Author: महेन्द्रनगर पोष्ट

बर्दिया – बर्दियामा १४ वर्षीया किशोरी बलात्कृत भएकी छन् । ती किशोरीलाई बलात्कार गरेको आरोपमा प्रहरीले बारबर्दिया नगरपालिका–३ खुरखुरे बस्ने २५ वर्षीय गगन कामीलाई पक्राउ गरेको छ । सुर्खेत ब्राह्राताल गाउँपालिका–४ स्थायी घर भएका कामीलाई शनिबार राति पक्राउ गरिएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार कामीले सोही नगरपालिका–६ पथ्थरडाँडास्थित खेतमा किशोरीलाई शुक्रबार साँझ बलात्कार गरेका थिए । ईलाका प्रहरी कार्यालय बानियाभारबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

Read More

काठमाडौं – धादिङको बेनिघाट रोराङ गाउँपालिका ३ सलाङघाटमा माइक्रो बस दुर्घटना हुँदा १७ जना घाइते भएका छन् । घाइतेमध्ये ३ जनाको अवस्था गम्भीर रहेकाे जनाइएकाे छ । आइतबार बिहान पोखराबाट काठमाडौंतर्फ जाँदै गरेको बा४ख २७०४ नम्बरको माइक्रो बस ओभरटेक गर्ने क्रममा विपरीत दिशाबाट आउँदै गरेको बा ८ च ७०३६ नम्बरको कारलाई ठक्कर दिई सोही दिशाबाट आउँदै गरेको ना ८ ख २०१४ नम्बरको ट्रकसँग ठोक्किँदा माइक्रोमा सवार १७ जना घाइते भएका हुन् । गम्भीर घाइते तीनसहित अन्य पाँचजनालाई उपचारका लागि काठमाडौँ पठाइएको छ । घाइते तीनजनाको गजुरी अस्पताल र बाँकी ६ जनाको मलेखु टिचिङ अस्पतालमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय बेनिघाटले जानकारी…

Read More

काठमाडौं – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले विप्लव समूहका नेताहरुसँग भेट गरेका छन् । आइतबार भएको भेटमा तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकारसँग भएको ३ बुँदे सहमति कार्यान्वयनको विषयमा छलफल भएको विप्लव समूहका नेता धर्मेन्द्र वास्तोलाले बताएका छन् । तत्कालिन सरकारसँग भएको सहमतिअनुसार जेलमा रहेका आफ्ना नेता कार्यकर्ताको रिहाइ लगायतको विषयमा छलफल भएको जनाइएको छ । माधव नेपाल निवास कोटेश्वरमा भएको भेटमा विप्लव समूहबाट नेता वास्तोला र हेमन्तप्रकाश वली, श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री किसान श्रेष्ठ पनि सहभागी थिए ।

Read More

स्याङ्जा – स्याङ्जामा जिप दुर्घटना हुँदा मृत्यु हुनेको संख्या पाँच पुगेको छ। आइतबार बिहान सवा १० बजे वालिङ नगरपालिका–१२ मा जिप सडकबाट खस्दा पाँच जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक राजीवबहादुर बस्नेतले जानकारी दिए। डाँडाखर्कबाट वालिङ बजार आउँदै गरेको ग १ ज ७३९९ नम्बरको जिप अनियन्त्रित भई सडकबाट तल खस्दा ६५ वर्षीय वीरबहादुर दाला, ४५ वर्षीया हिरा दाला, २५ वर्षीया शर्मीला सारू, उनका अन्दाजी ७ महिना छोरा र ६१ वर्षीया कुलकुमारी कनौजे छन्। दुर्घटनामा ६ जना घाइते छन्। उनीहरू सबैलाई गण्डकी अस्पताल पोखरा पठाइएको छ। उनीहरूमध्ये चार जना गम्भीर अवस्थामा रहेको प्रहरी उपरीक्षक बस्नेतले बताए।

Read More

काठमाडौं – सशस्त्र प्रहरीमा रिक्त अतिरिक्त महानिरीक्षक (एआईजी)मा बढुवा हुन ४ जना डीआईजीले आवेदन दिएका छन् । चैत ३० मा बढुवा समितिका सदस्य–सचिव आईजीपी पुष्पराम केसीले प्रतिस्पर्धीहरुलार्ई ३ दिने सूचना जारी गरे अनुरुप ४ जनाले आबेदन दिएका हुन् । सशस्त्र प्रहरीमा एआईजीको १ सिट रिक्त छ । सो सिटमा बढुवा हुन ‘योग्य छौं’ भनेर डीआईजीहरू राजु अर्याल, नारायणदत्त पौडेल, चन्द्रप्रकाश गौतम र वंशीराज दाहालले आवेदन दिएका हुन् । डीआईजी अर्याल बरियताको एक नम्बरमा छन् । बरियताको दोस्रो नम्बरमा पौडेल, तेस्रो नम्बरमा सिपी गौतम र चौंथो नम्बरमा दाहाल छन् । अर्याल र नारायणदत्त पौडेल २०५४ चैतमा प्रहरी निरीक्षकमा भर्ना भएका थिए ।…

Read More

काठमाडौं – नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी सरकारले आफूलाई गरेको निलम्बनको निर्णयविरूद्ध अदालत गएका छन्। गत चैत २५ गते सरकारले अधिकारीलाई गभर्नर पदबाट निलम्बन गरेपछि यसविरूद्ध उनी सर्वोच्च अदालत गएका हुन्। अधिकारीले आफूमाथि गरिएको कारबाही बदर गरी गभर्नरको जिम्मेवारीमा फर्किन अन्तरिम आदेश माग गर्दै रिट दायर गरेको जनाइएको छ ।

Read More

काठमाडौं – सत्ता गठबन्धनको बैठकले स्थानीय तहमा चुनावी तालमेलका लागि भइरहेको प्रयासको समीक्षा गरेको छ । आइतबार विहान १० बजे प्रधानमन्त्रीको निवास बालुवाटारमा बसेको गठबन्धनका शीर्ष नेताको बैठकले तालमेलका प्रयासबारे समीक्षा गर्दै गठबन्धनले जित्ने ठाउँमा मैत्रीपूर्ण प्रतिस्पर्धा गर्ने निर्णय गरेको हो । गठबन्धनकै दल जित्ने पक्का भएको ठाउँमा मैत्रिपूर्ण प्रतिस्पर्धा गर्ने र गठबन्धनका दलबीच तालमेल नभर्इ जित्न नसक्ने ठाउँमा तालमेलमै जोड दिनुपर्छ भन्ने छलफल भएको बैठकमा सहभागि एक नेताले बताए । चुनावी परिणाम प्रतिकुल आउने गरी मातहतका संयन्त्रले निर्णय लिए केन्द्रले सोच्न सक्ने अवस्थाबारे पनि छलफल भएको थियो । काँग्रेस नेता रामचन्द्र पौडेल नेतृत्वको समितिसँग शीर्ष नेताले प्रधानमन्त्री निवास बालुवाटारमा थप…

Read More

दार्चुला – निर्वाचन आयोगले प्रकाशन गरेको अन्तिम मतदाता नामावली अनुसार दार्चुलामा अधिकांश मृत्यु भएका मतदाताहरुको नाम मतदाता नामावली सूचीबाट हटेको छैन् । स्थानीय तहहरुले निर्वाचन कार्यालयबाट माग भए अनुसारको विवरण भरेर नदिदा मृत्यु भएकाहरुको सूची नहटेको निर्वाचन कार्यालयले जनाएको छ । निर्वाचन कार्यालयका सूचना अधिकारी चित्रप्रकाश जोशीका अनुसार निर्वाचन कार्यालयले जिल्लाका ९ वटै स्थानीय तहहबाट मृत्यु भएकाहरुको विवरण हटाउन सूची मागेको थियो । मृत्युदर्ता प्रमाणपत्र देखि लिएर वडा कार्यालयबाट जानकारी माग गरेपनि स्थानीय तहले सूची विवरण दिन नसक्दा मतदाता नामावलीबाट मृत्यु भएकाहरुको नाम सच्याउन नसकिएको जोशीले बताए । जिल्लाको अपिहिमाल गाउँपालिकाले मात्रै पूर्ण विवरण भरेर पठाएको थियो । त्योबाहेकका स्थानीय…

Read More

काठमाडौं – नेपाली कांग्रेसका महामन्त्री गगन थापाले एक/दुई दिनभित्र जति ठाउँमा तालमेल नहुने स्थानलाई थप समय उपलब्ध नहुने बताएका छन् । महामन्त्री थापाले निर्णय गर्न सकिएन भनेर माथिल्लो तहमा नपठाउन मातहतका कार्यसमितिलाई निर्देशन समेत दिएका छन् । ‘अबको एक/दुई दिनभित्रमा जहाँ-जहाँ तालमेलको सम्भावना छ । त्यहाँ तालमेल हुन्छ । जहाँ सम्भावना छैन,त्यहाँ तालमेल हुँदैन’ बुढानीलकण्ठमा आयोजित एक कार्यक्रममा थापाले भने, ‘स्थानीय तहको मर्मविपरीत भएको छ । स्थानीय तहलाई दिएको अधिकार पनि खोसियो । एक्लै जाने तालमेल गर्ने तपाईंहरूले निर्णय गर्ने हो ।’ ‘तल तालमेल गर्ने कुरा मिले मिल्छ । तल तालमेल मिलेन भनेर माथि पठाउन हुँदैन । तालमेलको टुंगाउने अधिकार तल्लो…

Read More

काठमाडौँ – सुर्खेतको गुर्भाकोट नगरपालिका–१३ शेरघारी फर्ममा टेम्पो अनियन्त्रीत भएर पल्टीदा एकजनाको मृत्यु भएको छ भने चालक सहित ३ जना घाइते भएका छन् । मृत्यु हुनेमा टेम्पोमा सवार सुर्खेतकै गुर्भाकोट नगरपालिका–१४ का अन्दाजी ६० वर्षीय पदम बहादुर रासकोटी रहेका छन् । दुर्घटनामा गम्भीर घाइते भएका उनको उपचारको क्रममा मेहलकुना अस्पतालमा बेलुकी सवा ७ बजे मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा सामान्य घाइते भएका चालक ३१ वर्षीय पदम शाही, टेम्पोमा सवार ४५ वर्षीय गोपाल पुन र ४२ बर्सिया पुर्णकला पुनको सोही अस्पतालमा उपचार भइरहेको छ । बेतनीबाट गुमीतर्फ आउँदै गरेको भे १ ह ३० ४९ नम्बरको टेम्पो शनिबार साँझ पौने…

Read More