Author: महेन्द्रनगर पोष्ट

कैलाली- जनमोर्चा कैलालीका अध्यक्ष दयाराम सज्याल नेकपा माओवादीमा लागेका छन् । नेकपा माओवादी केन्द्र संघीय निर्वाचन क्षेत्र नम्बर २ मा आयोजित अगुवा कार्यक्रममा सज्यालसहित २० जनाले पार्टी प्रवेश गरेको बताइएको छ । सज्याल लगायत नेताहरूलाई नेकपा माओवादीका नेता देव गुरुङले पार्टीमा स्वागत गरेका हुन् । जनमोर्चा कैलालीको एक ठूलो समूह यसअघि नै माओबादीमा समाहित भएको थियो ।

Read More

सुर्खेत- प्रदेश अस्पताल सुर्खेत परिसरमा शनिबार कुकुरले डुलाएको नवजात शिशुको शवको पहिचान खुलेको छ । प्रहरी अनुसन्धानपछि शवको पहिचान खुलेको हो । अस्पताल प्रशासनले शव व्यवस्थापनमा आफ्नो लापरबाही नभएको भन्दै घटनाको अनुसन्धान गर्न शनिबार नै जिल्ला प्रहरीलाई लिखित पत्राचार गरेको थियो । कुकुरले अस्पताल परिसरमा टाउको नभएको एक नवजात शिशुको शव च्यापेर डुलिरहेको तस्बिर भाइरल भएपछि अस्पतालको ध्यानाकर्षण भएको थियो । शव व्यवस्थापनमा गम्भीर लापरबाही भएको भन्दै सामाजिक सञ्जालमा अस्पतालको चर्को आलोचना भएको थियो । जिल्ला प्रहरी कार्यालयले उक्त शव दैलेखको आठबिस नगरपालिका–९ का पवित्रा विक बच्चाको रहेको जनाएको छ । कार्यालयका प्रहरी निरीक्षक कनकबहादुर शाहीका अनुसार यही चैत १४…

Read More

कैलाली- सुदूरपश्चिम प्रदेशमा काँग्रेसको संसदीय समिति गठन भएको छ। पार्टीको विधानको धारा ३१ को (ग) प्रदेश कार्यसमिति बैठकले संसदीय समिति गठन गरेको हो । २१ सदस्यीय प्रदेश संसदीय समितिमा पदाधिकारी र ११ जना सदस्य रहेका छन् । काँग्रेस विधानमा पदाधिकारी संसदीय समितिमा पदेन सदस्य हुने व्यवस्था छ। जस अनुसार सभापति वीरबहादुर बलायर, उपसभापति लोकराज अवस्थी, जनकराज चौधरी, महामन्त्री मेघराज खड्का, नरनारायण शाह ‘मनु’, कोषाध्यक्ष उत्तमबहादुर कडायत, सहमहामन्त्री, अम्बिका चलाउने, चिन्तामणि भट्ट, र गोपालदत्त भट्ट पदेन सदस्य रहेका छन् । यस्तै प्रदेश संसदीय दलको नेता पनि पदेन सदस्य रहने विधानमा उल्लेख छ। सुदूरपश्चिम प्रदेश संसदीय दलका नेता डा. रणबहादुर रावल पदेन…

Read More

कैलाली-आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा सुदूरपश्चिम प्रदेशका तीन जिल्लामा पाँच दलीय गठबन्धन दलबीच चुनावी तालमेल गर्ने टुंगो लागेको छ । प्रदेशका नौंवटा जिल्लामध्ये कञ्चनपुर, अछाम र डडेल्धुरामा पाँच दलीय गठबन्धनबीच चुनावी तालमेल गर्ने निर्णय भएको हो । काँग्रेस केन्द्रीय समितिले स्थानीय तहको आवश्यकताको आधारमा गठबन्धन दलबीच चुनावी तालमेल गर्ने निर्णय गरेपछि जिल्ला तहमा पनि गठबन्धन गर्ने निर्णय गर्न थालिएको हो । कञ्चनपुरमा नेपाली कांग्रेस पार्टी कार्यालय महेन्द्रनगरमा सोमबार बसेको बैठकले केन्द्रमा भएको सहमतिअनुसार नै आपसी समझदारी तथा सहकार्य गरी स्थानीय स्तरमा तालमेल गरे अगाडि बढ्ने निर्णय गरिएको छ । यद्यपि विस्तृत छलफल भने हुन बाँकी रहेको नेकपा…

Read More

पोखरा – नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले स्थानीय आवश्यक्ताका आधारमा मात्रै गठबन्धन गर्न नेता कार्यकर्तालाई सुझाएका छन् । कास्कीमा सोमबार कार्यकर्तासँग भेटघाट गर्दै उनले चुनावी तालमेलको अधिकार प्रदेश, जिल्ला, पालिका र वडालाई भएकोले आवश्यक्ता भए मात्रै गठबन्धन गर्न आग्रह गरे । ‘गठबन्धन जहाँ आवश्यक छ त्यहाँ गर्नुस् । सबै ठाउँमा गर्नुपर्दैन,’ उनले भने, ‘तालमेलका नाममा विगतमा भरतपुरको जस्तो तालमेल नगर्नुहोला । यसले पार्टीलाई नोक्सानी हुन्छ ।’ अघिल्लो स्थानीय तहको चुनावमा माओवादीसँग तालमेल गरेका पालिकामा कांग्रेसले हारेको तर माओवादीलाई कांग्रेसले जिताएको भन्दै त्यसप्रति सचेत रहन अनुरोध गरे । केन्द्रिय सदस्य समेत रहेका उनले कांग्रेसको विधान अनुसार टिकट वितरणको मापदण्ड बनाउन…

Read More

काठमाडौं – आगामी ३० वैशाखमा हुने स्थानीय तह निर्वाचनका लागि मतपत्र छपाईको काम सुरू भएको छ । जनक शिक्षा सामाग्री केन्द्र लिमिटेडले मतपत्र छाप्ने काम थालेको निर्वाचन आयोगले जनाएको छ । आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलका अनुसार स्थानीय तह निर्वाचनका लागि कूल एक करोड ९४ लाख थान मतपत्र छापिनेछन् । २३ लहर समूहका ७७ प्रकारका मतपत्र छापिन लागेको उनको भनाइ छ । जसमा सबैभन्दा कम १६ लहरको मतपत्र डोल्पाको हुनेछ । सबैभन्दा बढी ५६ लहरको मतपत्र काठमाडौंका हुने प्रवक्ता पौडेलले बताए । यसअघि आइतबार एक लाख ८० हजार थान नमुना मतपत्र छापेको थियो । नमुना मतपत्र छाप्ने कार्य सफल भएसँगै जनक शिक्षाले…

Read More

काठमाडौं – संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहणका लागि जान लागेका मङ्गोलिन हार्टका गायक राजु लामा र अभिनेत्री दिया पुनलाई बिदाइ गरेका छन् । मन्त्रालयमा आयोजना गरिएको एक कार्यक्रममा मन्त्री आलेले लामा र पुनलाई नेपालको राष्ट्रिय झण्डा प्रदान गरेर बिदाइ तथा आरोहणको शुभकामना दिएका हुन् । मन्त्री आलेले सगरमाथा आरोहण गर्न लागेका गायक लामा र अभिनेत्री पुनलाई आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् । मन्त्री आलेले भने, ‘सतर्कता र सावधानीपूर्वक हिमाल चढ्नुहोला, आवश्यक पर्ने सहयोग भन्नु होला हामी सहयोग गर्न तयार छौँ ।’ जलवायु परिवर्तनले ल्याएको असरको सन्देश दिन गायक लामा र नायिका दियाले…

Read More

काठमाडौं – सत्तारूढ पाँच दलीय गठबन्धनले चितवनका सातै स्थानीय तहमा तालमेल गरेर अघि बढ्ने निर्णय गरेको छ । ३० वैशाखमा हुन लागेको स्थानीय तहको निर्वाचनमा चितवनका सातवटै स्थानीय तह र जिल्ला समन्वय समितिमा समेत तालमेल गरेर अघि बढ्ने गठबन्धनले निर्णय गरेका हो । नेपाली कांग्रेस जिल्ला कार्यसमिति सभापति राजेश्वर खनालको अध्यक्षतामा बसेको सत्तागठन्धनको जिल्ला स्तरीय संयन्त्रको बैठकले उक्त निर्णय गरेको हो । चुनावी तालमेलका सन्दर्भमा संयुक्त संयन्त्रसमेत गठन गर्ने निर्णय गरेको छ । यसको संयोजक कांग्रेसको पालिका सभापतिले गर्ने निर्णय भएको छ । गठबन्धन सहभागी दलहरूकाबीच गठबन्धनको मर्म र भावना अनुरुप एक आपसमा सम्मान र हार्दिकताको विकास गर्दै संयुक्त रूपमा…

Read More

काठमाडौं– नेपालमा पछिल्लो २४ घन्टामा थप ३३ जनामा कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा ५ हजार ५९ जनाको परिक्षण गरिएकोमा उक्त संख्यामा कोरोना पोजेटिभ देखिएको हो । मन्त्रालयका अनुसार गत २४ घन्टामा ८९ जना कोरोना संक्रमणमुक्त भएका छन् भने कुनै पनि संक्रमितको मृत्यु भएको छैन । मन्त्रालयका अनुसार अहिलेको अवस्थामा नेपालमा ८४२ जना सक्रिय संक्रमित रहेका छन् । नेपालमा पछिल्लो २४ घन्टामा ६० हजार ७२ जनाले कोरोनाविरुद्धको खोप लगाएको पनि मन्त्रालयले जनाएको छ ।

Read More

काठमाडौं – राष्ट्रपति विद्यादेवी भण्डारीले काष्ठमण्डपको लोकार्पण गरेकी छन् । पुरातात्त्विक महत्त्वको ऐतिहासिक सम्पदा काष्ठमण्डपको सोमबार काठमाडौंमा लोकार्पण गर्दै राष्ट्रपति भण्डारीले काठमाडौं उपत्यकालाई विश्वमै प्रकृति र संस्कृतिको सङ्गम थलोको रुपमा मानिएको उल्लेख गर्दै प्रकृतिको संरक्षण हुने गरी विकास निर्माणको कामलाई अघि बढाउन सम्बन्धित पक्षलाई विशेष महत्त्व दिन आग्रह गरेकी थिइन् । कार्यक्रममा राष्ट्रपति भण्डारीले जनप्रतिनिधिहरूले आफूलाई सदैव जनताको सेवामा समर्पित गर्नुपर्ने बताएकी छन् । काठमाडौं उपत्यकाको वातावरणको संरक्षण हुने गरी भौतिक निर्माण र पूर्वाधार विकासको कामलाई अघि बढाउन पनि जनप्रतिनिधिहरूलाई राष्ट्रपति भण्डारीको आग्रह थियो । काठमाडौं उपत्यकाको हरियाली प्रवर्द्धन गर्ने, पानीका मूल बचाउने र जैविक विविधताहरूको रक्षा गर्ने कार्यमा पनि…

Read More