Author: महेन्द्रनगर पोष्ट

कैलाली मुख्यमन्त्री राष्ट्रिय पुरुष कबड्डी प्रतियोगिताको उपाधिका लागि दुई विभागीय टीम नेपाल आर्मी क्लब र सशस्त्र प्रहरी बल एपीएफ क्लब भिड्ने भएका छन् । अखिल नेपाल कबड्डी संघको आयोजनामा धनगढीमा भईरहेको राष्ट्रिय पुरुष कबड्डी प्रतियोगिताको उपाधिका लागि दुबै टोली बुधबार भिड्ने भएका हुन् । सुदूरपश्चिम खेलकुद परिषद् मुख्य प्रबद्र्धक रहेको प्रतियोगिताको दोस्रो दिन लिग चरणका खेलहरु र सेमिफाईनल सम्पन्न भएका छन् । पहिलो सेमिफाईनलमा नेपाल आर्मी क्लबले लुम्बिनी प्रदेशलाई ४५–१२ ले हराउँदै उपाधि नजिक पुग्यो । दोस्रो सेमिफाईनल खेलमा एपिएफ क्लबले सुदुरपश्चिमलाई ३७–३२ ले हरायो । देशकै सर्वाधिक धनराशीको कबड्डी प्रतियोगिताको विजेताले नगद एक लाख ५० हजार उपविजेताले नगद ८०…

Read More

कैलाली- धनगढी उपमहानगरपालिकाको मेयरमा नेकपा एमालेबाट तीन जनाको नाम सिफारिस भएको छ । एमालेको नगर कमिटीले रणबहादुर चन्द, दुर्गा जोशी र जीवन बमको नाम सिफारिस गरेको हो । चन्द एमालेका पूर्वजिल्ला उपाध्यक्ष हुन् भने जोशी बर्तमान जिल्ला उपाध्यक्ष हुन् । जोशी गत निर्वाचनमा मेयरमा पराजित भएका थिए । यस्तै बम एमाले प्रदेश सदस्य हुन् । नगर कमिटीले सिफारिस गरेर जिल्लालाई पठाएकोमा जिल्लाले पनि प्रदेश कमिटीलाई नाम सिफारिस गरेको छ । धनगढीको मेयरका लागि सत्ता गठबन्धन दलबीच चनावी तालमेल गर्ने सहमती भइसकेको छ । धनगढी नेपाली काँग्रेसको भागमा परेको छ ।

Read More

दार्चुला – जिल्लाको सबैभन्दा विकट मतदान केन्द्र रहेको दार्चुलाको व्याँसमा हेलिकप्टरमार्फत मतपेटिका र कर्मचारी पठाउने तयारी गरिएको छ । नेपालतिर भएर व्यास गाउँपालिका १ छाङ्गरु तिंकर जान नसकिने भएपछि हेलिकप्टरको तयारी गरिएको हो । नेपालतिर हिडेर जानसमेत पैदल गोरेटोबाटो छैन् । अप्ठ्यारो गरि जाने हो भने पाँच दिन बढि छाँंगरु तिंकर पुग्न लाग्छ । वडा नम्बर १ मा दुई वटा मतदान केन्द्र छन् । छांगरुको कैलाशपति आधारभूत विद्यालयमा ३७५ जना र मोति महिला संघ आधारभूत विद्यालय तिंकरमा २३१ जना मतदाता छन् । यहाँका स्थानीय वैशाख दोस्रो साता बसाई सरेर छांगरु तिंकर जाने तयारीमा छन् । ०७४ सालको स्थानीय निर्वाचनमा पनि…

Read More

काठमाडौं – गभर्नर महाप्रसाद अधिकारीमाथिको कारवाही तत्काल कार्यान्वयन नगर्न सर्वोच्च अदालतले अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ । न्यायाधीश हरि फुयालको एकल इजलासले प्रारम्भिक सुनुवाइ गर्दै गभर्नरमाथिको कारबाही कार्यान्वयन नगर्न अल्पकालीन आदेश दिएको हो । यस विषयमा १३ वैशाखमा छलफलका लागि दुवै पक्षलाई बोलाइएको छ । जाँचबुझ समिति गठन गरी आफू निलम्बन गर्ने सरकारको निर्णयविरुद्ध गभर्नर महाप्रसाद अधिकारीले सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गरेका थिए । गभर्नर अधिकारीले रिट निवेदनमा गैरकानूनी, बदनियतपूर्ण र पूर्वाग्रह रुपमा जाँचबुझ समिती गठन गरेर आफूलाई निलम्बन गरिएको दावी गरेका थिए । उनले जाँचबुझ समिती गठन गर्ने निर्णय कार्यान्वयन नगर्न माग गर्दै आफूमाथिको निलम्बन समेत फुकुवा…

Read More

दार्चुला – छ महिना व्यास र छ महिना दार्चुला सदरमुकाम खलंगा बसाइ सर्ने व्यासीहरुको कुञ्चा अर्थात बसाई सराई हुने तयारी भएको छ । व्यास गाउँपालिका वडा नम्बर १ तिकंर र छाङरुबासी ब्यासी सौकाहरु गाउँबाट जिल्ला सदरमुकाम आउनजान स्वदेशी भुमिको बाटो नहुदा भारतीय बाटोको प्रयोग गर्न बाध्य छन् । गाउँसम्म हिमपात भएपछि चिसो छल्न गत मंसीर महिनामा खलंगा झरेका व्यासीहरु बैसाखको केही दिनमा लालाबाला, बस्तुभाउँ, खाद्यान्न सहित गाउँ फर्किने तयारी रहेका छन । दार्चुला सदरमुकाम खलंगाबाट १२ हजार फिट उचाईमा बसोबास रहेका एक सय बढी परिवार छाङरु र तिंकरबासी ६ दिनको हिडाईपछि भारतीय बाटोको प्रयोग गर्दै गाउँ पुग्ने गरेको स्थानिय पार्वती…

Read More

दार्चुला – दार्चुलामा स्थानीय तह चुनावमा खटिएका निर्वाचन अधिकृत र निर्वाचन कार्यालयको सुरक्षाको जिम्मा सशस्त्र प्रहरीले पाएको छ । यहि वैशाख ३० गते हुने ९ वटा स्थानीय तहमा रहेका जिल्ला निर्वाचन प्रमुख, निर्वाचन कार्यालय, प्रमुख निर्वाचन अधिकृतको सुरक्षाको जिम्मा सशस्त्रले पाएको दार्चुलाका प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्यायले जानकारी दिएका छन । हामीले जिल्लाका निर्वाचन प्रमुख, प्रमुख निर्वाचन अधिकृत र निर्वाचन कार्यालयको सुरक्षाको जिम्मा एपिएफ सशस्त्र प्रहरी बललाई दिएका छौ उहाँले भन्नु भयो । सशस्त्र प्रहरीले आफ्नो निर्वाचन सुरक्षा योजना केन्द्रीय निर्वाचन सुरक्षा समितिमा पठाएर पास भएपछि जिल्ला र तालिम केन्द्रहरूमा त्यसैअनुसार तालिम दिइरहेको पनि प्रजिअ उपाध्यायले जानकारी दिए । निर्वाचनमा…

Read More

काठमाडौं – सत्तारुढ गठबन्धनमा महानगरपालिका भागबण्डामा सहमति जुटेको छ ।मंगलबार दिउँसो बालुवाटारमा भएको गठबन्धनका शीर्ष नेताको बैठकले पोखरा महानगरपालिकाको नेतृत्व एकीकृत समाजवादीलाई दिने निर्णय गरेको छ । बैंठकमा ६ महानगरमध्ये तीन महानगरको नेतृत्व कांग्रेसले लिने, माओवादी, एकीकृत समाजवादी र जनता समाजवादी पार्टीले एक/एक महानगरको नेतृत्व लिने सहमति गरेको जनाइएको छ । त्यसअनुसार नेकपा माओवादी केन्द्रले भरतपुर महानगरपालिका र जनता समाजवादी पार्टीले वीरगञ्ज महानगरपालिकाको नेतृत्व पाउने जानइएको छ । नेपाली कांग्रेसले काठमाडौं, ललितपुर र विराटनगर महानगरपालिकाको नेतृत्व लिने सत्तारुढ गठबन्धनको बैठकमा सहभागी एक नेताले जानकारी दिए । सहमतिको खाका मंगलबार साँझसम्म तयार हुने उनले बताए ।

Read More

काठमाडौं –  नेकपा एकीकृत समाजवादीले ३० वैशाखमा हुने स्थानीय तह निर्वाचनका लागि घोषणापत्र सार्वजनिक गरेको छ । मंगलबार राष्ट्रिय सभागृहमा आयोजित कार्यक्रममा अध्यक्ष माधवकुमार नेपालले घोषणापत्र सार्वजनिक गरेका हुन् । घोषणापत्रमा निःशुल्क उपचार, निःशुल्क शिक्षादेखि हरेक घरलाई मासिक दुई सय युनिटसम्म निःशुल्क बिजुली उपलब्ध गराउने विषय उल्लेख गरिएका छ्न । त्यस्तै एमालेबाट विद्रोह गरेर नयाँ पार्टी गठन गर्नुपर्नाको कारणलाई विशेष जोड दिएर उल्लेख गरिएको पार्टीका उपमहासचिव डा. विजय पौडेलले जानकारी दिए । त्यसैगरी घोषणा पत्रमा माधवकुमार नेपाल नेतृत्वको सरकारले गरेका काम, २०५१ सालमा एमालेको नौ महिने सरकारले गरेका ‘आफ्नो गाउँ आफैँ बनाऔँ’ लगायतका कार्यक्रमहरू समावेश गरिएको छ । घोषणापत्रको पृष्ठभूमीमा…

Read More

काठमाडौं – नेपालमा पछिल्लो २४ घण्टामा १० जना सक्रिय संक्रमित थपिएका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार ४४०३ जनाको परिक्षण गरिएकोमा उक्त संख्यामा कोरोना पुष्टी भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २६ जना संक्रमित डिस्चार्ज भएका छन् । अहिलेको अवस्थामा देशभर ३३४ सक्रिय संक्रमित रहेका छन् । गत २४ घण्टामा देशभर ७२ हजार ६ सय ८९ जना कोरोनामुक्त भएका छन् ।

Read More

काठमाडौं – नेपाली काँग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले चितवन जिल्लाका पार्टीका सभापति राजेश्वर खनाललाई भरतपुर महानगरपालिका माओवादीलाई छोड्नु पर्ने बताएका छन् । मंगलबार बिहान प्रधानमन्त्री निवास बालुवाटार बोलाएर भरतपुर महानगरपालिका माओवादीलाई छोड्नुपर्ने अवस्था आएको भन्दै उक्त निर्देशन दिएका हुन् । चितवन काँग्रेसले भरतपुर महानगरपालिकाको मेयर काँग्रेसले पाउनुपर्ने निर्णय गरेको थियो । सत्ता गठबन्धनमा भरतपुरको मेयर माओवादी केन्द्रका भागमा परेको हुनाले सभापति खनाललाई भरतपुर महानगरपालिका छोड्नको लागि आग्रह गरेका थिए । यद्यपि यसबारे औपचारिक निर्णय साँझ हुने देउवाले चितवन सभापति खनाललाई सुनाए । सभापति देउवाले उपसभापति पूर्णबहादुर खड्का, बागमती प्रदेश काँग्रेस सभापति इन्द्रबहादुर बानियाँ र चितवन सभापति खनालसँग चितवन छोड्नुपर्ने…

Read More