काठमाडौं: नेपाल प्रहरीमा रिक्त एआइजी पदमा बढुवामा सिफारिससँगै तल्लो तहमा पनि बढुवाको सरगर्मी बढेको छ। बढुवाका आकांक्षीहंरु शक्तिकेन्द्र धाउन थालिसकेका छन्। खासगरी डिआईजी र एसएसपी बढुवामा ठूलो रस्साकस्सी छ। हाल प्रशासनतर्फ डिआइजीका चार र एसएसपीका १२ पद रिक्त छन्। एआइजीमा बढुवा सिफारिस भएकी किरण राणाले १६ कात्तिकमा अवकाश पाएपछि डिआइजीका ५ पद रिक्त हुनेछन्। ११ कात्तिकमा डिआइजी राजेश बास्तोलाले अवकाश पाउने भएकाले त्यसबेला डिआइजीको थप एक पद रिक्त हुनेछ भने एआइजी रामदत्त जोशीले १८ कात्तिकमा अवकाश पाउनेछन् । जसअनुसार तिहारपछि डिआइजीका सात पद रिक्त हुने छन् । जसकारण डिआइजीको बढुवा भने तिहारपछि मात्र हुने गृह मन्त्रालयका एक उच्च अधिकारीले बताए…
Author: महेन्द्रनगर पोष्ट
दार्चुलाः भन्सार छलेर ल्याएको सामान पसलबाट बरामद गरेको विरोधमा दार्चुलाको सदरमुकाम खलंगाका व्यापारीले नेपाल–भारत जोड्ने झोलुंगे पुलमा ताला लगाएका छन्। उद्योग वाणिज्य संघ दार्चुलाको नेतृत्वमा व्यापारीहरूले जिल्ला सदरमुकाम खलंगास्थित नेपाल–भारत जोड्ने झोलुंगे पुलमा ताला लगाएका हुन्। प्रहरीको सुरक्षा रहने पुलमा व्यापारीले सोमबार ताला लगाएका छन्। भन्सार तिरेर भित्र्याइएको सामानलाई प्रहरीले अवैध भन्दै छापा मारेर बरामद गरेको भन्दै पुलमा ताला लगाएको व्यापारिकको भनाई छ। उद्योग वाणिज्य संघ दार्चुलाका कार्यवाहक अध्यक्ष विशनसिंह बोहराले पटक–पटक प्रहरीले व्यापारीहलाई दुःख दिएकाले तालाबन्दीमा उत्रिनु परेको बताए। सुरक्षाकर्मीले सामानको भन्सार तिर्न लगाउने र फेरि आफैं व्यापारीको पसल बन्द गराएपछि छापा मार्न आउने बोहराको आरोप छ। आइतबार साँझ…
बैतडी: पञ्चेश्वरकी एक १७ वर्षीय किशोरी बेपत्ता भएको १२ दिन पुगेको छ। किशोरी बेपत्ता पारेको आरोपमा स्थानीय प्रहरी चौकीका निमित्त इन्चार्ज प्रहरी हवलदार थुनामा छन्। पञ्चेश्वर गाउँपालिका–२ स्थित महाकाली प्रहरी चौकीका निमित्त इन्चार्ज प्रहरी हवलदार कृष्णराज जोशी किशोरी बेपत्ता पारेको आरोपमा मुछिएका हुन्। हवलदार जोशीलाई निलम्बन गरी हिरासतमा राखेर अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बैतडीका सूचना अधिकारी प्रहरी निरीक्षक जनकराज ढुङ्गानाले बताए। उनले भने, “किशोरीका आफन्तले दिएका जाहोरी अनुसार प्रहरी हवलदारमाथि मानिस बेपत्ता पार्न नहुने कसुरमा अनुसन्धान भइरहेको छ । किशोरीको खोजी गर्न प्रहरी परिचालन गरिएको छ।” गएको असोज २५ गते बिहान प्रहरी हवलदारलाई भेटेपछि ती किशोरी बेपत्ता भएको किशोरीका आफन्तले बताएका…
धनगढी: धनगढीका विभिन्न स्थानमा प्रहरीकै सेटिङमा जुवाखालहरु चल्ने गरेको आरोप लाग्दै आएको छ। उसो त सेटिङमात्र होइन, प्रहरीकै कार्यालय, गेष्टहाउस तथा ब्यारेकभित्र पनि बेलाबखत जुवा भैरहन्छन् भन्ने गरिन्छ। केही समय अगाडि त धनगढीका ठूला व्यवसायीका होटल तथा राष्ट्र बैंकको गेष्ट हाउसभित्र पनि जुवा हुने गरेको बताइएको थियो। त्यहाँ हुने जुवाहरुमा न कहिले प्रहरी जान्थ्यो, न कतै छापा मारिन्थ्यो अर्थात कुनै रोकटोक थिएन। हो, यस्तै प्रहरी सेटिङ्वाला मानिने एक जुवाघरमा भने कैलालीका सिडिओले नै छापा हान्न भ्याएका छन्। जबकी उनले प्रहरी परिचालन गरेर पनि छापा हान्न लगाउन सक्थे। तर मध्यरातमा उनले जिल्लाका सुरक्षा निकायका प्रमुखसहित दलबल बोकेर धनगढीको एक ठूलो जुवाघरमा…
काठमाडौँ:अस्ति जिल्ला प्रहरी कार्यालय मोरङका एसपी नवराज कार्की तानिए। उनलाई तानेर त्यहाँ एसपी राजन लिम्बुको काज गरियो। तर लिम्बु त्यहाँ गएनन्। त्यसपछि काज नै रद्द गरियो। र, त्यहाँ अहिले प्रहरी प्रमुखमा एसपी नारायण प्रसाद चिमोरियाको काज गरेर पठाइएको छ। उता प्रहरी प्रधान कार्यालय नक्साल तानिएका एसपी भने झमेला पनि तानिएका छन्। उनी छानबिनको दायरामा तानिएका हुन्। नक्साल स्रोतका अनुसार उनीमाथि आर्थिक अनियमितताको आरोपमा छानबिन जारी छ। आर्थिक अनियमितताको विवाद आएपछि उनलाई प्रहरी प्रधान कार्यालयले फिर्ता बोलाएको हो। २०८० फागुन २ मा मोरङ गएका कार्की कार्तिक २ मा तानिएका हुन्। उनले क्रिप्टो करेन्सीको कारोबार गर्नेसँग रकम लिएको आरोप छ। क्रिप्टोको कारोबारीको…
बिनोद भट्ट, पछिल्लो समयमा आम नागरिकको चासोको विषय रहेको सहकारी ठगी प्रकरणमा रवि लामिछानेले आफूलाई न्यायिक कसिमा मापन गर्ने भनी सकेपछि न्यायिक प्रकृयावाट निष्कर्ष पनि आउला। यस विषयमा प्रकृया बाहिर नै सिमित रहे शंकाको घेरामा सदैव रहिरहनु पर्छ। यसलाई नागरिकले अनुभूति पाउने गरि परिक्षण हुन जरूरी पनि हुन्छ। उदयमानहरूले संघर्ष गर्नु नै पर्छ। वर्षाैदेखि शासन सत्तामा लिप्तरहेका शाेषकहरूले सहजै युवापुस्ता र उदयमानहरूलाई सत्ता हस्तान्तरण गरि देश विकास र समृद्धिकाे मार्ग प्रसस्त गर्लान भन्ने मलाई लाग्दैन। यदि कानूनकाे शासनका लागि र वास्तविक सहकारि पिडितका पक्षमा राज्य सक्रिय हाे भने अन्य नाम जोडिएका आरोपितहरुलाई उक्त प्रकृयामा नल्याउनुकाे अर्थ के हाे ? यसबाट…
धनगढीः हनी ट्रयापिङमा संलग्न गिरोहसंग मिलेर पैसा असुल्ने प्रहरी निरीक्षक (इन्सपेक्टर) बिनुकुमारी शाहीको खोजी कार्य जारी छ। शाहीको खोजीका लागि ललितपुर प्रहरीले उनको स्थायी ठेगाना रहेको कालीकोटस्थित जिल्ला प्रहरी कार्यालयमा पनि पत्राचार गरेको हो। शाहीले भने पक्राउ अनुमति जारी भइसकेको अवस्थामा महेन्द्रनगर पोष्टका सम्पादक टेकसिंह धामीको फेसबुकमा कमेन्ट गरेकी थिइन्। उनी फरार भएको भन्दै लेखिएको स्टाटसमा उनले म यतै छु भन्दै कमेन्ट लेखेको भेटिएको थियो। उक्त विषयलाई पनि नोटिसमा लिएर खोजी गरिरहेको ललितपुर प्रहरी स्रोतले बतायो। ललितपुरस्थित प्रहरी प्रभाग भैंसेपाटीमा बोलाएर घरजग्गा कारोबारीलाई हनिट्रयापमा पारेर रकम असुलेको आरोपमा इन्स्पेक्टर शाहीविरुद्ध पक्राउ पुर्जी जारी भएको छ। उनी अहिले फरार छिन्। उनी…
दार्चुलाः बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा प्रहरीले एक जना पुरुषलाई पक्राउ गरेको छ। प्रहरीले शुक्रबार मालिकार्जुन गाउँपालिका–२ का ५२ वर्षीय पुरुषलाई नियन्त्रणमा लिएको हो। जिल्ला प्रहरी कार्यालयका अनुसार १६ बर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा पुरुषलाई नियन्त्रणमा लिएको हो। बालिकालाई जबरजस्ती करणी गरेको भन्दै बालिकाको घर, परिवारले प्रहरीमा उजुरी दिएपछि उनलाई नियन्त्रणमा लिएको प्रहरीले बताएको छ। बालिकाको जिल्ला अस्पतालमा स्वास्थ्य परीक्षण भइरहेको छ। पक्राउ परेका पुरुषलाई आइतबार जिल्ला अदालतबाट म्याद थप गरी प्रहरी हिरासतमा राखिएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ।
धनगढीः कैलालीको धनगढीमा खैरो हेरोइनसहित २ जना युवक पक्राउ परेका छन्। धनगढी उपमहानगरपालिका-७ मनेहरा सिविरबाट सोही ठाउँ बस्ने २२ वर्षीय नरेश राना र देवरिया बस्ने २८ वर्षीय सेवाराम राना पक्राउ परेका हुन्। उनीहरुलाई २ ग्राम २७० मिलिग्राम लागूऔषध (खैरो हेरोइन)सहित जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले फेला पारि पक्राउ गरेको जनाएको छ।
धनगढीः कैलालीबाट ६ जना जुवाडे पक्राउ परेका छन्। जिल्लाको घोडाघोडी नगरपालिका(४ माघी गाउँ स्थित कृष्णबहादुर साउदले सञ्चालन गरेको पसलमा जुवातास खेलिरहेको अवस्थामा ६ जना पक्राउ परेका हुन्। पसल संञ्चालक सोही ठाउँ बस्ने ४८ वर्षीय साउदसहित ६ जनालाई पक्राउ गरिएको कैलाली प्रहरीले जनाएको छ।इलाका प्रहरी कार्यालय सुखडबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई नगद ३१ हजार ५ सय र १ गड्डी ताससहित पक्राउ गरेको जनाएको छ।