Author: महेन्द्रनगर पोष्ट

काठमाडौं – पाकिस्तानको राजनीतिक इतिहासले पुनः बाटो परिवर्तन गरेको छ। इमरान खान विरुद्धको अविश्वास प्रस्ताव पारित भएपछि प्रतिपक्षी मुस्लिम लीगका प्रमुख शहबाज शरिफ नयाँ प्रधानमन्त्रीमा निर्वाचित भएका छन्। शहबाज यसअघि तीन पटक पाकिस्तानको प्रधानमन्त्री भइसकेका राजनीतिज्ञ नवाज शरिफका भाइ हुन्। पानामा पेपर्समा भएको आर्थिक खुलासासँगै भ्रष्ट्राचारको अभियोग लागेपछि नवाजलाई सन् २०१८ मा तेस्रो पटक त्यहाँको सरकारबाट हटाइएको थियो। पाकिस्तानको संसद्‌को तल्लो सदनमा तीन वर्षयता विपक्षी दलका नेता रहेका शहबाज निवर्तमान प्रधानमन्त्री इमरान खानका खरो आलोचकमध्ये एक हुन्। सात करोड ६० लाख अमेरिकी डलर बराबर गैरकानुनी सम्पत्ति राखेको विषयमा पाकिस्तानको भ्रष्ट्राचार विरोधी निकाय न्याश्नल अकाउन्टिबिलिटी ब्यूरोले उनलाई सन् २०२० को सेप्टेम्बरमा…

Read More

काठमाडौं –  एमालेले पोखराको मेयर र उपमेयर छान्न आज निर्वाचन गर्न लागेको छ । लगातार छलफल गर्दा पनि सहमति नभएपछि निवार्चन गर्न लागेको हो । एमाले पोखरा महानगर कमिटीले सार्वजनिक गरेको निर्वाचन तालिकाअनुसार आज मध्यान्ह १२ बजे पार्टी कार्यालयमा मतदान हुने भएको हो। उक्त निर्वाचनमा मेयर र उपमेयर उम्मेदवारमध्ये सबैभन्दा भरै मत ल्याउने एक जना महिलासहित तीन तीन जनाको नाम सिफारिस गर्ने जनाइएको छ । निर्वाचनको लागि १२ जना मेयर र ११ जना उपमेयरमा दर्ता भएका छन् । निर्वाचनमा एमाले पोखरा महानगर कमिटीका पदाधिकारी र सदस्य गरी ११० जनाले मतदान दिन पाउने जनाएको छ। उम्मेदवारीको लागि तीन हजार दस्तुर तोकिएको…

Read More

काठमाडौं – तनहुँमा २७औँ वन्यजन्तु सप्ताह ‘मानव–वन्यजन्तु सहअस्तित्वः हाम्रो साझा दायित्व’ भन्ने मूल नाराका साथ बिहीबारदेखि सुरु भएको छ । भानुभक्त प्राणी उद्यानको आयोजनामा सुरु भएको वन्यजन्तु सप्ताहको शुभारम्भ गर्दै प्रमुख जिल्ला अधिकारी विश्वप्रकाश अर्यालले मानिसले वन्यजन्तुको सहअस्तित्व स्वीकार गर्नुपर्नेमा जोड दिएका छन्। मानव र वन्यजन्तुको अहअस्तित्व स्वीकार नहुँदा विभिन्न घटना घट्ने गरेकाले दुवैको अस्तित्व बराबर रहेको प्रमुख जिल्ला अधिकारी अर्यालले बताए । मानव र वन्यजन्तुको सहअस्तित्वका लागि जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्नुपर्ने उनले बताए । सो उद्यानले वन्यजन्तु सप्ताहका अवसरमा सात दिनसम्म विविध कार्यक्रमको आयोजना गरेको छ । सप्ताहका अवसरमा चरा अवलोकन साथै उद्यान सिमाना निरीक्षण तथा अनुगमन, सरसफाइ, विद्यालय शिक्षा…

Read More

काठमाडौं – विन्ध्यवासिनी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले यही वैशाख ११ गतेदेखि धितोपत्रको प्राथमिक सार्वजनिक निष्कासन (आईपीओ) बिक्री खुला गर्ने भएको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका बासिन्दाका लागि आईपीओ निष्कासन गर्न लागेको हो । प्रतिसेयर १०० रुपैयाँ अंकित मूल्यका १० लाख कित्ता साधारण सेयर निष्कासन गर्न लागेको हो । कम्पनीले आयोजनाको मुख्य संरचना क्षेत्रभित्र पर्ने लमजुङको क्व्होलासोथार गाउँपालिकाको वडा नम्बर–५, ६ र ७ तथा कास्कीको मादी गाउँपालिकाको वडा नम्बर–८ र ९ का स्थानीय बासिन्दाका लागि सात लाख कित्ता सेयर सुरक्षित गरी बाँकी रहेको तीन लाख कित्ता सेयर आयोजनाको मुख्य संरचना जोडिएका क्व्होलासोथार गाउँपालिका तथा मादी गाउँपालिकाका बाँकी सबै वडाहरूका स्थानीयवासीका…

Read More

काठमाडौं – नेपाली बजारमा सुनको मूल्य बढेको छ । गत चैत्र ३० गते विहिबारको तुलनामा आज शुक्रबार सुनको मूल्य प्रतितोला ५०० रुपैयाँले बढेको हो । गत चैत्र ३० गते २०७८ सालको अन्तिम महिना बुधबार प्रतितोला एक लाख एक हजार ५०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य शुक्रबार प्रतितोला १ लाख २ हजार रुपैयाँमा कारोबार हुने सुनचाँदी व्यवसाय महासङ्घले जनाएको छ । महासङ्घका अनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला एक लाख १ एक हजार ५०० रुपैयाँ रहेको छ । यस्तै चाँदीको मूल्य पनि बढेको छ । गत चैत्र ३० गते बुधबार प्रतितोला १ हजार ४०० रुपैयाँमा कारोबार भएको चाँदी आज १५ रुपैयाँले बढेर…

Read More

कञ्चनपुर- कैलालीमा आफ्नै शरीरमा आगो लगाएका एक युवकको मृत्यु भएको छ । बिहीबार राति मादक पदार्थ सेवन गरी आफ्नै शरीरमा डिजल छर्की आगो लगाएका जिल्लाको कैलारी गाउँपालिका–२ मझेराका २९ वर्षीय अम्मर चौधरीको मृत्यु भएको हो । आगो लागेर गम्भीर घाइते भएका उनको धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा उपचारको क्रममा शुक्रबार बिहान मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ।

Read More

काठमाडौं – सिवाइसी नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडले आजदेखि प्राथमिक सार्वजनिक निष्काशन ( आइपीओ )को बिक्री खुला गर्ने भएको छ । कम्पनीले प्रतिकित्ता १०० अङ्कित तीन करोड ९५ लाख ३३ हजार ६०० बराबरका तीन लाख ९५ हजार ३३६ कित्ता साधारण शेयर निष्काशन तथा बिक्री खुला गर्न लागेको हो । कम्पनीले कूल निष्काशनमध्ये पाँच प्रतिशत अर्थात् १९ हजार ७६६ कित्ता शेयर सामूहिक लगानी कोष र जारी पूँजीको शून्य दशमलव पाँच प्रतिशत अर्थात् छ हजार ८२ कित्ता कर्मचारीलाई सुरक्षित गरी बाँकी रहने तीन लाख ६९ हजार ४८८ कित्ता शेयर सर्वसाधारणलाई छुट्याइएको छ । सर्वसाधारणले न्यूनतम १० कित्तादेखि अधिकतम एक हजार कित्ता शेयर…

Read More

मोरङ – प्रदेश नं १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले तराईमा बसोबास गर्ने आदिवासी समुदायले मनाउने महान् चाड सिरुवा पर्वको उपलक्ष्यमा सुख, शान्ति ,दीर्घायु एवं प्रगतिको कामना व्यक्त गरेका छन् । मुख्यमन्त्री राईले आज एक शुभकामना सन्देश जारी गर्दै यस सुखद् अवसरमा देश, विदेशमा बस्ने दाजुभाइ, दिदीबहिनीसहित सम्पूर्ण नेपालीमा सुख, शान्ति, सुस्वास्थ्य, दीर्घायु एवं प्रगतिको शुभकामना व्यक्त गरेका हुन् । सन्देशमा उनले नेपाल सदियौँदेखि बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक मुलुकका रूपमा रहेको उल्लेख गरेका छन् । “मुख्यमन्त्री राईले यो विविधता नेपाल र नेपालीको पहिचान, गहना र सम्पत्तिसमेत बनिसकेको छ, त्यसैले सबै भाषा, धर्म, संस्कृति, चाडपर्वको संरक्षण एवं संवद्र्धन गर्नु राज्य र सम्पूर्ण…

Read More

कञ्चनपुर- जिल्ला प्रहरी कार्यालय कञ्चनपुरमा कार्यरत प्रहरी सहायक हवल्दार हरेन्द्र विष्टको मृत्यु भएको छ । दार्चुलाको मालिकार्जुन गाउँपालिका–६ घर भएका ४० वर्षीय प्रहरी सहायक हवल्दार विष्ट बिहीबार ड्युटीबाट खाना खान भनी जाँदै गर्दा अचानक बेहोस् भएका थिए। बेहोस् भपछि उपचारका लागि महाकाली अस्पताल लगिएका विष्टको अस्पतालमै मृत्यु भएको कञ्चनपुर प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक चक्रबहादुर शाहले बताए । उनका अनुसार मृतकको पोष्टमार्टम रिपोर्ट भने आउन बाँकी छ ।

Read More

सुर्खेत- विकास निर्माणमा पछाडि परेको भनिएको कर्णाली प्रदेशमा आसन्न स्थानीय तहको चुनावमा भाग लिने दलको सङ्ख्यासमेत कम देखिएको छ । अन्य प्रदेशको तुलनामा चुनावमा भाग लिने दलको सङ्ख्या कर्णालीमा कम देखिएको हो । कर्णालीकै हिमाली जिल्ला डोल्पामा ११ र प्रदेश राजधानी रहेको सुर्खेतमा सुर्खेतमा २५ राजनीतिक दलले स्थानीय तहको चुनावमा भाग लिन लागेका छन् । रुकुमपश्चिममा १२, सल्यानमा १२, मुगुमा १५, जुम्लामा १४, हुम्लामा १५, कालिकोटमा २०, जाजरकोटमा १२ र दैलेखमा १४ दलले निर्वाचनमा भाग लिने प्रदेश निर्वाचन कार्यालय सुर्खेतका प्रमुख दुर्गा चालिसेले जानकारी दिनुभयो । उल्लेखित दलहरूले मात्रै निर्वाचनमा चुनाव चिह्न पाउनेछन् भने बाँकीले अन्य दलको चुनाव चिह्नमा निर्वाचन…

Read More