Author: महेन्द्रनगर पोष्ट

काठमाडौं : धम्क्याएर व्यापारीसँग पैसा उठाएपछि नेपाल प्रहरीका पूर्वप्रहरी निरीक्षक गणेशमान श्रेष्ठ विराटनगरबाट पक्राउ परेका छन् । मोरङ प्रहरीका अनुसार विराटनगर महानगरपालिका–८ घर भएका पूर्वइन्सपेक्टर ५८ वर्षीय श्रेष्ठलाई सोमबार साँझ ५ बजे पक्राउ गरिएको हो । आफू ब्युरोको प्रहरी भएको बताउँदै धम्क्याएर व्यापारीसँग पैसा उठाउने क्रममा श्रेष्ठलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । आफू ब्युरोको प्रहरी भएको बताउँदै श्रेष्ठले पुरानो परिचयपत्र देखाएर विराटनगर–६ स्थित व्यापारी राजकुमार भगतको पसलमा छापा हानेका थिए । श्रेष्ठले डर त्रास देखाई व्यापारी भगतसँग पैसा लिएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । भगतले १० हजार रुपैयाँ पैसा पूर्वइन्सपेक्टर श्रेष्ठलाई दिएको बताइएको छ । व्यापारीसँग पैसा लिएको…

Read More

धनगढी : सुदूरपश्चिम प्रदेशका प्रहरी वरिष्ठ उपरीक्षक दिल्लीराज विष्टको प्रमुख आतिथ्यमा सोमबार एक दिने सिसिटीभि संचालन तथा मर्मत सम्बन्धी अनुशिक्षण कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा प्रहरी नायब उपरीक्षक, सिनियर तथा जुनियर प्रहरी अधिकृतहरू सहित विभिन्न तहका प्रहरी कर्मचारीहरूको उपस्थिति रहेको थियो। प्रमुख अतिथि दिल्लीराज विष्ट ज्युले बदलिँदो परिस्थितिमा सिसिटीभिको महत्व र आवश्यकताबारे निर्देशन दिएका थिए। अनुशिक्षण कार्यक्रममा कैलाली र कञ्चनपुर जिल्लाका सिसिटीभि मनिटरीङ्गमा रहेका प्रहरी कर्मचारीहरू सहभागी भएका थिए। सहभागीहरूमध्ये प्रहरी वरिष्ट हवल्दार २ जना, प्रहरी हवल्दार ८ जना, प्रहरी सहायक हवल्दार ३ जना र प्रहरी जवान ६ जना गरी जम्मा १९ जना रहेका छन्। यस अनुशिक्षण कार्यक्रमले सिसिटीभि संचालन…

Read More

धनगढी: कैलालीमा प्रहरीले नियन्त्रणमा लिएका सईमाथि थप कारबाही अगाडी बढाइएको छ। अस्ति कैलालीको टीकापुरस्थित प्रहरी चौकी सत्तीका ईन्चार्जसमेत रहेका सई अशोक खड्कालाई प्रहरीले नियन्त्रणमा लिएको थियो। शनिबार बेलुका उनलाई नियन्त्रणमा लिइएकोमा अहिले उनको जिम्मेवारी खोसेर इलाका प्रहरी कार्यालय टीकापुरमै राखिएको र थप कारबाही अगाडि बढाइएको हो। प्रहरीले नियन्त्रणमा लिएपछि उनले ड्युटीमा रहेका बेला मापसे गरेको स्वास्थ्य जाँचका क्रममा पुष्टि भएको थियो। त्यसपछि कारबाही अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय कैलालीका एसपी पदमबहादुर बिष्टले महेन्द्रनगरपोष्टलाई जानकारी दिए। खड्काले ड्युटीमै मदिरा सेवन गरेर लफडा गरेको गुनासोपछि प्रहरीले उनलाई नियन्त्रणमा लिएको थियो। सो समयमा उनी सादा पोसाकमै रहेको बताइन्छ।

Read More

काठमाडौं : रोल्पाको घर्तिगाउँबाट तालाबाङतर्फ गइरहेको लु १ ज ३२५२ नम्बरको यात्रुवाहक जीप बुढागाउँमा दुर्घटना हुँदा ११ जना यात्रु गम्भीर घाइते भएका छन् । अन्य केही घाइते यात्रुको उद्दार भइरहेको जिल्ला प्रहरी कार्यालय रोल्पाका सूचना अधिकारी प्रहरी निरीक्षक रोहितकुमार शाहीले जनाएका छन् । उनका अनुसार अहिले घटनास्थलतर्फ घर्तीगाउँ प्रहरी चौकीको टोली पुगेको छ तर घटनाको विस्तृत विवरण आउन बाँकी छ ।

Read More

काठमाडौं : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ताप्लेजुङको फुङ्लिङ नगरपालिकाका सव–इन्जिनियर अख्तर हुसेनलाई घुससहति पक्राउ गरेको छ । अख्तियारको इटहरीबाट खटिई गएको टोलीले हुसेनलाई सेवाग्राहीबाट एक लाख रुपियाँ घुस रकम लिइसकेको अवस्थामा पक्राउ गरेको हो । फुङलिङ नगरपालिका-४ न्यूरोड ट्याक्सी स्ट्यान्ड नजिकबाट उनलाई पक्राउ गरिएको अख्तियारका प्रवक्ता नरहरि घिमिरेले जानकारी दिए । उनले खेलकुद मैदान निर्माण कार्यमा सेवाग्राहीसँग एक लाख रुपियाँ घुस मागेको प्रवक्ता घिमिरेले बताए । उनीमाथि थप अनुसन्धान भइरहेको बताइएको छ ।

Read More

काठमाडौं : प्रधानमन्त्री पुष्पकल दाहाल ‘प्रचण्ड’ले समीकरण फेरिन हल्ला यथार्थ नभएको ब्रिफिङ गरेका छन् । सोमबारको मन्त्रिपरिषद् बैठकमा उनले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग भेटवार्ता सकारात्मक भएको बताएका छन् । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले प्रधानमन्त्रीले यो गठबन्धन लामै समय जाने बताएको जानकारी दिइन् । “बाहिर असझदारी भए भन्ने चर्चा परिचर्चा, हल्ला छन् । ती सबै कुरा असत्य हुन् । त्यस्तो छैन । हाम्रो छलफल अत्यन्तै सकारात्मक ढंगले अघि बढिरहेको छ,” प्रधानमन्त्रीको भनाइ उद्धृत गर्दै उनले भनिन्, “यो गठबन्धन लामै समय जाने स्थिति बनेको छ भनेर प्रधानमन्त्रीले ब्रिफिङ गर्नुभएको छ ।” उनले सरकार यसरी नजाओस् भन्नेहरूले गलत सूचना…

Read More

काठमाडौँ : अदालतले तपस्वी रामबहादुर बमजनलाई १० वर्ष कैदको फैसला सुनाएको छ। जिल्ला अदालत सर्लाहीले बाल यौन दुराचारको कसुरमा सोमबार यस्तो फैसला सुनाएको हो। जिल्ला न्यायाधीश जीवनकुमार भण्डारीको इजलासले पीडितलाई पाँच लाख रुपैयाँ क्षतिपूर्ती भराउन समेत आदेश गरेको स्रेस्तेदार सदन अधिकारीले बताए। यसअघि भण्डारीकै इजलासले असार १० गते दोषी ठहर गर्दै सजाय निर्धारणका लागि आज सोमबारका लागि पेसी तोकेको थियो। बमजनलाई सीआईबीले २०८० पुस २४ गते काठमाडौँबाट पक्राउ गरेर कारबाहीका लागि सर्लाही पठाएको थियो। जिल्ला अदालत सर्लाहीले पुस २७ गते उनलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको थियो।

Read More

धनगढी : डडेल्धुराको एक निजी विद्यायलको छात्रवासमा विद्यार्थीमाथि निर्घात कुटपिट भएको पाइएको छ । अमरगढी नगरपालिका–५ मा रहेको क्याम्ब्रिज पब्लिक स्कूलको छात्रवासमा रहेका दुई जना विद्यार्थीहरुलाई एक शिक्षकले कुटपिट गरेर घाइते बनाएका हुन् । घाइते विद्यार्थीको डडेल्धुरा अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । गृहकार्य नगरेको भन्दै विज्ञान विषयका शिक्षक महेश नाथले होस्टेलमा रहेका विद्यार्थीलाई कुटेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रहरी प्रवक्ता वीरबहादुर थापाले बताए । विद्यार्थी कुट्ने शिक्षक अहिले प्रहरीको नियन्त्रणमा छन् । घाइते हुनेमा सिगास गाउँपालिका २ बैतडी घर भएका १२ वर्षका भुपेन्द्र धामी र डडेल्धुराको अमरगढी नगरपालिका ३ का १३ वर्षका विद्यार्थी बिवेक बोहरा रहेको प्रहरीले जनाएको…

Read More

धनगढी : कञ्चनपुरमा जिप दुर्घटना हुँदा एक जना घाइते भएका छन्। पूर्वपश्चिम राजमार्ग अन्तर्गत शुक्लाफाँटा नगरपालिका–११ कलुवापुरमा जिप दुर्घटना भएको हो। म १ च ५७७ नम्बरको जिप सोमवार दुर्घटना भएको प्रहरीले जनाएको छ। दुर्घटनामा भीमदत्त नगरपालिका–१२ का ३७ वर्षीय नरेश जोशी घाइते भएका छन्। घटनाको विस्तृत विवरण आउन भने बाँकी नै रहेको प्रहरीले जनाएको छ।

Read More

काठमाडौं: हालको सरकार र सत्तारुढ गठबन्धन ढल्ने चर्चाकाबीच नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई प्रमुख प्रतिपक्षी र सरकारको नेतृत्व गरिरहेको दलका अध्यक्ष एवं प्रधानमन्त्रीबाटैसमेत प्रधानमन्त्री पदको अफर आएको छ। नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले ओलीलाई प्रधानमन्त्री अफर गरेको र गोप्य सहमति भएको चर्चा चुलिएपछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पनि प्रधानमन्त्री अफर गरेका हुन्। स्रोतहरूका अनुसार कांग्रेस एमाले अध्यक्ष केपी शर्मा ओलीलाई पहिलो चरणमा प्रधानमन्त्री स्वीकार्न तयार भएको छ। सोही अनुरुप कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष ओलीबीच तीनपटकसम्म भएको बैठकमा संसदको बाँकी साढे तीन वर्षको अवधिमा एमाले र कांग्रेसले आलोपालो सरकारको नेतृत्व गर्ने गरी समझदारी बन्न लागेको हो। जसमा…

Read More