Author: महेन्द्रनगर पोष्ट

सिन्धुली – सिन्धुलीमा बोलेरो जिप दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ । जिल्लाको तीनपाटन गाउँपालिकाको वडा नम्बर-५ नक्कले भन्ने स्थानमा अनियन्त्रित भई बोलेरो जिप दुर्घटना हुँदा ३ जनाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ । सिन्धुलीको भित्री सडक खण्डअन्तर्गत पर्ने वाङरिङबाट चकमके भन्ने स्थानतर्फ कच्ची बाटो भएर मानिस र समान बाेकेर जाँदै गरेको बागमती प्रदेश ०१-०२६ च ०४५६ नम्बरको बोलेरो जिप अनियन्त्रित भई​ सडकबाट करिब एकसय मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी नायव उपरीक्षक मनोजकुमार लामाले जानकारी दिए । दुर्घटनामा सोही गाउँपालिकाको वडा नम्बर–९ आम्बोटे बस्ने ४५ वर्षीय तुलसीराम पहाडी, सोही स्थान बस्ने ५१…

Read More

काठमाडाैं – नेपालले दक्षिणअफ्रिकाका बाढीपीडितलाई राहत सामग्री सहयोग गरेको छ । दक्षिणअफ्रिकाको राजधानी प्रिटोरियास्थित नेपाली राजदूतावासमा आज आयोजित एक सङ्क्षिप्त समारोहमा कार्यवाहक राजदूत ज्ञानबहादुर मगरले त्यहाँको सामाजिक विकास विभागका उपनिर्देशक क्याथी माटामेलालाई राहत सामग्री हस्तान्तरण गरेका हुन। दूतावासका अनुसार राहत सामग्रीमा चामल, पिउनेपानी, कम्बल, खाना पकाउने तेल, दूध, जुसलगायत दैनिक उपभोग्य वस्तु रहेका छन् । यस्तै गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद् दक्षिणअफ्रिकाले पनि त्यहाँको मुद्रा १० हजार र दूतावासका कर्मचारीले पनि आर्थिक सहयोग गरेका छन्। उपनिर्देशक मातामेलाले दूतावास र नेपाली समुदायलाई बाढीपीडितका निम्ति आधारभूत आवश्यकता पूरा गर्न समयमै मानवीय सहायता प्रदान गरेकामा धन्यवाद ज्ञापन गरेका थिए। दक्षिणअफ्रिका गणतन्त्रको…

Read More

काठमाडौं – विराटनगर महानगरपालिकामा धमाधम उम्मेदवारी फिर्ता गर्न थालेको छ । विराटनगर महामगरको प्रमुख पदमा उम्मेदवारी दिएका ३ जनाले आफ्नो मनोनयन फिर्ता गरेका हुन् । यसरी फिर्ता गर्नेहरूमा राष्ट्रिय जनमोर्चाका टंकप्रसाद गौतम, माओवादीकी नेतृ शारदा मैनाली र नेपाल परिवार दलका महेश निरौला रहेका छन् । मुख्य निर्वाचन अधिकृतको कार्यालय विराटनगरका अनुसार उपप्रमुख पदका २ जनाले पनि उम्मेदवारी फिर्ता लिएका छन् । उनीहरुमा स्वतन्त्र उम्मेदवार उद्धवप्रसाद कोइराला र नेपाल परिवार दलका दीपक पोखरेल रहेका छन् । प्रमुख र उपप्रमुख ५ जनासहित २३ जनाले उम्मेदवारी फिर्ता लिएको निर्वाचन कार्यालयले जनाएको छ । यसैबीच उपप्रमुख पदमा स्वतन्त्र उम्मेदवारी दिएकी माओवादी नेतृ नमिता न्यौपानेले…

Read More

काठमाडौं- सिन्धुपाल्चोकको बलेफी गाउँपालिका वडा नम्बर ८ का वडा सदस्यका उम्मेदवारलाई माओवादी केन्द्रले अपहरण गरेको नेकपा एमालेले आरोप लगाएको छ । उम्मेदवारी फिर्ता लिन दबाब दिएपनि फिर्ता नभएपछि माओवादीले एमाले उम्मेदवार लोकबहादुर तामाङलाई अपहरण गरेको आरोप एमालेले लगाएको हो । तामाङको अपहरणमा निर्वाचन आयोगका अधिकृतको पनि मिलेमतो भएको आशंका रहेको एमालेले जनाएको छ । तामाङ सम्पर्क विहीन छन् ।

Read More

काठमाडौं – सर्वोच्च अदालतले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको पक्षमा अन्तरिम आदेश जारी गरेको छ । शुक्रबार न्यायाधीशद्वय सपना प्रधान मल्ल र टंकबहादुर मोक्तानको इजलासले यसअघिकै अल्पकालिम अन्तरिम आदेशलाई निरन्तरता दिएको सर्वोच्चले जनाएको छ। न्यायाधीश हरिप्रसाद फुँयालको एकल इजलासले गत मंगलबार सरकारको निर्णय कार्यान्वयन नगर्न–नगराउन अल्पकालीन अन्तरिम आदेश जारी गरेको थियो।सरकारले छानबिन समिति गठन गरेपछि स्वतः निलम्बनमा परेका गभर्नर अधिकारी सर्वोच्चको आदेशसँगै पुनः काममा फर्किसकेका छन्। गत २४ चैतमा सरकारले आफूमाथि छानबिन गर्ने निर्णय गरेपछि निलम्बनमा परेका अधिकारीले सरकारको निर्णयविरुद्ध रिट दायर गरेका थिए। रिटमाथि भएको आदेशमा दुवै पक्षलाई अन्तरिम आदेश सम्बन्धमा छलफलका लागि बोलाउने आदेश भएको थियो।

Read More

काठमाडौं – पछिल्लो २४ घण्टामा देशभर थप १४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २ हजार ७७१ जनामा गरीएको परीक्षणमा १४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । यस्तै सोही समयमा १९ जना कोरोना संक्रमण मुक्त भएका छन् भने नेपालमा हाल २४३ जना संक्रिय संक्रमित रहेका छन्।मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २ लाख ९० हजार ५६ जनाले कोरोना भाइरसविरुद्धको खोप लगाएका छन् ।

Read More

काठमाडौं – अब शुक्रबार पनि सेयर बजार खुला गर्ने तयारी सुरु भएको छ । अहिले आइतबारदेखि बिहीबारसम्म सेयर बजार खुला हुने गरेको थियो । शुक्रबार र शनिबार भने सेयर बजार बन्द हुने गरेको थियो । सरकारले आगामी १ जेठदेखि लागू हुने गरी शनिबार र आइतबार सातामा दुई दिन बिदा दिने निर्णय गरेपछि नेपाल स्टक एक्सचेन्जले शुक्रबार बजार खुलाउन लागेकोे हो । यद्यपि, यसको औपचारिक निर्णय भने भइसकेको छैन । नेप्सेका प्रवक्ता मुराहरी पराजुलीले सरकारी निर्णय अनुसार शनिबार र आइतबार बन्द हुने र शुक्रबार बजार खुलाउने तयारी गरिएको बताए । सेयर कारोबार समय समेत थप गर्नु पर्ने विषयमा समेत नेप्सेमा छलफल…

Read More

काठमाडाैं – नेपालको लोकप्रिय मोबाइल वालेट इसेवाको सञ्चालक अस्गर अलीले पदबाट राजिनामा दिएका छन् । अलीले वैशाख १२ गतेदेखि लागु हुनेगरी पदबाट राजिनामा दिएका हुन् । इसेवालाई नेपालको लोकप्रिय डिजिटल वालेट बनाउन महत्वपूर्ण भूमिका खेलेका अली बाहिरिएका छन् । पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीको आईटी विज्ञसमेत भइसकेका अलीले यसअघि इसेवाको प्रमुख कार्यकारी अधिकृत भएर काम पनि गरिसकेका छन् । त्यस्तै इसेवाको सञ्चालक समितिको बैठकले पूर्व बैंकर परशुराम कुँबर क्षेत्रीलाई अध्यक्षमा चयन गरेको छ । क्षेत्रीले केही दिनमा राष्ट्र बैंकसमक्ष पद तथा गोपनीयताको सपथ लिनेछन् ।

Read More

काठमाडौं – सिनामंगलबाट एक जना युवकलाई अपहरण गरेको अभियोगमा पाँच जना पक्राउ परेका छन् । प्रहरी परिसर, काठमाडौँको टोलीले भक्तपुरका सञ्जन ओली, नीरज केसी, सौजन्य सिंह, आशिष कोजु र सन्तोष न्यौपानेलाई पक्राउ गरेको हो । सिराहाका पवनकुमार यादवलाई स्कोर्पियोमा लगेर बन्धक बनाएको आरोपमा उनीहरू पक्राउ परेका हुन् । प्रारम्भिक अनुसन्धानमा अपहरित हुने र अपहरण गर्ने दुवै पक्ष लागू औषध सेवनकर्ता भएको हुनसक्ने देखिएको प्रहरी बताउँछ । थप अनुसन्धान भइरहेको प्रहरी बताएको छ ।

Read More

काठमाडौं – निर्वाचन आयोगले ७५३ वटै स्थानीय तहका मतगणनास्थलमा अनिवार्यरुपमा सिसी क्यामराको प्रबन्ध गर्न निर्देशन दिएको छ । मतगणना कार्यलाई पारदर्शी र सुरक्षित राखी कुनै विवाद उत्पन्न भएको पाइएमा विद्युतीय अभिलेखीकरणका लागिसमेत उपयोगी हुने भएकाले सिसी क्यामराको प्रबन्ध गर्न निर्देशन दिइएको बताएको छ । आयोगका प्रवक्ता एवं सहसचिव शालिग्राम शर्मा पौडेललेआयोगको निर्णय कार्यान्वयन गर्न आनाकानी गरिए मान्य नहुने समेत जानकारी दिएका छन । निर्वाचनका लागि कूल एक करोड ७७ लाख ३३ हजार ७२३ मतदाता रहेका छन् । आयोगले प्रदेश निर्वाचन अधिकारी र जिल्ला निर्वाचन अधिकारीसँग आज भर्चुअल माध्यमबाट बैठक गरी निर्वाचन सामग्री र मतपत्रको ढुवानी र समग्र व्यवस्थापकीय तयारीबारे जानकारी लिएको…

Read More