काठमाडौं: सैनिक कल्याणकारी कोषको सवा २ करोड रुपैयाँ हिनामिनामा संलग्न रहेको अभियोगमा नेपाली सेनाका पूर्व जमदार आत्माराम थापा कारागार चलान भएका छन्। जिल्ला अदालत काठमाडौँका न्यायाधीश डा दिवाकर भट्टको इजलासले आइतबार उनलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको हो। अवकास भइसकेका दुई सैनिकविरुद्ध जिल्ला अदालतमा अभियोग दर्ता भएको छ। तर बहालवाला दुई सैनिकमाथि भने सेना आफैँले हिरासतमा राखेर अनुसन्धान गरिरहेको छ। सहायक रथी (ब्रिगेडियर जनरल) रोशन खड्का र सेनानी (मेजर) बोधराज कार्कीलाई सैनिक हिरासतमा राखेर छानबिन गरिरहेको सेनाले जनाएको छ। कोर्ट अफ इन्क्वाएरीको क्रममा हिनामिनामा उनीहरुको संलग्नता पुष्टि भएपछि कोर्ट मार्सलको प्रक्रिया अगाडि बढेको छ भने सैनिक ऐन अनुसार कारबाहीको…
Author: महेन्द्रनगर पोष्ट
कञ्चनपुर: कञ्चनपुरको गड्डाचौकी नाकाबाट ५.८१ मिलिग्राम खैरो हेरोइनसहित दुई जना युवक पक्राउ परेका छन्। पक्राउ पर्नेमा भीमदत्त नगरपालिका–१८ का २४ वर्षीय समिर डगौरा र २१ वर्षीय राहुल चौधरी रहेका छन्। प्रदेश प्रहरी कार्यालय महेन्द्रनगरबाट खटिएको विशेष टोलीले भारतबाट नेपाल प्रवेश गर्ने क्रममा म.२प.१४२४ नम्बरको एफजेडएस मोटरसाइकलमा सवार उनीहरूलाई शंकास्पद अवस्थामा नियन्त्रणमा लिएको हो। प्रहरीका अनुसार समिर डगौराले लगाएको रातो पाइन्ट भित्र निलो रंगको कट्टुमा, लिङ्गको भागमा प्लास्टिकमा बेरिएको अवस्थामा लागूऔषध लुकाएर ल्याउँदै गरेको पाइएको थियो। प्रहरीले उक्त अवस्थामा ५.८१ मिलिग्राम खैरो हेरोइन बरामद गरेको हो। बरामद लागूऔषधसहित उनीहरूलाई आवश्यक अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय कञ्चनपुरमा बुझाइएको प्रहरीले जनाएको छ।
धनगढी: कैलालीमा विवाहकाे सबै प्रबन्ध भइसकेपछि बेहुला सम्पर्कविहीन भएका छन्। केटा सम्पर्कविहीन भएपछि दुलही खाेजीकाे माग गर्दै प्रहरी चाैकी पुगेकी छन्। इलाका प्रहरी कार्यालय मालाखेतीकाअनुसार तीन वर्षदेखि प्रेम सम्बन्धमा रहेका गाैरीगंगा नगरपालिका–४ राजीपुर बस्ने २४ वर्षीय रमेश कुमाल (नाम परिवर्तन) र संगिता बुढा (नाम परिवर्तन) को ३० वैशाखमा विवाह हुने तय भएको थियाे। उनीहरूले विवाहका लागि आफन्तजनलाई निमन्त्रणा समेत गरिसकेका थिए। २५ गते भारतकाे पलिया र धनगढीमा विवाहका लागि गरगहना र लत्ताकपडा समेत सपिङ्ग गरेका थिए। साे दिन दुवै जना धनगढीबाट छुटिएका थिए। तर साेही दिनदेखि उनी सम्पर्कविहीन भएकाे भन्दै आइतबार युवती इलाका प्रहरी कार्यालय मालाखेती पुगेकाे प्रहरीले जनाएको छ। इलाका प्रहरी…
काठमाडौं: नेपाली काँग्रेसले रिक्त गभर्नरमा नियुक्तिका लागि नयाँ नाम अघि सारेको छ। यसअघिका सुदूरपश्चिमका बासिन्दा डा. गुणाकर भट्टको सट्टा डा. विश्व पौडेललाई गभर्नर बनाउन देउवा निवासले बालुवाटारलाई अनौपचारिक आग्रह गरिसकेको बताइन्छ। कायममुकायम गभर्नर निलम ढुङ्गाना तिम्सिनाले कार्यकारी निर्देशक भट्टको राजीनामा तीन सातासम्म स्वीकृत नगरेर अड्काएपछि काँग्रेसभित्रको ‘स्वार्थ समूह’ ले हिजोदेखि पौडेलको नाम अघि सार्न थालेको हो। हाल गभर्नर उम्मेदवार सिफारिस समितिमा सदस्य रहेका पौडेल योजना आयोगका पूर्व उपाध्यक्ष हुन्। तर, उनी नेपाली काँग्रेस महासमिति सदस्य पनि छन्। गत आमनिर्वाचनमा चितवन निर्वाचन क्षेत्र नम्बर १ बाट काँग्रेस उम्मेदवार रहेका पौडेल रास्वपाका हरि ढकालबाट पराजित भएका थिए। उनी परराष्ट्रमन्त्री डा. आरजू राणा…
धनगढी: नेकपा माओवादी केन्द्र सुदूरपश्चिम संसदीय दलको विवाद अझै कायम छ। प्रदेशसभामा प्रतिनिधित्व गर्ने सांसदहरु नै दुई कित्तामा विभाजित भएपछि विवाद लम्बिएको हो। पार्टी स्थायी कमिटी सदस्यसमेत रहेका प्रदेश सभा सदस्य खगराज भट्ट दल नेता भएकै बेला अर्का सांसद मानबहादुर धामीले बहुमत प्राप्त गर्दै आफू दल नेता बनेका थिए। सुदूरपश्चिम प्रदेश सभामा सभामुख बाहेक माओवादीका १० सांसद छन्। त्यसमा उनीहरू बराबर विभाजित छन्। विवादको क्रममा पटक–पटक माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले खगराजलाई दल नेतामा पुर्नस्थापित गर्न लिखित र मौखिक आदेश दिएका थिए। तर धामी पक्षले बहुमतीय प्रक्रियाबाट आए मान्ने तर सर्लक्कै छाडेर खगराजलाई दल नेता मान्न नसकिने बताउँदै आएका छन्।…
धनगढीः कैलालीमा मोटरसाईकल दुर्घटनामा परी कैलाशधाम तिर्थस्थलका संस्थापक अध्यक्ष लक्ष्मी प्रसाद रिमालको मृत्यु भएको छ। बल्चौरबाट लम्की फर्किने क्रममा पूर्व–पश्चिम राजमार्ग अन्तर्गत लम्कीचुहा नगरपालिका–१ स्थित लम्की बहुमुखी क्याम्पस नजिकै आइतवार राति से ७ प ३२२३ नम्बरको मोटरसाईकल सवार रहेका रिमाल रोकिराखेको से १ त ९६२३ नम्बरको ट्याक्टरमा ठोक्किएर उनी घाइते भएको ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ। घाइते भएका रिमालको गएराति ९ बजे लालरत्न अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ। गम्भीर घाइते भएका रिमाललाई तत्कालै लम्कीस्थित लालरत्न अस्पताल पुर्याइएको थियो। तर, उपचारकै क्रममा राति सवा ९ बजे उनको मृत्यु भएको प्रहरीले जनाएको छ। यस्तै उता डोटीमा शनिवार साँझ साइकलबाट लडेर एक…
धनगढीः कैलालीमा युवती करणीको आरोपमा दुई जना पक्राउ परेका छन्। चुरे गाउँपालिका–४ की २५ वर्षीया एक किशोरीमाथि जबरजस्ती करणीको आरोपमा दुई जनालाई पक्राउ गरिएको हो। इलाका प्रहरी कार्यालय मालाखेतीका अनुसार मानसिक अवस्था अस्वस्थ भएकी किशोरीमाथि दुई जनाले करणी गरेको प्रारम्भिक अनुसन्धानमा खुलेको छ। इलाका प्रहरी कार्यालय मालाखेतीका डीएसपी रणबहादुर चन्दका अनुसार पीडित किशोरी गर्भवती रहेको पाइएको छ। स्वास्थ्य परीक्षणका क्रममा करिब २४ हप्ताको गर्भ रहेको पुष्टि भएपछि घटना बाहिर आएको हो। डीएसपी चन्दले भने, “किशोरीले किटानी गरी दिएको विवरणका आधारमा दुई जनालाई पक्राउ गरिएको हो। अनुसन्धान प्रक्रिया अगाडि बढिरहेको र दोषी को हुन् भन्ने विषयमा थप प्रमाण संकलन भइरहेको समेत बताए।”…
बैतडी: नेकपा एमाले निकट राष्ट्रिय युवा संघ नेपाल बैतडीको अध्यक्षमा यज्ञ भट्ट चयन भएका छन्। १० औँ जिल्ला अधिवेशनले भट्टको अध्यक्षतामा २५ सदस्यीय समिति सर्वसम्मत चयन गरेको हो। यस्तै, भुवन कार्की उपाध्यक्ष, कर्ण कुँवर सचिव, दानसिंह धामी कोषाध्यक्ष, वसन्ती भट्ट र वीरेन्द्र महरा सहसचिवका रूपमा चयन भएका छन्। भट्ट डिलासैनी गाउँपालिका वडा नम्बर ५ का वडा अध्यक्ष समेत हुन्। उनी तत्कालीन समयमा एमालेमा बिद्रोह गरेर स्वतन्त्र रुपमा चुनाव लड्दै निर्वाचित भएका थिए। उनी त्यसबेला पुतली चुनाव चिन्हबाट चुनाव लडेकोमा अहिले भने एमालेमै फर्किएका हुन्। राष्ट्रिय युवा संघ बैतडीको अध्यक्षको जिम्मेवारी पाएपछि भट्टले संगठनले दिएको जिम्मेवारी इमान्दारीपूर्वक निभाउने प्रतिबद्धता जनाएका छन्।
धनगढी: सुदूरपश्चिम प्रदेशका स्थानीय तहका कर्मचारी फेरि आन्दोलनमा उत्रिएका छन्। स्थानीय सेवा ऐन जारी गर्नुपर्ने माग गर्दै प्रदेशभरका स्थानीय तहमका कार्यरत कर्मचारीले आन्दोलन थालेका हुन्। यसअघि पनि उनीहरुले सोही ऐन विधायन तथा प्रदेश मामिला समितिले पठाएको प्रतिवेदनअनुसार हुबहु पास गर्नुपर्ने भन्दै दुई सातासम्म आन्दोलन गरेका थिए। माग पूरा नभएपछि फेरि आन्दोलनमा उत्रिनुपरेको स्थानीय सेवा कर्मचारी प्रदेश संघर्ष समितिका संयोजक झलक दौल्यालले बताए। आन्दोलनका कार्यक्रमअन्तर्गत स्थानीय तहमा अत्यावश्यकबाहेकका सेवा बन्द गरेर मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा धर्ना दिन सुरु गरिएको दौल्यालले जानकारी दिए। संघर्ष समितिका उपसंयोजक समेत रहेका नेपाल निजामती कर्मचारी युनियनका प्रदेश प्रतिनिधि गम्भीर साउदले अन्य छ प्रदेशमा स्थानीय सेवा ऐन जारी…
काठमाडौं: दक्षिण एसियाका दुई आणविक शक्ति सम्पन्न छिमेकी भारत र पाकिस्तान विनाशकारी युद्धको सँघारबाट पछि हट्न तयार भएका छन्। शनिबार अमेरिकाको मध्यस्थतामा उनीहरू तत्काल लडाइँ रोकेर वार्तामा बस्न तयार भएका हुन्। त्यसको घोषणा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गरेका हुन्। ट्रम्पलगत्तै अमेरिकी विदेशमन्त्री मार्को रुबियो पनि भारत र पाकिस्तान तत्काल युद्धविराम गरेर तटस्थ स्थानमा वार्तामा बस्न तयार भएको बताएका छन्। एक्समा रुबियोले लेखेका छन्, ‘भारत र पाकिस्तानका सारकार तुरुन्त युद्धविराम गरेर अनेकौँ विषयमा तटस्थ स्थानमा वार्ता सुरु गर्न सहमत भएका छन्।’ ‘शान्तिको मार्ग चुन्ने प्रधानमन्त्री मोदी र सरिफको बुद्धिमत्ता, विवेक र शासनकलाको सराहना गर्छौं,’ उनले थपेका छन्। सहमतिको पुष्टि पाकिस्तानी विदेशमन्त्री…