Author: महेन्द्रनगर पोष्ट

काठमाडौं – नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । आइतबारको तुलनामा आज सोमबार सुनको मूल्य प्रतितोला २०० रुपैयाँले घटेको हो । आइतबार प्रतितोला एक लाख ३०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज सोमबार प्रतितोला १ लाख १०० रुपैयाँमा कारोबार हुने सुनचाँदी व्यवसाय महासङ्घले जनाएको छ । हिजो प्रतितोला ८०० रुपैयाँले बढेको थियो । महासङ्घका अनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला ९९ हजार ६०० रुपैयाँ रहेको छ । यस्तै चाँदीको मूल्य भने स्थिर रहेको छ । हिजो आइतबार प्रतितोला १ हजार ३६५ रुपैयाँमा कारोबार भएको चाँदी आज पनि सोहि मूल्यमा कारोबार हुने महासङ्घले जनाएको छ ।

Read More

भक्तपुर – भक्तपुरको बिस्का जात्राका क्रममा ढुङ्गा हानाहान भएको छ । सो झडपमा २० जनाभन्दा बढी घाइते भएका छन् । सोमबार राति भैरवनाथको रथ तान्ने क्रममा झै झगडा हुँदा २० जना घाइतेभएका हुन् । जात्राको क्रममा राति पौने ९ बजेबाट ढुङ्गा हानाहान भएको थियो । जात्राको क्रममा सयौँ युवाहरू डोरीको सहायताले जोडतोडका साथ तान्ने गर्छन्। यो क्रममा राति झै झगडा भएको हो। भक्तपुरको विस्का जात्रा वैशाख ५ गतेसम्म चल्ने छ ।

Read More

बनियानी – झापाको बिर्तामोड नगरपालिका–२ स्थित रामचोकमा गए राति ट्रकको ठक्करबाट एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बिर्तामोड–२ का २९ वर्षीय सम्यम बजगाईं रहेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायब उपरीक्षक वसन्त पाठकले जानकारी दिए । पूर्वपश्चिम राजमार्गमा पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको ना ६ ख ६४५५ न। को ट्रकले विपरीत दिशाबाट जाँदै गरेको बा १५ प ८२०२ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो । दुर्घटनामा मोटरसाइकलमा सवार बजगाईं गम्भीर घाइते भएका थिए । घाइते उनको बिर्तामोडस्थित बीएण्डसी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको थियो । मोटरसाइकल र ट्रक इलाका प्रहरी कार्यालय अनारमनीको नियन्त्रणमा रहेको छ भने ट्रक चालक फरार भएकाले…

Read More

काठमाडौं । पाँच दलीय गठबन्धनले गठन गरेको निर्वाचन तयारी तथा अनुगमन समितिको बैठक आज पनि बस्ने भएको छ । कांग्रेस नेता रामचन्द्र पौडेल नेतृत्वको पाँच दलीय चुनावी संयन्त्रको बैठक बस्न लागेको हो । स्थानीय तह निर्वाचनमा तालमेलको निर्णय गरेका सत्ता गठबन्धन आबद्ध दलहरुले आज तालमेलको मोडालिटी सार्वजनिक गर्ने तयारी गरेका छन्। आज बिहान बस्ने गठबन्धनका शीर्ष नेता र निर्वाचन परिचालन तथा अनुगमन समितिको बैठकले भागवण्डाको मोडालिटी तय गरेर सार्वजनिक गर्ने तयारी गरेको हो। हिजो बसेको निर्वाचन परिचालन तथा अनुगमन समिति बैठकमा देशभरका पालिकामा पार्टीहरूको शक्ति सन्तुलनको प्रारम्भिक रिपोर्टिङ लिए पछि आज शीर्ष नेताहरूसमेत सहभागी भएर छलफल गर्न लागिएको समितिका संयोजक…

Read More

धनगढी – कैलालीमा एक महिलाले धारीलो हतियार प्रहार गरी श्रीमानको हत्या गरेकी छन् । कैलालीको मोहन्याल गाउँपालिका–१ की ३२ वर्षीया फूमा थापा मगरले घरायसी विवादका क्रममा ४३ वर्षीय श्रीमान नारायण थापामगरको हँसियले हानेर हत्या गरेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) वेदप्रकाश जोशीले बताए । डीएसपी जोशीका अनुसार आज (सोमबार) बिहान मैले श्रीमानको हत्या गरे भन्दै फूमा स्वयंम् इलाका प्रहरी कार्यालय पण्डौनमा उपस्थित भएपछि घटनाबारे थाहा भएको हो । फूमाले प्रहरीलाई बताएअनुसार विगतदेखि नै उनीहरुबीच विवाद हुने गरेको थियो । घटनाको थप विवरण अनुसन्धानबाट मात्र खुल्ने प्रहरी नायब उपरीक्षक जोशीले बताए ।

Read More

कैलाली- धनगढीस्थित कैलाली बहुमुखी क्याम्पसमा तालाबन्दी गरिएको छ । कैलाली बहुमुखी क्याम्पसमा अध्ययनरत एमबिबिएसका विद्यार्थीहरुले तालाबन्दी गरेका हुन् । परीक्षा मिति सार्न माग गर्दै विद्यार्थीहरुले क्याम्पसको पुस्तकालयमा तालाबन्दी गरेका छन् । प्रशासनले आफ्रनो मागबारे पहल नगरे आन्दोलन गर्ने उनीहरुले चेतावनी दिएका छन् ।

Read More

काठमाडाैं – गृहमन्त्री बालकृष्ण खाँणले सरकारले व्यवसायीलाई राज्यले सम्मान गर्नुपर्ने बताएका छन् । नेपालका यातायात व्यवसायीहरुको छाता सङ्गठन नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घको छैटौँ राष्ट्रिय महाधिवेशनको आज उद्घाटन गर्दै उनले नेपालको अर्थतन्त्रमा महत्वपूर्ण भूमिका खेल्ने व्यवसायीलाई राज्यले सम्मान गर्नुपर्ने बताएका हुन् उनले कुनै पनि व्यवसायलाई प्रोत्साहन, संवद्र्धन र सुरक्षा गर्ने दायित्व सरकारको भएको बताउदै सरकारले लगानीको सुरक्षा गर्ने बताए ।

Read More

चितवन- आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि यतिखेर भरतपुर महानगरले सबैको ध्यान आकर्षित गरिरहेको छ । देशभरिबाट राजनीतिक रुपमा भरतपुरको प्रमुख ९मेयर० को बन्छ भनेर भरतपुरलाई हेरिरहँदा यहाँका जनताको अपेक्षा भने फरक छ । यहाँका जनताको अपेक्षा भने सुशासन, पूर्वाधार, रोजगारी, शिक्षा र स्वास्थ्यमा सहज पहुँच, कृषि उत्पादनमा अनुदान, व्यवस्थित बसोबास, पर्यटन प्रबद्र्धन, दिगो आर्थिक विकास जस्ता विषय जनताको चासोका विषय बनेका छन् । चितवन मेडिकल कलेजका अध्यक्ष एवं प्रबन्ध निर्देशक प्रा डा हरिश्चन्द्र न्यौपाने शिक्षा र स्वास्थ्य निःशुल्क गर्नेतर्फ लाग्नुपर्नेमा जोड दिनुहुन्छ । हुँदै नहुनेले शिक्षा र स्वास्थ्य निःशुल्क रुपमा पाउनुपर्ने भन्दै उहाँले हुनेखानेले सहज र…

Read More

म्याग्दी- गत शनिबार परेको असिना पानीका कारण म्याग्दीको रघुगङ्गा गाउँपालिका–४ दग्नाममा विद्युत् सेवा अवरुद्ध हुँदा तीन दिनदेखि गाउँ अन्धकारमय बनेको छ भने बेनी नगरपालिका–२ बगरफाँटमा मुहान र पाइपलाइनमा क्षति पुग्दा तीन दिनदेखि खानेपानीको समस्या भएको छ । दग्नाममा हावाहुरीसहितको असिना पानीले विद्युत् पोलमा क्षति प¥याएपछि तीन दिनदेखि गाउँ अन्धकारमय बनेको स्थानीय गुन पुनले जानकारी दिनुभयो । उहाँका अनुसार विद्युत् पोल र लाइनमा क्षति पुगेकाले मर्मत कार्य जटिल हुँदा तीन दिनदेखि गाउँमा मोबाइल चार्ज गर्न, बत्ती बाल्न, कुटानी पिसानी गर्न र विद्यार्थीलाई नजिकिँदै गरेको एसइईलगायत विद्यालय तहका परीक्षाको तयारी गर्न समस्या उत्पन्न भएको छ । यसैगरी बेनी–२ बगरफाँटमा बाढीले खानेपानीको मुहान…

Read More

नेपालगञ्ज- नेपालगञ्जको बिपी चोक नजिक गएराति कारले ठक्कर दिँदा तीन जना पैदलयात्रीको मृत्यु भएको छ । प्रदेश ३–०१–२३ च ८४८१ नम्बरको कारले ठक्कर दिँदा नेपालगञ्ज ११ निवासी ६५ वर्षीया समिना इद्रिसी, पाँच वर्षीय कसिम इद्रिसी र अलि इद्रिसीको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेका प्रमुख प्रहरी निरीक्षक हिमालय शाहले जानकारी दिनुभयो । उहाँका अनुसार सडकमा हिँडिरहेका तीनै जनालाई कारले ठक्कर दिएको थियो । कारको ठक्करबाट गम्भीर घाइते भएका उनीहरुलाई त्यहीँ कारमा राखेर चालकले शिक्षण अस्पताल नेपालगञ्ज पु¥याएका थिए । १५ मिनेटपछि नै उनीहरुलाई अस्पतालले मृत घोषणा गरेको थियो । प्रहरीले कार चालक नेपालगञ्ज उपमहानगरपालिका–१० निवासी २८ वर्षीय इन्द्रबहादुर थापालाई…

Read More