Author: महेन्द्रनगर पोष्ट

काठमाडाैँ – महानगरपालिका र उपमहानगरपालिका सिट बाँडफाँटको विषय टुङ्ग्याउन सत्तारुढ पाँच दलीय गठबन्धनको बैठक जारी छ । सिट बाँडफाँटको विषय टुङ्ग्याउन सत्ता गठबन्धनका शीर्ष नेताहरूको बैठक प्रधानमन्त्रीको सरकारी कार्यालय बालुवाटारमा बसिरहेको हो । सत्ता गठबन्धनले तीन दिनदेखि सिट भागबण्डामा निरन्तर छलफल गरे पनि टुंगो लगाउन सकेको छैन । सत्ता गठबन्धनका नेताहरूबीच आइतबार, सोमबार र मंगलबार आधा रातसम्म छलफल भए पनि महानगर र उपमहानगरको सिट बाँडफाँट टुंगो लाग्न नसकेको हो । तीन दिनसम्म भएको छलफल र समझदारीबमोजिम बुधबार त्यसलाई अन्तिम रूप दिन निर्णायक बैठक बसेको नेताहरूले दाबी गरेका छन् । ३० वैशाख सम्पन्न हुन लागेको स्थानीय तह निर्वाचनमा सत्तारुढ गठबन्धनले चुनावी…

Read More

काठमाडौं – जनता समाजवादी पार्टीले स्थानीय तह निर्वाचनका लागि घोषणापत्र सार्वजनिक गरेको छ । घोषणापत्रमा हरेक पालिकामामा स्थानीय विशिष्टता अनुरुप सेरोफेरोमा चक्रपथ निर्माण गर्ने र पानीको महसुल २०० रुपैयाँसम्म मिनाहा गर्ने उल्लेख छ । स्थानीय तह निर्वाचनका लागि सार्वजनिक गरेको घोषणापत्रमा सम्पूर्ण नागरिक, विशेष गरेर निम्न र मध्यम स्तरीय आय भएका जनताको जीवनस्तरलाई आर्थिक, सामाजिक, सांस्कृतिक रूपले समृद्ध बनाउने प्रक्रियामा स्थानीय तहले योगदान गर्ने उल्लेख गरेको हो । सबै पालिकाहरुमा एक बसपार्क बनाइने उल्लेख गर्दै जसपाले महानगरहरूमा नगर रेल सेवा विकासको संभावनाबारे अध्ययन गरिनुको साथै आधुनिक शौचालय नभएको घरलाई शौचालय बनाउन १० हजार रुपैयाँ अनुदान दिने जसपाको घोषणा छ ।…

Read More

धनगढी – मुख्यमन्त्री राष्ट्रिय पुरुष कबड्डी प्रतियोगिताको उपाधि विभागीय टोली नेपाल आर्मी क्लबले जितेको छ । बुधबार भएको फाईनलमा अर्को विभागीय टोली नेपाल एपिएफ क्लबलाई हराउँदै आर्मीले उपाधि जितेको हो । देशकै सर्वाधिक धनराशीको मुख्यमन्त्री राष्ट्रिय पुरुष कबड्डी प्रतियोगिताको उपाधि भिडन्तमा आर्मीले एपिएफलाई ४०–१६ ले हरायो । कैलाली जिल्ला कबड्डी संघको आयोजनामा धनगढीमा भएको प्रतियोगिताको उपाधिसँगै आर्मीले नगद एक लाख ५० हजार पुरस्कार पाएको छ । उपविजेता एफिएफले नगद ८० हजारमा चित्त बुझाएको छ । सेमीफाईनल पुगेका दुई टोली सुदुरपश्चिम प्रदेश र लुम्बीनी प्रदेशले तेस्रो स्थान प्राप्त गरेका छन् । दुबै टोलीले ४०/४० हजार रुपैयाँ प्राप्त गरेका छन् । सुदुरपश्चिम…

Read More

काठमाडौँ – फ्रि फायर गेममार्फत चिनजान भएकी १३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा चन्द्रागिरी नगरपालिका–८ मातातिर्थ बस्ने २७ वर्षीय महेश उदाश रहेका छन् । उनलाई सोमबार पक्राउ गरिएको प्रहरीले जनाएको छ । ती बालिकाको अभिभावकले आफ्नी छोरी हराएकोले खोजी गरी पाउँ भनी जिल्ला प्रहरी कार्यालय पाल्पामा निवेदन दिएका थिए । त्यसपछि जिल्ला प्रहरी परिसर काठमाडौँ र मातहत वृत्त तथा प्रभागहरुमार्फत बालिकाको खोजी गर्ने क्रममा चन्द्रागिरी नगरपालिका–८ मातातिर्थमा उनी फेला परेकी थिइन् । थप अनुसन्धान तथा सोधपुछ गर्दा अभियुक्त महेश उदाशसँग विगत एक वर्षदेखि फ्रि फायर गेम खेल्ने क्रममा चिनजान भएको, फेसबुक, म्यासेञ्जरमा…

Read More

काठमाडौं – उपकार लघुवित्त वित्तीय संस्था लिमिटेडको आईपीओ बाँडफाँड वैशाख ९ गते (शुक्रबार) हुने भएको छ । धितोपत्र बिक्री प्रबन्धक नेपाल एसबीआई मर्चेन्ट बैंकिङका अनुसार उपकार लघुवित्तको आईपीओ बाँडफाँड बिहान ८ बजे हुनेछ । आईपीओ बाँडफाँड कार्यक्रम नेपाल एसबीआई मर्चेन्टको काठमाडौंको हात्तीसारस्थित कार्यालयमा राखिएको छ । उपकार लघुवित्तले गत चैत २५ गतेदेखि चैत ३० गतेसम्म कुल २ लाख ३६ हजार २५० कित्ता आईपीओ बिक्री गरेको थियो । कुल कित्तामध्ये ११ हजार ८१३ कित्ता सामूहिक लगानी कोष र ३ हजार २८१ कित्ता सेयर कर्मचारीहरुका लागि छुट्याइएको थियो । बाँकी २ लाख २१ हजार १५६ कित्ताका लागि सर्वसाधारणले आवेदन दिएका छन् ।…

Read More

काठमाडौं – नेपाल उद्योग परिसंघले देशको विद्यमान आर्थिक अवस्था एवं नियमनकारी निकायबाट जारी निर्देशनपश्चात उत्पन्न परिस्थितिबारे आफ्नो धारणा सार्वजनिक गरेको छ । संघले आयात बन्द गर्नु समस्याको समाधान नरहेको बताएको छ । परिसंघले आफ्नो धारणा सार्वजनिक गर्दै भनेको छ, ‘कुनै पनि वस्तुको आयात बन्द गर्नु समस्याको समाधान होइन । यसकारण आयात व्यवस्थित गर्नेतर्फ सोच राखिनुपर्छ । स्वदेशी वस्तुको उत्पादन, बजारीकरण र उपभोग वृद्धिमा सरकारले विशेष पहल गर्नुपर्ने, नेपाल गम्भीर आर्थिक संकटमा नरहेको यथार्थ मनन् गर्दै बजारमा त्राषदिपूर्ण अवस्था आउन दिन नहुने र विदेशी मुद्रा आर्जनको संरचना र दीगो स्रोत पहिचानका लागि काम गर्ने उचित अवसर आएकाले ठोस नीति बनाइ काम…

Read More

काठमाडौं – सहरी विकास मन्त्रालयले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा भ्यु टावर र सभाहल निर्माणलगायतका कार्यक्रममा बजेट नथप्ने भएको छ । सहरी विकास मन्त्री रामकुमारी झाँक्रीले यस वर्षको नीति तथा कार्यक्रममा भ्यू टावर र सभाहल निर्माणको कामलाई निरन्तरता नदिने बताइन् । सञ्चालनको मापदण्ड नभएको र असीमित दायित्व सिर्जना गर्ने भएकाले भ्यु टावर र सभाहल निर्माणका लागि आगामी वर्षको नीति कार्यक्रममा बजेट व्यवस्था नहुने उनको भनाइ छ । आगामी आर्थिक वर्ष नीति तथा कार्यक्रममा भ्यूटावर र सभाहल निर्माणको कार्यक्रमबाट अलग्गिन्छौँ, राज्यको असीमित दायित्व सिर्जना हुने यस्ता संरचनाले जनजीवनसँग अर्थ राख्दैनन्,’ झाँक्रीले भनिन्, ‘अर्को कुरा यसको सञ्चालनको मोडालिटी समेत छैन ।’…

Read More

काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले आज (बुधबार) चुनावी घोषणापत्र सार्वजनिक गर्ने भएको छ । राप्रपा प्रवक्ता मोहन श्रेष्ठका अनुसार दिउँसो २ बजे पार्टी कार्यालय धुम्बाराहीबाट प्रतिबद्धता पत्र सार्वजनिक गरिने भएको हो । राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले स्थानीय तह निर्वाचनका लागि प्रतिबद्धता पत्र सार्वजनिक गर्ने भएका हुन् । घोषणापत्र मार्फत राप्रपाले पार्टीको प्रतिबद्धता र योजनाहरु ल्याउने प्रवक्ता श्रेष्ठले बताए । यसअघि नेकपा एकीकृत समाजवादी, जसपा, राप्रपा नेपालले घोषणापत्र सार्वजनिक गरिसकेका छन् । तर ठूला पार्टीहरु एमाले, काँग्रेस र माओवादी केन्द्रले भने घोषणापत्र सार्वजनिक गरेका छैनन् । स्थानीय तहको निर्वाचन ३० वैशाखमा हुँदैछ ।

Read More

काठमाडौं – नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले कारोबार अवधिमा फ्लोरसिट हेर्ने सुविधा बन्द गराएको छ । नेप्सेले धितोपत्र बोर्डको निर्देशन पश्चात वैशाख ७ गते बुधबारदेखि कारोबार समयमा फ्लोर सिट हेर्न नमिल्ने बनाएको हो । कारोवार समयमा नै फ्लोर सिटमार्फत कारोवारमा संलग्न धितोपत्र दलाल व्यवसायी तथा धितोपत्र व्यापारीको क्रम संख्या खुल्ने विवरण प्रवाह हुने गरेको थियो । अब लगानीकर्ताहरुले कारोबार चलिरहेको समयमा कुन ब्रोकरबाट कुन सेयर कति मात्रामा किनबेच भयो भन्ने विवरण हेर्न पाउने छैनन् । बोर्डले बजार संचालन नियमावली, २०६४ को नियम २७ को उपनियम (४) को प्रतिकुल नहुने गरी उक्त विवरण कारोवार समय पश्चात प्रवाह गर्ने व्यवस्था गर्न नेप्सेलाई…

Read More

पोखरा – पोखराको मेयर एकीकृत समाजवादीको भागमा परेपछि कास्की पार्टी कार्यालयमा काँग्रेस महानगर समितिले ताला लगाएको छ । हिजो (मंगलबार) काँग्रेस सभापति शेरबहादुर देउवाले काँग्रेस गण्डकी सभापति शुक्रराज शर्मा, कास्की सभापति किशोरदत्त बराल र नेता यज्ञबहादुर थापालाई बोलाएर आफू समस्यामा रहेकोले पोखरा समाजवादीलाई दिनुपर्ने बताएका थिए । उक्त निर्णयले परिणाम उल्टो आउन सक्ने बारेमा नेतात्रयले जानकारी गराएता पनी केन्द्रले पोखरा नेकपा एकीकृत समाजवादीलाई नै दिने निर्णय गर्‍यो । सोही निर्णयको विरुद्धमा महानगर समितिले पार्टी कार्यालयमा तालाबन्दी गरेको हो ।

Read More