Author: महेन्द्रनगर पोष्ट

इलाम – रुख ढाल्ने क्रममा इलाम नगरपालिका–४ मा आज एक व्यक्तिको रुखले लागेर मृत्यु भएको छ। इलाम नगरपालिका–४ कागतेपानीका ५० वर्षीय लालबहादुर गुरुङको रुखले लागेर घटनास्थलमा नै मृत्यु भएको हो। स्थानीय नवीन गुरुङको बारीको पिपलको रुख ढाल्ने क्रममा रुखले लागेका उनको दिउँसो घटनास्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय इलामका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक गङ्गाबहादुर थापाले जानकारी दिए। सन्दकपुर गाउँपालिकाका ३२ वर्षीय सुवास राईले ठेक्कामा लिएर इलाम नगरपालिका–४ का स्थानीय सन्तबहादुर राई र कुवेर राईले ढाल्दै गरेको रुखले लालबहादुर गुरुङलाई रुखले लागेको थियो। के कारणले रुखले लागेर उनको मृत्यु भयो भन्नेबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको…

Read More

भक्तपुर – भक्तपुरको ताथलीमा प्लटिङका लागि पर्खाल लगाउने क्रममा ढिस्कोले पुरिएर २ जनाको मृत्यु भएको छ । चाँगुनारायण नगरपालिका–९ ताथलीमा भिरालो जग्गामा पर्खाल लगाउने क्रममा शुक्रबार खसेको ढिस्कोले पुरिँदा काभ्रेको रोशी–५ का ५० वर्षीय वर्षमान तामाङ र चौरी देउरालीका ३२ वर्षीय चतुरमान तामाङको मृत्यु भएको प्रहरीले जनाएको छ ।

Read More

काठमाडौं – नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टीले देशको सार्वभौमसत्ता, स्वाधीनता, संविधानको कार्यान्वयनसँगै विकास र सुशासनको यात्रालाई अघि बढाउने लक्ष्य लिएकाले यसका पक्षमा देशव्यापी लहर देखिएको बताए । राष्ट्रिय जनसांस्कृतिक महासङ्घ नेपालको आठौँ राष्ट्रिय महाधिवेशनको आज उद्घाटन गर्दै अध्यक्ष ओलीले आफू बिहीबार मात्रै कर्णालीको जुम्ला र कालिकोटमा पुग्दा विशालसभा र असाधारण उत्साह देखिएको जनाउँदै ‘समृद्धि नेपाल, सुखी नेपाली’ को यात्रा लेखक साहित्यकारहरू सक्रिय हुनुपर्नेमा जोड दिए । उनले कुनै पद पाउनका लागि दौडनेभन्दा पनि सामूहिक भाव र समझदारीका साथ देश बनाउने बाटोमा लाग्न पनि आग्रह गरे । पूर्वप्रधानमन्त्री ओलीले शैव दर्शन, योग दर्शन र बुद्ध दर्शनका साथै…

Read More

काठमाडौं – एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमणको विषयमा प्रश्न उठाएका छन् । चुनावको मुखमा भारत भ्रमण जानुको केही अर्थ रहने भन्दै उनले नेपाल फर्किएपछि सोध्ने बताए । अनेरास्ववियूको पहिलो केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै ओलीले भने, ‘प्रधानमन्त्रीजी चुनावको बेला भारत जानुभएको छ, किन जानुभयो होला ? आएपछि सोध्नुपर्ला ।’ आफुले दैनिक चारवटा कार्यक्रममा भ्याउने गरेको बताउँदै युवाहरू अझै सक्रिय हुनुपर्नेमा जोड दिए । ‘युवाहरूले मेरोभन्दा बढी सक्रिय हुनुपर्छ । एमालेलाई बलियो पार्टी बनाउनुपर्ने अब युवाहरूको हातमा छ,’ ओलीले भने । एमालेको हरुवा बानी नभएको उनको भनाइ छ । ‘एमालेले हार्न कहिल्यै जानेको छैन । हाम्रो हरुवा बानी…

Read More

दार्चुला – दार्चुलामा सातौँ राष्ट्रिय कृषि गणनाअन्तर्गत १२२ क्षेत्रमा कृषि गणना गरिने भएको छ। जिल्लामा नौ स्थानीय तहका ६१ वटै वडामा कृषि गणना गरिने छ। जिल्ला कृषि गणना कार्यालयका प्रमुख पदम राज पाण्डेका अनुसार सबैभन्दा बढी शैल्यशिखर नगरपालिकामा १८ स्थानमा कृषि गणना गरिने भएको छ। सबै भन्दा कम अपि हिमाल गाउँपालिकामा ८ वटा क्षेत्रमा कृषि गणना हुने कार्यालय प्रमुख पाण्डेले जानकारी दिनु भएको छ । नेपालमा २०१८ सालदेखि प्रत्येक दश वर्षमा कृषि गणना गरिँदै आएको छ। गणनाका लागि १३ सुपरीवेक्षक र ५० गणक खटाइने भएको छ। यही चैत २४ गतेसम्म करारमा नियुक्त गरी चैत २५ गतेदेखि उनीहरुलाई तालिम दिइने पाण्डे…

Read More

काठमाडौं– सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमणले दुई देशबीचको सम्बन्धलाई अझ उचाइमा पुर्‍याउने बताएका छन्। बिहीबारको मन्त्रिपरिषद् बैठकको निर्णय सार्वजनिक गर्न शुक्रवार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै मन्त्री भ्रमणले नेपाल र भारतबीचको सम्बन्धलाई अझ प्रगाढ र उच्च स्तरमा पुर्‍याएर मुलुकको हित गर्ने बताएका हुन्। सञ्चारमन्त्री कार्कीले भने– ‘सम्माननीय प्रधानमन्त्री शेरबहादुर देउवा भारतीय प्रधानमन्त्री महामहिम नरेन्द्र मोदीको निमन्त्रणामा ३ दिने औपचारिक भ्रमणमा आज प्रस्थान गर्नुहुँदैछ । मुलरुपमा नेपाल र भारतको बीचमा सदियौंदेखि रही आएको जुन सम्बन्ध छ, त्यो सम्बन्धलाई अझ प्रगाढ गर्न, त्यो सम्बन्धलाई अझ उच्चस्तरमा पुर्याएर मुलुकको हितमा यो भ्रमण केन्द्रीत रहने कुरा म…

Read More

काठमाडौं – प्रधानमन्त्री शेरबहादुर देउवा भारत भ्रमणमा निस्किएपछि कार्यबाहक प्रधानमन्त्रीको जिम्मेवारी गृहमन्त्री बालकृष्ण खाँणले पाएका छन् । शुक्रबार विद्यादेवी भण्डारीले कार्यबहाक प्रधानमन्त्रीको जिम्मेवारी गृहमन्त्री खानलाई तोकेकी हुन् । राष्ट्रपति कार्यालयले एक विज्ञप्ति जारी गरी प्रधानमन्त्री शेरबहादुर देउवा मित्रराष्ट्र भारत भ्रमणमा जानुहुने भएकोले उनको अनुपस्थितिमा प्रधानमन्त्रीले गर्ने दैनिक प्रशासनिक कामको जिम्मेवारी प्रधानमन्त्री देउवाको सिफारिसमा गृहमन्त्री खाँणलाई दिइएको जनाएको छ । प्रधानमन्त्री देउवा भारतीय समकक्षी नरेन्द्र मोदीको निमन्त्रणामा शुक्रबार भारत भ्रमणका लागि प्रस्थान गरिसकेका छन् ।

Read More

भारत- भारतमा खाना पकाउने ग्यासको मूल्य बढेको छ । प्रतिसिलिन्डर २५० भारतीय रूपैयाँले ग्यासको मूल्य बढेको हो । तर, घरेलु प्रयोजनका सिलिन्डरको मूल्यमा भने कुनै थपघट गरिएको छैन । बढेको मूल्य १९ किलोवाला व्यापारिक सिलिन्डरमा मात्रै लागू हुने भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् । अब व्यापारिक सिलिन्डर दिल्लीमा २५५३ भारूमा पाइनेछ । भारतमा पछिल्लो १० दिन लगातार बढेको पेट्रोल र डिजेलको मूल्यमा भने थपघट गरिएको छैन ।

Read More

काठमाडौं – सरकारले हिजो (बिहीबार) बसेको मन्त्रिपरिषद् बैठकले गरेका  निर्णय आज (शुक्रबार) सार्वजनिक गरेको छ । सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले मन्त्रिपरिषद् बैठकका विभिन्न निर्णय आज सार्वजनिक गरेका हुन् । सरकारले प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमणले दुईदेशबीचको सम्बन्ध थप प्रगाढ हुने विश्वास व्यक्त गरेको छ । मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्न शुक्रबार सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता कार्कीले प्रधानमन्त्रीको तीन दिने भारत भ्रमणले नेपाल र भारतको बीचमा सदियौँदेखि रहँदै आएको सम्बन्ध थप प्रगाढ हुने बताए । बैठकले उत्पादनमूलक उद्योगलाई औद्योगिक प्रयोजनका लागि आवश्यक पर्ने कच्चा पदार्थ सुपारी, केराउ र मरिचलाई व्यवस्थित गर्ने सम्बन्धी कार्यविधि स्वीकृत गर्ने…

Read More

काठमाडौं – नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले पार्टी निर्णय मान्दिनँ भन्नेहरुले छाडेर जाँदा हुने बताएका छन्। आज कांग्रेस काठमाडौं क्षेत्र–१ ले आयोजना गरेको कार्यक्रममा  सिंहले कांग्रेसभित्र बसेर कांग्रेसलाई नै कमजोर बनाउनेहरू पार्टीमा बस्नुको औचित्य नभएको बताएका छन् । उनले कांग्रेसमा बसेर पार्टी कमजोर बनाएर बस्नुभन्दा बाहिरिँदा राम्रो हुने पनि बताए । उनले यसपटक चुनावमा कांग्रेस नेता कार्यकर्ताहरूले गर्ने कामको एक/एक हिसाब राखिने पनि बताए । नेता सिंहले गठबन्धन जनताले दिएको म्यान्डेट नभए पनि परिस्थितिले र्सिजना गरेर मुलुकको आवश्यकता भएको पनि बताए । संविधान जोगाउन पनि गठबन्धन कायमै राखेर चुनावमा जानुपर्ने बाध्यात्मक अवस्था रहेकाले चुनावसम्मै गठबन्धन रहने उनले बताए । स्थानीय…

Read More