Author: महेन्द्रनगर पोष्ट

कैलाली- नेकपा माओवादी केन्द्रको धनगढी नगर कमिटीले धनगढी उपमहानगरपालिकाको मेयरमा शान्ति अधिकारीलाई पार्टीको तर्फबाट उम्मेदवार बनाउन सिफारिस गरेको छ । नगर कमिटीको बैठकले अधिकारीलाई मेयरको उम्मेदवार बनाउन पार्टीको जिल्ला समन्वय समिति र प्रदेश कमिटीलाई सिफारिस गरेको माओवादी धनगढी नगर कमिटीका सचिव रमेशप्रसाद भट्टराइले जानकारी दिए । अधिकारी गत स्थानीय तह निर्वाचनमा माओवादीबाट धनगढीको उपमेयरको उम्मेदवा थिइन् । त्यस्तै धनगढीको उपमेयरमा कृष्णप्रसाद चौधरी, सुरज खाती र बलबहादुर ऐरको नाम जिल्ला समितिलाई सिफारिस गरिएको सचिव भट्टराइले जानकारी दिए । उपमहानगरभित्र रहेका प्रदेश कमिटी तथा जिल्ला समन्वय समितिका सदस्य, पार्टीका विभिन्न आयोग र विभागका सदस्य, सल्लाहकार, नगर कमिटीका पदाधिकारीको सहितको बैठकले उम्मेदवारको नाम…

Read More

कञ्चनपुर – रूढीवादी परम्परा अनुसार धामी झाँक्रीबाट झारफुक गराउँदा कञ्चनपुरमा एक बिरामी महिलाको मृत्यु भएको छ । धामी झाँक्रीबाट झारफुक गराउने क्रममा वेदकोट नगरपालिका वडा नम्बर ६ बस्ने ४३ वर्षीया रन्चुला साउदको मृत्यु भएको प्रहरीले जनाएको छ। केही दिनदेखि अस्वस्थ उनी उपचारका लागि राम्रो अस्पतालमा नगई धामी झाँक्रीबाट झारफुक गराउँदै आएकी थिइन्। रूढीवादी परम्परा र धामी झाँक्रीका कारण एकल महिला रन्चुला साउदले ज्यान गुमाउनु परेको र यो घटना जघन्य अपराध भएको वेदकोट नगरपालिकाका नगर प्रमुख अशोक कुमार चन्दले बताए । उक्त घटनाको सत्य तथ्य छानबिन गरी दोषी माथि कडाभन्दा कडा कारबाही हुनुपर्ने र पीडितले न्याय पाउनुपर्ने उनको भनाइ छ। घटनाबारे…

Read More

काठमाडौं – नेपालमा पछिल्लो २४ घण्टामा थप नौ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वस्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार चार हजार ४३ जनाको नमुनाको परीक्षण गर्दा नौ जनामा संक्रमण पुष्टि भएको हो । पछिल्लो २४ घण्टामा देशभर ४४ जना निको भएका छन् । योसँगै नेपालमा कोरोनामुक्त हुनेको संख्या नौ लाख ६६ हजार ३०३ पुगेको छ । पछिल्लो २४ घण्टामा कोरोनाका कारण देशभर कसैको पनि मृत्यु पुष्टि भएको छैन । हालसम्म नेपालमा कोरोनाका कारण ११ हजार ९५१ जनाको मृत्यु भएको छ । हाल देशभर कोरोनाका सक्रिय संक्रमितको संख्या चार सय रहेको मन्त्रालयले जनाएको छ ।

Read More

दार्चुला – दार्चुलामा नियमित विद्युत् आपूर्ति नहुँदा उपभोक्ता समस्यामा परेका छन् । गर्मी मौसम सुरु भएसंगै विद्युत् आपूर्तिमा समस्या हुँदा उपभोक्ता हैरानी भोग्ने बाध्य छन् । जिल्लामा अहिले लोडसेडिङ नभए पनि पटक–पटक विद्युत् अवरुद्ध हुँदा उपभोक्ता समस्या झेल्न बाध्य भएका हुन । कहिले र कति बेला विद्युत् अवरुद्ध हुन्छ, पत्तो नहुँदा उपभोक्ता विद्युत् उपभोगको समस्याबाट ग्रस्त छन् । जिल्लामा विद्युतले हल्का हावाहुरी र वर्षा हुनासाथ विद्युत् आपूर्ति अवरुद्ध हुने गरेको छ । जिल्लामा अस्तव्यस्त विद्युत्लाइन विस्तार र पुराना काठका पोलका कारण नियमित विद्युत् आपूर्तिमा चुनौती बनेको छ । नियमित विद्युत् आपूर्ति नहुँदा सरकारी कार्यालयमा सेवाग्राहीलाई झन समस्या हुने गरेको छ…

Read More

काठमाडौं – नेपाल क्रिकेट सङ्घ (क्यान)ले ‘जिम्बावे ए’सँग हुने तीन एक दिवसीय र तीन टि ट्वान्टी सिरिजको खेल तालिका आज सार्वजनिक गरेको छ । कीर्तिपुरस्थित त्रिवि मैदानमा आयोजना हुने उक्त सिरिजको खेल तालिका अनुसार नेपालले जिम्बावे एसँग पहिलो एक दिवसीय खेल यही वैशाख १७ गते खेल्नेछ । त्यस्तै नेपालले आफ्नो दोस्रो खेल वैशाख १९ र तेस्रो एक दिवसीय खेल वैशाख २१ गते खेल्नेछ । तीन एक दिवसीय खेलिसकेपछि नेपालले फेरि जिम्बावे एसँग नै तीन टि ट्वान्टी खेल खेल्नेछ । नेपालले जिम्बावे एसँग पहिलो खेल वैशाख २३, दोस्रो खेल वैशाख २४ र तेस्रो तथा अन्तिम खेल वैशाख २६ गते खेल्नेछ । …

Read More

ललितपुर – दक्षिण ललितपुरको प्युटार जंगलमा भीषण आगलागी भएको छ । आश्राङ प्रहरी चौकीका सहायक प्रहरी हवलदार वेदनाथका अनुसार बिहीबार माझखण्डबाट सल्केको आगो तलतिर सर्दै जाँदा प्युटार, लुकुनी र आश्राङ गाँउका दर्जनौँ घरहरु जोखिममा परेका छन् । शुक्रबारदेखि स्थानीय, प्रहरी र वनका कर्मचारीले आगो नियन्त्रणको प्रयास गरे पनि सफल हुन सकेको छैन । प्रहरी सहायक हवलदार वेदनाथका अनुसार निरन्तर ढुंगाहरु झरिरहेकाले आगो निभाउन जानसमेत समस्या छ । उनले भने, ‘रुखका स्याउलाले आगो निभाइरहेका छौँ । चारैतिर आगो र धुवाँको मुस्लो आइरहेकोले हामी अन्यौलमा छौँ।’निरन्तर हावा चलिरहेकाले आगो नियन्त्रणमा समस्या रहेको उनले बताए । आगो फैलँदा खैरेनी,प्युटार, धनडाँडा र फुर्केडाँडा गाउँमा…

Read More

ललितपुर – नेकपा (माओवादी केन्द्र) की नेत्री एवं ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले गठबन्धनको निर्देशनलाई पालना गरेर अग्रगमनलाई निर्वाचित गराउनुपर्नेमा जोड दिएकी छन् । ललितपुरमा आज आयोजित कार्यक्रममा उनले भनिन्, “अहिलेको निर्वाचन परिवर्तनलाई संस्थागत गर्ने र परिवर्तनलाई पछाडि फर्काउने बीचको हो । त्यसैले हालसम्मका उपलब्धिलाई संस्थागत गर्न पनि गठबन्धनका उम्मेदवार निर्वाचित हुनुपर्छ ।” जनयुद्ध र जनआन्दोलनको एकीकृत बलमा गणतन्त्र, धर्मनिरपेक्षता, समावेशीतालगायत थुप्रै मुद्दालाई संविधानले सुनिश्चित गरेको उल्लेख गर्दै मन्त्री भुसालले संविधानको रक्षाका लागि गठबन्धन आवश्यक भएको स्पष्ट पारिन् । उनले भनिन्, ‘प्रतिगमनको अझै खतरा छ भन्ने विषय व्यवहारबाटै पुष्टि भइसकेको छ, त्यो खतरालाई परास्त गर्नका लागि पनि गठबन्धनलाई बलियो…

Read More

वाशिङ्गटन डिसी । नेपाली पत्रकारहरूको अन्तर्राष्ट्रिय सञ्जाल (इन्जा) ले यस वर्षको इन्जा बौद्धिक अनुसन्धानवृत्ति बरिष्ठ पत्रकार कपिल काप्ले र त्रिभुवन विश्वविद्यालयका पत्रकारिता विषयका उप–प्राध्यापक देवराज अर्याललाई प्रदान गर्ने निर्णय गरेको छ । पत्रकारिता तथा आमसञ्चार क्षेत्रका बौद्धिक अनुसन्धाताहरूलाई अध्ययन अनुसन्धानमा सहयोग पु¥याउने उद्देश्यले इन्जाले यसै वर्षबाट यो बौद्धिक अनुसन्धानवृत्ति प्रदान गर्ने परम्पराको थालनी गरेको कुरा इञ्जा अध्यक्ष गुणराज लुइटेलद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । अमेरिकाको राजधानी वाशिङ्गटनमा मुख्यालय रहेको इञ्जा पत्रकारिता बौद्धिक अनुसन्धानवृत्तिको राशी जनही पाँच सय अमेरिकी डलर रहेको छ । इन्टरनेसनल मनिटरी फन्डको उच्च पदमा पुगेर सेवा गर्नु भएका अर्थ विद स्व. डा सुखदेव शाहको संस्मरणमा ईन्जासंग सहकार्य…

Read More

काठमाडौं – नेकपा (एमाले)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले देश र जनताको विकासका लागि स्थानीयदेखि सङ्घीय निर्वाचनमा एमालेको जीत आवश्यक रहेको बताउनुभएको छ । एमाले जिल्ला कमिटी लमजुङद्वारा आज बेँसीशहरमा आयोजित कार्यक्रममा एमालेको सरकार रहँदा देशमा विकास गरेको दाबी गर्दै उहाँले वर्तमान सरकारले १० महिनामा विकासको गति दिन नसकेको आरोप लगाउनुभयो । कार्यक्रममा एमाले केन्द्रीय उपमहासचिव पृथ्वीसुब्बा गुरुङ, केन्द्रीय सदस्य तथा गण्डकी प्रदेशसभा सदस्य मायानाथ अधिकारी, संविधानसभा सदस्य तथा पार्टी सचिवलय सदस्य डा भिष्मनाथ अधिकारी, संविधानसभा सदस्या तथा पार्टी केन्द्रीय सदस्य जमिन्द्रमान घले, एमाले गण्डकी प्रदेश कमिटि सचिव तथा प्रदेशसभा सदस्य धनञ्जय दवाडी लगायतको उपस्थिति रहेको थियो ।

Read More

रौतहट – बारा जिल्लास्थित सशस्त्र प्रहरीको गस्ती टोलीले चाँदीका विभिन्न गहना र मोटरसाइकलसहित एक जना भारतीय नागरिकलाई नियन्त्रणमा लिएको छ । सशस्त्र प्रहरी बोर्डर आउटपोष्ट बेनौलीबाट सई लिनबहादुर ठाडाको कमान्डमा गएको टोलीले स्थानीय पचरौता नगरपालिका-६ पकडियामा भारतबाट नेपालतर्फ मोटरसाइकलमा आउँदै गरेको भारतीय नागरिकलाई चेकजाँचको क्रममा पक्राउ गरेको हो । पक्राउ पर्नेमा भारत विहार मोतिहारी जिल्ला झाँझरा पंचायत ३ बडहर्वाका २८ वर्षीय शैलेस साह रहेको सशस्त्र प्रहरी मधेस प्रदेश प्रमुख तथा छिनमस्ता बाहिनीका डिआइजी गणेश ठाडा मगरले बताएका छन् । भारतीय नागरिक साहको साथबाट एक किलो दुई सय ग्राम चाँदीका विभिन्न प्रकारको तयारी गहना बरामद भएको छ । उनलाई आवश्यक कारबाहीको…

Read More