Author: महेन्द्रनगर पोष्ट

काठमाडाैँ- सञ्चारिका समूहको अध्यक्षमा विमला तुम्खेवा निर्वाचित भएकी छिन्। शुक्रबार सम्पन्न आठौं महाधिवेशनमा कमला पन्थीलाई पराजित गर्दै तुम्खेवा समूहको अध्यक्षमा विजयी भएकी हुन्। गएराति सार्वजनिक निर्वाचन परिणाम अनुसार समूहको उपाध्यक्षमा पवित्रा सुनार, महासचिवमा वसन्ती बास्तोला, सचिवमा दुर्गा कार्की र कोषाध्यक्षमा उर्वसी बस्न्यातलाई निर्वाचित भएकी छन्। सदस्यहरूमा पार्वता चौधरी, साजना तामाङ, सलोजा दाहाल, नुनुता राई, लोकसरी कुँवर, मञ्जिला ढकाल, राधा प्रधान र पवित्रा मुडभरी चयन भएका छन्।

Read More

काठमाडौं – नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले देशमा सुशासन स्थापना र विकास गर्ने पार्टी एमाले नै भएको दाबी गरेका छन् ।  उदयपुरको सदरमुकाम गाईघाटस्थित लोकतान्त्रिक चोकमा एमालेले आयोजना गरेको कार्यक्रममा उनले भने,’एमाले हिजो पनि देश र जनताको विकास तथा सुशासन स्थापना गर्न प्रतिबद्ध थियो र आज पनि अन्य पार्टीभन्दा बढी प्रतिबद्ध छ ।’ अहिले वर्तमान पाँच दलको संयुक्त सरकार उल्टो दिशातिर चलिरहेका कारण देश अस्थिरतातिर गइरहेको आरोपसमेत अध्यक्ष ओलीको थियो । एमालेले देशमा गरिबी हटाउन सडक, भौतिक संरचना निर्माणको काम, लोक कल्याणकारी कार्यका लागि देशका अन्य राजनीतिक दलहरुभन्दा दुईचार कदम अगाडि रहेको दाबी गर्दै उनले अन्य राजनीतिक दल देश…

Read More

काठमाडौं – नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल `प्रचण्ड’ आज गारेखा जाँदै छन् । बारपाक सुलिकोट गाउँपालिकाको भवन उद्घाटन गर्न उनी गोरखा जान लागेका हुन् । त्यसका लागि बिहान ११ बजे गोरखा जाने उनको सचिवालयले जनाएको छ । प्रचण्ड स्थानीय तह निर्वाचनको संघारमा पार्टीको पक्षमा जनमत तयार गर्न दौडधुपमा रहेका उनी बिहीबार र शुक्रबार उनी गृहजिल्ला चितवनमा थिए ।

Read More

काठमाडौं – नेपाल जनजाति महासंघको १० औं राष्ट्रिय महाधिवेशन सम्पन्न भएको छ । विहिबार नवलपरासीको कावासोतिमा भएको महाअधिवेशनबाट रामेछापका गेल्जे लामा शेर्पा अध्यक्ष पदमा अत्याधिक मत ल्याएर विजयी भएका छन् । लामाले ४४ मत प्राप्त गरेका थिए । उनको प्रतिस्पर्धी रहेका सोनाम लामा वालुङले जम्मा ८ मत पाएका थिए । महाअधिवेशनबाट बरिष्ठ उपाध्यक्षमा वुद्ध घर्ती, खुल्ला उपाध्यक्षमा युवराज जिरेल, ध्यानि उराँव, क्षेत्र वहादुर थकाली, गम्भिर गुरुङ भोटे, महिला उपाध्यक्षमा लाक्पा शेर्पा र श्रुति कुमाल निर्वाचित भएका छन् । महासचिवमा दिवस राई, उप महासचिवमा रामकृष्ण लामा ब्लोन र कोषाध्यक्षमा विमल सारु मगर निर्वाचित भएका छन् ।

Read More

पर्सा – कलैया उपमहानगरपालिका २३ कलैया –बीगरन्ज सडक खण्डको कोईरीया टोल चोकमा एक महिला माथि शुक्रबार राती ८ बजे एसिड प्रहार भएको बारा प्रहरीले जनाएको छ। पर्सा वीरगन्ज उपमहानगरपालिका १३ श्रीपुरका उमेश साहको श्रीमती बर्ष २८ कि सिता पटेललाई परिवारकै सदस्यहरुले एसिड प्रहार गरेर फरार भएको बाराका प्रहरी प्रवक्त प्रहरी नायब उपरीक्षक राजेश थापाले बताएका छन्। कलैयामा माईती घर बस्दै आएकी पटेललाई आफ्नो माईती जेठाजु रामबाबु साह र ससुरा हवारी साह ना.६०प ७२७९ नम्बर को स्कुटीमा एसिड प्रहार गरेको थापाले जानाकारी दिए। एसिडबाट घाइते भएकी महिलाकाे जिल्ला अस्पतालमा उपचार भैरहेको छ । एसिड प्रहार गर्नेलाई खोजतलास गर्न वीरगन्ज प्रहरी पठाइएको…

Read More

काठमाडौं – तीनदिने नेपाल भ्रमणका लागि हिजो शुक्रबार काठमाडौँ आइपुगेका चिनियाँ स्टेट काउन्सिलर तथा विदेशमन्त्री वाङले आज शीर्ष नेतासँग भेटबार्ता गर्ने भएका छन् । परराष्ट्रमन्त्री डा. नारायण खड्काको निमन्त्रणामा विदेशमन्त्री वाङ २५ सदस्यीय टोलीको नेतृत्व गर्दै शुक्रबार दिउँसो नेपाल आइपुगेका हुन्।नेपाल सरकारले स्वागतका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा परराष्ट्र सचिव भरतराज पौड्याललाई मात्र पठाएको थियो। सँगै उनको स्वागतका लागि चिनियाँ राजदूत हउ यान्छी, शिष्टाचार महापाल दुर्गाबहादुर सुवेदीलगायतले त्रिभुवन विमानस्थलमा पुगेका थिए । विदेशमन्त्री वाङ दक्षिण एशियाली देशहरू पाकिस्तान, अफगानिस्तान र भारतको भ्रमणपछि नेपाल आएका हुन्।वाङले नेपाल बसाइमा राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी ओली, माओवादी केन्द्रका अध्यक्ष…

Read More

काठमाडौं – जनता समाजवादी पार्टीका संघीय परिषदका डा. अध्यक्ष बाबुराम भट्टराईले १० वर्षसम्म सर्वदलीय सहमतिको सरकार बनाउन प्रस्ताव गरेका छन् । काठमाडौँमा जारी अर्थशात्रीहरुको प्रथम राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै अध्यक्ष भट्टराईले सर्वदलीय सरकारले मात्रै देशको मुहार फेर्ने धारणा राखेका हुन् । ‘देशको अर्थतन्त्रलाई बलियो बनाउन मेरो विचारमा १० वर्षसम्म सर्वदलीय सहमति सरकार बनाएर जाऊ, नभए प्रत्यक्ष राष्ट्रपतीय सरकार बनाउन लागौं तर यो संसदीय प्रणालीबाट देशको मुहार फेर्न सकिन्न’ भट्टराईले भने ।

Read More

काठमाडौं – अमेरिकी सरकारको सहयोगमा प्रदान गरिएको ७ लाख ६६ हजार ३५० डोज फाइजर खोप नेपाल आइपुगेको छ । कोभ्याक्स सुविधामार्फत नेपालमा उपलब्ध गराएको खोप शुक्रबार नेपाल आइपुगेको हो । थप खोप आउने क्रममा रहेको नेपालस्थित अमेरिकी राजदूतावासले जनाएको छ । अहिलेसम्म अमेरिकाले विश्वका करिब ११० भन्दा बढी देशहरूमा ५० करोडभन्दा बढी डोज खोप उपलब्ध गराइसकेको छ । अमेरिकाले नेपाललाई अहिलेसम्म ३१ लाख डोज खोप उपलब्ध गराइसकेको छ । अमेरिकाले उपलब्ध गराउँदै आएको फाइजर खोप नेपालले १२ वर्षभन्दा माथिका बालबालिकालाई दिँदै आएको छ ।

Read More

काठमाडौं – तीन दिने नेपाल भ्रमणको सिलसिलामा चिनियाँ विदेशमन्त्री वाङ यी शुक्रबार काठमाडौं आइपुगेका छन् । पाकिस्तान, अफगानिस्तान, भारत हुँदै उनी विशेष विमानबाट काठमाडौं आएका हुन् । परराष्ट्रमन्त्री डा नारायण खड्काको निमन्त्रणमा उनी नेपाल आएका हुन् । चिनियाँ विदेशमन्त्रीको रुपमा वाङको यो तेस्रो नेपाल भ्रमण हो । बत्तिसपुतलीस्थित होटल द्वारिकाजमा उनलाई राखिएको छ । उनको शुक्रबार कुनै औपचारिक कार्यक्रम रहेको छैन । चिनियाँ विदेशमन्त्री वाङ आज साँझ काठमाडौंस्थित चिनियाँ दूतावास पुग्ने छन् । त्यहाँ उनले चिनियाँ राजदूत र नेपालमा रहेका चिनियाँ समुदायसँग अन्तरक्रिया गर्ने कार्यक्रम रहेको छ । शनिबार विहान हाइकिङको लागि उनी शिवपुरी पुग्नेछन् । हाइकिङबाट फर्केपछि विहान १० बजे…

Read More

दार्चुला – नेपाली कांग्रेसका सुदुरपश्चिम प्रदेश सभापति विरबहादुर बलायरले नेपाली कांग्रेसले संविधान बचाएर लोकतान्त्रिक बाटोबाटै निर्वाचनमा भाग लिने बताउनु भएको छ । शुक्रबार आसन्न स्थानीय तहको चुनावलाई लक्षित गदै दार्चुला पुग्नु भएका सुदरपश्चिम प्रदेश सभापति बलायरले दार्चुलामा सञ्चारकर्मीहरुसंग कुरा गर्दै कांग्रेसले निर्वाचन वहिष्कार नगर्ने र संविधानमा टेकेर निर्वाचनमा जाने बताउनु भएको हो । उहाँले मुलुकलाई विग्रह र हिंसाबाट जोगाउनु नै राजनैतिक दलहरुको प्रमुख दायित्व हुनुपर्ने बताउनु भयो । उहाँले संविधानमा उल्लेख नै नभएको धारा प्रयोग गरेर प्रतिनिधि सभा विघटन गर्नु अलोकतान्त्रिक र गैरसंवैधानिक भएको जिकिर गदै कांग्रेसले सबिधानको संरक्षण गरेको दाबी गरेका छन । केपि ओलीको असंबैधानिक कदमको कांग्रेसले सँधै…

Read More