Author: महेन्द्रनगर पोष्ट

काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आज हेटौँडा जाँदै छन् । एमाले मकवानपुरले हेटौँडामा आयोजना गर्न लागेको आमसभालाई सम्बोधन गर्न ओली हेटौँडा जान लागेका हुन् । स्थानीय तह निर्वाचनलाई केन्द्रित गरेर, अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा ओलीले सम्बोधन गर्नेछन् । आमसभामा मकवानपुरका १० वटै स्थानीय तहका एमालेका उम्मेदवार, नेता, कार्यकर्तासहित ४० हजार भन्दा बढीको सहभागिता रहने दाबी गरिएको छ । आमसभाको सम्पूर्ण तयारी सकिएको एमाले मकवानपुरका अध्यक्ष एकलाल श्रेष्ठले जानकारी दिए । हेटौँडा उपमहानगरपालिकाका विभिन्न चार वटा नाकाबाट पैदल र्‍याली गरी हुप्राचौरमा आमसभा गरिने श्रेष्ठले बताए ।

Read More

काठमाडौँ – नेपाल सरकार र अमेरिकी सहयोग निकाय मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)बीच भएको सम्झौता राजपत्रमा प्रकाशित भएको छ। प्रतिनिधिसभाको फागुन १५ गते बसेको बैठकबाट व्याख्यात्मक टिप्पणीसहित अनुमोदन भएको सम्झौता कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयले बिहीबार राजपत्रमा प्रकाशित गरेको हो। नेपालको आर्थिक विकास र गरिबी निवारण प्रवर्द्धन गर्ने साझा उद्धेश्यमा नेपाल सरकार र एमसिसी दुवै पक्ष प्रतिवद्ध रहेका छन्। सम्झौताले नेपालको सुशासन, आर्थिक स्वतन्त्रता तथा नागरिकमा गरिने लगानी सुदृढ हुने अपेक्षा गरिएको छ । सम्झौता अनुसार ऊर्जा व्यापारलाई सहजीकरण गरी नेपालको विद्युत ग्रिडमा विद्युत् आपूर्तिको उपलब्धता तथा स्थिरतामा सुधार गरी विद्युत उपभोग वृद्धि गर्ने र रणनीतिक सडक सञ्जालमा सडकको गुणस्तर…

Read More

कैलाली आगलागीबाट सखाप भएको कैलालीको कैलारी गाउँपालिका–७ मा रहेको मुक्तकमैया शिविर सुदूरपश्चिम सरकारले निर्माण गरिदिने भएको छ। चालु आर्थिक वर्षमै विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) निर्माण गरी आर्थिक वर्ष २०७९/८० देखि बस्ती निर्माण गरिने सुदूरपश्चिमका मुख्यमन्त्री त्रिलोचन भट्टले बताएका छन् । मुख्यमन्त्री भट्टले शनिबार सो बस्तीको स्थलगत अनुगमन गर्दै प्रदेश सरकारको मुख्यमन्त्री एकीकृत बस्ती विकास कार्यक्रम अन्तर्गत अग्नि पीडित मुक्तकमैया बस्ती निर्माण गरिने बताएका हुन् । त्यस्तै, प्रदेश सरकारकी भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री विनिता चौधरीले त्यहाँका मुक्तकमैयाले अझसम्म पनि जग्गाको लालपूर्जा नपाएकोले लालपूर्जासहित घर निर्माण गरेर हस्तान्तरण गरिने बताइन्। प्रदेश सरकारले तत्काल पूर्ण क्षति व्यहोरिरहेका सो बस्तीका प्रति मुक्तकमैयालाई…

Read More

कञ्चनपुर- सुदूरपश्चिम प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश रावलका पूर्व स्वकीय सचिव रविन्द्र सुनारसहित एकीकृत समाजबादीका दुई जना नेकपा एमालेमा प्रवेश भएका छन् । नेकपा एकीकृत समाजबादीका जिल्ला कमिटी सदस्यसमेत रहेका सुनारसंगै एकीकृत समाजबादीकै जिल्ला सचिबालय सदस्य पदमराज भट्ट पनि एमालेमा प्रवेश भएका हुन् । उनीहरुलाई एमाले सचिव एवम सुदूरपश्चिम इन्चार्ज लेखराज भट्टले पार्टीमा स्वागत गरे । पार्टी प्रवेश कार्यक्रममा नेकपा एमाले सुदूरपश्चिम सह–इन्चार्ज राजेन्द्र रावल, प्रदेश कमिटी सदस्य मानबहादुर रावल, दामोदार रिजाललगायत नेताहरुको सहभागीता रहेको थियो ।

Read More

काठमाडौं– १३३ औँ अन्तर्राष्ट्रिय श्रमिक दिवस। ‘आठ घण्टा काम, आठ घण्टा आराम र आठ घण्टा मनोरञ्जन’को माग राख्दै अमेरिकाको सिकागो सहरका श्रमिकले सडक ओर्लिएर बलिदानीपूर्ण संघर्ष गरी विजय हासिल गरेको दिनको सम्झनामा आइतबार विश्वभर अन्तर्राष्ट्रिय श्रमिक दिवस मनाइँदैछ । अन्तर्राष्ट्रिष्य श्रमिक दिवसका अवसरमा नेपालमा पनि विभिन्न ट्रेड युनियनले विभिन्न कार्यक्रम आयोजना गरेका छन्। नेपाल ट्रेड युनियन कांग्रेसले आइतबार बिहान श्रमिक अधिकारको पक्षमा दबाब दिने उद्देश्यले पदयात्राको आयोजना गरेको छ। भृकुटीमण्डपबाट सुरु हुने पदयात्रा शहीदगेट, न्यूरोड, रत्नपार्क हुँदै बागबजारस्थित भक्तपुर बसपार्कमा पुगेर सभामा परिणत हुनेछ। यस्तै नेपाल ट्रेड युनियन महासंघले मध्याह्न भृकुटीमण्डमा श्रमिक सभा आयोजना गर्ने छ। नेपालका क्रियाशील एक दर्जन…

Read More

काठमाडौँ- डोटीका चर्चित युवा कवि लोकराज भट्टको पहिलो कृति ‘छायल’ उपन्यासको विमोचनसहित त्यसमाथि विमर्श गरिएको छ । उपन्यासको विमोचन साहित्यकार अभय श्रेष्ठ, मानव अधिकारकर्मी मोहना अन्सारी र पत्रकार तथा समीक्षक राजकुमार बानियाँले गरे । बुक्स हिमालयले बजारमा ल्याएको उपन्यास माथि वक्ताहरू साहित्यकार अभय श्रेष्ठ र मानव अधिकारकर्मी मोहना अन्सारी र लेखक स्वयं लोकराज भट्ट विमर्श गरेका थिए । कार्यक्रमको सहजकर्ताको रूपमा पत्रकार तथा समीक्षक राजकुमार बानियाँ थिए भने कार्यक्रम सञ्चालन सुमन थापाले गरेका हुन् । साहित्यकार अभय श्रेष्ठले उपन्यासले सुदूरका मौलिक कथाहरूको छायल प्रस्ट रूपमा प्रस्तुत गरेको बताए । उपन्यासको मीठो भाषा शैलीले पनि पाठकले उपन्यास पढ्न शुरु गरेपछि पुरै…

Read More

सिरहा– सिरहामा स्थानीय तहको निर्वाचनका लागि जनता समाजवादी पार्टीको घरदैलो कार्यक्रममा हिँडेका एक वृद्धको निधन भएको छ । सिरहाको नवराजपुर गाउँपालिका १ का ६५ वर्षीय बद्री मोचीको निधन भएको हो । चुनाव प्रचारप्रसारकै क्रममा लडेर बेहोस भएका उनको स्थानीय स्वास्थ्य संस्थामा उपचारका क्रममा निधन भएको प्रहरीले जनाएको छ । घटनाबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सिरहाका सूचना अधिकारी डीएसपी सुवास बुढाथोकीले जानकारी दिए ।

Read More

काठमाडौं- अहिले देशका धेरै ठाउँको मौसम सामान्यदेखि पूर्ण बद्ली भइरहेको छ । आज पनि देशका विभिन्न ठाउँमा पानी पर्ने मौसमविद्ले बताएका छन् । स्थानीय वायु, भारतको उत्तर प्रदेशदेखि पश्चिमी बङ्गालसम्म बनेको न्यून चापीय प्रणाली तथा पश्चिमी वायुको प्रभावका कारण पानी पर्ने सम्भावना रहेको मौसमविद् विष्णु घिमिरेले बताए । पहाडी भू–भागमा मेघगर्जन÷चट्याङ्गसहित पानी पर्ने भएकाले सावधानी अपनाउन मौसमविद्को सुझाव छ ।

Read More

काठमाडौँ- इलाममा तीन दिनदेखि बेपत्ता भएकी महिलाको गाडिएको अवस्थामा शव फेला परेको छ । इलाम नगरपालिका–८ सिङफ्रिङमा गाडेको अवस्थामा स्थानीय ३१ वर्षीय बिनिता काफ्लेको शव फेला परेको हो । जिल्ला प्रहरी कार्यालय इलामका अनुसार काफ्ले तीन दिनदेखि बेपत्ता थिइन् । उनी हराएपछि आफन्त र स्थानीयले खोजी सुरु गरेका थिए । खनेको ठाउँ देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । इलामका प्रहरी प्रमुख एसपी महेन्द्रकुमार श्रेष्ठले शव माटोले पुरिएको अवस्थामा फेला परेको जानकारी दिए । हत्या गरेर गाडेको प्रहरीले शङ्का गरेको छ ।उनका श्रीमानको दुई वर्षअघि विदेशमा मृत्यु भएको थियो । उनीहरूका चार वर्षीया एक छोरी छन्। घटना कसरी भयो भन्ने…

Read More

काठमाडौं- नेपाली काँग्रेसले सातै प्रदेशमा चुनावी सभा गर्ने भएको छ । शनिबार काँग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले एक सूचना जारी सातै प्रदेशमा चुनावी सभा गर्ने तालिका सार्वजनिक गरेका छन् । पौडेलका अनुसार वैशाख २१ गते प्रदेश नम्बर १ को मोरङ, वैशाख २२ गते मधेस प्रदेशको धनुषा, वैशाख २३ गते बागमती प्रदेशको काठमाडौमा चुनावी सभा हुनेछन् । त्यस्तै वैशाख २४ गते पोखरा, वैशाख २५ गते रुपन्देही, वैशाख २६ गते सुर्खेत र वैशाख २७ कैलालीमा चुनावी सभा गने कार्यतालिका रहेको मुख्यसचिव पौडेलले जानकारी दिए ।

Read More