Author: महेन्द्रनगर पोष्ट

दार्चुला – गत साउन १५ गते महाकाली नदीको मालघाटस्थित तुइनबाट खसेर जयसिंह धामी वेपत्ता भएको घटना अझै सेलाएको छैन । गृह मन्त्रालयका सहसचिव जनार्दन गौतम नेतृत्वको समितिले दोस्रो पटक म्याद थप गरेर अनुसन्धान ग–यो, तर दोषी माथि कारवाही अझै भएन । यसबीच महाकालीमा धेरै पानी बगिसक्यो तर धामीकी पत्नीको पीडा कम भएको छैन् । उनी न्यायको खोजीमा प्रशासन धाइरहेकी छन् । भारतीय सीमा सुरक्षा बल एसएसबीले तुइनको लठ्ठा खुस्काएर धामीलाई महाकालीमा खसालेको प्रत्यक्षदर्शी कल्याण धामीलगायतले बयान दिएका थिए । तर, अहिलेसम्म सत्यतथ्य बाहिर नल्याएको भन्दै धामीकी पत्नी राजन्ती बुधवार पनि जिल्ला प्रशासन कार्यालय दार्चुलामा पुगेकी छन् । ‘सत्यतथ्य बाहिर ल्याएर…

Read More

काठमाडौं – प्रधानमन्त्री शेरबहादुर देउवा बिहीबार तनहुँ जाने भएका छन् । जिल्लाका विभिन्न ठाउँमा आयोजना हुने कार्यक्रममा सहभागी हुन उहाँ तनहुँ जान लागेका हुन् । प्रधानमन्त्री देउवाले तनहुँको ऋषिङ गाउँपालिका–१ झापुटारमा निर्माणाधीन १४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाको निरीक्षण गर्ने कार्यक्रम रहेको प्रमुख जिल्ला अधिकारी विश्वप्रकाश अर्यालले जानकारी दिए । राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको जलविद्युत् आयोजनाको निरीक्षणपश्चात् प्रधानमन्त्री देउवाले निर्देशन दिने कार्यक्रम छ । त्यसपछि प्रधानमन्त्री देउवा नेपाली कांग्रेस तनहुँको पार्टी कार्यालयमा आयोजित कार्यक्रममा सहभागी हुनेछन् ।

Read More

दीपायल – प्रधानसेनापति प्रभुराम शर्माले नेपाली सेनाको साङ्गठनिक संरचना परिवर्तन भए पनि मूल नीति, मर्म, क्षमता, भूमिका र सैनिक क्रियाकलापमा भने फरकपन नरहेको बताएका छन् । यहाँस्थित ५ नं वाहिनी राजपुर ब्यारेकमा आज आयोजित भूतपूर्वसैनिक सम्मेलनको उद्घाटन गर्दै उनले नेपालको स्वाधीनता र नेपाली जनताको सुरक्षामा सेनाले दत्तचित्त भएर काम गर्दै आएको स्पष्ट पारे । सेनाले अघिल्लो वर्षदेखि पृतना संरचनालाई परिवर्तन गरी कमान्ड अवधारणालाई अघि बढाएको थियो । प्रधान सेनापति शर्माले भने, ‘संविधानले दिएको जिम्मेवारी बहन गर्न सङ्गठन तयार छ । सेनाले भूपूलाई माटो र समाज सुहाउँदो क्रियाकलाप गर्न कल्याणकारी कोषमार्फत सक्दो सहयोग प्रदान गर्दै आएको छ । तपाईंहरुले ज्ञान र…

Read More

कपिलवस्तु – गृहमन्त्री बालकृष्ण खाँणले देशको सुरक्षाका लागि सशस्त्र प्रहरी अब्बल रहेको बताएका छन् । सशस्त्र प्रहरीको स्थापनापछि नेपालमा शान्तिसुरक्षा कायम भएको बताउदै कोभिडको समयमा सशस्त्र प्रहरीले गरेको कामप्रति उच्च मूल्याङ्कन गरिएको बताए । कपिलवस्तुको शिवराज नगरपालिका–५ चन्द्रौटामा सशस्त्र प्रहरीबल नेपाल नं ५ विन्ध्यावासिनी वाहिनी मुख्यालयको उद्घाटन गर्दै खाँणले सशस्त्र प्रहरीमा लामो समयदेखि रोकिएको बढुवा व्यवस्थापनका लागि सरकारले तयारी गरिरहेको बताए । सशस्त्र प्रहरीको अवकाशपछि पनि आत्मनिर्भर बनाउनका लागि सरकारले योजना ल्याउने तयारी गरेको उनले जानकारी गराए । कार्यक्रममा सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले राष्ट्र राष्ट्रिय अखण्डताको रक्षा गर्न सशस्त्र प्रहरी सधैँ तत्पर रहेको बताए । उनले सीमा क्षेत्रमा शान्तिसुरक्षाको…

Read More

विराटनगर – एक महिला प्रहरीको ज्यान जाने गरी मोरङको लेटाङमा भएको घटनाको छानविन गर्न प्रदेश १ प्रहरी कार्यालयले प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) राजेन्द्र प्रसाद चौधरीको नेतृत्वमा ५ सदस्यीय समिति गठन गरेको छ । प्रदेश प्रहरी कार्यालयका प्रमुख डिआइजी अरुण बिसीका अनुसार घटनाको छानविन गर्न चौधरीको नेतृत्वमा ५ सदस्यीय समिति निर्माण गरिएको हो । उक्त समितिले समग्र अनुसन्धान गरेर दोषी पत्ता लगाउने बिसीको भनाइ छ । चौधरी १ नम्बर प्रदेश प्रहरी कार्यालय, अपराध नियन्त्रण तथा अनुसन्धान महाशाखाका प्रमुख हुन् । ‘यत्रो ठूलो घटना भएको छ, प्रहरी जवानको नै मृत्यु भएको छ, हामी केही न केही छानविन गर्छौं,’ बिसीले भने । आइतबार दिउँसो भएको…

Read More

काठमाडौं – नेपाल खेलकुद पत्रकार मञ्चले नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान पारस खड्कालाई दशक खेलाडी अवार्डबाट सम्मानित गरेका छन् । मंगलबार प्रज्ञा प्रतिष्ठान कमलादीमा आयोजना गरेको भब्य कार्यक्रमबीच पारसलाई पुरुषतर्फ ‘एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड-२०७७’को दशक खेलाडी अवार्ड प्रदान गरेको हो । अवार्डसँगै पारसले पल्सर मोटरसाइकल प्राप्त गरे । त्यस्तै नेपाली महिला फुटबल खेलाडी सावित्रा भण्डारी दशक खेलाडी अवार्डबाट सम्मानित भएकी छन् ।

Read More

हेटौंडा –  हेटौंडामा श्रीमतीको कुटाइबाट श्रीमानको ज्यान गएको छ । हेटौंडा-३ जम्बोमा श्रीमतीको कुटाइबाट श्रीमान्‌को ज्यान गएको प्रहरीले जनाएको छ । मंगलबार साँझ घरायसी विवादका क्रममा ४१ वर्षीय अनिता विकको कुटाइबाट उनका श्रीमान् ४३ वर्षीय मित्रलाल सुनारको मृत्यु भएको हो । श्रीमतीको कुटाइबाट घाइते सुनारको उपचारको क्रममा हेटौंडा अस्पतालमा मृत्यु भएको मकवानपुर प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक जयश्वर रिमालले बताए । श्रीमतीलाई मकवानपुर प्रहरीले नियन्त्रणमा लिएको छ ।

Read More

काठमाडौं – नेपाली बजारमा बुधबार पहेलो धातु सुनको मुल्य घटेको छ । आज सुनको मुल्य एकैदिन ११०० रुपैयाँले घटेको हो । जसअनुसार मंगलबार प्रतितोला १ लाख ३०० रुपैंयामा कारोबार भएको सुनको मूल्य आज ९९ हजार २०० रुपैंयामा कारोबार हुने सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । चाँदीको मूल्य पनि तोलामा २५ रुपैंयाले घटेको छ । हिजो प्रतितोला १ हजार ३९५ रुपैंयामा कारोबार भएको चाँदीको मूल्य आज १ हजार ३७० रुपैंया पुगेको महासंघले जनाएको छ

Read More

काठमाडौं – नेपाली बजारमा मंगलबार पहेलो धातु सुनको मुल्य घटेको छ । आज सुनको मुल्य एकैदिन ११०० रुपैयाँले घटेको हो । जसअनुसार मंगलबार प्रतितोला १ लाख ३०० रुपैंयामा कारोबार भएको सुनको मूल्य आज ९९ हजार २०० रुपैंयामा कारोबार हुने सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । चाँदीको मूल्य पनि तोलामा २५ रुपैंयाले घटेको छ । हिजो प्रतितोला १ हजार ३९५ रुपैंयामा कारोबार भएको चाँदीको मूल्य आज १ हजार ३७० रुपैंया पुगेको महासंघले जनाएको छ

Read More

काठमाडौं – निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन (प्याब्सन) नेपालको १५औँ राष्ट्रिय महाधिवेशन काठमाडौँमा सुरु भएको छ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले आज महाधिवेशनको उद्घाटन गर्नुभएको हो । आगामी तीनवर्षे कार्यकालका लागि नयाँ नेतृत्व चयन हुने यस महाधिवेशनमा वर्तमान सहअध्यक्ष डिके ढुङ्गाना भावी अध्यक्षमा निर्विरोध भइसक्नुभएको छ भने अन्य केही पदमा पनि निर्विरोध चयन भएका छन् । प्याब्सनमा २७ पदाधिकारी र ३९ सदस्यसहित ६६ जनाको केन्द्रीय कार्यसमिति हुनेछ । महाधिवेशनमा दुई हजार ३०० प्रतिनिधि सहभागि छन् ।

Read More