Author: महेन्द्रनगर पोष्ट

धनगढी : गृहमन्त्री रमेश लेखकले सुदूरपश्चिम प्रदेश दार्चुलाको तिंकरमा अध्यागमन कार्यालय खोल्ने बताएका छन्। बुधबार महेन्द्रनगरमा कञ्चनपुर उद्योग वाणिज्य संघको ज्ञापनपत्र बुझ्दै मन्त्री लेखकले तिंकरमा अध्यागमन कार्यालय खोल्ने बताएका हुन् । मन्त्री लेखकले तिंकर नाका भएर मानसरोवरसम्म जाने धार्मिक पर्यटकलाई भित्र्याउनका लागि कार्यालय खोल्न लागेको बताए । ‘सरकारले कार्यालय खोलिदिन्छ, व्यवसायीले त्यहाँसम्म जाने वातावरण बनाउनुपर्छ,’ मन्त्री लेखकले भने, ‘धनगढीदेखि सीधै तिंकरसम्म हेलिकप्टर लिफ्ट गराउनुपर्ने हुन्छ ।’ मन्त्री लेखकले असोज दोस्रो साताभित्रै तिंकरमा अध्यागमन कार्यालय उद्घाटन गर्ने बताए । ‘मैले देशका तीन स्थानमा अध्यागमन कार्यालय खोल्ने निर्णय गरेको छु,’ उनले भने, ‘भारतसँगको बेलिया, चीनसँगको तिंकर र मस्ताङ पोरलाका छिट्टै नाका खोल्छौँ…

Read More

धनगढी : अछामको साँफेबगर नगरपालिका–८ मटेनास्थित मध्य–पहाडी राजमार्गमा जीप दुर्घटना हुँदा आठ जना घाइते भएका छन् । साँफेबगरबाट मङ्गलसैनतर्फ जाँदै गरेको सुपप्र ०१००१ ज१२३८ नम्बरको जीप अनियन्त्रित भई सडकको नालीमा पल्टिएको जिल्ला प्रहरी कार्यालय प्रमुख प्रहरी नायब उपरीक्षक ईश्वरीप्रसाद भण्डारीले जानकारी दिए । जीपमा नवदुर्गा गाउँपालिका–४ निवासी वर्ष ४२ का चालक लक्ष्मण साउदसहित ११ जना सवार थिए । त्यसमध्ये आठ घाइते भएका छन् । घाइते हुनेमा चौरपाटी गाउँपालिका–१ का १९ वर्षीया कल्पना थापा, १९ वर्षीया देवकी थापा, १८ वर्षीया लक्ष्मी साउद, सोही पालिका वडा नम्बर २ बस्ने २९ वर्षीय लोकेन्द्रबहादुर साउद, १८ वर्षीया तुलसी साउद, १८ वर्षीय प्रेम साउद, १८…

Read More

बझाङः बझाङमा एक जनाको भिरबाट लडेर मृत्यु भएको छ। जिल्लाको जयपृथ्बी नगरपालिका–३ बमडीगाउँमा ६५ वर्षीय सिंह विष्टको भिरबाट लडेर मृत्यु भएको हो। तलकोट गाउँ पालिका–६ दानतोलामा छोरीलाई भेटेर फर्कनेक्रममा लडरे सिंहको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ। सिहं तीन अगाडी मात्रै छोरी भेट्न भारतबाट बैतडी आएका थिए। सिंह सपरिवार भारतमा बस्दै आएका थिए।

Read More

काठमाडौं: प्रधानमन्त्री केपी ओली अभिव्यक्ति स्वतन्त्रताप्रति निरंकुश बन्दै गएका छन्। आफूलाई भ्रष्टाचारी भनेर फेसबुकमा स्टाटस लेख्ने एक युवकलाई प्रहरी लगाएर उनले पक्राउ मात्र गराएनन्, विद्युतीय कारोबार ऐन (साइबर अपराध)को मुद्दा चलाएको खुलेको छ। ओलीलाई ‘भ्रष्टाचारका महादेव’ भनेको आरोपमा प्रहरीले बाजुरा खप्तड छेडेदह घर भएका २१ वर्षीय रमेशबहादुर रावलविरुद्ध साइबर अपराध मुद्दा चलाएको हो। रावलले फेसबुकमा प्रधानमन्त्री ओलीको फोटो राखेर ‘यही हो देश लुट्ने, सही हो कि गलत साथीहरू, भ्रष्टाचारकी कुलदेवी, भ्रष्टाचारका महादेव’ भनेर लेखेका थिए। त्यसविरुद्ध अजितकुमार लामाले प्रहरीमा उजुरी दिएका थिए । सोही आधारमा प्रहरीले सार्वजनिक घृणा फैलाउने काम गरेको भन्दै प्रहरीले मुद्दा दायर गरेको हो। गत ३२ साउनमा…

Read More

महेन्द्रनगर: गृहमन्त्री रमेश लेखकले कञ्चनपुरमा फेरि अर्को प्रहरी कार्यालयको उद्घाटन गरेका छन्। बुधबार बिहान भीमदत्त नगरपालिका– ४ महेन्द्रनगरमा रहेको नेपाल प्रहरी प्रदेश कार्यालयको उद्घाटन गरेकोमा दिउँसो दोधाराचाँदनी नगरपालिका– ६ दोधारामा रहेको इलाका प्रहरी कार्यालयको उद्घाटन गरेका हुन्। नेपाल प्रहरी प्रदेश र इप्रका दोधाराचाँदनी कार्यालयको उद्घाटन गर्दै गृहमन्त्री लेखकले प्रहरी आधुनिक भवनबाट नागरिकले स्तरीय सेवा पाउनुपर्नेमा जोड दिए। उनले आधुनिकता र प्रविधिको विकाससँगै नयाँ–नयाँ प्रकृतिका अपराध बढिरहेका बेला प्रहरीको पनि आधुनिकीकरण भइरहेको बताए। नेपाली कांग्रेसका केन्द्रीय सदस्यसमेत रहेका गृहमन्त्री लेखकले १७ असारमा एमालेसँग भएको सातबुँदे सहमति दुवै पार्टीले अक्षरशः पालना गर्ने प्रस्ट्याए। नागरिकलाई सेवा दिने लक्ष्यका साथ नयाँ समीकरण बनेको बताउँदै मन्त्री…

Read More

काठमाडौं: नेपाल प्रहरीका नायव महानिरीक्षक (डिआईजी) भरतबहादुर बोहराले काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय प्रमुखको जिम्मेवारी सम्हालेका छन्। रामशाहपथस्थित कार्यालय पुगेर उनले पदभार ग्रहण गरेका हुन्। पदभार ग्रहणपछि प्रमुख बोहराले थप सक्रियतापूर्वक काम गर्न ट्राफिक कर्मचारीहरुलाई निर्देशन दिए। उनले ट्राफिक प्रहरीले गर्दै आएका काम कारबाहीलाई निरन्तरता दिँदै आगामी दिनमा थप ऊर्जाका साथ त्रुटिरहित तवरले सडक प्रयोगकर्ताको मनोभावना बुझेर काम गर्न निर्देशन दिएका थिए। उपत्यका ट्राफिक प्रहरी कार्यालयमा झण्डै दुई महिनादेखि नेतृत्व रिक्त थियो। अहिले कार्यालय प्रमुखमा डिआईजी रहने व्यवस्था छ। गत असार २१ गतेसम्म ट्राफिक प्रमुख डिआईजी पोषराज पोखरेल थिए। ५६ वर्षे उमेरहदका कारण अनिवार्य अवकाशमा गएपछि निमित्त प्रमुखको रुपमा एसएसपी…

Read More

धनगढी: धनगढीमा मेयर गोपाल हमालले लागू गरेको निर्णय प्रहरीले नटेरेको पाइएको छ। सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयले धनगढी उपमहानगरपालिकाका मेयर गोपाल हमालको निर्णय नटेरेको हो। हमालले धनगढीमा प्लास्टिकमाथि प्रतिबन्ध लगाएकोमा प्रहरीले भने प्लास्टिक प्रयोगमा ल्याएको पाइएको हो। धनगढीमा भोलि गृहमन्त्री रमेश लेखकले उद्घाटन गर्ने नेपाल प्रहरीको पेट्रोल पम्पमा प्लास्टिक प्रयोग गरिएको हो। धनगढी उपमहानगरपालिका–२ सन्तोषी टोलमा रहेको प्रहरी कल्याणकारी कोष मार्फत सञ्चालन गरिएको सो पेट्रोल पम्प प्लास्टिकबाट निर्मित पताङ्काले सजाइको छ। उता प्लास्टिकमाथिको प्रतिबन्धबारे प्रहरीले भने जानकारी नभएको जनाएको छ। धनगढीका सार्वजनिकस्थल तथा पसलहरूबाट प्लास्टिक जफत गर्दै आएको मेयर हमालको नगर प्रहरी भने प्रहरीले नै प्लास्टिक प्रयोग गरेपछि मूकदर्शक बनेको छ।…

Read More

धनगढी: अख्तियार दुरूपयोग अनुसन्धान आयोगले कैलालीको टीकापुर बहुमुखी क्याम्पसमा जुनियर असिस्टेन्टविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ। शैक्षिक योग्यताको प्रमाणपत्र नक्कली भएको भन्दै अख्तियारले क्याम्पसका जुनियर असिस्टेन्ट देवराज वनविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको हो। उनको एसएलसी तहको शैक्षिक योग्यताको प्रमाणपत्र नक्कली रहेको अख्तियारले जनाएको छ। देवराजले २०५३ सालमा अस्थायी मुखिया सरहको पदमा शुरु नियुक्ति लिएका थिए। त्यसपछि २०७५ साल साउन १ गतेदेखि सेवाको निरन्तरता हुने गरी टीकापुर बहुमुखी क्याम्पसमा जुनियर असिस्टेन्ट पदमा समायोजन नियुक्ति हुन भारतको दिल्लीस्थित केन्द्रीय माध्यमिक शिक्षा बोर्डबाट जारी भएको एसएलसीको प्रमाणपत्र पेश गरेका थिए। अख्तियारका अनुसार उनले झुट्टा प्रमाण–पत्र पेश गरी सरकारी सेवामा हालसम्म कार्यरत रहेको…

Read More

काठमाडौं: सुदूरपश्चिम र सुदूरपश्चिमेलीको बारेमा भ्रम छर्ने युवती दुर्गा दाहाल साउदविरुद्ध प्रहरीमा जाहेरी परेको छ। सुदूरपश्चिमको दार्चुला घर भएका अधिवक्ता कृष्ण महराले साउदविरुद्ध प्रहरीमा जाहेरी दिएका हुन्। पाटन उच्च अदालत बार एसोसिएसनको सदस्यसमेत रहेका महराले बुधबार जिल्ला प्रहरी परिसर काठमाडौंमा जाहेरी दर्ता गराएको जानकारी दिएका छन्। अमेरिकामा घटेको एउटा घटनालाई लिएर ती साउदले सामाजिक सञ्जालमा सिङ्गो सुदूरपश्चिमबासीलाई बदनामित गराउने काम गराइरहेकी थिइन्। उनले सुदूरपश्चिमका मान्छेहरु सबैको चरित्र खराब हुने भन्दै प्रचार गर्थिन्। उनले गरेको कुप्रचारका विरुद्ध उनलाई कारबाहीको माग गर्दै अधिवक्ता महराले मुद्दा हालेका हुन्। सुदूरपश्चिमको कञ्चनपुर घर बताउने दुर्गाले ‘सुदूरपश्चिमका मान्छेहरु रक्सी खाएर हिँड्ने, रक्सी भनेपछि धेरै खाने, कसले…

Read More

धनगढी: नेपाल सरकारका गृहमन्त्री रमेश लेखक र नेपाल प्रहरीका आइजीपीले हिजो धनगढीमा रहेको आसरा सुधार केन्द्रको अनुगमन गरेका छन्। हिजो धनगढी ओर्लिएका मन्त्री लेखक र आइजीपी वसन्त बहादुर कुँवरले धनगढी उपमहानगरपालिकाको फुलबारी स्थित आसरा सुधार केन्द्रको एकसाथ अनुगमन तथा निरीक्षण गरेका हुन्। यस्तै त्यसपछि हिजै कञ्चनपुरको महेन्द्रनगर आएका गृहमन्त्री र आइजीले आज बिहान नेपाल प्रहरी प्रदेश कार्यालय महेन्द्रनगर कञ्चनपुरकाे नवनिर्मित भवनहरुकाे उद्घाटन गरेका छन्। प्रहरी कार्यालयका नयाँ भवनहरु बनेका थिए। तिनै भवन उद्घाटन गर्न गृहमन्त्री लेखक आफ्नो गृहजिल्ला आएका हुन्। विसं २०७९ मंसिर २९ गते आशिस कन्ट्रक्सनसँग उक्त भवन निर्माण गर्न १३ करोड २६ लाखमा ठेक्का सम्झौता भएको थियो।

Read More