Author: महेन्द्रनगर पोष्ट

पोखरा – लेखनाथ महोत्सवमा रु ६ करोड ४५ लाखको कारोबार भएको छ । गत फागुन २६ गतेदेखि सञ्चालित १७ औँ संस्करणको सो महोत्सवमा दुई लाख २० हजार दर्शकले अवलोकन गरेको लेखनाथ उद्योग वाणिज्य सङ्घका अध्यक्ष एवं महोत्सव मूल आयोजक समितिका संयोजक छत्रधर आत्रेयले जानकारी दिए । महोत्सव सोमबार सम्पन्न भएको छ । सो अवसरमा गण्डकी प्रदेशका पर्यटन, उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मणिभद्र शर्माले व्यापारिक मेला महोत्सवले आर्थिक समृद्धिमा टेवा पुग्ने बताए । व्यापारिक मेलाले क्रेता र विक्रेताका बीच वस्तु तथा सेवा र उत्पादनको बजारीकरणमा महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गर्दै उनले गण्डकी क्षेत्रमा सङ्घले बर्सेनि आयोजना गर्ने मेला नेपालकै उत्कृष्ट…

Read More

काठमाडौं – अभिनेत्री करिश्मा मानन्धर नेकपा एमालेमा प्रवेश गरेकी छन् । आज (मंगलबार) काठमाडौंको बबरमहलस्थित कार्की ब्याक्वेटमा आयोजित कार्यक्रममा एमाले अध्यक्ष केपी शर्मा ओलीले करिश्मालाई पार्टीमा स्वागत गरे । अभिनेत्री मानन्धरले आफुले एमाले पार्टी नै रोज्नुको मुख्री तीन कारण रगेको समेत खुलाइन् । उनले एमाले अध्यक्ष ओली भएकै कारण एमाले प्रवेश गरेको बताइन् । उनले एमाले पार्टीले प्रतिपक्षीको रूपमा समेत सशक्त रुपमा जनहितको लागि काम गरेको भन्दै एमाले प्रवेश गरेको बताइन् । मंगलबार नै विभिन्न पार्टी छाडेर एमाले प्रवेश गर्नेहरुलाई अध्यक्ष ओलीले स्वागत गरेका छन् ।

Read More

काठमाडौं – मिलिनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) परियोजनाअन्तर्गत् सब स्टेशन निर्माणका लागि नुवाकोटमा अधिग्रहण गरिएका घरजग्गा खाली गर्न सरकारले आग्रह गरेको छ । मिलिनियम च्यालेञ्ज एकाउन्ट नेपाल विकास समिति काठमाडौंले एक सूचना जारी गर्दै अधिग्रहण गरिएका घरजग्गा ३५ दिनभित्र खाली गर्न आग्रह गरेको हो । एमसीए–नेपालद्वारा निर्माण गर्न लागिएको ४०० केभी रातमाटे सब–स्टेसनका लागि आवश्यक जग्गा अधिग्रहण गर्न जग्गा प्राप्ति ऐन, २०३४ अनुसार जिल्ला प्रशासन कार्यालय, नुवाकोटबाट विभिन्न मितिमा सूचना प्रकाशन गरी मुआब्जालगायत क्षतिपूर्ति तथा पुनर्वास सहायता रकमहरू समेत निर्धारण भई सोको वितरण तथा जग्गाको लगत कट्टा एवं नामसारी समेत भइसकेको सूचनामा भनिएको छ । ‘ती अधिग्रहण गरिएका जग्गामा स्वीकृत कार्यक्रम…

Read More

रौतहट – रौतहटमा दुई छोराछोरीकी आमा बलात्कारको सिकार भएकी छिन्। स्थानीय फतुवा बिजयपुर नगरपालिका-२ सितलपुर घर भएकी हजाम थरकी उक्त महिला बलात्कारको सिकार भएकी हुन्। हजाम थरकी बुहारी अथवा २ छोराछोरीकी आमा २२ बर्षिया उक्त महिला गएराती साढे ८ बजे शौचालय गर्न घरछेउकै खेतमा गएकी थिइन् । रातको अंध्यारो खेतमा महिलालाई एक्लो हेरेर सोही ठाउँका २१ बर्षका रुपलाल पटेलले बलपूर्वक खेतमै पछारेर जबर्जस्तीकरणि गरेको प्रहरीले जनाएको छ। सो क्रममा पीडित महिलाले गुहार भन्दै होहल्ला गर्दा आरोपी पटेलले महिलाको गालालगायत केही स्थानमा दाँतले टोकेर भागेको ईलाका प्रहरी कार्यालय लक्षमिनियाले जनाएको छ। घटनालगत्तै प्रहरी टोलीले आरोपी पटेलको खोजतलास गर्दा उनी फरार भएका…

Read More

पोखरा – ‍ नेपाली आर्मीको क्याप्टेन भएको भन्दै विभिन्न व्यक्तिसँगै ठगी गरेको आरोपमा एक व्यक्ति पक्राउ परेका छन् । प्रहरीले ओखलढुंगा मानेभञ्ज्याङ घर भई हाल पोखरा महानगरपालिका वडा नं. १० बस्ने अर्जुन कटुवाल भनिने धनबहादुर परियारले आफूलाई नेपाली सेनाको क्याप्टेन रहेको र हाल मिसनको लागि विदेशमा रहेको, आफूसँग सेनाको ठूला ठूला मानिससँग चिनजान छ त्यसैले सिंगापुर पुलिस, नेपाली सेनाको सेकेण्ड लेप्टेन र सिपाही पदमा नोकरी लगाई दिन सक्छु फेसबुकमार्फत कुरा गरी करिब १० लाख ठगेको आरोपमा प्रहरीले मोटरसाइकलसहित पक्राउ गरेको हो । उनले फेसबुकमा कुराकानी गरी विश्वास दिलाई ३ जना व्यक्तिहरूबाट रु. ९,७५,१४०।– (नौ लाख पचहत्तर हजार एक सय चालिस)…

Read More

काठमाडौं – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर सशस्त्र द्वन्द्व (जनयुद्ध)का घाइते तथा अपांगता भएका व्यक्तिहरूको समस्या समाधानका लागि आग्रह गरेका छन् । आज बिहान (मंगलबार) वीर अस्पतालमा उपचारत काभ्रे महाभारत गाउँपालिका–६ का पूर्वजनमुक्ति सेनाका सेक्सन कमान्डर भक्त रानालाई भेटेका प्रचण्ड लगत्तै प्रधानमन्त्रीलाई भेट्न बालुवाटार पुगेका हुन्। देउवासँगको भेटमा प्रचण्डले अपांगता प्रतिशत निर्धारण तथा पुनरावलोकन कार्यविधि संशोधन गर्नुपर्ने, लगत संकलन कार्यदलमा सूचीकृत हुन छुटेकाहरूको सूचीकृत गर्ने, सुविधासहित गणतान्त्रिक सेनानीको परिचयपत्र र सम्मानपत्र वितरण गर्नुपर्ने विषयमा ध्यानाकर्षण गराएका छन् । त्यस्तै जनयुद्ध, जनआन्दोलन, मधेश आन्दोलन जनजाति आन्दोलनलगायत प्रगतिशील आन्दोलनमा शहीद भएकाहरूको परिवारलाई मासिक जीवन निर्वाह भत्ता…

Read More

काठमाडौं – पोखरा–१२ शितलादेवीमा घरजग्गा बिक्री गर्न नमानेको भन्दै छोराले आफ्नै आमाको हत्या गरेका छन्। घरमै सुतिरहेको अवस्थामा छोरा ओमबहादुर नेपालीले आफ्नी ६७ वर्षीया आमा नौमाया नेपालीको हत्या गर्न साथी कुमार गुरूङलाई एक लाख रुपैयाँ प्रस्ताव गरेको प्रहरीले अनुसन्धान गर्ने क्रममा खुलासा भएको छ । आमा सुतिरहेको कोठाको चुकुल खोलिदिएर मदिराले लठ्ठओमबहादुरले आमाको हत्या गर्न कुमारलाई घरभित्र पठाएका थिए। नौमायाको हत्यापश्चात् ओमबहादुरले एक लाख रुपैयाँ दिने प्रस्ताव गरेको कुमारले प्रहरी बयानमा स्वीकार गरेका छन्। कास्की प्रहरी प्रवक्ता डिएसपी सुन्दर तिवारीका अनुसार चैत ४ गते बिहान छोरा ओमबहादुरले नै आमाको हत्या भएको भन्दै प्रहरीलाई खबर गरेका थिए। छरछिमेकमा समेत आमाको हेरचाह…

Read More

कञ्चनपुर– कञ्चनपुरबाट आइतबार साँझ आफुलाई प्रहरी बताउने अज्ञात समुहले एक नेपालीलाई बन्धक बनाउँदै भारत लगेको खुलेको छ। कञ्चनपुरको बेतकोट नगरपालिका–७ स्थित आफ्नो ससुराली कञ्चनपुरमा बस्दै आएका कैलाली जानकी गाँउपालिका–६ जगतपुरका मिनबहादुर शाहलाई बन्धक बनाउँदै भारत पुर्याएइको खुलेको हो। उनलाई भारत लगेपनि सीमामा भने प्रहरीले समेत चाल पाएन् । स्कुटरमा आएका दुईजनाले आफूहरु प्रहरी भएको बताउँदै काम छ भन्दै मिनबहादुरलाई लगेर प्रहरी स्रोतले बतायो। प्रहरी हौं भन्दै लगेपछि आफन्तले प्रहरी कार्यालयमा सम्पर्क गर्दा उनी नभेटिएपछि अनुसन्धान सुरु गरिएको हो। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार घटनाबारे अनुसन्धान भइरहेको छ। प्रहरी स्रोतले भन्यो, ‘नेपाल प्रहरीको कुनै टोलीले उनलाई लगेको होइन। उनलाई लैजाने को…

Read More

काठमाडौं – चालु आर्थिक वर्ष २०७८/७९ को पहिलो आठ महिनामा विभिन्न देशबाट नेपालमा २८ अर्ब १७ करोड रुपैयाँ बढीको सुन भित्रिएको छ । २०७८ साउनदेखि फागुनसम्म २८ अर्ब १७ करोड ३२ लाख २७ हजार रुपैयाँ सुन नेपाल भित्रिएको हो । सो मूल्यमा ४ हजार ४४.५ केजी सुन नेपाल भित्रिएको भन्सार विभागले जनाएको हो । अघिल्लो आर्थिक वर्ष २०७७/७८ को सोही अवधिमा नेपालमा १६ अर्ब २८ करोड ३४ लाख ४२ हजार रुपैयाँको २ हजार ३ सय केजी सुन भित्रिएको थियो । चालु आर्थिक वर्षको पहिलो आठ महिनामा नेपालमा टर्की र युनाइटेड अरब इमिरेट्स (युएई)बाट मात्र सुन भित्रिएको छ । सो अवधिमा…

Read More

काठमाडौं – नेपाली बजारमा मंगलबार पहेलो धातु सुनको मुल्य बढेको छ । आज सुनको मुल्य एकैदिन ८०० रुपैयाँले बढेको छ हो । जसअनुसार सोमबार प्रतितोला ९९ हजार ५०० रुपैंयामा कारोबार भएको सुनको मूल्य आज १ लाख ३०० रुपैंयामा कारोबार हुने सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यस्तै, तेजावी सुनको मूल्य आज ९९ हजार ८०० रुपैंया रहेको छ । चाँदीको मूल्य पनि तोलामा २० रुपैंयाले बढेको छ । हिजो प्रतितोला १ हजार ३७५ रुपैंयामा कारोबार भएको चाँदीको मूल्य आज १ हजार ३९५ रुपैंया पुगेको महासंघले जनाएको छ

Read More