Author: महेन्द्रनगर पोष्ट

दार्चुला- यही वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि दार्चुलामा नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रले पालिका बाँडफाँड सत्ता गठबन्धन दलहरुले भागबण्डा गरेका छन् । तर भागबण्डामा नेकपा (एकीकृत समाजबादी) भने समेटिएको छैन । गठबन्धनको तेस्रो ठूलो दलसमेत रहेको एकीकृत समाजवादीलाई नसमेटेर नै पालिका बाँडफाँड टंग्याइएको छ । जिल्लाका ९ वटा स्थानीय तहमध्ये २ नगरपालिकासहित ५ पालिकाको नेतृत्व कांग्रेस र ४ को नेतृत्व माओवादी केन्द्रले पाउने गरी सहमति भएको छ । माओवादी केन्द्रलाई अपिहिमाल, मार्मा, नौगाड र लेकम गाउँपालिकाको अध्यक्ष दिने निर्णय भएको छ भने कांग्रेसले महाकाली र शैल्यशिखर नगरपालिकाको प्रमुख तथा मालिकार्जुन, दुहुँ र व्याँस गाउँपालिकाको अध्यक्ष पाउने…

Read More

कैलाली- नेकपा माओवादी अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) विहीबार (भोलि) कैलाली आउने भएका छन् । जिल्लाको गौरीगंगा नगरपालिकामा विभिन्न पार्टीका नेता कार्यकर्ताहरुलाई माओवादी केन्द्रमा प्रवेश गराउन प्रचण्ड भोलि कैलाली आउन लागेका हुन् । गौरीगंगा–८ को लिक्मामा हुने कार्यक्रमलाई अध्यक्ष प्रचण्डले सम्बोधन गर्ने कार्यक्रम रहेको माओवादी केन्द्रका प्रदेश अध्यक्ष हरिराम चौधरी (उत्सव)ले बताए ।

Read More

कैलाली- यही वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि जिल्ला सुरक्षा समितिले मतदान स्थलको अनुगमन निरीक्षण गरेको छ । समितिका अनुसार सुरक्षा संवेदनशीलताका आधारमा जिल्लामा ५२ मतदान स्थल अति संवेदनशीलको सूचीमा राखिएका छन् । त्यसैगरि संवेदनशील १ सय ३१ वटा र सामान्यमा ५३ वटा मतदान स्थलहरू निर्धारण गरिएको कैलालीका जिल्ला सुरक्षा समितिका संयोजकसमेत रहेका प्रमुख जिल्ल्ला अधिकारी किरण थापाले जानकारी दिए । मतदान स्थलको आधारमा सुरक्षाको व्यवस्था गरिने उनले बताए । उनका अनुसार स्थानीय तहको निर्वाचनलाई भयरहित र स्वतन्त्र रूपले सफल पार्न चारवटै सुरक्षा निकायले निगरानी गर्नेछन् । जिल्लामा ६ सय १९ वटा मतदान केन्द्र र २ सय ३६…

Read More

काठमाडौं- नेपाल सरकारले यसअघि निलम्बन गरेको राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी बुधबार (आज)देखि काममा फर्किने भएका छन् । सर्वोच्च अदालतको अन्तरिम आदेशले उनी नियमित काममा फर्किन लागेका हुन् । २४ चैतको मन्त्रिपरिषद् बैठकको निर्णयअनुसार २५ चैतबाट निलम्बनमा परेका अधिकारीलाई राष्ट्र बैंक फर्किने बाटो मंगलबार सर्वोच्च अदालतले खुलाइदिएको थियो । न्यायाधीश हरि फुयाँलको एकल इजलासले मंगलबार ‘गभर्नर अधिकारीलाई पदीय जिम्मेवारी पूरा गर्न दिनु’ भनी प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका नाममा अल्पकालीन अन्तरिम आदेश दिएको छ । मन्त्रिपरिषद्ले गभर्नर अधिकारीलाई निलम्बन गर्दै पूर्वन्यायाधीश भण्डारीको नेतृत्वमा जाँचबुझ समिति बनाएको थियो । तर, सर्वोच्चले योसँग सम्बन्धित कुनै पनि निर्णय कार्यान्वयन नगर्न आदेश जारी गरेको छ…

Read More

कैलाली- कैलालीमा ट्रक दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। जिल्लाको मोहन्याल गाउँपालिका ५ सिंहासन सामुदायिक वनस्थित सडकमा गएराति म १ क ४०७ नम्बरको ट्रक दुर्घटना हुँदा चालक गौरीगंगा नगरपालिका ४ का छम्मनप्रसाद सापकोटाको मृत्यु भएको हो। ट्रकमा सवार गोविन्द गुरूङ घाइते भएका छन्। उनको धनगढीस्थित नवजीवन अस्पतालमा उपचार भइरहेको छ। ट्रक अनियन्त्रित भएर करिब एक सय २० मिटर तल खसेको प्रहरीले जनाएको छ ।

Read More

काठमाडौं- नेपाली सेनाकी मिनु गुरुङ र एपीएफ क्लबकी सन्जुमाया थिङ काठमाडौँमा जारी गणेशमान सिंह स्मृति राष्ट्रिय बक्सिङ प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गरेकी छिन् । महिला ५१ किलो तौल समूहमा गुरुङले मङ्गलबार भएको खेलमा मधेश प्रदेशकी रमिशा श्रेष्ठलाई पराजित गरेकी हुन् । उनी १३औँ दक्षिण एसियाली खेलकुद ९साग० की स्वर्ण पदक विजेतासमेत हुन् । यस्तै सोही विधामा एपीएफकी सन्जुमाया थिङले प्रदेश नं १ की सुस्मिता श्रेष्ठलाई पराजित गर्दै क्वाटरफाइनल प्रवेश गरेकी छिन् । यस्तै महिला ५७ किलो तौल समूहमा बाग्मती प्रदेशकी स्वस्तिका तिरुवाले कर्णाली प्रदेशकी सुशिला थापा तथा प्रदेश नं १ की सुस्मिता राईले सुदूरपश्चिम प्रदेशकी सन्जिता चौधरीलाई पराजित गरिन् । दुवै…

Read More

काठमाडौं- चुनावी तालमेलका विषयमा भागबण्डा गर्न सत्ता गठबन्धनको बैठक आज पनि बस्दैछ । विहान ११ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने बैठकले महानगर र उपमहानगरको भागबण्डालाई अन्तिम रूप दिने बताइएको छ । मंगलबार अबेरसम्म बसेको बैठकले महानगर र उपमहानगर बाँडफाँटको विषयमा सैद्धान्तिक सहमति भएको भनिएको छ । ६ महानगरमध्ये तीनवटा कांग्रेसले राख्ने र माओवादी, नेकपा एस र जसपालाई एक–एकवटा दिने सहमति भएको बताइएको छ । त्यस्तै ११ वटा उपमहागनरपालिकामध्ये ७ वटा उपमहानगर कांग्रेसले राख्ने र बाँकी चारवटा बाँड्ने सहमति भएको छ ।

Read More

काठमाडौं- निर्वाचन आयुक्त डा जानकीकुमारी तुलाधरले स्थानीय तहसम्बन्धी समाचार अन्दाज र अनुमानका आधारमा नभई तथ्य र यथार्थपरक रुपमा प्रवाह गर्न सञ्चार जगत्सँग आग्रह गर्नुभएको छ । स्थानीय तह निर्वाचन सन्दर्भमा प्रेस काउन्सिल नेपाल र नेपाल पत्रकार महासङ्घको सहयोग र समन्वयमा निर्वाचन आयोगद्वारा यहाँ आयोजित मिडिया अन्तक्र्रियामा उहाँले निर्वाचन गर्ने संवैधानिक जिम्मेवारी पूरा गर्ने आयोगको निर्वाचन कार्यमा सहयोग पु¥याउन सञ्चार क्षेत्रसँग अनुरोध गर्नुभयो । आयुक्त तुलाधरले भन्नुभयो, “लोकतन्त्रको आधार भनेको स्वतन्त्र निर्वाचन हो, निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष र मितव्ययी बनाउन सञ्चार क्षेत्रले गर्दै आएको सहयोग सराहनीय छ ।” निर्वाचन व्यवस्थापन सुदृढीकरणका लागि आयोगले काम गर्दै आएको उल्लेख गर्दै डा तुलाधरले निर्वाचनसम्बन्धी…

Read More

काठमाडौं- नेपालमा हाज पश्चिमी वायुका साथै स्थानीय वायुको प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार देशका केही स्थानमा वर्षाको सम्भावना रहेको छ । महाशाखाका अनुसार अहिले बिहान भने प्रदेश १ र मधेश प्रदेशमा आंशिकदेखि सामान्य बदली भएको छ । पहाडी तथा हिमाली भूभागमा चाहिँ आंशिक बदली रही अन्य भूभागमा मौसम सामान्यतया सफा रहेको जनाएको छ । यस्तै प्रदेश १ का एक वा दुई स्थानमा हल्का वर्षा भएको छ । यस्तै दिउँसो पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा मौसम आंशिक बदलीदेखि सामान्यतया सफा रहने छ। यस्तै प्रदेश १, मधेश प्रदेश, बागमती र गण्डकी प्रदेशका…

Read More

मस्को- रुसका रक्षामन्त्रीले मङ्गलबार मस्कोले पूर्वी युक्रेनलाई ‘मुक्तू गर्न खोजिरहे पनि पश्चिमी शक्तिहरूले कीभलाई हतियार उपलब्ध गराएर सैन्य कारबाहीलाई लम्बाइरहेको आरोप लगाएका छन्। ‘हामी बिस्तारै डोनेट्स्क र लुगान्स्क जन गणतन्त्रलाई मुक्त गर्ने हाम्रो योजना कार्यान्वयन गर्दैछौं,’ सर्गेई शोइगुले पूर्वी युक्रेनको विद्रोही क्षेत्रहरूको सन्दर्भमा भनेका छन् । तर वाशिंगटन र यसका सहयोगीहरूले उनीहरूको हतियार आपूर्ति मार्फत द्वन्द्वलाई तन्काइरहने कोशिस गरिरहेका छन्। रासस÷एएफपी

Read More