Author: महेन्द्रनगर पोष्ट

काठमाडौं – महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री उमा रेग्मी अस्पताल भर्ना भएकी छन् । टाउकोमा चोट लागेपछि मन्त्री रेग्मीलाई उपचारका लागि वीर अस्पताल भर्ना गरिएको हो । मन्त्री रेग्मी सुत्ने क्रममा टाउको अकस्मात भित्तामा ठोक्किएर चोट लागेको थियो । टाउको ठोक्किएसँगै ज्वरो आउने र टाउको अत्यधिक दुख्ने समस्या भएपछि उनी एक हप्तादेखि मन्त्रीनिवास ललितपुरको पुल्चोकमा आराम गरेर बसेकी थिइन् । उनलाई टाउकोमा थप समस्या भएपछि उपचारका लागि बुधबार वीर अस्पताल भर्ना गरिएको मन्त्री रेग्मीकी बहिनी छलीकुमारी शर्माले जानकारी दिइन् । वीर अस्पतालमा एमआरआई गरेपछि मन्त्री रेग्मीको टाउकोको बाहिरी भागमा रगत जमेको पत्ता लागेको छ । जमेको रगत पातलो बनाउन उपचार…

Read More

काठमाडौं – रुसको रक्षा मन्त्रालयले बुधबार भएको विस्फोटमा क्षतिग्रस्त भएको आफ्नो युद्धपोत मोस्कभा डुबेको जनाएको छ । रक्षा मन्त्रालयका अनुसार ब्ल्याक सीमा रहेको रुसी फ्लीटको मुख्य युद्धपोत ‘मोस्क्वा’ क्षतिग्रस्त भएपछि बन्दरगाहतर्फ लैजाँदै गर्दा समुद्री आँधीका कारण डुबेको हो । चालक दलसहित ५१० यो मिसाइल क्रुजर रूसको सैन्य शक्ति को एक महत्वपूर्ण प्रतीक थियो । यो युद्धपोत युक्रेन विरुद्ध समुद्री आक्रमणको नेतृत्व गरिरहेको थियो । युक्रेनले आफ्ना दुईवटा ‘नेप्च्युन’ मिसाइलले युद्धपोतमा आक्रमण गरेको दाबी गरेको छ । यद्यपी रुसले त्यस्तो कुनै आक्रमणको जानकारी दिएको छैन । उनले यो जहाज आगो लागेपछि डुबेको मात्र बताए । रुसका अनुसार आगलागीका कारण यस युद्धपोतमा राखिएको…

Read More

काठमाडौं  – नेकपा एमालेका केपी शर्मा ओली भोलि शनिबार सर्लाही जाने भएका छन् । नेकपा एमाले सर्लाही जिल्ला कमिटीले आयोजना गर्न लागेको विशाल पार्टी प्रवेश कार्यक्रममा सहभागी हुन अध्यक्ष ओली सर्लाही जान लागेका हुन् । आशन्न स्थानीय तहको चुनावलाई मध्यनजर गर्दै जिल्लाको मलंगवा नगरपालिका-२, कवडहल प्रांगणमा पार्टी प्रवेश कार्यक्रम आयोजना गरिएको नेकपा एमालेले जनाएको हो । सोही कार्यक्रममार्फत अध्यक्ष ओलीले विभिन्न पार्टीका नेता तथा कार्यकर्तालाई पार्टी प्रवेश गराउने एमाले सर्लाहीले शुक्रबार पत्रकार सम्मेलन गरेर जानकारी दिएकाे छ ।

Read More

काठमाडौँ – आसन्न स्थानिय तहका निर्वाचनलाई लिएर नेकपा माओवादी केन्द्रको केन्द्रिय कार्यालयको विस्तारित बैठक जारी रहेको छ । अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड निवासमा जारी बैठकमा प्रचण्डले परिणाम देखिने गरी चुनावमा केन्द्रित हुन निर्देशन दिएका छन् । बैठकले उम्मेदवारहरु छिटो चयन गर्ने र परिणाम देखिने गरी अगाडि बढ्ने निर्णय गरेको हो । जति सक्दो छिटो उम्मेदवार चयन गर्नका लागि वातावरण सिर्जना गर्ने निर्णय भएको सहभागी एक नेताले भने । उनका अनुसार शीर्ष नेतृत्वले गठबन्धनमा रहेका दलहरुका बीचमा छलफल गर्ने र अन्य नेताहरु जिम्मेवारी अनुसार सम्बन्धित पालिकामा उम्मेदवार चयन गर्ने गरी प्रस्तुत हुने निर्णय भएको छ । बैठकमा पार्टी अध्यक्ष प्रचण्डले एकताबद्ध…

Read More

काठमाडौं – पाकिस्तानको राजनीतिक इतिहासले पुनः बाटो परिवर्तन गरेको छ। इमरान खान विरुद्धको अविश्वास प्रस्ताव पारित भएपछि प्रतिपक्षी मुस्लिम लीगका प्रमुख शहबाज शरिफ नयाँ प्रधानमन्त्रीमा निर्वाचित भएका छन्। शहबाज यसअघि तीन पटक पाकिस्तानको प्रधानमन्त्री भइसकेका राजनीतिज्ञ नवाज शरिफका भाइ हुन्। पानामा पेपर्समा भएको आर्थिक खुलासासँगै भ्रष्ट्राचारको अभियोग लागेपछि नवाजलाई सन् २०१८ मा तेस्रो पटक त्यहाँको सरकारबाट हटाइएको थियो। पाकिस्तानको संसद्‌को तल्लो सदनमा तीन वर्षयता विपक्षी दलका नेता रहेका शहबाज निवर्तमान प्रधानमन्त्री इमरान खानका खरो आलोचकमध्ये एक हुन्। सात करोड ६० लाख अमेरिकी डलर बराबर गैरकानुनी सम्पत्ति राखेको विषयमा पाकिस्तानको भ्रष्ट्राचार विरोधी निकाय न्याश्नल अकाउन्टिबिलिटी ब्यूरोले उनलाई सन् २०२० को सेप्टेम्बरमा…

Read More

काठमाडौं –  एमालेले पोखराको मेयर र उपमेयर छान्न आज निर्वाचन गर्न लागेको छ । लगातार छलफल गर्दा पनि सहमति नभएपछि निवार्चन गर्न लागेको हो । एमाले पोखरा महानगर कमिटीले सार्वजनिक गरेको निर्वाचन तालिकाअनुसार आज मध्यान्ह १२ बजे पार्टी कार्यालयमा मतदान हुने भएको हो। उक्त निर्वाचनमा मेयर र उपमेयर उम्मेदवारमध्ये सबैभन्दा भरै मत ल्याउने एक जना महिलासहित तीन तीन जनाको नाम सिफारिस गर्ने जनाइएको छ । निर्वाचनको लागि १२ जना मेयर र ११ जना उपमेयरमा दर्ता भएका छन् । निर्वाचनमा एमाले पोखरा महानगर कमिटीका पदाधिकारी र सदस्य गरी ११० जनाले मतदान दिन पाउने जनाएको छ। उम्मेदवारीको लागि तीन हजार दस्तुर तोकिएको…

Read More

काठमाडौं – तनहुँमा २७औँ वन्यजन्तु सप्ताह ‘मानव–वन्यजन्तु सहअस्तित्वः हाम्रो साझा दायित्व’ भन्ने मूल नाराका साथ बिहीबारदेखि सुरु भएको छ । भानुभक्त प्राणी उद्यानको आयोजनामा सुरु भएको वन्यजन्तु सप्ताहको शुभारम्भ गर्दै प्रमुख जिल्ला अधिकारी विश्वप्रकाश अर्यालले मानिसले वन्यजन्तुको सहअस्तित्व स्वीकार गर्नुपर्नेमा जोड दिएका छन्। मानव र वन्यजन्तुको अहअस्तित्व स्वीकार नहुँदा विभिन्न घटना घट्ने गरेकाले दुवैको अस्तित्व बराबर रहेको प्रमुख जिल्ला अधिकारी अर्यालले बताए । मानव र वन्यजन्तुको सहअस्तित्वका लागि जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्नुपर्ने उनले बताए । सो उद्यानले वन्यजन्तु सप्ताहका अवसरमा सात दिनसम्म विविध कार्यक्रमको आयोजना गरेको छ । सप्ताहका अवसरमा चरा अवलोकन साथै उद्यान सिमाना निरीक्षण तथा अनुगमन, सरसफाइ, विद्यालय शिक्षा…

Read More

काठमाडौं – विन्ध्यवासिनी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले यही वैशाख ११ गतेदेखि धितोपत्रको प्राथमिक सार्वजनिक निष्कासन (आईपीओ) बिक्री खुला गर्ने भएको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका बासिन्दाका लागि आईपीओ निष्कासन गर्न लागेको हो । प्रतिसेयर १०० रुपैयाँ अंकित मूल्यका १० लाख कित्ता साधारण सेयर निष्कासन गर्न लागेको हो । कम्पनीले आयोजनाको मुख्य संरचना क्षेत्रभित्र पर्ने लमजुङको क्व्होलासोथार गाउँपालिकाको वडा नम्बर–५, ६ र ७ तथा कास्कीको मादी गाउँपालिकाको वडा नम्बर–८ र ९ का स्थानीय बासिन्दाका लागि सात लाख कित्ता सेयर सुरक्षित गरी बाँकी रहेको तीन लाख कित्ता सेयर आयोजनाको मुख्य संरचना जोडिएका क्व्होलासोथार गाउँपालिका तथा मादी गाउँपालिकाका बाँकी सबै वडाहरूका स्थानीयवासीका…

Read More

काठमाडौं – नेपाली बजारमा सुनको मूल्य बढेको छ । गत चैत्र ३० गते विहिबारको तुलनामा आज शुक्रबार सुनको मूल्य प्रतितोला ५०० रुपैयाँले बढेको हो । गत चैत्र ३० गते २०७८ सालको अन्तिम महिना बुधबार प्रतितोला एक लाख एक हजार ५०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य शुक्रबार प्रतितोला १ लाख २ हजार रुपैयाँमा कारोबार हुने सुनचाँदी व्यवसाय महासङ्घले जनाएको छ । महासङ्घका अनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला एक लाख १ एक हजार ५०० रुपैयाँ रहेको छ । यस्तै चाँदीको मूल्य पनि बढेको छ । गत चैत्र ३० गते बुधबार प्रतितोला १ हजार ४०० रुपैयाँमा कारोबार भएको चाँदी आज १५ रुपैयाँले बढेर…

Read More

कञ्चनपुर- कैलालीमा आफ्नै शरीरमा आगो लगाएका एक युवकको मृत्यु भएको छ । बिहीबार राति मादक पदार्थ सेवन गरी आफ्नै शरीरमा डिजल छर्की आगो लगाएका जिल्लाको कैलारी गाउँपालिका–२ मझेराका २९ वर्षीय अम्मर चौधरीको मृत्यु भएको हो । आगो लागेर गम्भीर घाइते भएका उनको धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा उपचारको क्रममा शुक्रबार बिहान मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ।

Read More