Author: महेन्द्रनगर पोष्ट

एन्जेन्सी श्रीलंकाले केही समय विदेशी ऋण तिर्न नसक्ने घोषणा गरेको छ । श्रीलंककाले कुल ५१ अर्ब अमेरिकी डलर बिदेशी ऋण तिर्नुपर्ने छ । दिनप्रतिदिन विदेशी मुद्राको सञ्चिति कम भएर आर्थिक संकट बढ्दै गएपछि मंगलबार त्यहाँको सरकारले यस्तो घोषणा गरेको हो । अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ)बाट बेलआउट प्याकेज पाउन नसकेको र अत्यावश्यक वस्तु किन्नकै लागि विदेशी मुद्राको अभाव भएकोले विदेशी तत्काल विदेशी ऋणका साँवा र ब्याजका किस्ताहरु भुक्तान गर्न नसक्ने त्यहाँको अर्थ सचिव महिन्दा सिरिवर्दले मंगलबार बताएका छन् । श्रीलकाकाको अर्थमन्त्रालयले मंगलबारपछि जुनसुकै विदेशी ऋणतादाले कि त ब्याज तथा साँवा भुक्तानीका लागि कुर्नुपर्ने वा श्रीलंकाली मुद्रामै भुक्तान लिन तयार हुनुपर्ने बताएको…

Read More

मोरङ- विराटनगरको सीमावर्ती क्षेत्रबाट मानव खप्पर तथा हड्डीसहित सशस्त्र प्रहरीले एक भारतीय नागरिकलाई पक्राउ गरेको छ । सशस्त्र प्रहरी बल बीओपी (बोर्ड आउट पोस्ट) रानीबाट खटिएको टोलीले मंगलबार दिउँसो सीमावर्ती क्षेत्र रानीबाट मानव शरीरका हड्डीसहित भारत बिहारको पूर्णिया नगरपञ्चायतका २६ वर्षीय आदित्य सिन्हालाई पक्राउ गरेको हो । सिन्हा वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा अध्ययनरत रहेको प्रहरीले बताएको छ । उनको साथबाट प्रतिष्ठानले सन् २०१६ मा जारी गरेको परिचय पत्र पनि फेला परेको छ । पढाइ सकेर भारत फर्कने क्रममा उनले कार्टुनमा लुकाएको अवस्थामा मानव कङ्काल फेला परेको सशस्त्र प्रहरी उपरीक्षक राजकुमार लामिछानेले बताए । उनका अनुसार सिन्हाको साथबाट एउटा…

Read More

दार्चुला- जिल्ला सुरक्षा समिति दार्चुलाको बैठकले दार्चुलाका १ सय १० मतदानस्थल र १ सय ३९ मतदान केन्द्रमध्ये ११ वटा मतदानस्थललाई अति सम्वेदनशील सूचीमा राखेको छ । वैशाख ३० गते हुने निर्वाचनको लागि सुरक्षा समितिले विगतको राजनीतिक घट्नाक्रम र अहिले पर्न सक्ने प्रभावका आधारमा मतदानस्थलको सम्वेदनशीलता छुट्याएको हो । चार वटै सुरक्षा निकायको रिपोर्टिङको आधारमा जिल्लाभरीको अवस्थालाई विश्लेषण गरी ११ वटा मतदान केन्द्र अतिसम्वेदनशील र ११ वटा मतदान केन्द्र सम्वेदनशील सूचीमा राखेर सुरक्षा योजना बनाएको प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्यायले बताउनुभयो । उहाँका अनुसार जिल्लाको भौगोलिक विकटता, अघिल्लो निर्वाचनमा राजनीतिक दलबीच देखिएको झडप तथा द्धन्द्ध लगायतका थुपै्रै आधारबाट मतदान केन्द्र छुट्याइएको…

Read More

काठमाडौं- देशभर पछिल्लो २४ घण्टामा २६ जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो समय चार हजार ७८ को परीक्षण गर्दा सो सङ्ख्यामा सङ्क्रमण पुष्टि भएको हो । योसँगै नेपालमा पिसिआर विधिबाट गरिएको परीक्षणमा कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या नौ लाख ७८ हजार ६१६ पुगेको छ । एन्टिजेन परीक्षण विधिबाट सङ्क्रमितको सङ्ख्या एक लाख ४० हजार १५३ रहेको छ । पछिल्लो समय थप ३७ जना सङ्क्रमणमुक्त भएका छन् । योसँगै सङ्क्रमणमुक्त हुनेको सङ्ख्या नौ लाख ६६ हजार १११ पुगेको छ । यो दर ९८ दशमलव ७ प्रतिशत रहेको पनि मन्त्रालयले जनाएको छ । पछिल्लो समय…

Read More

काठमाडौं- उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूसँग नेपालका लागि क्यानाडाका गैरआवासीय राजदूत क्यामेरोन डिन म्याकेले शिष्टाचार भेट गर्नुभएको छ । मन्त्रालयमा आज भएको भेटमा उहाँहरूबीच नेपाल र क्यानडाबीच द्विपक्षीय मैत्रीपूर्ण सम्बन्धका विविध विषयमा छलफल भएको मन्त्री बडूको सचिवालयले जनाएको छ । भेटमा मन्त्री बडूले नेपालको विकासमा क्यानाडाले गरेको सहयोगको प्रशंसा गर्दै कोभिड–१९ महामारीका बेला स्वास्थ्य क्षेत्रमा गरेको सहयोगका लागि धन्यवादसमेत व्यक्त गर्नुभयो । साथै उहाँले कोभिडको सङ्क्रमणपछिको अवस्थामा पनि सहयोगको निरन्तरताका लागि आग्रह गर्नुभएको थियो । यसप्रकारको सहयोगले दुई देशका सरकारबीच मात्र नभई जनस्तरमा समेत सम्बन्ध प्रगाढ बनाउन थप महत्वपूर्ण भूमिका रहने उल्लेख गर्दै मन्त्री बडूले नेपालको विकास प्राथमिकताअनुरूप विगतमा…

Read More

काठमाडौँ – निर्वाचन आयोगले देशव्यापी रूपमा निर्वाचन आचारसंहिता पालनाको अनुगमन गर्ने भएको छ । गत शुक्रबारदेखि निर्वाचन आचारसंहिता लागू गरेको आयोगले त्यसको अनुगमनका लागि पनि संयन्त्र गठनको व्यवस्था गरेको हो । आयोगले अहिले केन्द्रीय, जिल्ला, निर्वाचन क्षेत्र र स्थानीय तहमा गरी चार तहमा आचारसंहिता अनुगमनको संयन्त्र बनाइसकेको छ । वैशाख ३० गते हुने स्थानीय निर्वाचनमा निर्वाचन क्षेत्र स्तरीय संयन्त्र भने रहने छैन । निर्वाचन आयोगले यसअघिका निर्वाचनमा केन्द्रियस्तरमा आचारसंहिता पालनाको अनुगमन गरिरहेको थियो । अब भने जिल्ला र स्थानीय तह स्तरमा विकेन्द्रीकरण गरिएको निर्वाचन आयुक्त ईश्वरीप्रसाद पौड्यालले बताए ।

Read More

काठमाडौँ– सुदुरपश्चिम प्रदेशमा कांग्रेस, एमालेलगायतका नेता तथा कार्यकर्ता माओवादी केन्द्रमा प्रवेश गरेका छन् । जनता समाजवाद पार्टीका सुदूरपश्चिम प्रदेश अध्यक्ष कृष्णकुमार चौधरी माओवादी केन्द्रमा प्रवेश गरेका हुन् । कोटेश्वर पेरिसडाँडास्थित माओवादी मुख्यालयमा आयोजित कार्यक्रममा चौधरीसहित नेताहरु जसपा परित्याग गरी माओवादीमा प्रवेश गरेका हुन् । कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले चौधरीसहित नेता कार्यकर्ताको माओवादी प्रवेशले सुदूरपश्चिममा मात्र नभएर देशभर प्रभाव पर्ने बताएका छन् । देशको विकास र समृद्धि गर्ने पार्टी माओवादी रहेको र यही पार्टी चौधरी जस्ता नेता कार्यकर्ताको प्रवेश झनै सहयोग पुग्ने उनको भनाइ छ ।

Read More

काठमाडौं – नेपाली कांग्रेसले स्थानीय तह निर्वाचन लक्षित गरेको घर घर जाऔं, कांग्रेस जिताऔं अभियान सफल रहेको बताएको छ । एक महिने अभियान सकिएपछि मंगलबार आयोजित पत्रकार सम्मेलनमा पार्टी प्रवक्ता डा. प्रकाशशरण महतले एक महिने अभियान अत्यन्तै सफल रहेको बताए । ‘धेरै भ्रम फैलाइएको थियो । एमसीसीबारे ठूलो खालको भ्रम छरिएको रहेछ । विकास निर्माणका कामबारे पनि भ्रम फैलाइएको थियो । त्यो सबै भ्रम चिर्न सफल भयौं,’ उनले भने । पाँच वर्षे म्यान्डेट पाएर अधुरै छोडेका केपी ओली नेतृत्वको पार्टीलाई किन जिताउने भन्नेबारे पनि जनधारणा बुझ्ने मौका मिलेको उनको भनाइ छ । ‘घरघरमा गएर जनताको धारणा नजिकबाट बुझ्नै मौका पायौं । चुनावी…

Read More

काठमाडौं – ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालसँग नेपालका लागि क्यानडाका नवनियुक्त राजदूत क्यामरुन डिन म्याकेले शिष्टाचार भेट गरेका छन् । मन्त्रालयमा आज भएको भेटमा उनीहरूबीच दुई देशबीच रहिआएको आपसी सम्बन्ध र सहयोगका विविध विषयमा छलफल भयो । सो अवसरमा ऊर्जामन्त्री भुसालले विगतमा क्यानडाले नागरिक उड्डयन, ग्रामीण तथा पर्वतीय विकास, नवीकरणीय ऊर्जा एवं खाद्य सुरक्षाजस्ता क्षेत्रमा पुर्‍याएको सहयोगप्रति धन्यवाद व्यक्त गरिन् । उनले क्यानडामा ठुलो सङ्ख्यामा नेपालीको बसोबास रहेको उल्लेख गर्दै जनस्तरीय एवं सांस्कृतिक सम्बन्ध दुई देशबीचको महत्त्वपूर्ण पाटो भएको स्मरण गरिन् । नेपालले स्वच्छ ऊर्जाको विकास र व्यापारलाई प्रवर्द्धन गरिरहेको अवस्थामा क्यानडाले आर्थिक एवं प्राविधिक सहयोग गर्न सक्ने उल्लेख गर्दै…

Read More

काठमाडौं – बलेफी हाइड्रोपावर लिमिटेडको सर्वसाधारणको लागि निष्काशन गरिएको आईपीओ बाँडफाँट भएको छ । बिक्रि प्रबन्धक ग्लोबल आईएमई क्यापिटलको नक्साल स्थित कार्यालयमा मंगलवार बिहान आईपीओ बाँडफाँट गर्दा खरीदका लागि आवेदन दिएकामध्ये २० लाख ५ हजार ३ सय ९५ जना आवेदकको हात खाली भएको छ । कम्पनीको आईपिओमा २१ लाख ७१ हजार ७ सय ४० जनाले २ करोड ४४ लाख ७ सय १० कित्ताको लागि आवेदन दिएका मध्ये ३ हजार ६ सय ४० जनाको आवेदन रितपूर्वक नभएकाले रद्द गरिएको क्यापिटलले जनाएको छ । योग्य २१ लाख ६८ हजार १०० ओटा आवेदनबाट १ लाख ६६ हजार ३ सय ४२ जनाले १० कित्ता…

Read More