Author: महेन्द्रनगर पोष्ट

काठमाडौं – एक्सन जनरामा बन्न लागेको चलचित्र ‘शमशेर’मा नायक गौरव पहारी अनुबन्धित भएका छन् । निर्माण पक्षले उनको डरलाग्दो रुप समेत पोस्टरमार्फत सार्वजनिक गरेको छ। चलचित्रमा उनी रागवको भूमिकामा देखिदै छन्। एभरेष्ट फिल्म एकेडेमी र डी आर डेनिमको सहकार्यमा निर्माण गरिन लागिएको चलचित्रमा अर्का नायक मनिष राउत ‘शमशेर’को भूमिकामा देखिने छन् । उनको एक्सन अवतर समेत निर्माण पक्षले सार्वजनिक गरिसकेकोछ। चलचित्रको फस्टलुक हेर्दा दुई नायकहरु बीचको लडाई चलचित्रमा देखिने आकलन गर्न सकिन्छ। चलचित्रमा अभिनेत्री भने फाइनल भैसकेको छैन । हाल निर्माण टिम अभिनेत्रीको खोजीमा छन् । चलचित्रको छायांकन काठमाडौँ, दुबई, सोलुखुम्बु र ढोरपाटनमा हुने छ। सीबर्ड्स इन्टरटेनमेन्टको ब्यानर रहेको चलचित्रमा मनिष र…

Read More

काठमाडौं – आईतबार न्याय सेवा आयोगको बैठक बस्दैछ । सर्वोच्च अदालतका कामु प्रधानन्यायाधीश दीपककुमार कार्कीको आह्वानमा न्याय सेवा आयोगको बैठक बस्न लागेको हो। आयोगका अध्यक्ष समेत रहेका प्रधानन्यायाधीश कार्कीले आइतबार दिउँसो १ बजे बस्ने गरी आयोगको बैठक बोलाएका हुन्। न्यायसेवाका कर्मचारीहरुको सरुवा बढुवालगायत विषयमा छलफल गर्न आयोगको बैठक बोलाइएको जनाइएको छ। आयोगमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री, सर्वोच्च अदालतका वरिष्ठतम् न्यायाधीश, लोक सेवा आयोगका अध्यक्ष र महान्यायाधिवक्ता सदस्य रहेका छन्।

Read More

काठमाडौं – आइतबार सुनको मूल्य प्रतितोला ६ सय रुपैयाँले घटेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार शुक्रबा प्रति तोलाको ९२ हजार ८ सय रुपैयाँ तोकिएकर छापावाल सुन आज प्रतितोला ९२ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै, तेजाबी सुन आज तोलाको ९८ हजार ७ सय रुपैयाँ कायम भएको छ । यता चाँदीको मूल्यमा पनि तोलाको १० रुपैयाँले घटेको छ । महासंघका अनुसार आज चाँदी प्रति तोला १ हजार ३ सय ७५ रुपैयाँमा कारोबार भइरहेको छ । शुक्रबार चाँदी मूल्य तोलाको १ हजार ३ सय ८५ रुपैयाँ तोकिएको थियो ।

Read More

बुटवल – आफ्नै पार्टीबाट मन्त्री बनेकी सुमन शर्मा रायमाझीलाई फिर्ता बोलाउन माग गर्दै जनता समाजवादी पार्टीकी एक महिला नेतृले निवेदन दिएकी छन् । निवेदनमा उनले रायमाझीलाई सांसदबाटसमेत पदमुक्त गर्न माग गरेकी छन् । मन्त्रीबाट फिर्ता बोलाउन माग गरेसँगै लुम्बिनी प्रदेशमा जनता समाजवादी पार्टीभित्रको विवाद उत्कर्षमा पुगेको छ । प्रदेशमा देखिएको विवादका कारण जसपाका दुई खेमाका नेता आपसमा टाढिएका छन् । कुलप्रसाद केसीको नेतृत्वमा गठन भएको वर्तमान सरकारमा जसपाबाट सुमन शर्मा रायमाझी कृषि, खाद्य प्रविधि तथा भूमि व्यवस्थामन्त्रीमा नियुक्त भएकी थिइन् । तर, अहिले भने जसपाकी नेतृ रुपा थापा क्षेत्रीले रायमाझीलाई प्रदेशसभा सदस्यबाट पदमुक्त गरी आफ्नो नाम समावेश गर्न माग गरेकी छन्…

Read More

काठमाडौँ – नेकपा (एमाले) अध्यक्ष केपी ओली आज आइतबार इलामको सूर्योदय नगरपालिका जाँदै छन् । एमालेको बृहत् जनसभालाई सम्बोधन गर्न अध्यक्ष ओली इलाम पुग्न लागेका हुन् । ओलीसँगै एमाले उपाध्यक्ष सुवासचन्द्र नेम्वाङ पनि जानेछन् । एमाले इलामका अध्यक्ष महेश बस्नेतका अनुसार इलामको निर्वाचन क्षेत्र नम्बर १ मा कार्यक्रम हुँदैछ । इलामको निर्वाचन क्षेत्र नम्बर १ मा नेकपा एमालेबाट झलनाथ खनाल विजयी भएका थिए । खनाल नेकपा एकीकृत समाजवादी पार्टीमा लागेपछि एमालेले सूर्योदयमा जनसभाको आयोजना गर्न लागेको हो । खनालले एमाले छाडे पनि सूर्योदयमा नेकपा एमाले कमजोर नभएको एमाले अध्यक्ष बस्नेतको दाबी छ । ‘इलामको क्षेत्र नम्बर १ एमालेले जितेको क्षेत्र…

Read More

काठमाडौं- सत्तासाझेदार दल नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले देशभर आफ्नो पार्टीको लहर चलेको जिकिर गरेका छन् । शनिबार धादिङमा आयोजित एक कार्यक्रममा उनले यस्तो बताएका हुन् । “एकीकृत समाजवादी पार्टीको लहर चलिरहेको छ । हिमालदेखि पहाडसम्म आशा जगाएको छ । उमंग पैदान गरेको छ । आत्मविश्वास बढाएको छ । किन बढाएको छ भने, हाम्रो पार्टी सही बाटोमा अगाडि बढ्दै छ । सही नीति लिएर अगाडि बढ्दै छ,” उनले भने । आफ्नो पार्टी इमानदार व्यक्तिहरूको पार्टी भएको उनले उल्लेख गरे । नयाँ पार्टी घोषणा गरेको ६ महिना मात्रै बित्दा पनि यसप्रति आकर्षण देखिएको उनको भनाइ छ । ‘यो पार्टी गफाडीहरूको पार्टी होइन…

Read More

भरतपुर -बागमती प्रदेशसभा सदस्य विजय सुवेदीले भरतपुर महानगरपालिकाका विभिन्न टोलमा आपत्कालीन राहत कोष स्थापना गरेका छन्। आर्थिकरूपमा पछाडि परेका विभिन्न पाँच टोल विकास संस्थामा उनले राहत कोष स्थापना गरेका हुन् । हिजो भरतपुर महानगरपालिका–११ को गणेशधाममा आयोजित कार्यक्रममार्फत उनले वडा नं २ को मिलनटोल र ११ को सिद्धार्थटोलमा कोष स्थापना गरी आर्थिक सहयोग गरेका हुन् । हरेक कोषमा सुवेदीले रु. ५० हजार आर्थिक सहयोग गरेका छन् । यसअघि उनले भरतपुर–२ को इन्द्रेणीटोल, ११ को दरबारचोक टोल र १२ को नवरत्न टोलमा कोष स्थापना गरेका थिए । टोलभित्र आइपर्ने विपद्मा तत्काल सहयोग जुटाउन, गरिब तथा विपन्नलाई उपचारमा सहयोग गर्न कोषको रकम…

Read More

बैतडी-बैतडीमा गए राति ट्र्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। मृत्यु हुने ट्र्याक्टर चालक बर्दिया ठाकुरद्वार नगरपालिका–५ का ३२ वर्षीय अर्जुन थारू छन्। बालुवा बोकेर मौराबाट फर्किरहेको सुपप्र ०१००२ त ५५९८ नं को ट्र्याक्टर गए राति साढे ८ बजेतिर दशरथचन्द नगरपालिका–१० बाराकोटको भाटाला भन्ने ठाउँमा दुर्घटनामा परेको बैतडीका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक दर्शन खड्काले जानकारी दिए। उनका अनुसार ट्र्याक्टर सडकमै पल्टेर दुर्घटना हुँदा घाइते भएका थारूको जिल्ला अस्पतालमा राति मृत्यु भएको हो । घटनाको कारण खुल्न नसकेको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

Read More

काठमाडौं-आज अन्तर्राष्ट्रिय खुसी दिवस। संयुक्त राष्ट्र सङ्घको आह्वानमा सन् २०१३ देखि हरेक मार्च २० तारिखका दिन यो दिवस मनाउने गरिएको छ।खुसीको महत्त्वलाई पहिचान गर्नका लागि दिवस मनाउन थालिएको हो। सन् २०१५ मा संयुक्त राष्ट्र सङ्घले १७ वटा दिगो विकास लक्ष्य घोषणा गरेर गरिबी अन्त्य गर्न, असमानता घटाउन तथा पृथ्वीको रक्षा गर्न प्रयत्न गरेको थियो। यी तीनै प्रयासले नै संसारमा खुसी छाउने संयुक्त राष्ट्र सङ्घको विश्वास छ। राष्ट्र सङ्घको दिगो विकास समाधान नेटवर्कले अस्ति सार्वजनिक गरेको विश्व खुसी प्रतिवेदनले दक्षिण एसियाली देशमा नेपाल सबैभन्दा खुसी देश भएको देखाएको छ। प्रतिवेदनका अनुसार यो वर्ष नेपाल ५ दशमलव ३७७ अङ्कसहित सूचीको ८४औँ स्थानमा…

Read More

काठमाडौँ- प्रधानसेनापति प्रभुराम शर्माले नेपाली सेनाको नेतृत्व सम्हालेपछि पहिलो ‘भूतपूर्व सैनिक सम्मेलन’ यही चैत ९ गते दिपायलबाट सुरु हुँदैछ। प्रत्येक प्रधानसेनापतिले आफ्नो तीनवर्षे कार्यकालमा कम्तीमा एकपटक प्रदेशस्तरमा यस्तो ‘सम्मेलन र स्वास्थ्य शिविर’ एकैसाथ गर्ने अभ्यास रहिआएको छ। सेनाको व्यवस्थापन र सैनिक कल्याणकारी बोर्डको समन्वय एवं संयोजकत्वमा हुने यसपटकको पहिलो ‘सम्मेलन र स्वास्थ्य शिविर’को प्रधानसेनापति शर्माले दिपायलस्थित ५ नम्बर बाहिनी अड्डामा उद्घाटन गर्नुहुने छ। धनगढीस्थित भवानी दल गणमा चैत १०, सुर्खेतस्थित पश्चिम कमाण्ड चैत २० र चैत २१ गते नेपालगञ्जस्थित चार नम्बर बाहिनी अड्डामा चौथो चरणको ‘भूतपूर्व सैनिक सम्मेलन २०७८’ हुने सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ। सम्मेलन क्रममा भूपूसैनिक,…

Read More