Author: महेन्द्रनगर पोष्ट

दार्चुला- स्थानीय तह निर्वाचनलाई लक्षित सत्तारुढ दलहरुको गठबन्धन सहमति नजिक पुगेको छ । दुई दिनदेखि निरन्तर छलफलमा रहेको गठबन्धनको बैठक सबै स्थानीय तह र वडातहसम्म सहमति नजिक पुगेको हो । गठबन्धन दलका बैठकमा अहिलेसम्म नेपाली काग्रेसले २ नगरपालिकासहित ६ वटा स्थानीय तह र नेकपा माओवादी केन्द्रले ३ वटा स्थानीय तहमा नेतृत्व गर्ने सहमति भएको छ । नेकपा माओवादी केन्द्रले अपिहिमाल गाउँपालिका,मार्मा गाउँपालिका र नौगाड गाउँपालिका पाउने सहमति करिब टुंगिएको छ । नेपाली काग्रेसले महाकाली नगरपालिका, शैल्यशिखर नगरपालिका, लेकम गाउँपालिका, मालिकार्जुन गाउँपालिका, दुहुँ गाउँपालिका र व्याँस गाउँपालिका पाउने सहमति छ । तर गठबन्धनभित्र मार्मा गाउँपालिका, दुहुँ गाउँपालिका लगायतमा वडा र पालिका…

Read More

गलेश्वर- टन्टलापुर घामको उखुम गर्मीमा झरना र कुवाको चिसो पानी पिउँदा बेग्लै आनन्द आउँथ्यो । आँतै हरर्र हुने गरेका ती दिनलाई सम्झँदै जेठो पुस्ता अहिलेको अवस्थाप्रति गुनासो गरिरहेको पाइन्छ । पहाडका कन्दराबाट रसाएर बग्ने पानीका झरना र कुवा अहिले सुक्दै गएपछि गर्मी सुरु हुनेबित्तिकै खानेपानीको अभाव भएको छ । वनजङ्गल, डाँडाकाँडा जताततै जथाभावी डोजरले सडक खन्दा बाढी, पहिरोजस्ता प्राकृतिक प्रकोप त बढेका छन् नै गाउँ बस्तीमा खानेपानीको अभाव हुन थालेको छ । वतावरणीय प्रभाव मूल्याङ्कन नगरी जथाभावी चलेका डोजरले सडक निर्माण भएर यातायात त सुगम भएको छ तर पानीका मुहान सुकेपछि खानेपानी बोक्न स्थानीयवासीलाई सास्ती बढेको छ । डोजरले वनजङ्गल,…

Read More

कैलाली- नेकपा माओवादी केन्द्रको धनगढी नगर कमिटीले धनगढी उपमहानगरपालिकाको मेयरमा शान्ति अधिकारीलाई पार्टीको तर्फबाट उम्मेदवार बनाउन सिफारिस गरेको छ । नगर कमिटीको बैठकले अधिकारीलाई मेयरको उम्मेदवार बनाउन पार्टीको जिल्ला समन्वय समिति र प्रदेश कमिटीलाई सिफारिस गरेको माओवादी धनगढी नगर कमिटीका सचिव रमेशप्रसाद भट्टराइले जानकारी दिए । अधिकारी गत स्थानीय तह निर्वाचनमा माओवादीबाट धनगढीको उपमेयरको उम्मेदवा थिइन् । त्यस्तै धनगढीको उपमेयरमा कृष्णप्रसाद चौधरी, सुरज खाती र बलबहादुर ऐरको नाम जिल्ला समितिलाई सिफारिस गरिएको सचिव भट्टराइले जानकारी दिए । उपमहानगरभित्र रहेका प्रदेश कमिटी तथा जिल्ला समन्वय समितिका सदस्य, पार्टीका विभिन्न आयोग र विभागका सदस्य, सल्लाहकार, नगर कमिटीका पदाधिकारीको सहितको बैठकले उम्मेदवारको नाम…

Read More

कञ्चनपुर – रूढीवादी परम्परा अनुसार धामी झाँक्रीबाट झारफुक गराउँदा कञ्चनपुरमा एक बिरामी महिलाको मृत्यु भएको छ । धामी झाँक्रीबाट झारफुक गराउने क्रममा वेदकोट नगरपालिका वडा नम्बर ६ बस्ने ४३ वर्षीया रन्चुला साउदको मृत्यु भएको प्रहरीले जनाएको छ। केही दिनदेखि अस्वस्थ उनी उपचारका लागि राम्रो अस्पतालमा नगई धामी झाँक्रीबाट झारफुक गराउँदै आएकी थिइन्। रूढीवादी परम्परा र धामी झाँक्रीका कारण एकल महिला रन्चुला साउदले ज्यान गुमाउनु परेको र यो घटना जघन्य अपराध भएको वेदकोट नगरपालिकाका नगर प्रमुख अशोक कुमार चन्दले बताए । उक्त घटनाको सत्य तथ्य छानबिन गरी दोषी माथि कडाभन्दा कडा कारबाही हुनुपर्ने र पीडितले न्याय पाउनुपर्ने उनको भनाइ छ। घटनाबारे…

Read More

काठमाडौं – नेपालमा पछिल्लो २४ घण्टामा थप नौ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वस्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार चार हजार ४३ जनाको नमुनाको परीक्षण गर्दा नौ जनामा संक्रमण पुष्टि भएको हो । पछिल्लो २४ घण्टामा देशभर ४४ जना निको भएका छन् । योसँगै नेपालमा कोरोनामुक्त हुनेको संख्या नौ लाख ६६ हजार ३०३ पुगेको छ । पछिल्लो २४ घण्टामा कोरोनाका कारण देशभर कसैको पनि मृत्यु पुष्टि भएको छैन । हालसम्म नेपालमा कोरोनाका कारण ११ हजार ९५१ जनाको मृत्यु भएको छ । हाल देशभर कोरोनाका सक्रिय संक्रमितको संख्या चार सय रहेको मन्त्रालयले जनाएको छ ।

Read More

दार्चुला – दार्चुलामा नियमित विद्युत् आपूर्ति नहुँदा उपभोक्ता समस्यामा परेका छन् । गर्मी मौसम सुरु भएसंगै विद्युत् आपूर्तिमा समस्या हुँदा उपभोक्ता हैरानी भोग्ने बाध्य छन् । जिल्लामा अहिले लोडसेडिङ नभए पनि पटक–पटक विद्युत् अवरुद्ध हुँदा उपभोक्ता समस्या झेल्न बाध्य भएका हुन । कहिले र कति बेला विद्युत् अवरुद्ध हुन्छ, पत्तो नहुँदा उपभोक्ता विद्युत् उपभोगको समस्याबाट ग्रस्त छन् । जिल्लामा विद्युतले हल्का हावाहुरी र वर्षा हुनासाथ विद्युत् आपूर्ति अवरुद्ध हुने गरेको छ । जिल्लामा अस्तव्यस्त विद्युत्लाइन विस्तार र पुराना काठका पोलका कारण नियमित विद्युत् आपूर्तिमा चुनौती बनेको छ । नियमित विद्युत् आपूर्ति नहुँदा सरकारी कार्यालयमा सेवाग्राहीलाई झन समस्या हुने गरेको छ…

Read More

काठमाडौं – नेपाल क्रिकेट सङ्घ (क्यान)ले ‘जिम्बावे ए’सँग हुने तीन एक दिवसीय र तीन टि ट्वान्टी सिरिजको खेल तालिका आज सार्वजनिक गरेको छ । कीर्तिपुरस्थित त्रिवि मैदानमा आयोजना हुने उक्त सिरिजको खेल तालिका अनुसार नेपालले जिम्बावे एसँग पहिलो एक दिवसीय खेल यही वैशाख १७ गते खेल्नेछ । त्यस्तै नेपालले आफ्नो दोस्रो खेल वैशाख १९ र तेस्रो एक दिवसीय खेल वैशाख २१ गते खेल्नेछ । तीन एक दिवसीय खेलिसकेपछि नेपालले फेरि जिम्बावे एसँग नै तीन टि ट्वान्टी खेल खेल्नेछ । नेपालले जिम्बावे एसँग पहिलो खेल वैशाख २३, दोस्रो खेल वैशाख २४ र तेस्रो तथा अन्तिम खेल वैशाख २६ गते खेल्नेछ । …

Read More

ललितपुर – दक्षिण ललितपुरको प्युटार जंगलमा भीषण आगलागी भएको छ । आश्राङ प्रहरी चौकीका सहायक प्रहरी हवलदार वेदनाथका अनुसार बिहीबार माझखण्डबाट सल्केको आगो तलतिर सर्दै जाँदा प्युटार, लुकुनी र आश्राङ गाँउका दर्जनौँ घरहरु जोखिममा परेका छन् । शुक्रबारदेखि स्थानीय, प्रहरी र वनका कर्मचारीले आगो नियन्त्रणको प्रयास गरे पनि सफल हुन सकेको छैन । प्रहरी सहायक हवलदार वेदनाथका अनुसार निरन्तर ढुंगाहरु झरिरहेकाले आगो निभाउन जानसमेत समस्या छ । उनले भने, ‘रुखका स्याउलाले आगो निभाइरहेका छौँ । चारैतिर आगो र धुवाँको मुस्लो आइरहेकोले हामी अन्यौलमा छौँ।’निरन्तर हावा चलिरहेकाले आगो नियन्त्रणमा समस्या रहेको उनले बताए । आगो फैलँदा खैरेनी,प्युटार, धनडाँडा र फुर्केडाँडा गाउँमा…

Read More

ललितपुर – नेकपा (माओवादी केन्द्र) की नेत्री एवं ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले गठबन्धनको निर्देशनलाई पालना गरेर अग्रगमनलाई निर्वाचित गराउनुपर्नेमा जोड दिएकी छन् । ललितपुरमा आज आयोजित कार्यक्रममा उनले भनिन्, “अहिलेको निर्वाचन परिवर्तनलाई संस्थागत गर्ने र परिवर्तनलाई पछाडि फर्काउने बीचको हो । त्यसैले हालसम्मका उपलब्धिलाई संस्थागत गर्न पनि गठबन्धनका उम्मेदवार निर्वाचित हुनुपर्छ ।” जनयुद्ध र जनआन्दोलनको एकीकृत बलमा गणतन्त्र, धर्मनिरपेक्षता, समावेशीतालगायत थुप्रै मुद्दालाई संविधानले सुनिश्चित गरेको उल्लेख गर्दै मन्त्री भुसालले संविधानको रक्षाका लागि गठबन्धन आवश्यक भएको स्पष्ट पारिन् । उनले भनिन्, ‘प्रतिगमनको अझै खतरा छ भन्ने विषय व्यवहारबाटै पुष्टि भइसकेको छ, त्यो खतरालाई परास्त गर्नका लागि पनि गठबन्धनलाई बलियो…

Read More

वाशिङ्गटन डिसी । नेपाली पत्रकारहरूको अन्तर्राष्ट्रिय सञ्जाल (इन्जा) ले यस वर्षको इन्जा बौद्धिक अनुसन्धानवृत्ति बरिष्ठ पत्रकार कपिल काप्ले र त्रिभुवन विश्वविद्यालयका पत्रकारिता विषयका उप–प्राध्यापक देवराज अर्याललाई प्रदान गर्ने निर्णय गरेको छ । पत्रकारिता तथा आमसञ्चार क्षेत्रका बौद्धिक अनुसन्धाताहरूलाई अध्ययन अनुसन्धानमा सहयोग पु¥याउने उद्देश्यले इन्जाले यसै वर्षबाट यो बौद्धिक अनुसन्धानवृत्ति प्रदान गर्ने परम्पराको थालनी गरेको कुरा इञ्जा अध्यक्ष गुणराज लुइटेलद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । अमेरिकाको राजधानी वाशिङ्गटनमा मुख्यालय रहेको इञ्जा पत्रकारिता बौद्धिक अनुसन्धानवृत्तिको राशी जनही पाँच सय अमेरिकी डलर रहेको छ । इन्टरनेसनल मनिटरी फन्डको उच्च पदमा पुगेर सेवा गर्नु भएका अर्थ विद स्व. डा सुखदेव शाहको संस्मरणमा ईन्जासंग सहकार्य…

Read More