Author: महेन्द्रनगर पोष्ट

मुग्लिन – मनकमना केबलकार एक दिन बन्द हुने भएको छ । नियमित मर्मत–सम्भारका लागि यही चैत १४ गते सोमबार एक दिनका लागि बन्द गरिने भएको हो । मर्मत–सम्भारपछि चैत १५ गते मंगलबारदेखि पुनः नियमित सञ्चालनमा आउने नायब महाप्रबन्धक उज्ज्वल शेरचनले जानकारी दिए । उनका अनुसार सो अवधिभर चितवनको इच्छाकामना गाउँपालिका–४, चेरेशस्थित बटम स्टेसनमा रहेको रेस्टुरेन्ट सेवा भने यथावत् रहनेछ । गोरखाको प्रसिद्ध धार्मिकस्थल मनकामना मन्दिरसम्म जान सहजताका लागि मनकामना दर्शन प्रालिद्वारा २४ वर्षअघिदेखि सञ्चालित मनकामना केबलकार स्तरोन्नतिको तयारीमा रहेको छ ।

Read More

काठमाडौं – सिटिजन लाइफ इन्सुरेन्सको ४ औं वार्षिक साधारण सभा आज चैत ११ गते बस्दैछ । सभामा कम्पनीले आर्थिक वर्ष २०७७/७८ को वार्षिक प्रतिवेदन माथि छलफल र पारित गर्ने र चालु आर्थिक वर्षको लेखापरिक्षण गर्नको लागि लेखापरिक्षक नियुक्ति गरि निजको पारिश्रमिक निर्धारण गर्ने पनि एजेण्डा राखेको छ । सभा दिउँसो ३ बजेबाट अलोफ्ट काठमाडौं ठमेल, छाँयादेवी कम्प्लेक्समा सुरु हुनेछ ।

Read More

काठमाडौं – गैरआवासीय नेपाली संघ (एनआरएनए) को दशौं  महाधिवेशनमा राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवा सहभागी हुने भएका छन् । शनिबारदेखि ललितपुरस्थित होटल हिमालयमा हुने सम्मेलनमा परराष्ट्रमन्त्री नारायण खड्का पनि महाधिवेशनको उद्घाटन सत्रमा विशेष अतिथि रहने छन् । सम्मेलनलाई संघका पूर्वअध्यक्ष डा उपेन्द्र महतो, जीवा लामिछाने, भवन भट्ट लगायतले सम्बोधन गर्ने छन् । कार्यक्रममा बोल्न पूर्वअध्यक्ष शेष घले र देवमान हिराचनको नाम समेत समावेश गरिएको तर उनीहरुको उपस्थिति भने निश्चित भैसकेको छैन । घलेले छुट्टै सम्मेलनको आयोजना गरेर एउटा समितिको समेत घोषणा गरेका कारण सम्मेलनमा भाग लिने सम्भावना न्यून रहेको बताइन्छ । दुई दिनसम्म चल्ने सो सम्मेलनमा संघका महासचिव…

Read More

काठमाडौं – पपुवान्युगिनी (पीएनजी)विरुद्धको एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा नेपालले सतप्रतिशत नतिजा निकालेको छ । आजबाट त्यही पीएनजीविरुद्ध नेपालले घरेलु मैदानमा दुई खेलको एकदिवसीय अन्तर्राष्ट्रिय शृंखला खेल्दैछ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने खेलमा नेपालले युवा टोलीलाई मौका दिने भएको छ । पछिल्लो पटक खेलेको एकदिवसीय टिममा रहेका निवर्तमान कप्तान ज्ञानेन्द्र मल्ल, आसिफ शेख, विनोद भण्डारी, विवेककुमार यादव टिममा छैनन् । उनीहरुको स्थानमा अनिल शाह, सुशन भारी, देव खनाल र गुल्सन झालाई टिममा राखिएको छ । देब पहिलो पटक राष्ट्रिय टोलीमा समेटिएका हुन् भने अनिलले २०१८ पछि टोलीमा पुनरागमन गरेका छन् । सुशन र गुल्सन झा ओमानमा पनि टोलीमा थिए । बिहीबार राति…

Read More

काठमाडौँ – लमजुङको बेसीशहर नगरपालिका-१० खासुरबेँसीमा खाना पकाउने एलपी ग्यास लिक भएर आगलागी हुँदा एक जना घाइते भएका छन् । घाइते हुनेमा २९ वर्षीय नवीन गुरुङ रहेका छन् । आगो निभाउन खोज्दा नवीनको दुवै हात र खुट्टाका साथै पेटमा आगोले पोलेको छ । आइतबहादुर गुरुङको घरमा बसेका चंखबहादुर गुरुङले पछाडि टिनले छाएको भान्सा कोठामा खाना बनाउने क्रममा ग्यास लिक भएर आगलागी हुँदा गुरुङ घाइते भएको लमजुङका प्रहरी प्रमुख डिएसपी कृष्णबहादुर कार्कीले बताए । घाइते गुरुङलाई जिल्ला अस्पताल लमजुङमा उपचार हुन नसकेपछि कीर्तिपुर अस्पताल काठमाडौँ रिफर गरिएको छ । आगलागीबाट २५ हजार रुपैयाँ बराबरको क्षति भएको प्रहरीले जनाएको छ ।

Read More

काठमाडौं – काठमाडौं उपत्यकामा घोषणा गरिएको नयाँ नगर निर्माण लागि रोक्का राखेको एक लाख रोपनी जग्गा मध्ये ४४ रोपनी जग्गा फुकुवा गर्न गर्न मन्त्रिपरिषद्‍मा सिफारिस गरिएको छ । सहरी विकासमन्त्री रामकुमारी झाँक्रीको अध्यक्षतामा बिहीबार बसेको भौतिक विकास समितिको १७औँ बैठकले काठमाडौं र भक्तपुरका पाँच नगरपालिकाभित्र पर्ने ४४ हजार रोपनी जग्गा फुकुवा गर्न मन्त्रिपरिषद्लाई सिफारिस गर्ने निर्णय गरेको हो । समितिले १ लाख रोपनीमध्ये ५६ हजार रोपनीमा नयाँ नगर निर्माणको गर्न सकिने भएकाले जग्गा कित्ताकाट रोक्का यथावत नै राखेको छ । काठमाडौं उपत्यका विकास प्राधिकरणले काठमाडौं जिल्लाका कागेश्वरी मनोहरा नगरपालिका र शंखरापुर नगरपालिका, भक्तपुर जिल्लाको भक्तपुर नगरपालिका, मध्यपुर थिमी नगरपालिका र…

Read More

काठमाडौं – नेपाल थाइल्याण्डसँग पराजित भएको छ । बिहीबार थाइल्याण्डको चोनबुरीमा भएको फिफा अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा नेपाल थाइल्याण्डसँग २–० गोल अन्तरले पराजित भएको हो । नेपालले पहिलो हाफमा थाइल्याण्डलाई गोलरहित बराबरीमा रोकेको थियो भने दोस्रो हाफमा दुई गोल खायो । घरेलु टोलीका लागि फिलिप रोलेर र चाओवाट विरचर्टले एक–एक गोल गरे । ७८औं मिनेटमा रोलेरले गोल गर्दै थाइल्याण्डलाई अग्रता दिलाए । त्यस्तै खेलको इन्ज्युरी समयमा विरचर्टले गोल गर्दै टिमलाई २–० गोलको जित दिलाए ।

Read More

काठमाडौं – राष्ट्रपति विद्यादेवी भण्डारीले विश्व पानी दिवसको अवसर पारेर बिहीबार शीतलनिवासमा आयोजित कार्यक्रममा पानीको स्रोत संरक्षणका लागि यस विषयमा भएका नीति, कानून कार्यान्वयन गरिनुपर्नेमा जोड दिएकी छन् । भण्डारीले माटो र बोटबिरुवा नबोल्ने भएकाले मानिसले मात्र पानीको उपयोग गर्ने गरेकामा विज्ञले समानुपातिक वितरणका लागि भूमिका खेल्नुपर्ने बताउदै पानी दिवस मार्च २२ का दिनमात्र औपचारिक रुपमा मनाएर अरु दिन वास्ता नगर्ने बानीमा सुधार ल्याउनुपर्ने बताइन् । भण्डारीले विसं २०५१ देखि बागमती सफा बनाउन कार्यक्रम सुरु गरिए पनि अझै सुधार हुन नसकेको गुनासो व्यक्त गरिन् । राष्ट्रपति भण्डारीले अध्ययन अनुसन्धानपछि विकास निर्माणमा जानुपर्नेमा त्यसो हुन नसक्दा पनि समस्या हुने गरेको बताउदै…

Read More

दार्चुला- दार्चुलामा राजनीतिक दलहरूले आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनको तयारीलाई तीव्र बनाएका छन् । नेपाली काँग्रेस, नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) लगायतका दल आसन्न निर्वाचन तयारीमा जुटेका हुन् । राजनीतिक वृत्तमा भाबी उम्मेदवारको चर्चासमेत सुरु भएको छ ।प्रमुख ती दलका युवा नेताले पार्टीले आफूलाई टिकट दिनुपर्ने दाबी गरेका छन् । उनीहरूले जनसम्पर्क विस्तार, संगठन निर्माण गर्नुका साथै आ–आफ्ना कार्ययोजनाका फेहरिस्त जनतालाई सुनाउन थालेका छन् ।यसरी उम्मेदवारको दाबी गर्नेहरूमा नयाँ अनुहारदेखि पार्टीका पुराना नेता तथा कार्यकर्तासमेत छन् । दुई नगरपालिका र सात गाउँपालिका गरी नौँ स्थानीय तह रहेको जिल्लामा महाकाली नगरपालिकाको निर्वाचन भने निकै पेचिलो…

Read More

काठमाडौं – आज तनहुँ जिल्ला अदालतका प्रमुख जिल्ला न्यायाधीश हरिश्चन्द्र ढुंगानाबाट भएको आदेशमा अभिनेता पल शाहलाई पुर्पक्षको निम्ति कारागार पठाउने आदेश भएको छ । उमेर नपुगेकी गायिकालाई वर्षौंसम्म ठाउँ फेरि फेरि बलात्कार गरेको अभियोग लागेका शाहविरुध्दको मुद्दामा भएको थुनछेक बहस आजै अपरान्ह सकिएको हो । जिल्ला अदालत तनहुँमा शाहका १२ जना कानुन व्यवसायीले बहस गरेका थिए । मतियारका रुपमा पक्राउ परेका शाहका म्यानेजर कृष्ण जोशीका कानुन व्यवसायीहरुले गरेको थुनछेक बहस पनि आजै सकिएर उनीसङ्ग १ लाख धरौटी मागिएको छ । हिजो पीडित पक्षका नौ जना वकिलले बहस गरेका थिए । पीडितले दिएको जाहेरीका आधारमा जिल्ला सरकारी वकिल कार्यालयले शाहविरुध्द १४…

Read More