Author: महेन्द्रनगर पोष्ट

काठमाडौं – सत्तारुढ पाँच दलीय गठबन्धनले भरतपुर महानगरपालिकामा २२ वैशाखमा संयुक्त आमसभा गर्ने भएको छ । आमसभालाई सत्तारुढ गठबन्धनमा रहेका दलका शीर्ष नेताले सम्बोधन गर्ने तय भएको नेकपा माओवादी केन्द्रका जिल्ला संयोजक रामचन्द्र अधिकारीले जानकारी दिए । भरतपुरको हाकिम चोकमा हुने सभालाई प्रधानमन्त्री एवं नेपाली काँग्रेस सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले सम्बोधन गर्ने छन् । यस्तै नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री गगन थापा, नेता शेखर कोइराला, जसपा र राष्ट्रिय जनमोर्चाका नेताहरूले पनि उक्त आमसभामा सम्बोधन गर्ने छन् । भरतपुर महानगरमा सत्ता गठबन्धनको साझा उम्मेदवारका रूपमा माओवादी केन्द्रकी रेणु दाहाल…

Read More

काठमाडौं – काठमाडौं महानगरपालिकामा नेकपा एमालेबाट उपमेयरकी उम्मेदवार सुनिता डंगोलविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा शैक्षिक प्रमाणपत्र ढाँटेर विज्ञ सल्लाहकारको नियुक्ति लिएको भन्दै उजूरी दर्ता भएको छ । उजूरीमा डंगोलले स्नातकोत्तर योग्यता प्राप्त गरेको भनी ढाँटी ५ वर्ष काठमाडौं महानगरको शहरी विकास परियोजनाको सल्लाहकार नियुक्ति लिई तलब सुविधा लिएको आरोप छ । काठमाडौं महानगरपालिकामा रहेको शहरी विकास परियोजना जस्तो प्राविधिक विषयको ज्ञाता हुनुपर्ने र स्नातकोत्तर अध्ययन गरेको हुनुपर्नेमा समाजशास्त्र विषयमा स्नातक गरेको व्यक्तिलाई नियुक्ति दिइएको भन्दै गैरकानूनी आर्थिक लाभ लिएको आरोप छ । उजूरी १६ वैशाखमा दर्ता गरिएको छ । उजूरीमा डंगोलको नियुक्तिको सम्पूर्ण फाइल काठमाडौं महानगरबाट झिकाई भ्रष्टाचार निवारण ऐन…

Read More

काठमाडौं – नेकपा (माओवादी केन्द्र) का नेता शक्तिबहादुर बस्नेतले नेपाल प्रहरीको प्रमुख बढुवालाई विवादित बनाउन नहुने बताएका छन् । नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै एवं पूर्व गृहमन्त्री समेत रहेका बस्नेतले भने, “एआईजीबाटै आईजीपी बनाउने हो । समय क्रममा कोही सिनियर हुन्छ, कोही जुनियर हुन्छ । तीनै जना एआईजीको भर्ती मिति सँगसँगै देखिन्छ । सरकारले आफ्नो समग्र सुरक्षा नीति कार्यान्वयन गर्न उपयुक्त व्यक्ति सोच्नुलाई अन्यथा ठान्नु हुन्न । म सैद्धान्तिक कुरा गर्छु, ठीक वा बेठीक भन्दिनँ ।” बस्नेतले स्थानीय निर्वाचन जित्नका लागि प्रहरी अधिकारीको बढुवा नहुने पनि स्पष्ट पारे । उनले भने,…

Read More

काठमाडौं – कांग्रेसले बागीलाई कारबाहीबाट बच्न तीन दिनको मौका दिएको छ । तीन दिनभित्र उम्मेदवार नरहेको घोषणा गरे बागीलाई कारबाही नगर्ने कांग्रेसले स्पष्ट पारेको छ । स्थानीय तह निर्वाचनमा पार्टीका उम्मेदवार र गठबन्धनका तर्फबाट उठाइएका उम्मेदवारप्रति असन्तुष्टि जनाउँदै बागी उम्मेदवारी दिएकालाई कांग्रेसले यस्तो मौका दिएको हो । यस्तो अवसर सदुपयोग गरे बागीका प्रस्तावक र समर्थकमाथिको कारबाही पनि रोकिने काँग्रेसले जनाएको छ । मुख्यसचिव कृष्णप्रसाद पौडेलले २१ वैशाखभित्र उम्मेदवारी निष्क्रिय गरी पार्टीका आधिकारिक उम्मेदवार र पार्टीले समर्थन गरेका उम्मेदवारलाई विजयी बनाउन सहयोग गर्न निर्देशन दिएका छन् । ‘वैशाख २१ गतेभित्र उम्मेदवारी निष्क्रिय गरी पार्टीका आधिकारिक उम्मेदवार र पार्टीले समर्थन गरेका उम्मेदवारलाई विजयी बनाउन सक्रिय रहने विद्रोही…

Read More

काठमाडौँ- चालु आर्थिक वर्ष २०७८/७९ को पहिलो नौ महिनामा सरकारले लक्ष्य गरेकोमध्ये ९८.२७ प्रतिशत राजस्व संकलन गर्न सफल भएको छ । अर्थ मन्त्रालयका अनुसार सो अवधिमा सरकारले कूल ८ खर्ब २७ अर्ब ८७ करोड रुपैयाँ राजस्व संकलन गरेको छ । चालु आर्थिक वर्षको पहिलो नौ महिनामा सरकारले ८ खर्ब ४३ अर्ब ४८ करोड रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य राखेको थियो । लक्षितमध्ये ९८.२७ प्रतिशत रकम संकलन गर्न सफल भएको अर्थले जनाएको हो । यसवर्ष संकलन भएको राजस्वमध्ये ७ खर्ब २७ अर्ब ७९ करोड रुपैयाँ कर राजस्व, ६१ अर्ब ४७ करोड रुपैयाँ गैरकर राजस्व र अन्य प्राप्ति ३८ अर्ब ६१ करोड रुपैयाँ रहेको छ ।

Read More

काठमाडौं – नेपाल वायुसेवा निगमले तनावका कारण ढलेका निगमका कर्मचारी देवराज ओझाका सम्बन्धमा गरिएको हल्लामा सत्यता नरहेको स्पष्ट पारेको छ । निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीले एक कर्मचारीलाई यातना दिएर बेहोस भनी विभिन्न सञ्चारमाध्यममा आएको समाचारको खण्डन गर्दै निगमले अध्यक्षको कार्यकक्षमा बेहोस भएर ढलेका ओझालाई उपचारका लागि मोडल अस्पताल पुर्‍याइएको जनाएको छ । निगमका अध्यक्ष अधिकारीले ओझा सोमबार दिउँसो एक्कासी आफ्नो कार्यकक्षमा ढलेपछि तत्काल उपचारका लागि अस्पताल लगिएको विषयलाई अतिरञ्जित बनाइएको बताए । उनले निगम अध्यक्षको कार्यकक्षमा लगाइएको ताला पनि सङ्गठनका पदाधिकारीले हिजै खोलिसकेको स्पष्ट पारे । ‘कर्मचारी ओझालाई संस्थाका विषयमा केही दिनअघि सामान्य सोधपुछ गरिएको थियो, यही विषयलाई बढी…

Read More

काठमाडौं – अभिनेता भुवन केसी र श्वेता खड्कासहित केही कलाकार नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । प्रधानमन्त्रीसमेत रहेका काँग्रेस सभापति शेरबहादुर देउवाले अभिनेता केसीसहित कलाकार रवीन्द्र खड्का र नायिका श्वेता खड्कालाई कांग्रेस प्रवेश गराएका हुन् । ९ वर्षअघि अभिनेता केसी नेकपा एमालेमा प्रवेश गरेका थिए । काठमाडौँ १ बाट संसदको टिकटको लागि सिफारिस भए पनि विरोधका कारण टिकट भने पाएनन् ।

Read More

वाशिंगटन डिसी – विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा नेपाली पत्रकारहरूको अन्तराष्ट्रिय संजाल इन्जाले संसारभरी छरिएर रहेका सञ्चारकर्मीहरु तथा प्रेस र अभिव्यक्ति स्वतन्त्रताप्रेमी सवैलाई शुभकामना व्यक्त गरेको छ । विश्वमा सरकार प्रेस जगतप्रति अनुदार हुंदा एकातिर जनताको सूचना पाउने मौलिक हक कुन्ठित भैरहेको छ भने चौथो अंगको रुपमा रहेको संचारले निर्वाधरुपमा अभिब्यक्ति स्वतन्त्रता मार्फत समाजलाई योगदान दिन नसकेको हुंदा यतातर्फ ईन्जाले विश्वका सरकारहरुको ध्यानाकर्षण गराएको छ । युनेस्कोद्वारा मे २-५ सम्म दक्षिण अमेरिकाको उरुग्वेमा “पत्रकारिता डिजिटल घेराबन्धीमा” शीर्षक दिएर संचालन गरिरहेको विश्व प्रेस स्वतन्त्रता सम्मेलन २०२२ मा यस पटक इन्जाले पनि सक्रिय सहभागिता जनाइरहेको छ । सम्मेलनमा सहभागिता जनाइरहनु भएका इन्जा…

Read More

भक्तपुर – भक्तपुर नगरपालिका- ८ लिवालीमा वस्ने वर्ष ४४ को लक्ष्मीसुन्दर कुसाथाको आफ्नै घरको पाँचाैँ तल्लाबाट खसेर मृत्यु भएको छ । गम्भीर घाइते भई उपचारको लागि मध्यपुर अस्पताल थिमि लगेकोमा उपचारकै क्रममा मृत्यु भएको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ । घटना सम्बन्धमा थप अनुसन्धान कार्य भइरहेको परिसरका सूचना अधिकृत राजु पाण्डेले जनाए ।

Read More

काठमाडौं – नेपाली बजारमा सुनको मूल्य निरन्तर ओरालो लाग्ने क्रममा छ । आज साताको तेस्रो दिन मंगलबार तोलामा एक हजार रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ९७ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ । तेजाबी सुनको मूल्य प्रतितोला ९६ हजार ७०० रुपैयाँ कायम भएको छ । हिजो आइतबार छापावाल सुनको मूल्य तोलामा ९८ हजार र तेजाबी सुनको मूल्य ९७ हजार ५०० रुपैयाँ थियो । यस्तै, आज चाँदीको मूल्य भने स्थिर रहेको छ । चाँदी प्रतितोला १२ सय ९० रुपैयाँमा कारोबार भइरहेको छ ।

Read More