Author: महेन्द्रनगर पोष्ट

धनगढीः धनगढीमा प्रहरीले ५० हजार मूल्यका भन्सार छलीका सामान बरामद गरेको छ । धनगढी उपमहानगरपालीका–२ मिलनचोकमा भारतबाट भन्सार छल ल्याएका कुर्ति, आईसक्रिम डण्डा बरामद गरिएको प्रहरीले जनाएको छ । बरामद गरेका सामान बेवारिसे अवस्थामा फेला पारेको प्रहरीले जनाएको छ ।

Read More

काठमाडौँ: स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सात सय ५३ वटै स्थानीय तह र देशका सबै अस्पताललाई कूल शय्याको १० प्रतिशत छुट्याइ विपन्न, असहाय, बेवारिसे बिरामीको निःशुल्क उपचार गराउन निर्देशन दिएको छ । मन्त्रालयका उपसचिव एकदेव खनालले सात सय ५३ वटै स्थानीय तह र सबै सरकारी, सामुदायिक तथा निजी अस्पताललाई आज छुट्टाछुट्टै पत्राचार गरी कूल शय्याको १० प्रतिशत विपन्न, असहाय, बेवारिसे बिरामीका लागि शय्या छुट्याइ निःशुल्क उपचारको व्यवस्था गराउन निर्देशन दिएका हुन् । यसअघि मन्त्रालयले दुई पटक ती अस्पताललाई निःशुल्क उपचार गर्न गराउन निर्देशन दिइसकेको छ । स्थानीय तहलाई निःशुल्क उपचारको व्यवस्थामा समन्वय गरिदिन हुन निर्देशन दिइएको छ । पत्रमा ऐन तथा…

Read More

बैतडी: बैतडीमा भिरबाट लडेर एक किशोरको मृत्यु भएको छ । जिल्लाको मेलौली नगरपालिका-५ का १९ वर्षीय प्रेम कलौनीको भिरबाट लडेर मृत्यु भएको हो । उनको अर्जुन अदल्लेको भिरबाट लडेर मृत्यु भएको बताइएको छ । प्रहरीले घटनाबारे अनुसन्धान भइरहेको बताएको छ ।

Read More

काठमाडौं: विपक्षी दलहरुको अवरोधका कारण संसद बैठक सोमवारका लागि सरेको छ । आइतवार एक घण्टाका लागि स्थगित भएको संसद बैठक अब सोमबार विहान ११ बजे बस्ने संसद सचिवालयले सूचनामार्फत जानकारी दिएको हो । आइतबार बैठक सुरु हुनासाथ नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी र राप्रपाका सांसदहरुले नागरिकता विधेयक राष्ट्रपतिले प्रमाणीकरण गरेकोमा विरोध गरेका थिए । विपक्षी दलका सांसदहरुले आआफ्नो स्थानमा उठेर नाराबाजी गरेपछि सभामुखले एक घन्टाका लागि बैठक स्थगित गरेका थिए । बैठक स्थगित भएपछि सभामुखको कार्यकक्षमा भएको छलफलमा पनि दलहरुबीच सहमति जुट्न नसकेपछि भोलिसम्मका लागि बैठक स्थगित भएको हो ।

Read More

नवलपुर: मध्य नेपालकै प्रमुख नदी नारायणीमा सञ्चालनमा आएको नेपालकै पहिलो क्रुजसीपले व्यावसायिक यात्रा प्रारम्भ गरेसँगै यस क्षेत्रमा पर्यटक आगमन वृद्धि भएको छ । क्रुजसीपका कारण नवलपुर र चितवनमा आउने पर्यटकको सङ्ख्यामा वृद्धि भएको होटल व्यवसायी बताउँछन् । गैँडाकोटको एलो हाउस रिसोर्टका सञ्चालक चीरञ्जीवी सिग्देल आफ्नो रिसोर्टमा आउने पर्यटकले क्रुजसीप चढ्न जाने गरेको बताउँछन् । “नारायणी नदीमा क्रुजसीप सञ्चालनमा आएपछि गैँडाकोटमा आन्तरिक पर्यटकको चहलपहल बढेको छ” उनी भन्छन्, “केही पर्यटक घुम्न आएका बेला क्रुजसीप जाने गरेका छन् भने केही भने क्रुजसीप चढ्नकै लागि मात्र आउने गरेका छन् ।” क्रुजसीप सञ्चालक संस्था राइनो वाटर इन्टरटेनमेन्ट प्रालिका व्यवस्थापक विक्रम बस्याल दैनिक तीन चरणमा…

Read More

एजेन्सी: भारतको ओडिसामा रेल दुर्घटनामा परेकाहरूको उद्धार कार्य पूरा भएको छ । ओडिसामा शुक्रवार बेलुका भएको दुर्घटनामा अहिलेसम्म २ सय ८८ जनाको ज्यान गएको छ । आठ सय जनाभन्दा धेरै घाइते भएका छन् । दुर्घटनास्थलमा फसेका सबै यात्रु तथा घाइतेलाई त्यहाँबाट निकालिएको उद्धारकर्मीले बताएका बीबीसी हिन्दीले जनाएको छ । उद्धारको काम सकेर दुर्घटनास्थलमा पुनर्निर्माणको काम सुरु भएको रेल मन्त्रालयले जनाएको छ । दुई वटा रेल एकआपसमा ठोक्किएका थिए । ती रेलमा झण्डै दुई हजार जना यात्रु थिए । हिजो प्रधानमन्त्री नरेन्द्र मोदीले घटनास्थलको भ्रमण समेत गरेका थिए । त्यसक्रममा उनले घटनामा दोषी पाइएकालाई कडा सजाय दिइने प्रतिबद्धता जनाएका छन् ।…

Read More

अछाम: अछाममा एक जना ओभरसियर मृत भेटिएका छन् । पूर्वाधार विकास कार्यालय अछाममा कार्यरत ओभरसियर शमसेर खड्का मृत भेटिएको हुन् । जिल्लाको चौरपाटी गाउँपालिका वडा नम्बर ३ चिरकाट्यामा ३५ वर्षीय खड्का मृत भेटिएको प्रहरीले जानकारी दिएको छ । रुखमा झुन्डिएको अवस्थामा उनको शव भेटिएको जिल्ला प्रहरी कार्यालय अछामका प्रमुख प्रहरी नायव उपरीक्षक नारायण डाँगीले बताएका छन् । उनी पूर्वाधार र विकास कार्यालय अछाममा करारमा ओभरसियर पदमा कार्यरत रहेको बुझिएको छ । घटनाबारे अनुसन्धान गर्न प्रहरी टोली घटनास्थलमा खटिएको छ ।

Read More

धनगढीः कैलालीमा लागुऔषधसहित दुई जना पक्राउ परेका छन् । धनगढी उपमहानगरपालिका र टीकापुर नगरपालिकाबाट दुई जना पक्राउ परेका हुन् । धनगढी–३ त्रिनगर ब्यारेलबाट ४ सय ९० मिलिग्राम लागुऔषधसहित गोदावरी नगरपालिका–५ का १७ वर्षीय किशोर पक्राउ परेका छन् । त्यस्तै, टीकापुर–९ खक्रौलाबाट पनि ४ सय ९० मिलिग्राम लागुऔषधसहित जानकी गाउँपालिका–९ पूर्वि खैरीफाँटाका २५ वर्षीय सागर कडारा पक्राउ परेका छन् । प्रहरी चौकी कालाकुण्डाबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेका उनलाई लागुऔषधसहित पक्राउ गरेको हो ।

Read More

धनगढी: शिक्षा क्षेत्रमा विशिष्ट पहिचान बनाउन सफल काठमाडौं वल्ड स्कुलले नेपाल टुर कार्यक्रम अन्तगर्त सुदूरपश्चिमको धनगढी र महेन्द्रनगरमा कार्यक्रम गर्ने भएको छ। जेठ २८ गते आइतबार धनगढीको जलशा होटल र महेन्द्रनगरको ओपेरा होटलमा स्कुलले अभिभावक, विद्यार्थी, शिक्षाप्रेमी, शिक्षक, उद्योगी, व्यवसायी तथा सञ्चारकर्मीहरुको सहभागितामा उक्त शैक्षिक कार्यक्रम गर्न लागिएको हो। अबको शिक्षा कस्तो हुनुपर्छ रु भन्ने विषयमा सो कार्यक्रम आयोजना गर्न लागिएको हो। सो कार्यक्रममा स्कुलका चियरमेन इ.डा.मिथिलेश कुमार झा तथा प्रिन्सिपल केशरबहादुर खुलाललगायतका व्यक्तिहरुको उपस्थिति रहनेछ। कार्यक्रममा शिक्षाको विषयमा उनीहरुले प्रशिक्षात्मक प्रस्तुती राख्ने कार्यक्रमसमेत छ। काठमाडौंको विशिष्ट स्कुलका रुपमा स्थापित काठमाडौं वल्ड स्कुलले पछिल्ला दिनहरुमा बहुउपयोगी शिक्षाका लागि काठमाडौंबाहिर जानुपर्ने…

Read More

धनगढीः सुदूरपश्चिम प्रदेश सरकार अहिले बजेटको पूर्व सन्ध्यामा छ। त्यहीँ मेलोमेसोमा प्रदेशको अस्थायी मुकाम धनगढीमा बिचौलियाहरूको चहलपहल बढेको छ। विभिन्न मन्त्रालयबाट योजना हालिदिने भन्दै पहाडबाट विभिन्न जिल्लाका बिचौलियाहरु धनगढी झरेका छन्। कमिसनको मोलमोलाई गरेर उनीहरुले योजना किनबेच गर्ने गरेको बताइएको छ। सरकारले हरेक वर्ष असार १ गते बजेट ल्याउने गर्छ। त्यसका लागि ती बिचौलियाहरूले धनगढीमा कर्मचारी, मन्त्री र नेताहरुसँगको भेटघाटलाई तीव्र बनाएका छन्। ती बिचौलियाहरु बिशेषगरी विभिन्न राजनीतिक दलका युवा नेता, स्थानीय नेता तथा कार्यकर्ता, पूर्व कर्मचारी, केही खेलाडी र व्यवसायीहरूले प्रदेशका विभिन्न जिल्लाबाट अग्रिम कमिसन पकेटका हालेर योजना हात पार्न सेटिङ मिलाउदैछन्। धनगढीमा यस्तो खेलोमेलो सुनिएपछि भौतिक पूर्वाधार विकासमन्त्री…

Read More