Author: महेन्द्रनगर पोष्ट

काठमाडौं – सर्वोच्च अदालतले स्थानीय तहको ठेक्का–पट्टमा संलग्न व्यक्ति (ठेकेदार) आगामी स्थानीय तहको निर्वाचनमा कुनै पनि स्थानीय तहबाट उम्मेदवार हुन नपाउने व्यवस्था कार्यन्वयन नगर्न अन्तरिम आदेश जारी गरेको छ । अदालतले निर्वाचन आयोगका नाममा अन्तरिम आदेश जारी गरेको छ। निर्वाचन आयोगले स्थानीय तह निर्वाचनलाई व्यवस्थित गर्न बनाएको स्थानीय तह निर्वाचन निर्देशिकाअन्तर्गतको ‘स्वघोषणा गर्नुपर्ने व्यवस्था’मा स्थानीय तहको ठेक्का पट्टामा संलग्न व्यक्ति वैशाख ३० गते हुने निर्वाचनमा उम्मेदवार हुन नपाउने प्रावधान राखेको थियो। सर्वोच्च अदालतका न्यायाधीश नहकुल सुवेदीको वैशाख ५ गतेको एकल इजलासले उक्त व्यवस्थाअनुसार ठेक्कापट्टामा संलग्न व्यक्तिलाई निर्वाचनमा सहभागी (उम्मेदवार) हुनबाट नरोक्न भनेको हो। निर्माण व्यवसायी यादव श्रेष्ठले दायर गरेको रिटमा…

Read More

काठमाडौं – स्थानीय तहको चुनाव नजिकिँदै गर्दा गृह मन्त्रालयले ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई सुरक्षा योजना लागू गर्न परिपत्र गरेको छ। मन्त्रालयले मंगलबार सबै जिल्लामा ‘स्थानीय तह निर्वाचन एकीकृत सुरक्षा नीति’ अनुसारको सुरक्षा योजना लागु गर्न निर्देशन दिएको हो। मन्त्रालयले ‘स्थानीय तह निर्वाचन एकीकृत सुरक्षा नीति’ १० चैतमा सबै जिल्लामा पठाएको थियो । उक्त सुरक्षा नीति कार्यान्वयन गर्न गृहले पुनः पत्र पठाएको हो। गृह मन्त्रालयका प्रवक्ता फणीन्द्रमणि पोखरेलका अनुसार गृहले तयार पारेको चुनावी सुरक्षा योजना लागू गराउन सबै जिल्ला प्रशासनलाई अनुरोध गरिएको छ।

Read More

कोलम्बो – श्रीलङ्काको मध्य भागमा पर्ने रामबुक्कानामा बुधबार कर्फ्यू लगाइएको छ । सरकार विरोधी आन्दोलनका क्रममा मङ्गलबार एक व्यक्तिको मृत्यु भएपछि त्यसको भोलिपल्ट कर्फ्यू लगाइएको हो । आन्दोलन थप चर्किने देखिएकाले सरकारले शान्ति सुरक्षा कायम गर्न भन्दै कफ्र्यु लागाउनु परेको जनाएको छ ।घटनाका बारेमा निश्पक्ष छानविन गरी सत्य तथ्य पत्ता लगाइ दोषीलाई कारबाही गरिने सरकारी अधिकारीहरुले प्रतिबद्धता जनाएका छन् । आर्थिक सङ्कटका कारण मुलुकमा अभाव र मूल्य बृद्धि भएकाले त्यसलाई न्युनिकरण गर्न माग गर्दै आम नागरिकले आन्दोलन गर्दै आएका छन् ।आन्दोलनकारीहरुले समस्या समाधानका लागि राष्ट्रपति गोटावाय राजापाक्षले पदबाट राजीनामा दिनुपर्ने माग राखेका छन् । मुलुकमा आर्थिक सङ्कट उत्पन्न हुनु, महङ्गी…

Read More

काठमाडाैँ – महानगरपालिका र उपमहानगरपालिका सिट बाँडफाँटको विषय टुङ्ग्याउन सत्तारुढ पाँच दलीय गठबन्धनको बैठक जारी छ । सिट बाँडफाँटको विषय टुङ्ग्याउन सत्ता गठबन्धनका शीर्ष नेताहरूको बैठक प्रधानमन्त्रीको सरकारी कार्यालय बालुवाटारमा बसिरहेको हो । सत्ता गठबन्धनले तीन दिनदेखि सिट भागबण्डामा निरन्तर छलफल गरे पनि टुंगो लगाउन सकेको छैन । सत्ता गठबन्धनका नेताहरूबीच आइतबार, सोमबार र मंगलबार आधा रातसम्म छलफल भए पनि महानगर र उपमहानगरको सिट बाँडफाँट टुंगो लाग्न नसकेको हो । तीन दिनसम्म भएको छलफल र समझदारीबमोजिम बुधबार त्यसलाई अन्तिम रूप दिन निर्णायक बैठक बसेको नेताहरूले दाबी गरेका छन् । ३० वैशाख सम्पन्न हुन लागेको स्थानीय तह निर्वाचनमा सत्तारुढ गठबन्धनले चुनावी…

Read More

काठमाडौं – जनता समाजवादी पार्टीले स्थानीय तह निर्वाचनका लागि घोषणापत्र सार्वजनिक गरेको छ । घोषणापत्रमा हरेक पालिकामामा स्थानीय विशिष्टता अनुरुप सेरोफेरोमा चक्रपथ निर्माण गर्ने र पानीको महसुल २०० रुपैयाँसम्म मिनाहा गर्ने उल्लेख छ । स्थानीय तह निर्वाचनका लागि सार्वजनिक गरेको घोषणापत्रमा सम्पूर्ण नागरिक, विशेष गरेर निम्न र मध्यम स्तरीय आय भएका जनताको जीवनस्तरलाई आर्थिक, सामाजिक, सांस्कृतिक रूपले समृद्ध बनाउने प्रक्रियामा स्थानीय तहले योगदान गर्ने उल्लेख गरेको हो । सबै पालिकाहरुमा एक बसपार्क बनाइने उल्लेख गर्दै जसपाले महानगरहरूमा नगर रेल सेवा विकासको संभावनाबारे अध्ययन गरिनुको साथै आधुनिक शौचालय नभएको घरलाई शौचालय बनाउन १० हजार रुपैयाँ अनुदान दिने जसपाको घोषणा छ ।…

Read More

धनगढी – मुख्यमन्त्री राष्ट्रिय पुरुष कबड्डी प्रतियोगिताको उपाधि विभागीय टोली नेपाल आर्मी क्लबले जितेको छ । बुधबार भएको फाईनलमा अर्को विभागीय टोली नेपाल एपिएफ क्लबलाई हराउँदै आर्मीले उपाधि जितेको हो । देशकै सर्वाधिक धनराशीको मुख्यमन्त्री राष्ट्रिय पुरुष कबड्डी प्रतियोगिताको उपाधि भिडन्तमा आर्मीले एपिएफलाई ४०–१६ ले हरायो । कैलाली जिल्ला कबड्डी संघको आयोजनामा धनगढीमा भएको प्रतियोगिताको उपाधिसँगै आर्मीले नगद एक लाख ५० हजार पुरस्कार पाएको छ । उपविजेता एफिएफले नगद ८० हजारमा चित्त बुझाएको छ । सेमीफाईनल पुगेका दुई टोली सुदुरपश्चिम प्रदेश र लुम्बीनी प्रदेशले तेस्रो स्थान प्राप्त गरेका छन् । दुबै टोलीले ४०/४० हजार रुपैयाँ प्राप्त गरेका छन् । सुदुरपश्चिम…

Read More

काठमाडौँ – फ्रि फायर गेममार्फत चिनजान भएकी १३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा चन्द्रागिरी नगरपालिका–८ मातातिर्थ बस्ने २७ वर्षीय महेश उदाश रहेका छन् । उनलाई सोमबार पक्राउ गरिएको प्रहरीले जनाएको छ । ती बालिकाको अभिभावकले आफ्नी छोरी हराएकोले खोजी गरी पाउँ भनी जिल्ला प्रहरी कार्यालय पाल्पामा निवेदन दिएका थिए । त्यसपछि जिल्ला प्रहरी परिसर काठमाडौँ र मातहत वृत्त तथा प्रभागहरुमार्फत बालिकाको खोजी गर्ने क्रममा चन्द्रागिरी नगरपालिका–८ मातातिर्थमा उनी फेला परेकी थिइन् । थप अनुसन्धान तथा सोधपुछ गर्दा अभियुक्त महेश उदाशसँग विगत एक वर्षदेखि फ्रि फायर गेम खेल्ने क्रममा चिनजान भएको, फेसबुक, म्यासेञ्जरमा…

Read More

काठमाडौं – उपकार लघुवित्त वित्तीय संस्था लिमिटेडको आईपीओ बाँडफाँड वैशाख ९ गते (शुक्रबार) हुने भएको छ । धितोपत्र बिक्री प्रबन्धक नेपाल एसबीआई मर्चेन्ट बैंकिङका अनुसार उपकार लघुवित्तको आईपीओ बाँडफाँड बिहान ८ बजे हुनेछ । आईपीओ बाँडफाँड कार्यक्रम नेपाल एसबीआई मर्चेन्टको काठमाडौंको हात्तीसारस्थित कार्यालयमा राखिएको छ । उपकार लघुवित्तले गत चैत २५ गतेदेखि चैत ३० गतेसम्म कुल २ लाख ३६ हजार २५० कित्ता आईपीओ बिक्री गरेको थियो । कुल कित्तामध्ये ११ हजार ८१३ कित्ता सामूहिक लगानी कोष र ३ हजार २८१ कित्ता सेयर कर्मचारीहरुका लागि छुट्याइएको थियो । बाँकी २ लाख २१ हजार १५६ कित्ताका लागि सर्वसाधारणले आवेदन दिएका छन् ।…

Read More

काठमाडौं – नेपाल उद्योग परिसंघले देशको विद्यमान आर्थिक अवस्था एवं नियमनकारी निकायबाट जारी निर्देशनपश्चात उत्पन्न परिस्थितिबारे आफ्नो धारणा सार्वजनिक गरेको छ । संघले आयात बन्द गर्नु समस्याको समाधान नरहेको बताएको छ । परिसंघले आफ्नो धारणा सार्वजनिक गर्दै भनेको छ, ‘कुनै पनि वस्तुको आयात बन्द गर्नु समस्याको समाधान होइन । यसकारण आयात व्यवस्थित गर्नेतर्फ सोच राखिनुपर्छ । स्वदेशी वस्तुको उत्पादन, बजारीकरण र उपभोग वृद्धिमा सरकारले विशेष पहल गर्नुपर्ने, नेपाल गम्भीर आर्थिक संकटमा नरहेको यथार्थ मनन् गर्दै बजारमा त्राषदिपूर्ण अवस्था आउन दिन नहुने र विदेशी मुद्रा आर्जनको संरचना र दीगो स्रोत पहिचानका लागि काम गर्ने उचित अवसर आएकाले ठोस नीति बनाइ काम…

Read More

काठमाडौं – सहरी विकास मन्त्रालयले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा भ्यु टावर र सभाहल निर्माणलगायतका कार्यक्रममा बजेट नथप्ने भएको छ । सहरी विकास मन्त्री रामकुमारी झाँक्रीले यस वर्षको नीति तथा कार्यक्रममा भ्यू टावर र सभाहल निर्माणको कामलाई निरन्तरता नदिने बताइन् । सञ्चालनको मापदण्ड नभएको र असीमित दायित्व सिर्जना गर्ने भएकाले भ्यु टावर र सभाहल निर्माणका लागि आगामी वर्षको नीति कार्यक्रममा बजेट व्यवस्था नहुने उनको भनाइ छ । आगामी आर्थिक वर्ष नीति तथा कार्यक्रममा भ्यूटावर र सभाहल निर्माणको कार्यक्रमबाट अलग्गिन्छौँ, राज्यको असीमित दायित्व सिर्जना हुने यस्ता संरचनाले जनजीवनसँग अर्थ राख्दैनन्,’ झाँक्रीले भनिन्, ‘अर्को कुरा यसको सञ्चालनको मोडालिटी समेत छैन ।’…

Read More