । विद्यार्थीले सैद्धान्तिकतर्फ हरेक विषयमा न्यूनतम ३५ प्रतिशत अंक ल्याउनुपर्छ। ७५ अङ्कको सैद्धान्तिक परीक्षा हुने विषयमा न्यूनतम २७ अंक ल्याउनुपर्छ। त्यसमा आन्तरिकतर्फ २५ पूर्णाङ्कको परीक्षामा भने…

Read More