Author: महेन्द्रनगर पोष्ट

डडेल्धुरा- डडेल्धुरामा एसईई परीक्षा दिने तीन हजार ११८ जना विधाथर्थी रहेका छन् । जिल्लाका ७० वटा माध्यमिक विध्यालयवाट तीन हजार ११८ विद्यार्थी परीक्षा दिने तयारीमा रहेका शिक्षा विकास तथा समन्वय एकाइ कार्यालय डडेल्धुराका प्रमुख नारदप्रशाद जोशीले वताउनुभयो । सात वटा स्थानीय तहमा रहेका ७० वटा विद्यालयबाट सहभागी हुने तीन हजार १०० वढी विद्यार्थीका लागि १२ वटा मात्रै परीक्षा केन्द्र तोकिएका छन् । जिल्लाको भौगोलिकता र सबै विद्यालयलाई नजिक पर्ने गरी परीक्षा केन्द्र राखिएको प्रमुख जोशीले बताउनुभयो । परीक्षा नियन्त्रण केन्द्रले दिएको निर्देशनअनुसार एक हजार १२ भन्दा बढी सेन्टर राख्न नसकिने र माथिकै निर्देशनका आधारमा होम सेन्टर राख्न नमिल्ने शिक्षा विकास…

Read More

अछाम- अछाममा नेपाली सेनाको गाडी दुर्घटनामा भएको छ । जिल्लाको साँफेबगर नगरपालिका वडा नं. ८ चण्डिकाको जमालगाउँमा बुधबार सेनाको गाडी दुर्घटना भएको हो । डोटीबाट कालिकोटतर्फ गइरहेको ३० जना बढी सेना सवार गाडी (भ्यान) दुर्घटना हुँदा पाँच जना घाइते भएको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ । प्रहरीका अनुसार घाइतेहरुको बयालपाटा अस्पतालमा उपचार भइरहेको छ । सेनाको गाडी स्थानीय तहको निर्वाचनको सुरक्षार्थ डोटीबाट कालिकोट जान लागेको थियो ।

Read More

भक्तपुर- चाँगुनारायण नगरपालिका–९ ताथली सडकमा एक पुरुष मृतावस्थामा फेला परेका छन् । ताथलीको नाला सडकको सोल्टी मोडमा सडकपेटीको प्रतीक्षालयमा आज नाम, वतन नखुलेको पुरुषको शव भेटिएको महानगरीय प्रहरी वृत्त जगाती कन्ट्रोलले जानकारी दिएको छ । करिब ३५÷३६ वर्षको कालो वर्णको तराईवासी जस्तो देखिने पुरुषको शव ज्याकेटले मुख छोपिएको अवस्थामा यात्रु प्रतीक्षालयमा फेला परेको प्रहरीको भनाइ छ । प्रहरीले शवपरीक्षणका लागि काठमाडौँ मेडिकल कलेज दुवाकोट पठाएर घटनाको अनुसन्धान र शवको पहिचानका लागि प्रयास सुरु गरेको जानकारी दिएको छ । रासस

Read More

बझाङ- बझाङमा सत्ता गठबन्धन दलले आगामी निर्वाचनका लागि स्थानीय तहको भागबण्डा टुंग्याएको छ । दुई नगरपालिका र १० गाउँपालिकासहित १२ स्थानीय तह रहेको बझाङमा काँग्रेसको भागमा सात स्थानीय तह परेका छन् । काँग्रेसले सात पालिका प्रमुख र ६ पालिकाको उपप्रमुख पाएको छ । माओवादी केन्द्रको भागमा दुई पालिका प्रमुख र चार पालिका उपप्रमुख परेका छन् भने एकीकृत समाजबादीको भागमा तीन पालिकाको प्रमुख र दुई पालिकाको उपप्रमुख परेका छन् । नेपाली काँग्रेसको भागमा दुई नगरपालिकासहित ५ गाउँपालिका परेका हुन् । जयपृथ्वी नगरपालिका, बुंगल नगरपालिका, मष्टा गाउँपालिका, खप्तडछान्ना गाउँपालिका, वित्थडचिर गाउँपालिका र सुर्मा गाउँपालिका काँग्रेसले पाएको छ । एकीकृत समाजवादीले तलकोट गाउँपालिका,…

Read More

जलेश्वर – जलेश्वर नगरपालिका वडा नं ८ स्थित सानो रतवारा गाउँमा गए राति आएको हावाहुरीले उडाएको जस्तापाता लाग्दा एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा ४५ वर्षीया कुशनदेवी मुखिया रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक प्रकाश विष्टले जानकारी दिए । गोठमा भैँसी बाध्न गएकी उनलाई आफ्नै गोठमाथि राखिएको जस्तापाता लागेको थियो । गम्भीर घाइते उनीलाई गए राति नै परिवारले उपचारको लागि जिल्ला अस्पताल जलेश्वरमा ल्याएका थिए । उपचारकै क्रममा मुखियाको मृत्यु भएको प्रहरी नायब उपरीक्षक विष्टले बताए ।

Read More

काठमाडौं – नेपाल सरकार गृहमन्त्री बालकृष्ण खाँण जनताका अधिकार सशक्त बनाउन स्थानीय तहको निर्वाचन महत्वपूर्ण भएको बताउनुभएको छ । गृहजिल्ला रुपन्देहीको तिलोत्तमास्थित आफ्नै निवासमा आज आयोजित पत्रकार भेटघाटमा उहाँले जनताको नजिकको सरकार भएकाले स्थानीय तहको निर्वाचन शान्तिपूर्ण ढङ्गले सम्पन्न गर्नतर्फ सरकारले विशेष ध्यान दिएको उल्लेख गर्नुभयो । “शान्तपूर्ण वातावरणमा निर्वाचन सम्पन्न गर्न सुरक्षाको समुचित प्रबन्ध गरेको छौँ, आवश्यक परे हवाइगस्ती गर्छौं”, उहाँले भन्नुभयो । गृहमन्त्री खाणले पहिले स्थानीय तहको निर्वाचन विभिन्न चरण हुने गरे पनि अहिले एकैपटकमा एकैदिन गर्न लागिएकाले सुरक्षा चुनौती हुनसक्ने भएकाले सुरक्षा निकायसँगको समन्वयमा उचित प्रबन्ध गरिएको बताउनुभयो । राजनीतिक नेपाल कम्युनिष्ट पार्टीलगायतका अन्य केही दलले निर्वाचनमा पहिलो…

Read More

दार्चुला – दार्चुलाको विगट गाउँपालिका अपि हिमालमा एमालेले चुनाब लक्षित घरदैलो अभियान सुरु गरेको छ । स्थानिय चुनाबको मिति नजिकिए संगै एमाले अपि हिमाल गाउँपालिकामा घरदैलो कार्यक्रम सुरु गरेको हो ।एमाले अपि हिमालेले गाउँपालिकाका सम्पुर्ण वडाहरुमा घरदैलो अभियान संचालन गरेको नेपकपा एमालेका नेता तथा गाउँपालिका अध्यक्ष धर्मानन्द मन्यालले जानकारी दिएका छन् । बुधबार आज पहिलो दिन गाउँपालिकाको वडा न २ को पाटु र लिथीबस्तीमा घरदैलो अभियान सुरु गरेको जनाएको छ । यस्तै आज बेलुकी वडा नम्बर २ को सकार हुदैै दैभात सम्मको घरदैलो अभियान संञ्चालन हुने अध्यक्ष मन्यालले जानकारी दिए । अध्यक्ष मन्यालका अनुसार अपि हिमाल गाउँपालिकामा आफुले पाच वर्षेकार्यकाल…

Read More

दार्चुला – स्थानीय सरकार गठन पछि दार्चुलाका सबै स्थानीय तहमा नागरिकको स्वास्थ्य क्षेत्रमा सहज पहुँच पुगेको छ । दुई वटा नगरपालिका र सात वटा गाउँपालिका रहेको दार्चुलाका वस्ती स्तरसम्म स्वास्थ्य सेवाको सहज पहुँच पुगेको हो । विगतमा ४१ गाविस हुँदा गाविसस्तरसम्म मात्रै स्वास्थ्य सेवाको पहँुच पुगेकोमा अहिले वडा र दुर्गम क्षेत्रका वस्तीसम्म स्वास्थ्य सेवाको सहज पहुँच पुगेको स्वास्थ्य कार्यालय दार्चुलाले जनाएको छ । दुर्गम वस्तीसम्म स्थानीय सरकारको अगुवाइमा स्वास्थ्य सेवाको पहुँच पुगेको मार्मा गाउँपालिका अध्यक्ष जमनसिह धामी बताउँछन् । ‘पहिले सामान्य स्वास्थ्य सेवा लिन घण्टौ हिड्नुपर्ने बाध्यता थियो’, उनले भने अहिले नागरिकले आधारभूत सेवा सहजै पाउन थालेका छन् ।’नौगाड गाउँपालिका…

Read More

काठमाडौँ- सूचना प्रविधिसम्बन्धी मेला क्यान इन्फोटेकको २७ औं संस्करण बुधबारबाट काठमाडौंमा सुरु भएको छ । कम्प्युटर एसोसिएसन नेपाल (क्यान) महासङ्घको आयोजनामा काठमाडौँको भृकुटिमण्डपमा सुरु भएको हो । उक्त मेलाको सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले उद्घाटन गरेका थिए । कार्यक्रममा मन्त्री कार्कीले सरकारले निजी क्षेत्रलाई अनुकूल हुनेगरि प्रविधिमैत्री नीति बनाउने प्रतिबद्धता जनाए । सरकारले व्यवस्थापनका काम अटोमेसन बनाउँदै लगेको जानकारी दिदैँ उनले आगामी दिनमा सबै सरकारी काम डिजिटलाइजेसन हुने बताए । सूचना तथा सञ्चार प्रविधि क्षेत्रमा विकास भएका नयाँनयाँ प्रविधि प्रदर्शनी तथा यस क्षेत्रको विकासका लागि आवश्यक नीति, रणनीति तथा कानुनी संरचना निर्माणका निम्ति सार्थक अन्तरक्रिया गर्ने उद्देश्यका साथ वार्षिक…

Read More

काठमाडौं – राप्रपाले आसन्न स्थानीय तह निर्वाचनका लागि प्रतिबद्धतापत्र सार्वजनिक गरेको छ । पार्टी कार्यालय धुम्बाराहीमा बुधबार आयोजित ‘स्थानीय तह निर्वाचन, प्रतिबद्धतापत्र सार्वजनिक’ कार्यक्रममा अध्यक्ष राजेन्द्र लिङ्देनले प्रतिबद्धतापत्र सार्वजनिक गरेका हुन् । सार्वजनिक प्रतिबद्धतापत्रमा भ्रष्टाचारमा शून्य सहनशीलताको नीति अवलम्बन गरिने उल्लेख छ । राष्ट्र, राष्ट्रियता, प्रजातन्त्र, स्थायित्व र समृद्धिका लागि देशमा सर्वधर्म, समभाव, पूर्ण धार्मिक स्वतन्त्रतासहितको सनातन धर्म सापेक्ष हिन्दु राष्ट्र र संवैधानिक राजसंस्थासहितको प्रजातन्त्रलाई राप्रपाले आफ्नो प्रतिबद्धता पत्रमा उल्लेख गरेको छ । यस्तै, राप्रपाले १२ कक्षासम्म नि:शुल्क, सार्वजनिक स्थलमा फ्री वाइफाइ, ज्येष्ठ नागरिकलाई निशुल्क धार्मिक यात्रा, स्थानीय करको दरमा ५० प्रतिशतसम्म कटौती लगायतका विषय घोषणापत्रमा राखेको छ । घोषणापत्रमा हरेक…

Read More