Author: महेन्द्रनगर पोष्ट

सप्तरी- हुलाकी सडकखण्डअन्तर्गत सप्तरीको राजगढ गाउँपालिका–५ मलेकपुरमा आज दुई मोटरसाइकल दुर्घटना हुँदा तीन जनाको घटनास्थलमा नै मृत्यु भएको छ । हनुमाननगर कङ्कालिनी नगरपालिका–३ बस्ने ३० वर्षीय पप्पु यादव, सोही ठाउँका २६ वर्षीय सन्दीप यादव र बुच्चु भनिने २५ वर्षका रञ्जीत यादवको मृत्यु भएको प्रहरी उपरीक्षक अविनारायण काफलले जानकारी दिए । सप्तरीको भारदहबाट पथरगाडातर्फ लागि जन्ती जाँदै गरेको प्रदेश १–०२४१ प २२९६ नम्बरको मोटरसाइकल र प्रदेश १–०२०४१ प ९५२४ नम्बरको मोटरसाइकल एकापसमा ओभरटेक गर्ने क्रममा ठोकिएका थिए । रासस

Read More

इस्लामाबाद- पाकिस्तानका नवनियुक्त प्रधानमन्त्री शेहबाज शरीफले निवर्तमान प्रधानमन्त्री इमरान खानलाई कडा सुरक्षा प्रदान गर्न अधिकारीहरूलाई निर्देशन दिएका छन् । निवर्तमान प्रधानमन्त्रीलाई प्रस्तावित सुरक्षाको सम्बन्धमा, आन्तरिक मन्त्रालयले खानको कडासुरक्षा सुनिश्चित गर्न सम्बन्धित अधिकारीहरूलाई पत्र जारी गरेको कुरा जनाएको छ । प्रभातका अनुसार मन्त्रालयले चार प्रान्तका गृह सचिवहरुलाई आजाद काश्मिर र गिल्गिट(बाल्टिस्टानका साथै आईजीपी र इस्लामाबादका प्रमुख आयुक्तलाई तत्काल पत्र पठाएको छ । उनीहरुले इमरान खानका लागि कडा सुरक्षा उपाय अपनाउन आग्रह गरेका थिए । प्रधानमन्त्री सरिफले आन्तरिक मामिलामन्त्री राणा सनौल्लाहलाई व्यक्तिगत रूपमा परिस्थितिको अनुगमन गर्न र आदेश कार्यान्वयन सुनिश्चित गर्न निर्देशन दिएका हुन् । ‘विशेष गरी इमरान खानको जनसहभागिता र भेलाका…

Read More

काठमाडौँ– आगामी जेठ २२ गतेदेखि गण्डकी प्रदेशमा हुने नवौँ राष्ट्रिय खेलकुदमा ३६ खेल समावेश गराइने भएको छ । शुक्रबार काठमाडौँमा बसेको राष्ट्रिय खेलकुद परिषद्को बोर्ड बैठकले नवौँ राष्ट्रिय खेलकुदमा ३६ खेल समावेश गर्ने निर्णय गरेको छ । त्यस्तै, ठेलो र क्यानोनिङ खेललाई प्रदर्शनी खेलका रूपमा राख्ने निर्णय भएको राखेपका सदस्य सचिव टंकलाल घिसिङले जानकारी दिए । बैठकले जेठ २२ देखि २८ सम्म हुने उक्त प्रतियोगिताका लागि निर्देशिका समेत पारित गरेको छ । राष्ट्रिय खेलकुदमा अनुमानित ६ हजार ८ सय खेलाडी, एक हजार प्रशिक्षक, ५ सय व्यवस्थापक, १ सय १४ संघ प्रतिनिधि र एक हजार निर्णायक रहने घिसिङले बताए । त्यस्तै,…

Read More

काठमाडौं- स्थानीय तहको निर्वाचनमा उम्मेदवारी दिन सार्वजनिक पद धारण गरेका व्यक्तिहरूले धमाधम राजीनामा दिन थालेका छन् । स्थानीय तहका वर्तमान जनप्रतिनिधिका साथै प्रदेश सांसद, निजामती कर्मचारी तथा शिक्षकले राजीनामा दिएका हुन् । स्थानीय तहको निर्वाचनमा बहालवाला जनप्रतिनिधिले पुनः उम्मेदवार बन्न मनोनयन दर्ता गर्दा राजीनामा दिनुपर्ने व्यवस्था निर्वाचन ऐनमा छ । आयोगले उक्त व्यवस्थाअनुसार आचार संहिता जारी गरेकामा त्यसविरुद्ध सर्वोच्च अदालतमा परेको रिट खारेज भएपछि राजीनामा अनिवार्य भएको हो । त्यस्तै निर्वाचन आचारसंहितामा सार्वजनिक पद धारण गरेका व्यक्तिले निर्वाचनमा उम्मेदवारी दिन पदबाट राजीनामा दिनुपर्ने स्पष्ट व्यवस्था भएकाले जनप्रतिनिधिबाहेकका व्यक्तिले पनि राजीनामा दिएका हुन् । सार्वजनिक पद धारण गरेका व्यक्तिको राजीनामा स्वीकृत…

Read More

काठमाडौं- सरकारले स्थानीय तह निर्वाचन आचारसंहिता जारी भइसकेको अवस्थामा ‘व्यक्ति’लाई लक्षित गर्दै सशस्त्र प्रहरी नियमावली संशोधन गरी ३० वर्षे सेवा अवधिको प्रावधान हटाई ३२ वर्ष बनाउन गृहकार्य थालेको छ । सशस्त्र प्रहरी महानिरीक्षक पुष्पराम केसीको ३० वर्षे सेवा अवधि यही १८ वैशाखमा सकिनै लाग्दा उनलाई प्रत्यक्ष लाभ पुग्नेगरी त्यसअगावै नियमावली संशोधन गर्नेगरी गृहकार्य अघि बढाइएको स्रोतको दाबी छ । सेवा अवधि ३२ वर्ष पुर्याउँदा उनी थप दुई वर्ष महानिरीक्षक हुनेछन् । सरकारले ३० चैतमा उनलाई सशस्त्र प्रहरी महानिरीक्षक नियुक्त गरेको थियो । उनी १९ वैशाख २०४९ मा प्रहरी सेवामा आएका थिए । दुई वर्ष थप भएको अवस्थामा उनी १८ वैशाख…

Read More

काठमाडौं- हाल देशमा पश्चिमी वायुको न्यून चापीय प्रणालीको सामान्य प्रभावका साथै स्थानीय वायुको प्रभाव रहेको छ। जसले गर्दा मौसममा बदली भइरहेको छ । हाल गण्डकी प्रदेश र प्रदेश नं २ का पहाडी भू–भागमा आंशिक बदली र बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार शनिबार देशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने छ। देशका पहाडी भू–भागका थोरै स्थानमा मेघ गर्जन/चट्याङसहित क्षणिक÷हल्का वर्षाको सम्भावना रहेको छ।

Read More

जुम्ला- जुम्लाको तिला गाउँपालिकाका–३ कुडारी सार्की वाडामा गए राति आगलागी हुँदा चार बालबालिकाको मृत्यु भएको छ । आगलागीबाट मानसिंह सार्कीका दुई छोरी, एक छोरा र एक भान्जीको मृत्यु भएको छ । मृत्यु हुनेमा सार्कीका छोरीहरू ११ वर्षीया अनु र तीन वर्षीया दर्शना तथा एक वर्षीय छोरा दीपेश र भान्जी १४ वर्षीया तिर्सना सार्की रहेको जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी प्रमुख नायब उपरीक्षक नरेन्द्र चन्दले राससलाई जानकारी दिए । “आगलागीबारे राति ११ः४५ बजे हामीलाई जानकारी भयो”, प्रहरी नायब उपरीक्षक चन्दले भने, “सूचना पाउने बित्तिकै जिल्लाबाट प्रमुख जिल्ला अधिकारी विजयाकुमारी प्रसाईसहितको टोलीले त्यहाँ पुगेर आगो नियन्त्रणमा लियो ।” आगलागीबाट घरको दोस्रो र…

Read More

सर्लाही- सर्लाहीमा राजीनामा दिएका एक वडाध्यक्षले वडा सचिवलाई कुटपिट गरेको छन् । जिल्लाको बलरा नगरपालिका ७ का वडाध्यक्ष अवधेश मण्डलले शुत्रबार आफ्नै वडाका सचिव रामेश्वर पण्डितलाई कुटेका हुन् । वडाध्यक्ष पदबाट राजीनामा दिएर वडाका समान बुझाउने क्रममा विवाद भएपछि वडाध्यक्ष मण्डलले सचिवलाई कुटेको नगर प्रमुख अभयकुमार सिंहले जानकारी दिए । उनका अनुसार उनीहरूबीच बरबुझारथका विषयमा विवाद भएको थियो । वडाध्यक्ष मण्डलले बिहीबार बझबुझारथ गरेको कागजातमा हस्ताक्षर गर्न आग्रह गरेको सचिव पण्डितले सही नमान्दा विवाद भएको हो । त्यसक्रममा वडाध्यक्षले सचिवको टाउकोमा कुर्सी प्रहार गर्दा उनको टाउकोमा गम्भीर चोट लागेको बताइएको छ । उनको टाउकोमा १२ वटा टाँका लगाइएको छ ।…

Read More

काठमाडौं- सशस्त्र प्रहरी महानिरीक्षक पुष्पराम केसीले संयुक्त राष्ट्रसंघको अनुरोधमा शान्ति स्थापनार्थ युनाइटेड नेशन्स मिशन इन साउथ सुडानमा जान लागेको एपीएफ टोलीको विदाई गरेका छन् । महानिरीक्षक केसीले नेपाल फर्म्ड पुलिस युनिट (एफपीयू) वान जुवामा कार्यरत सातौं डफ्फालाई बदली गर्न त्यसतर्फ खटिई जान लागेको टोलीलाई शुक्रबार सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालयमा बिदाई गरेका हुन् । त्यसअवसरमा उनले सुडातर्फ खटिने टोलीलाई शुभकामना तथा बधाई दिए । उनले सशस्त्र प्रहरी कर्मचारीहरुले चेन अफ कमाण्ड, अनुशासन र सामुहिक भावनाकासाथ राष्ट्र र संगठनको नाम उच्च रहने गरी सो राष्ट्रको नियम कानुनको पालन गर्दै जिम्मेवारी निर्वाहमा जुट्ने विश्वास समेत व्यक्त गरे । महानिरीक्षक केसीले सो…

Read More

काठमाडौँ- नेपाल प्रहरीले चार प्रदेशका प्रहरी प्रमुख (डीआइजी)को सरुवा गरेको छ । प्रहरी प्रधान कार्यालयले शुत्रबार चार प्रदेशका प्रहरी प्रमुख (डीआईजी) हरूलाई सरुवा गर्दै ती प्रदेशहरूमा हालै डीआईजीमा बढुवा भएका चार जनालाई पदस्थापन गरेको हो । बढुवा भएका डीआईजी नलप्रसाद उपाध्यायलाई लुम्बिनी, मोहनकुमार आचार्यलाई सुदूपश्चिम, मसाउद आलम खाँलाई मधेश प्रदेश र राजेन्द्रप्रसाद चौधरीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा पदस्थापन गरिएको छ । साथै अन्य पाँच डीआईजीको सरुवासमेत गरिएको छ । जसअनुसार बाग्मती प्रदेशमा डीआईजी पूजा सिंहको सरुवा भएको छ । बाग्मती प्रदेशका डीआईजी प्रकाशजंग कार्की सेवा निवृत हुने भएपछि उनलाई प्रहरी प्रधान कार्यालयमा ल्याइएको छ । त्यस्तै पुरुषोत्तम कडेललाई सीआईबी, मुकुन्दराज…

Read More