Author: महेन्द्रनगर पोष्ट

काठमाडौं – वैशाख २५ गतेदेखि हिमालयन हाइड्रोपावरले आयोजना प्रभावित स्थानीय बासिन्दालाई आइपीओ बिक्री खुला गर्ने भएको छ । कम्पनीले स्थानीयलाई जारी पुँजीको ८.२२% अर्थात ९ लाख कित्ता सेयर निष्कासन गर्न लागेको हो । कम्पनीले आयोजना प्रभावित क्षेत्र कास्की जिल्लाको मादी गाउँपालिका वडा नं १ अर्थात् साविकको पाचें गाविसको सबै वडाहरु, मादी गाउँपालिकाको वडा नं २ अर्थात् साविकको नामार्जुन गाविसका सम्पूर्ण वडाका स्थानिय बासिन्दालाई उक्त आइपीओ जारी गरेको हो । त्यस्तै, मादी गाउँपालिका वडा नं ३ र ४ अर्थात् साविकको थुमाकोडाँडा गाविसका सम्पूर्ण वडाहरु र मादी गाउँपालिकाका वडा नै ६ र ७ साविकको सिल्दुजुरे गाविसका सम्पूर्ण वडाका स्थानिय बासिन्दाहरुको लागि आइपीओ…

Read More

काठमाडौं – कैलालीको गोदावरी नगरपालिकामा (माओवादी केन्द्र) को तर्फबाट उपमेयरको उम्मेदवार बनेकी रिता खड्का नेकपा एमाले प्रवेश गरेकी छन् । उनलाई बिहीबार अत्तरियामा एमाले केन्द्रीय सचिव एवम् सुदूरपश्चिम इन्चार्ज लेखराज भट्टले पार्टीमा प्रवेश गराएका हुन् । खड्काले १२ गते माओवादी केन्द्रको तर्फबाट उपमेयरमा मनोनयन दर्ता गराएकी थिइन् । तीन दलीय गठबन्धनको सहमतिको अनुसार उक्त नगरपालिकाको उपप्रमुख एकीकृत समाजवादीको भागमा परेको थियो । एमालेमै राजनीतिक भविष्य देखेर एमाले प्रवेश गरेको उनले बताइन ।

Read More

काठमाडौं – काठमाडौं उपत्यकामा ट्राफिक जरिवाना क्युआर कोर्डमार्फत तिर्न सकिने भएको छ । उपत्यका ट्राफिक प्रहरी कार्यालयले ट्राफिक नियम उलङ्घन गर्ने चालकको सहजताका लागि ‘क्युआर स्क्यान पे फाइन एण्ड विथड डकुमेन्ट’ सुविधाको थालनी गरेको हो । कुमारी बैंक लिमिटेडको सहकार्यमा बिहीबारदेखि सुरु गरिएको उक्त सेवाको कार्यालयका प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक उमेशराज जोशी र बैंकका डिजिटल प्रमुख अनिश ताम्राकारले संयुक्तरुपमा शुभारम्भ गरे । उक्त सेवा प्रारम्भ भएसँगै जरिवाना रकम तिर्न बैंक खोज्न भौतारिनुपर्ने वा नगद पैसा बोकेर बैंकमा घण्टौँ लाइनमा बस्नुपर्ने बाध्यताको अन्त्य हुने कार्यालय प्रमुख जोशीले बताए । उनले ट्राफिक प्रहरीले ट्राफिक व्यवस्थापनमा नयाँनयाँ प्रविधिको उच्चतम प्रयोगलाई बढाउँदै लगेकाले आम…

Read More

कैलाली– कैलालीको गोदावरी नगरपालिकामा (माओवादी केन्द्र) को तर्फबाट उपमेयरको उम्मेदवार बनेकी रिता खड्का नेकपा एमाले प्रवेश गरेकी छन् । उनलाई बिहीबार अत्तरियामा एमाले केन्द्रीय सचिव एवम् सुदूरपश्चिम इन्चार्ज लेखराज भट्टले पार्टीमा प्रवेश गराएका हुन् । खड्काले १२ गते माओवादी केन्द्रको तर्फबाट उपमेयरमा मनोनयन दर्ता गराएकी थिइन् । तीन दलीय गठबन्धनको सहमतिको अनुसार उक्त नगरपालिकाको उपप्रमुख एकीकृत समाजवादीको भागमा परेको छ ।

Read More

हेटौंडा– नेकपा (एकीकृत समाजवादी) मकवानपुरका जिल्ला अध्यक्ष श्रीधर पोखरेल एमालेमा प्रवेश भएका छन् । राजीनामा दिएको भोलिपल्ट नै श्रीधर पोखरेल नेकपा एमालेमा प्रवेश गरेका हुन् । एमाले विभाजन भएपछि पोखरेल समाजवादीतर्फ लागेका थिए । उनलाई बिहीबार काठमाडौंमा भएको कार्यक्रममा एमाले अध्यक्ष केपी ओलीले पार्टी प्रवेश गराएका हुन् । निर्वाचनपछि पार्टी कमजोर हुने भन्दै बुधबार उनी सहित सचिवालय सदस्यले समेत पार्टी परित्याग गरेको घोषणा गरेका थिए । नेकपा एसबाट उनी हेटौंडा उपमहानगरको मेयरका लागि पनि सिफारिस भएका थिए ।

Read More

युक्रेन- युक्रेनमा एक बेलायती नागरिकको मृत्यु भएको छ भने अर्का एकजना बेपत्ता भएका छन् । युक्रेनका स्रोतहरूले बीबीसीलाई मृतक स्कट सिब्ली रहेको र उनी युक्रेनी सेनाका लागि लडिरहेको बुझिएको छ। उनी द्वन्द्वमा मारिएको पुष्टि भएको पहिलो बेलायती नागरिक भएको बेलायतको विदेश मन्त्रालयको कार्यालयले जनाएको छ । विदेश मन्त्रालयले भने दुवै जनाको परिचय खुलाएको छैन । सिब्लीको मृत्युको विवरण र दोस्रो व्यक्ति कसरी वा कहिले बेपत्ता भयो भन्ने विवरण पनि दिइएको छैन।

Read More

काठमाडौं- पाँच दलीय गठबन्धनले सातै प्रदेशका राजधानीमा संयुक्त चुनावी सभा गर्दैछ । आइतबारदेखि सुरु हुने अभियान धनगढीबाट सुरुवात हुँदैछ । चुनावी सभालाई गठबन्धन दलका प्रमुख नेता र निर्वाचन तयारी तथा अनुगमन समिति संयोजक गरी ६ जनाले सम्बोधन गर्ने भएका छन् । संयुक्त चुनावी सभा आइतबार सुदूरपश्चिम प्रदेशको धनगढी र कर्णाली प्रदेशको सुर्खेतमा हुनेछ । सोमबार (१९ वैशाखमा) लुम्बिनी प्रदेशको बुटवल र गण्डकी प्रदेशको कास्कीमा तथा मंगलबार प्रदेश १ को विराटनगर र मधेस प्रदेशको जनकपुरमा चुनावी सभा हुने भएको छ । बुधबार (२१ वैशाखमा) भने संघीय राजधानीसमेत रहेको बाग्मती प्रदेशको काठमाडौँमा संयुक्त चुनावी सभा हुने भएको हो । यही ८ वैशाखमा…

Read More

काठमाडौं- कर्णालीका आठ जिल्लामा सत्ता गठबन्धन दलको निर्णय तोडेर उम्मेदवारी दिइएको छ । प्रदेशका सुर्खेत र रुकुम पश्चिम बाहेकका आठ जिल्लाका पालिकाहरुमा भागबण्डा गरेर जाने सहमति भएपनि गठबन्धन दलले एक्ला–एक्लै उम्मेदवारी दर्ता गराएका छन् । गठबन्धनको प्रदेश संयन्त्रले चार दिन लगाएर भागबण्डा गरेर जाने सहमति गरेपनि उक्त निर्णय कार्यान्वयन हुन नसकेको हो । गत सोमबार गठबन्धन दलहरुले उम्मेदवारी दर्ता गराएका थिए । दैलेखको नारायण नगरपालिका बाहेक अन्य पालिकामा गठबन्धन दलहरूबाट छुट्टा–छुट्टै मनोनयन दर्ता भएको छ भने हुम्लाका धेरैजसो पालिकाहरुमा बागी उम्मेदवारी परेको छ । ७ वटा गाउँपालिका रहेको हुम्लामा ६ पालिका अध्यक्ष र ७ उपाध्यक्षमा बागी उम्मेदवारी परेको जिल्ला निर्वाचन…

Read More

रसुवा- नेकपा (माओवादी केन्द्र)बाट रसुवाको गोसाइँकुण्ड गाउँपालिकामा अध्यक्षका उम्मेदवार नै नेकपा एमालेमा प्रवेश गरेका छन् । माओवादीको गाउँपालिका इन्चार्ज समेतका रहेका अध्यक्षका उम्मेदवार तेन्जिङ छेसाङ तामाङ एमालेमा प्रवेश गरेका हुन् । वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि उनले माओवादीबाट उम्मेदवारी दर्ता गराएका थिए । उनीसँगै गोसाइँकुण्ड गाउँपालिका ५ का वडाध्यक्षका उम्मेदवार पनि एमालेमा प्रवेश गरेका छन्। बिहीबार एक कार्यक्रमबीच एमाले नेताहरूले दुवै जनालाई फूलमाला लगाएरर पार्टीमा स्वागत गरेका छन् । एमाले नै सशक्त पार्टी भएको भन्दै माओवादीबाट दिएको उम्मेदवारीसमेत फिर्ता लिने गरी पार्टीमा प्रवेश गरेको तामाङको भनाइ छ।

Read More

काठमाडौं– दिल्ली क्यापिटल्सले इन्डियन प्रिमियर लिग (आईपीएल) २०२२ मा कोलकाता नाइट राइडर्सलाई ४ विकेटले पराजित गरेको छ। जितको लागि १ सय ४७ रनको विजयी लक्ष्य पछ्याएको दिल्लीले १९ ओभरमा ६ विकेट गुमाउँदै पूरा गर्‍यो । दिल्लीको जितमा ओपनर डेविड वार्नरले सर्वाधिक ४२ रन बनाए। उनले २६ बलमा ८ चौका प्रहार गरे । यता, रोभम्यान पावेलले १६ बलमा १ चौका र ३ छक्कासहित ३३ रनमा अविजित रहे। तल्लोक्रमका अक्षर पटेल १७ बलमा २ चौका र १ छक्कासहित २४ रनमा रन आउट भए । यता, ललित यादवले २२ तथा मिचेल मार्शले १३ रन जोडे। कोलकाताका उमेश यादवले ४ ओभरमा २४ रन खर्चेर…

Read More