Author: महेन्द्रनगर पोष्ट

गण्डकी: गण्डकी प्रदेश प्रमुख डिल्लीराज भट्टले विधिको शासनको प्रत्याभूति दिलाइ विकास, शान्ति र समृद्धिको सुनिश्चितताका लागि स्वतन्त्र न्यायपालिका अपरिहार्य आवश्यकताका रूपमा स्वीकार गर्नुपर्ने बताएका छन्।  कानुन दिवस २०८२ का अवसरमा उच्च अदालत पोखराद्वारा आज आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा उनले न्यायपालिकाको स्वतन्त्रता र व्यावसायिकता अविचलित राख्नुपर्नेमा जोड दिए। यो दिवस नेपालको न्यायिक इतिहाससँग सम्बन्धित विशेष अवसरका रूपमा रहेको बताउँदै उनले विधिको शासन कायम राख्ने र कानुन सबैका लागि सरोकार बनोस् भन्ने यस दिवसको मुख्य सन्देश रहेको उल्लेख गरे। “कानुन केवल नियमहरूको सङ्ग्रह होइन: यो सामाजिक न्याय, मानव अधिकार र उत्तरदायी शासनको मेरुदण्ड हो। नागरिक र राज्यबीचको सम्बन्धलाई न्यायपूर्ण, समावेशी र उत्तरदायी…

Read More

धनगढी: महाकाली कोरिडोरअन्तर्गत निर्माणाधीन दार्चुला–टिङ्कर सडक खण्डमा नेपाली सेनाले दुईतिरबाट ट्रयाक खोल्न सुरु गरेको छ। दुम्लिङ र गागाबाट ट्रयाक खोल्न थालिएको हो।  सेनाले व्यास गाउँपालिका–१ को छाङ्गरु गागाबाट सडक खन्न थालेको छ। यसअघि व्यास गाउँपालिका–३ तुसारपानी हुँदै वडा नम्बर २ को दुम्लिङ, कल्जु, आतुङती, तम्बाकुलगायतको ठाउँमा मात्र काम हुँदै आएको थियो।  दार्चुला–टिङ्कर ७९ किलोमिटर सडकको ट्रयाक खुलाउन सेनाको निर्माण दल जुटेको छ। व्यास गाउँपालिका–३ तुसारपानीदेखि निर्माणको जिम्मा पाएको नसेनाले हालसम्म १५ दशमलव दुई किलोमिटर ट्रयाक खोलेको छ। नेपाली सेनाका प्रवक्ता गौरवकुमार केसीका अनुसार ०८०÷०८१ मा १३ दशमलव चार किलोमिटर सडकको ट्रयाक खोलिएकामा दुई किलोमिटर स्तरोन्नति भइसकेको छ। चालु आर्थिक वर्षमा…

Read More

अछाम: जबरजस्ती करणी, मानव बेचबिखन तथा शरीर बन्धक मुद्दामा फरार रहेका एक जनालाई पक्राउ गरिएको छ। लाई प्रहरीले अछामबाट पक्राउ गरेको छ। पक्राउ पर्नेमा बैतडीको पञ्चेश्वर गाउँपालिका–४ बस्ने २३ वर्षीय मोहन बहादुर चन्द रहेका छन्। चन्दले परिवर्तित नाम ६९ मंगलसेन ६४ की युवतीमाथि जबरजस्ती करणी गरेको आरोपमा २०८१ साल माघ ४ गते जिल्ला प्रहरी कार्यालयमा मुद्दा दर्ता गरिएको थियो। घटना भएको मिति देखिनै फरार रहेका चन्दलाई खोजतलास गर्ने क्रममा प्रहरीलाई विशेष गोप्य सूचनाका आधारमा अछामको पञ्चदेवल बिनायक नगरपालिका–५ लयाटीस्थित आफन्तको घरमा लुकीछिपी बसेको अवस्थामा पक्राउ गरेको जनाएको छ। अछामका प्रमुख प्रहरी नायब उपरीक्षक(डीएसपी) ईश्वरी प्रसाद भण्डारीले बिहीबार साँझ ५ बजे…

Read More

काठमाडौं: जिल्ला प्रहरी कार्यालय डोल्पामा हाजिर भएको नौ दिनमै डीएसपी हेमबहादुर केसी प्रहरी प्रधान कार्यालय नक्साल तानिएका छन्। प्रहरी नायव निरीक्षक (सई) शैलेन्द्र कुमार रसाईलीमाथि हातपात गरेको आरोप लागेपछि उनलाई नक्साल तानिएको स्रोतले जनाएको छ। स्रोतका अनुसार उनले सईलाई कुटेको कसुरमा हडक्वार्टर तानिएको हो। यसअघि नक्सालमै कार्यरत डीएसपी केसी १५ वैशाखमा जिल्ला प्रहरी कार्यालय डोल्पामा हाजिर भएका थिए। हाजिर भएको आठ दिनमै मुद्दा फाँटमा ५ वर्षदेखि कार्यरत सईलाई कुटपिट गरेपछि उनलाई हेडक्वार्टर तानिएको हो। सई रसाइलीलाई डीएसपी केसीले एक्कासि बोलाएर उनलाई अश्लील शब्द प्रयोग गरी गालीगलौज र कुटपिट गरेको बताइएको छ। त्यसपछि उजुरी परेकोमा भोलिपल्टै उनलाई हेडक्वार्टर तानिएको जनाइएको छ।…

Read More

काठमाडौं: भारतीय जनता पार्टीका वरिष्ठ नेता भगतसिंह कोश्यारीले गृहमन्त्री रमेश लेखकसँग भेटवार्ता गरेका छन्।  भैँसेपाटीस्थित मन्त्री निवासमा पुगेर कोश्यारीले मन्त्री लेखकसँग भेटवार्ता गरेको उनको सचिवालयले जानकारी दिएको छ। भेटमा मन्त्री लेखकले भारतको  जम्मु–कश्मीरमा भएको आतङ्कवादी आक्रमणको निन्दा गर्दै नेपाल सरकार आतङ्कवादी हमलाको विरुद्धमा रहेको स्पष्ट पारेका छन्।  आतङ्कवाद विरुद्धको लडाइँमा नेपाल सधैँ साथमा रहने उल्लेख गर्दै मन्त्री लेखकले छिमेकी देशहरूविरुद्ध आफ्नो भूमि प्रयोग गर्न नदिने प्रतिबद्धता व्यक्त गरे। भेटका अवसरमा भाजपा नेता कोश्यारीले नेपाल र भारतबिच सदियौदेखि सम्बन्ध रहेको बताए। उनले दुई देशबिचको सम्बन्ध थप मजबुत गर्दै लैजानेमा जोड दिएको पनि मन्त्री लेखकको सचिवालयले जनाएको छ।

Read More

कञ्चनपुर: एसियाली विकास बैङ्क (एडिबी) को सहयोगमा महेन्द्रनगरमा अपाङ्गमैत्री पैदलमार्गसहितको १४ किलोमिटर सडक निर्माण गरिएको छ। महेन्द्रनगर बजारका पाँचवटा गल्ली आठ मिटर चौडा गरिएका छन्। जसमा अपाङ्गमैत्री पैदलमार्ग र साइकल लेन निर्माण गरिएको छ।  गुरुयोजनाअनुसार सहरलाई व्यवस्थित र सुन्दर बनाउन एडिबीको सहयोगमा भीमदत्त नगरपालिकाले क्षेत्रीय सहरी विकास आयोजनाअन्तर्गत बजारलाई आधुनिकीकरण गरेको हो। आयोजनाको पहिलो चरणअन्तर्गत रु एक अर्ब लगानीमा १४ किलोमिटर सडक कालोपत्र गरिएको भीमदत्त नगरपालिकाका सब–इन्जिनियर पवन लेखकले जानकारी दिए। उनका अनुसार यहाँ २२ किमी ढल निकास, बजार क्षेत्रमा चार किलोमिटर रेलिङ र ७७६ वटा लाइट तथा आठवटा हाइमास्ट लाइटसमेत जडान गरिएका छन्।  “बजार क्षेत्रमा साइकल लेन निर्माण गरेका छौ,…

Read More

धनगढी: सुदूरपश्चिम प्रदेशको लोक सेवा आयोगले फागुन २० गते जारी गरेको विज्ञापन परिपूर्तिको लागि परीक्षा नहुने भएको छ। सर्वोच्च अदालतले प्रदेश निजामती सेवाका अधिकृत नवौँ तहका अप्राविधिक/प्राविधिक पदहरूको परीक्षा स्थगित गर्न भनेको हो। सर्वोच्च अदालतले अर्को आदेश नभएसम्म हाललाई उक्त सूचना बमोजिमका परीक्षा सम्बन्धी कार्यहरू अगाडि नबढाउन भनेपछि परीक्षा कार्यक्रम स्थगित भएको प्रदेश लोकसेवा आयोगले एक सूचना जारी गर्दै जानकारी गराएको छ। ‘यस आयोगमा मिति २०८२ वैशाख २४ मा प्राप्त भएको सो अल्पकालीन आदेश बमोजिम सर्वोच्च अदालतबाट अर्को आदेश नभएसम्म हाललाई उक्त सूचना बमोजिमका परीक्षा सम्बन्धी कार्यहरू अगाडि नबढाई यथास्थितिमा राखी परीक्षा कार्यक्रम स्थगित भएको ब्यहोरा सम्बन्धित सबैको जानकारीका लागि…

Read More

धनगढी: डडेल्धुरामा अटोको ठक्करबाट एक बालकको मृत्यु भएको छ। जिल्लाको आलिताल गाउँपालिका– ८ नजिकै सडकमा हिँडिरहेको अवस्थामा अटोले ठक्कर दिँदा चार वर्षीय बालक विवेक बिकको मृत्यु भएको हो।  जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्ष सुगन्ध श्रेष्ठका अनुसार बिहीबार अपराह्न सडकमा हिँडिरहेका बिकलाई डोटीको बुडरबाट जोगबुढा जाँदै गरेको भिनपा ००१ ह ०१२६ नम्बरको अटोले आलिताल– ८ गोदाम नजिक ठक्कर दिएको थियो। ठक्करपछि अटोले बालकलाई करिब १० मिटर परसम्म घिसारेको प्रत्यक्षदर्शीहरूले बताएका छन्। बालक विवेक आमा ज्योती श्रेष्ठ बिकसँगै पैदल हिँडिरहेको अवस्थामा अटोले ठक्कर दिएको बताइएको छ।  दुर्घघटनामा थप दुई जना घाइते भएका छन्।घाइतेहरूलाई उपचारका लागि जोगबुढा अस्पताल लगिएको प्रहरीले जनाएको छ। अटो…

Read More

काठमाडौं: रुकुम पश्चिमको सोतीमा २०७७ जेठ १० गते भएको नवराज विकसहित ६ दलित युवाको सामूहिक हत्या प्रकरणमा न्यायाधीशद्धय सोमकान्त मैनाली र मातृकाप्रसाद भण्डारीमाथि कारबाहीको माग उठेको छ। उच्च अदालत, सुर्खेतका यी दुई न्यायाधीशले जातीय विभेदसम्बन्धी कसुर बदर गरी अन्यायपूर्ण फैसला सुनाएको आरोप लगाउँदै पीडित परिवारले न्याय परिषद्मा उजुरी दर्ता गराएका हुन्। जिल्ला अदालत, रुकुम पश्चिमले हत्यामा संलग्न २३ जनालाई जन्मकैदको सजायसँगै छुवाछुत तथा जातीय भेदभाव मुद्दामा थप दुई वर्ष कैद र ५० हजार रुपैयाँ जरिवाना तोकेको थियो। तर उच्च अदालत सुर्खेतको संयुक्त इजलासले वैशाख १६ गते उक्त फैसलाको पुनरावलोकन गर्दै जातीय विभेदसम्बन्धी सजाय बदर गरिदिएको थियो। पीडित परिवारले सो फैसलाले…

Read More

धनगढी: धनगढीस्थित विमानस्थलमा एकजना कर्मचारीसँग साढे ८ लाख रकम फेला परेको छ। धनगढी विमानस्थल हुँदै काठमाडौं जाने क्रममा चेकजाँच गर्दा जनताको तटबन्ध कार्यक्रम महेन्द्रनगरका प्रमुख समेत रहेका श्री प्रसाद शाहसँग सो रकम भेटिएको हो। बुधबार प्रहरीले एक्सरे मेसिनमा चेकजाँच गर्दा सो रकम फेला पारेको थियो। त्यसपछि घटनाबारे एयरपोर्ट प्रहरीले माथिल्लो कार्यालयलाई रिपोर्ट गरेकोमा सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय हुँदै प्रहरी महानिरीक्षक (आईजीपी) दिपक थापासम्मै कुरा पुगेको थियो। तर लाखौं रकम फेला परेका शाहलाई भने प्रहरीले छाडेको छ। अन्य नागरिकको हकमा नियन्त्रणमा लिने प्रहरीले सो रकमको स्रोत खुलेको भन्दै छाडिएको जनाएको छ। यद्यपि स्रोतका अनुसार शाहलाई गृह मन्त्रालयको दबाबमा छाडेको बुझिएको छ।…

Read More