Author: महेन्द्रनगर पोष्ट

काठमाडौं – गृहमन्त्री बालकृष्ण खाँण बागी उम्मेदवारलाई फकाउन आज बिहानै चितवन पुगे । भरतपुर महानगरको मेयरमा बागी उम्मेदवारी दिएका जगन्नाथ पौडललाई फकाउन गृहमन्त्री खाँण चितवन पुगेका हुन् । यसरी उम्मेदवारी दिएको व्यक्तिलाई बहालवाला मन्त्री नै फकाउन पुगेको विषयमा निर्वाचन आयोगले आफ्नो ध्यानाकर्षण भएको जनाएको छ । आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले बिहीबार आयोजित पत्रकार सम्मेलनमा उक्त विषय आयोगको नोटिसमा रहेको बताए । ‘गठबन्धन र त्यस सन्दर्भको कुरालाई लिएर र उहाँहरूको हिसावमा उठ्न नपर्ने मान्छेहरू उठिदिनुभयो, अफ्ठ्यारो भयो भन्ने हिसावले मन्त्रीज्यूहरु नै गएको भन्ने जुन कुरा छ । पकै पनि आयोगको ध्यानाकर्षण भएको छ’, सहायक प्रवक्ता अर्यालले भने, ‘पब्लिक पोस्ट र…

Read More

पोखरा – उच्च अदालत पोखराले बलात्कारको आरोप लागेका पल शाहले दर्ता गरेका दुई छुट्टाछुट्टै निवेदन एकसाथ पेस गर्न आदेश दिएको छ । जिल्ला अदालत तनहुँ र नवलपुरबाट आफूलाई थुनामा राख्ने भनी गरेको आदेशविरुद्ध शाहले उच्च अदालत पोखरामा छुट्टाछुट्टै निवेदन दिएका थिए । उच्च अदालतले ती दुवै निवेदन एकसाथ पेस गर्नु भनी आदेश गरेको हो ।

Read More

सुर्खेत – आगामी वर्षको लागि बजेटको आकार र समेटिने शीर्षकका विषयमा विषयगत मन्त्रालयसँग आर्थिक मामिला तथा योजना मन्त्रालयले छलफल सुरु गरेको छ । कर्णाली प्रदेशका सबै मन्त्रालयलाई उपलब्ध गराएको बजेटको आकारका आधारमा समेटिने विषयवस्तुमाथि मन्त्रालयले छलफल सुरु गरेको हो । यही क्रममा आज जलस्रोत तथा उर्जा विकास मन्त्रालय, भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयसँग छलफल भएको छ । आगामी आर्थिक वर्षमा आउने बजेटमा के के विषयवस्तु प्राथमिकतामा राख्ने भन्ने विषयमा व्यापक छलफल भएको छ । चालु नीति तथा कार्यक्रमको प्रमुख उपलब्धि र समीक्षाको विषयमा समेत छलफल भएको छ । यस्तै, आगामी बजेटमा निरन्तरता दिनुपर्ने नीति तथा कार्यक्रम, प्रस्तावित नीति तथा कार्यक्रम, प्रदेश…

Read More

काठमाडौं – पछिल्लो २४ घण्टामा १५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ५८७५ जनाको आरटी–पीसीआर र एन्टिजेन विधिबाट परीक्षण गर्दा १५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । हाल १०६ जना क्वारेन्टाइनमा रहेको मन्त्रालयले जनाएको छ । देशभर हाल सक्रिय संक्रमितको संख्या २४९ रहेको छ । पछिल्लो २४ घण्टामा देशभर १८ जना संक्रमणमुक्त भएर घर फर्किएका छन् । कोरोना संक्रमणका कारण आज कसैको मृत्यु भएको छैन ।नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११ हजार ९५१ पुगेको छ ।

Read More

दार्चुला – नेकपा एमालेले शैल्यशिखर नगरपालिका, व्याँस गाउँपालिका र मालिकार्जुन गाउँपालिका बाहेक सबै स्थानीय तहमा पूरानै उम्मेदवार दोहोर्याएको छ । ०७४ सालको स्थानीय तहमा निर्वाचित भएका तथा उम्मेदवार भएर हारेकै उम्मेदवारलाई यो पटक पनि मौका दिएको हो । तीन वटा स्थानीय तह जितेको एमालेले तीनै ठाउँमा अध्यक्ष उपाध्यक्षमा पूरानै उम्मेदवार दोहोर्याएको छ । एमाले प्रचार तथा प्रकाशन विभाग प्रमुख खडक बडाल स्थानीय कमिटीकै सिफारिसको आधारमा पूरानै उम्मेदवार दोहोरिएका हुन् ।नेपाली काग्रेसले गठबन्धनसँग मिलेर ०७४ कै सबै उम्मेदवार यो पटक पनि दोहोर्याएको छ । उपाध्यक्षमा गठबन्धनका कारण केही ठाउँमा परिवर्तन भएको बाहेक सबै पूरानै अनुहार यो पटक पनि उम्मेदवार बनेका छन्…

Read More

दाङ – दाङमा यात्रुबाहक जिप दुर्घटना हुँदा १३ जना घाइते भएका छन् । तुलसीपुर उपमहानगरपालिका-३ चोरखोलामा बिहीबार दिउँसाे राेल्पाकाे जुँगारबाट दाङकाे तुलसीपुर आउँदै गरेकाे जीप दुर्घटनामा परेकाे हाे । घुम्ती बाटोमा जीपको गति तीव्र भएकाले दुर्घटनामा परेकाे हुनसक्ने इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले बताए । घाइते १३ जना मध्ये तीन जनालाई थप उपचारका लागि कोहलपुर लगिएको छ । केही घाइतेको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भइरहेको छ ।

Read More

काठमाडौँ – चालु आर्थिक वर्षमा नेपालको आर्थिक वृद्धिदर ५.८ प्रतिशत पुग्ने प्रक्षेपण गरिएको छ । केन्द्रीय तथ्याङ्क विभागले सरकारलाई राहत मिल्ने गरी उक्त प्रक्षेपण सार्वजनिक गरेको हो । विभागका निर्देशक ईश्वरीप्रसाद भण्डारीले आर्थिक वर्ष २०७८/७९ को वार्षिक राष्ट्रिय लेखा अनुमान सार्वजनिकीकरण कार्यक्रममा आर्थिक वृद्धिदरको आङ्कलन सुनाएका थिए । विभागले कृषि र खानीसहित प्राथमिक क्षेत्रको वृद्धिदर २.३ प्रतिशत रहने अनुमान गरेको छ । यस्तै, उद्योगमा १०.३ प्रतिशत र सेवा क्षेत्रमा ५.९ प्रतिशतको वृद्धिदर हासिल हुने विभागको अनुमान छ । आर्थिक वर्ष सकिनुभन्दा करिब तीन महिना अगाडि विभागले आर्थिक वृद्धिदरको प्रक्षेपण सार्वजनिक गरेको हो । अघिल्ला दुई वर्षमा कोभिडका कारण नेपालको वृद्धिदर…

Read More

पोखरा – पोखरामा सत्तारुढ गठबन्धनको संयुक्त घोषणापत्र सार्वजनिक कार्यक्रममा कांग्रेसकै कार्यकर्ताले अवरोध गरेका छन् । बिहीबार दिउँसो २ बजे पोखरा महानगरपालिकाका लागि संयुक्त घोषणापत्र सार्वजनिक गर्ने कार्यक्रम भए पनि वडा तहमा भागबन्डा नमिलेको भन्दै कांग्रेस कार्यकर्ताले नाराबाजीसहित अवरोध गरेका हुन् । सुरुदेखि नै महानगरको मेयर नेकपा एकीकृत समाजवादीका धनराज आचार्यलाई दिने निर्णयले कांग्रेसका स्थानीय कार्यकर्ता रुष्ट बनेका छन् । त्यसपछि मेयर र उपमेयरमा तालमेल भए पनि वडा तहमा आफूखुसी उम्मेदवार उठाउने निर्णय भएपछि विवाद केही मत्थर भएको थियो । वडा नम्बर १८, २२ र २४ नेकपा माओवादी केन्द्रलाई दिने सहमति भएपछि त्यहाँका कांग्रेस कार्यकर्ता असन्तुष्ट बनेका हुन् । असन्तुष्ट कांग्रेस…

Read More

काठमाडौं – जुवातास खेलिरहेको अवस्थामा प्रहरीले ४ जनालाई पक्राउ गरेको छ । पूर्व नवलपरासी स्थित कावासोती नगरपालिका–३ स्थित अक्सफोर्ड ट्रायल सेण्टरभित्र जुवातास खेलिरहेको अवस्थामा ४ जना पक्राउ परेका हुन् । पक्राउ पनेहरुमा गोरखा भिमसेन थापा गाउँपालिका–५ घर भएका ३५ वर्षीय सन्दिप कुमार श्रेष्ठ लगायत ४ जना रहेका छन् । उनीहरुलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको हो । उक्त ट्रायल सेण्टरभित्र जुवातास खेलिरहेको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको थियो । उनीहरुलाई १ बुक तास सहित नगद ४४ हजार ९ सय ७७ रूपैयाँ फेला पारी पक्राउ गरेको छ । यस सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले…

Read More

काठमाडौं – काठमाडौं महानगरपालिकाको मेयरकी उम्मेदवार सिर्जना सिंहले सात संकल्प अघि सारेकी छिन् । नेपाली कांग्रेसको तर्फबाट उम्मेदवार बनेकी सिंहले बिहीबार काठमाडौंमा आयोजित कार्यक्रममा सात संकल्प अघि सारेकी हुन् । उनले सेवा सुशासन, स्वास्थ्य, शिक्षा तथा सामाजिक शिक्षा, स्वच्छ हावा, दिगो पर्यावरण, सुरक्षित सहरको संकल्प अघि सारेकी छिन् । त्यस्तै संस्कृति, सम्पदा र सभ्यता, सवल र सम्मुनत पूर्वाधार, सवल युवा स्वावलम्बी महिला र सिर्जनशील महानगरबासीको संकल्प अघि सारेकी हुन् । उनले काठमाडौं महानगरपालिकाको मेयरमा निर्वाचित भएको खण्डमा फोहोर व्यवस्थापन पहिलो प्राथमिकतामा राख्ने बताइन् । त्यसका लागि उनले जिरो वेष्ट म्यानेजमेन्ट अवधारणा अघि सारेकी छिन् । ‘घरबाट निस्किएको फोहोर घरभित्रै व्यवस्थापन गर्न…

Read More