Author: महेन्द्रनगर पोष्ट

काठमाडौं – विहिबार नेपाली बजारमा सुनको मूल्य बढेको छ । बुधबारको तुलनामा विहिबार सुनको मूल्य प्रतितोला ५०० रुपैयाँले बढेको हो । हिजो बुधबार प्रतितोला ९८ हजार ५०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज विहिबार प्रतितोला ९९ हजार रुपैयाँमा कारोबार हुने सुनचाँदी व्यवसाय महासङ्घले जनाएको छ । हिजो प्रतितोला ३०० रुपैयाँले घटेको थियो । महासङ्घका अनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला ९८ हजार ५०० रुपैयाँ रहेको छ । यस्तै चाँदीको मूल्य भने स्थिर रहेको छ । हिजो बुधबार प्रतितोला १ हजार ३३५ रुपैयाँमा कारोबार भएको चाँदी आज पनि सोही मूल्यमा कारोबार हुने महासङ्घले जनाएको छ ।

Read More

काठमाडौँ – अखिल नेपाल फुटबल संघ (एन्फा) को निर्वाचनको मताधिकारका लागि बी र सी डिभिजन क्लबको निर्वाचन आज (बिहीबार) हुँदैछ । एन्फाको निर्वाचन असार ६ गते हुँदैछ । निर्वाचनका लागि बी र सी डिभिजन क्लबको मताधिकारको टुङ्गो आज लाग्ने छ । बी र सी डिभिजनमा समान १४ क्लब छन् । सीबाट ९ र बीबाट ११ क्लबले एन्फाको निर्वाचनमा प्रतिनिधि छनोट गर्नेछन् । एन्फाको नयाँ नेतृत्वका लागि वर्तमान एन्फा अध्यक्ष कर्माछिरिङ शेर्पा र वरिष्ठ उपाध्यक्ष पंकजबिक्रम नेम्वाङ्ग रहेका छन् । सी डिभिजनका क्लबमा नेम्वाङ समूह बलियो छ भने बी डिभिजनमा शेर्पा समूह बलियो छ । सी डिभिजनका लागि मतदान सुरु भएको…

Read More

काठमाडौँ- विश्वका केही देशहरुमा फेरि कोरोना भाइरसको संक्रमण बढ्दै गएको छ। विशेष गरी चीन र युरोपका धेरै भागमा दैनिक संक्रमण दर उच्च देखिएको छ। स्वास्थ्य विज्ञहरूका अनुसार यी देशमा धेरैजसो संक्रमण ओमिक्रोनको सब–भेरिएन्ट बीए.टु (स्टेल्थ ओमिक्रोन) का कारण हुने गरेका छन्, जुन ओमिक्रोनको मूल भेरिएन्ट भन्दा बढी संक्रामक मानिन्छ। यसैबीच विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) का वैज्ञानिकहरूले आफ्नो हालैको रिपोर्टमा कोरोनाको नयाँ उदीयमान खतरा एक्सई भेरिएन्टबारे मानिसहरूलाई सचेत गराएको छ। प्रारम्भिक अध्ययनमा यो अहिलेसम्मकै सबैभन्दा संक्रामक भेरिएन्ट ठानिएको छ। डब्ल्यूएचओले आफ्नो रिपोर्टमा यो अत्यधिक संक्रामक बेलायतका धेरै स्थानमा देखिएको जनाएको छ। प्रारम्भिक संकेतले यो स्टिल्थ ओमिक्रोन भन्दा १० गुणा बढी संक्रामक…

Read More

काठमाडौं – नेपाल इन्भेष्टमेन्ट कन्फेरेन्स २०२२ यही चैत २७ र २८ गते काठमाडौँमा हुने भएको छ। जानकी ग्लोबल फाउन्डेसनको आयोजनामा सो कार्यक्रम हुन लागेको हो । कार्यक्रममा बैंकिङ, सेयर बजार, हाइड्रोपावरलगायतका विविध विषयमा कक्षा सञ्चालन हुनेछ। मंगलबार आयोजित पत्रकार सम्मेलनमा कार्यक्रमबारे जानकारी गराइएको हो। फाउन्डेसनकी प्रमुख जानकी गुरुङले नेपालमा लगानीको वातावरण बनाउन कार्यक्रमको आयोजना गरिएको बताइन् ।

Read More

बागलुङ- चैत्राष्टमी (चैतेदसैँ) को अवसर पारेर आजदेखि बागलुङमा चैत्राष्टमी मेला सुरु हुँदैछ । बागलुङ कालिका भगवती गुठीले मेलाको आयोजना गरेको हो । मेलामा विभिन्न खेलकुद तथा सांस्कृतिक कार्यक्रमको आयोजना गरिएको गुठी व्यवस्थापन समितिका अध्यक्ष कुमार खड्काले जानकारी दिनुभयो । पर्यटनको प्रवद्र्धन, संस्कृतिको संरक्षण र परम्पराको निरन्तरता दिन मेला आयोजना गरिएको उहाँले बताउनुभयो । बागलुङ कालिका मन्दिर परिसरमा पहिल्यैदेखि व्यापार मेलाका रुपमा चैतेदसैँ मेला लाग्ने गरेको थियो । कालिका भगवती गुठीले केही वर्षअघिदेखि स्वस्फुर्त लाग्ने मेलालाई व्यवस्थापन गर्दै आएको छ । यस वर्ष पनि मेलामा भलिबल, राष्ट्रिय लोकदोहोरी, भजन प्रतियोगिता र छेलो फाल्ने प्रतियोगिता आयोजना गरिएको खड्काले जानकारी दिनुभयो । आजदेखि…

Read More

कैलाली- कैलालीको घोडाघोडी नगरपालिकामा नेपाली कांग्रेसले मेयर पद नछाड्ने अडान लिएको छ । आगामी वैशाख ३० गतेको स्थानीय तह निर्वाचनमा घोडाघोडी कांग्रेसले मेयर नछाड्ने निष्कर्ष निकालेको हो । २२ गते कांग्रेस जिल्ला कार्यसमितिको बैठकमा पनि वडामा खटिएका प्रतिनिधिहरुले गठबन्धन गर्न नहुने सुझाव दिएका छन् । वडामा खटिएका जिल्ला समिति सदस्य अमर खत्रीले घोडाघोडीमा अहिले कांग्रेस एक्लै बलियो भएकाले गठबन्धन गर्न आवश्यक नभएको बताए । यदि गठबन्धन हुने अवस्था आए प्रमुख र अधिकांश वडाहरूमा अध्यक्षको दाबी रहने उनले बताए । घोडाघोडीका नगर उपसभापति तिलक भट्टराईले पनि अहिलेको अवस्थामा गठबन्धन गर्न नहुने बताए। गठबन्धन गर्नै परे पनि कांग्रेसलाई प्रमुख चाहिने बताए ।…

Read More

कैलाली- स्थानीय तहको निर्वाचनका लागि सत्तासीन दलहरूले सुदूरपश्चिममा जिल्लास्तरमै तालमेलको गृहकार्य थालेका छन् । केही जिल्लामा वडा तहसम्मै तालमेल गर्ने निर्णय भएको छ भने केही जिल्लामा तालमेलबारे छलफल सुरु भएको छ । कञ्चनपुर र अछाममा गठबन्धनले वडा तहसम्मै तालमेल गर्ने निर्णय गरेको छ । डोटीमा पनि गठबन्धन गर्ने निर्णय भएको छ । औपचारिक निर्णय गर्न बाँकी रहे पनि कैलाली, डडेल्धुरा, बझाङमा पनि गठबन्धन गरेर जान दलहरू सहमत छन् । अछाममा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले जिल्लाका १० वटै स्थानीय तह र ९१ वटै वडामा गठबन्धन गरेर जाने निर्णय गरेका छन् । तीनै दलका जिल्ला अध्यक्षले गत सोमबार संयुक्त विज्ञप्ति जारी गर्दै गठबन्धनको…

Read More

काठमाडौं– आज बिहान देशको पहाडी भू–भागमा आंशिक बदली रहेको छ भने अन्य भू–भागमा मौसम सामान्यतया सफा रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । विभागका अनुसार आज दिउँसो प्रदेश–१ को पहाडी भू–भागका केही स्थानमा तथा वाग्मती र गण्डकी प्रदेशका पहाडी भू–भागका एकदुई स्थानमा मेघगर्जन र चट्याङ्सहित क्षणिक वर्षाको सम्भावना छ । प्रदेश १, वाग्मती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रहने छ । अन्य भू–भागमा मौसम सामान्यतया सफा रहने विभागले जनाएको छ । आज राति प्रदेश–१, वाग्मती र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही अन्य भू–भागमा मौसम सामान्यतया सफा रहने विभागको पूर्वानुमान छ ।…

Read More

आज तपाईको राशिफलमेष(चु, चे, चो, ला, लि, लु, ले, लो, अ) शुभकार्यको चर्चा चल्नेछ । लाभदायक योजना बन्नेछ । सांस्कृतिक क्षेत्रमा रुचि बढ्नेछ । व्यापार व्यवसायमा पनि फाइदा होला । बृष(इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) धर्मकर्म तथा समाजसेवामा मन लाग्नेछ । आर्थिक क्षेत्रमा राम्रो सफलता मिल्ला । काम देखाएर अरूको मन लोभ्याउन सकिनेछ । मिथुन(का, कि, कु, घ, ङ, छ, के, को, हा) पारिवारिक उल्झनमा परि आँटेको काम बिग्रनेछ । आफूलाई कमजोर भएको अनुभूति हुनेछ । स्वास्थ्य प्रति सजग रहनु होला । कर्कट(हि, हु, हे, हो, डा, डि, डु, डे, डो) धार्मिक कृत्यको योग छ ।…

Read More

सुदूरपश्चिम- प्रदेशसभाका सदस्यले बनेका कानून प्रयोगमा नआउँदै छिटोछिटो संशोधन गर्नुपर्ने अवस्था आउँदा सरकार र संसदीय समितिको क्षमता माथि नै प्रश्न उठेको बताउनुभएको छ । प्रदेशसभाको आजको बैठकमा ‘सुदूरपश्चिम प्रदेश दुग्ध विकास बोर्ड ऐन २०७७ लाई संशोधन गर्न बनेको विधेयक’ माथि भएको दफावार छलफलमा भाग लिने सदस्यले छिटोछिटो कानून संशोधनमा जाँदा सरकारको क्षमतामाथि नै प्रश्न उठेकाले विज्ञको सल्लाहका साथै गहनरूपमा अध्ययन गरेर मात्र विधेयकको मस्यौदा बनाउन सुझाव दिनुभयो । छलफलमा भाग लिँदै प्रदेशसभा सदस्य एवं विधायन तथा प्रदेश मामिला समितिका सभापति नेपालु चौधरीले गएको चार वर्षको अवधिमा धेरै ऐन संशोधन गर्नुपर्ने अवस्था किन आयो भनी प्रश्न गर्नुभयो । अर्का सदस्य श्यामलाल…

Read More