Author: महेन्द्रनगर पोष्ट

दार्चुला – आर्थिक रूपमा विपन्न भए पनि राज्यले दिने सामाजिक सुरक्षा पाउन पुरुषको हकमा ७० वर्ष पुग्नुपर्छ । महिलाको हकमा भने श्रीमानको मृत्युपछि राज्यले सामाजिक सुरक्षा भत्ता दिने गर्छ ।हरेक नागरिकलाई गाँस, बास, कपासका हिसाबले सुरक्षित रहनुपर्छ । सोही अनुसार सराकारले ज्येष्ठ नागरिक, ज्येष्ठ दलित, अपाङ्ग तथा एकल महिलाहरूले सेवा लिँदै आएका छन् । विपन्न तथा सहारा विहीन एकल पुरुषलाई भने अझ राज्यले सामाजिक सुरक्षा भत्ताको लागि केही कार्यक्रम ल्याउन सकेको छैन । तर, दार्चुलाको जिल्लाको नौगाड गाउँपालिकाले भने एकल पुरुषलाई पनि अगामी आर्थिक वर्षबाट सामाजिक सुरक्षा भत्ता दिने जनाएको छ । गाउँपालिकाले नीति तथा कार्यक्रममा नै समावेश गरी एकल…

Read More

काठमाडौं – नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले लोकतन्त्र र व्यवस्था बचाउन वर्तमान सत्ता गठबन्धन बनेको भन्दै गठबन्धनको शक्ति देखेर एमाले अध्यक्ष केपी शर्मा ओली थरथर काँपेको बताएका छन् । मंगलबार काठमाडौमा नेपाल विद्यार्थी संघको वार्षिकोत्सवलाई सम्बोधन गर्दै नेता पौडेलले अहिले नेपालको राजनीति असजिलो मोडबाट गुज्रिरहेको बताएका हुन् । `गठबन्धन बनेपछि ओली आत्तिएका छन् । उनी थुरथुर भएका छन् । त्यसैले उनले बोल्दा सन्तुलन समेत गुमाउन थालेको देखिँदै छ’ उनले भने । सत्ता गठबन्धन एकजुट भएको देखेर ओलीले प्रतिगमनकारी शक्तिसँग हात मिलाउन लागे उनको आरोप छ ।

Read More

काठमाडौं– भारी वर्षा सँगैको बाढीका कारण व्यापक जनधनको क्षति भएपछि दक्षिण अफ्रिकाले उद्धार र राहत कार्यका लागि सेना परिचालन गरेको छ । दक्षिण अफ्रिकाको क्वाजुलु नटाल प्रान्तमा उद्धार तथा राहत कार्यका लागि दक्षिण अफ्रिकी फौज परिचालन गरिएको हो । दक्षिण अफ्रिकाको दक्षिण अफ्रिका राष्ट्रिय रक्षा बलले आफूहरुलाई यस कार्यका लागि १० हजार सैनिक परिचालन गर्न निर्देशन प्राप्त भएको बताएको छ । बीबीसीले जनाएअनुसार भारी वर्षापछिको बाढी र पहिरोमा परी हालसम्म ४ सय ४० भन्दा धेरैको ज्यान गइसकेको छ भने अरु दर्जनौं बेपत्ता छन् । प्रकोपको स्तरलाई मध्यनजर गर्दै दक्षिण अफ्रिका सरकारले राष्ट्रिय विपद्को घोषणा गरेको जनाइएको छ । सरकारी अधिकारीले यसलाई क्वाजुलु नटाल प्रान्तमा हालसम्मकै सबैभन्दा खराब…

Read More

काठमाडौँ – प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले वर्तमान सत्ता गठबन्धन टुटाउने षड्यन्त्र भइरहेको भन्दै यसलाई जोगाउनुपर्ने बताएका छन् । आज (मंगलबार) नेपाल विद्यार्थी संघको ५३औं स्थापना दिवस तथा वार्षिकोत्सवका अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले सबै भाग कांग्रेस खोजेर पनि नहुने बताए । गठबन्धनमा केही लेनदेन हुन्छ भन्दै सबै कुरा कांग्रेसीहरुलाई नै दिनका लागि गठबन्धन नबनेकोपनि उनले बताए ‘उनीहरुले पनि केही पाउन गठबन्धन गरेका हुन् । उनीहरुले पनि कांग्रेस ठूलै होस्, हामी सानै पार्टी भएर बस्छौँ भनेका छन्,’ देउवाले भने, ‘पोखरामा हाम्रै (कांग्रेसकै) मुख्यमन्त्री छ, धेरै ठाउँमा मन्त्रीमा भाग पाएकै छौं । सुदूरपश्चिममा पनि सरकारमा छौँ र कर्णालीमा भागबण्डाबाटै…

Read More

काठमाणडौं – रुसले पूर्वी युक्रेनमा विशाल स्तरको सैनिक आक्रमण थालेको छ । युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसले पूर्वी युक्रेनमा अपेक्षित ठूलो स्तरको सैनिक आक्रमण थालेको जनाएका हुन् । बीबीसीका अनुसार उनले ‘डोनबासका लागि युद्ध’ चलिरहेको बताएका हुन् । नियमित भिडियो सन्देशमा उनले रुसले पूर्वी युक्रेनमा आक्रमणका लागि ठूलो स्तरमा सैनिक तैनाथ गरेको समेत बताए । यद्यपि युक्रेनको रक्षाका लागि आफूहरु तयार रहेको उनको भनाइ छ । ‘जतिसुकै रुसी सैनिक तैनाथ भएपनि हामी लड्नेछौँ । हामी हाम्रो रक्षा गर्नेछौँ ।’ जेलेन्स्कीलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ । यता पूर्वी युक्रेनको लुहान्स्क क्षेत्रका गभर्नर शेरी हाइडाइले भने ‘नियमित’ लडाइँका कारण आफ्नो क्षेत्रको…

Read More

नेपालगञ्ज – बाँके निर्माण व्यवसायी सङ्घले जिल्लामा ‘निर्माण होलिडे’ घोषणा गरेको छ । निर्माण सामग्रीमा मूल्यवृद्धि भएको भन्दै व्यवसायीले निर्माणकार्य ठप्प बनाएका छन् । यो घोषणासँगै चालु आर्थिक वर्षमा सञ्चालनमा रहेका करिब रु सात अर्ब बराबरको ५०० सरकारी निर्माण आयोजनाका काम रोकिएको बाँके निर्माण व्यवसायी सङ्घका अध्यक्ष टेकबहादुर खड्काले जानकारी दिए । उनले ठेक्का सम्झौता हुँदाको बेलाभन्दा अहिले निर्माण सामग्रीको मूल्य अत्यधिक भएकाले व्यवसायी घाटामा जान थालेको उल्लेख गरे। ुपहिले गरिएको ठेक्कामा अहिले काम गर्ने अवस्था छैन, त्यसैले बाध्य भएर निर्माण होलिडे घोषणा गरेका हौँु, अध्यक्ष खड्काले भने । सबैभन्दा बढी डिजेलमा २५ प्रतिशत, इँटामा ३३ प्रतिशत र फलाममा २४…

Read More

काठमाडौं – निलम्बनमा परेका गभर्नर महाप्रसाद अधिकारीले दायर गरेको रिटमा आज सुनुवाइ हुँदैछ । निलम्बित गभर्नर अधिकारीले आफूमाथि गरिएको निलम्बन फुकुवा गरी पूर्ववत् अवस्थामै कामकाज गर्न दिन अन्तरिम आदेशको मागसमेत गरेका छन् । मंगलबार उनको रिटमाथि अन्तरिम आदेश जारी भएको खण्डमा उनी पूर्ववत् अवस्थामै फर्केर गभर्नरका रूपमा काम गर्न पाउनेछन् । तर, अन्तरिम आदेश नदिई र कारण देखाऊ आदेश जारी गर्दै छलफलका लागि बोलाएमा भने उनी निलम्बनमै रहनेछन् । सर्वोच्चले अन्तरिम आदेश प्रयोजनका लागि छलफलको मिति तोकेर बोलाउन पनि सक्नेछ । बैंकिङ प्रणालीको सूचना चुहाएको लगायतको आरोप लगाउँदै सरकारले गत चैत २४ गते गभर्नर अधिकारीमाथि छानबिन समिति गठन गरेको…

Read More

काठमाडौं – आजको साढे ११ बजे बोलाइएको सत्ता गठबन्धनको बैठक दिउँसो २ बजेलाई सारिएको छ । बैठक आज दिउँसो दुई बजेलाई सारिएको प्रधानमन्त्रीको सचिवालय स्रोतले जनाएको छ । बैठकमा स्थानीय तह निर्वाचनमा सिट बाँडफाँटको विषयमा छलफल हुने जनाइएको छ । गठबन्धनका नेताहरु आ–आफ्नो अडानमा कायम रहेपछि महानगर र उपमहानपालिकाहरुको भागबण्डा टुंगो लागेको छैन ।

Read More

काठमाठौं – नेकपा माओवादी केन्द्रका पूर्वस्थायी कमिटी सदस्यहरूको बैठक बसिरहेको छ। गठबन्धनको बैठक बस्नुअघि माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को निवास खुमलटारमा पूर्वस्थायी कमिटी सदस्यको बैठक बसेको हो। चुनावी तालमेलबारे छलफल गर्न सो बैठक बसेको जनाइएको छ । सोमबार बसेको सत्ता गठबन्धनको बैठकले मंगलबार महानगरपालिहरूमा गठबन्धनको टुंगो लगाउने भनेको थियो। सत्ता गठबन्धनसँग भएको छलफलबारे जानकारी गराउन प्रचण्डले बैठक बोलाएका हुन्। सोमबार आयोजित पत्रकार सम्मेलनमा प्रचण्डले मंगलबारसम्म गठबन्धनको टुंगो लगाउने दाबी गरेका थिए।

Read More

काठमाठौं – नेकपा माओवादी केन्द्रका पूर्वस्थायी कमिटी सदस्यहरूको बैठक बसिरहेको छ। गठबन्धनको बैठक बस्नुअघि माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को निवास खुमलटारमा पूर्वस्थायी कमिटी सदस्यको बैठक बसेको हो। चुनावी तालमेलबारे छलफल गर्न सो बैठक बसेको जनाइएको छ । सोमबार बसेको सत्ता गठबन्धनको बैठकले मंगलबार महानगरपालिहरूमा गठबन्धनको टुंगो लगाउने भनेको थियो। सत्ता गठबन्धनसँग भएको छलफलबारे जानकारी गराउन प्रचण्डले बैठक बोलाएका हुन्। सोमबार आयोजित पत्रकार सम्मेलनमा प्रचण्डले मंगलबारसम्म गठबन्धनको टुंगो लगाउने दाबी गरेका थिए।

Read More