Author: महेन्द्रनगर पोष्ट

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपाल आइडलका विजेता करण परियारलाई बधाई दिएका छन् । आज बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बोलाएर प्रधानमन्त्री दाहालले परियारलाई बधाईका साथै  गितार उपहार दिएका हुन् । बधाइ ज्ञापन गर्दै प्रधानमन्त्रीले खेल र सङ्गीतका खास खास इभेन्ट आफूले हेर्ने गरेको बताउँदै युवा पुस्ताका हरेक सुखदुखमा आफू साथमै रहेको बताए । सो अवसरमा प्रधानमन्त्रीले परियारको साङ्गीतिक क्षेत्रमा निकै राम्रो सम्भावना र भविष्य भएकाले निरन्तर साधनामार्फत् देशकै प्रतिष्ठा बढाउन मेहेनत गर्ने विश्वास व्यक्त गरेका थिए ।

Read More

काठमाडौँ : राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा आज सार्वजनिक गर्ने तयारी गरेको छ ।  कक्षा १० का परीक्षा नियन्त्रक नन्दलाल पौडेलले आज नतिजा सार्वजनिक गर्ने तयारी भइरहेको जानकारी दिए । कुनै प्राविधिक समस्या नआएमा आज अपराह्नसम्म नतिजा प्रकाशित भइसक्ने उनको भनाई छ ।  कार्यालयले गत वर्ष असार २४ मा एसईईको नतिजा सार्वजनिक गरेको थियो । परीक्षा नियन्त्रक पौडेलले यस वर्ष एसईईको नतिजा सैद्धान्तिक र प्रयोगात्मक फरक गरी सार्वजनिक गरिने बताए ।

Read More

धनगढी : कैलालीमा विद्यालय जाने क्रममा चट्याङ लागेर तीन बालिका गम्भीर घाइते भएका छन् । बुधबार बिहान विद्यालय जाने क्रममा घोडाघोडी नगरपालिका–९ बुदेनी बस्ने बालिका गम्भीर घाइते भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक (एपसी) पदमबहादुर बिष्टले घाइते हुनेमा ९ वर्षीया सरस्वती भुल, ७ वर्षीय पारु कठायत र १० वर्षीया खिमा कठायत रहेको जानकारी दिए । उनकाअनुसार उनीहरुलाई मोहन्याम आधारभूत विद्यालय बुदेनीको गेटमा पुग्ने क्रममा चट्याङ लागेको थियो । गम्भीर घाइते बालिकालाई उपचारका लागि घोडाघोडी अस्पताल लगिएको छ । उनीहरुलाई थप उपचारका लागि धनगढी ल्याउने तयारी छ ।

Read More

धनगढीः कैलालीमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ। जिल्लाको भजनी नगरपालिका–४ झलझलिया हसनपुरका ५१ वर्षीय छोटेलाल चौधरीको करेन्ट लागेर मृत्यु भएको हो। चौधरीलाई खेतमा भैसी लखेटने क्रममा बिजुलिको पोल स्टेन तारमा छुन गइ करेन्ट लागेर घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।

Read More

धनगढीः कैलालीको गोदावरीबाट लागुऔषधसहित एक जना पक्राउ परेका छन्। गोदावरी नगरपालिका–२ तेघरीबाट सोही ठाउँका २४ वर्षीय अमित शोव १ ग्राम १६० मिलिग्राम लागुऔषधसहित पक्राउ परेका हुन्। उनलाई नियन्त्रणमा लिएर थप अनुसन्धान अगाडी बढाएको इलाका प्रहरी कार्यालय मालाखेतीले जनाएको छ।

Read More

काठमाडौं : मंगलबारबाट परेको भारी वर्षाले गएको पहिरोमा परी कास्कीमा २ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मादी गाउँपालिकाकी १३ वर्षीय आयुश्मा रानाभाट र पोखरा महानगरका ३ वर्षीय अनमोल सुनार छन् । जिल्ला प्रहरी कार्यालयका अनुसार राति करिब पौने २ बजेतिर घरपछाडिको ढिस्को खसेर हजुरआमासँगै सुतेको बेला आयुश्मा रानाभाटको मृत्यु भएको हो । हजुरआमा ७० वर्षीय लालमाया बञ्जारीलाई सकुशल उद्धार गरे पनि नातिनी रानाभाटको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ । पहिरोमा परी पोखरा २७ आरूपाटामा ३१ वर्षीय हरि सुनारको घर पुरिँदा ३ वर्षीय छोरा अनमोलको मृत्यु भएको प्रहरीले जनाएको ५ । पहिरोमा परी हरिकी श्रीमती २७…

Read More

काठमाडौँ : अढाई वर्षदेखि युक्रेनसँग युद्ध लडिरहेको रुसी सेनामा कार्यरत नेपालीलाई लिएर नेपालले रुस सरकारसँग विभिन्न ५ माग राखेको छ। एसिया सहयोग संवाद (एडीसी)मा भाग लिन इरानको राजधानी तेहरान पुगेका उपप्रधान एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले रुसी उपविदेशमन्त्री एन्ड्री युरीबीचसँगको भेटवार्तामा नेपालका माग राखेका हुन्। एसीडी बैठकमा सहभागिता जनाएर मंगलबार नेपाल पर्किएका मन्त्री श्रेष्ठले आफूले रुसी उपविदेशमन्त्रीसँगको भेटमा रुसी सेनामा नेपालीको सहभागितालाई लिएर दह्रोसँग विषय राखेको जानकारी दिए। त्यस्तै उनले रुसी उपविदेशमन्त्रीबाट पनि केही आश्वासन पाएको सुनाए। नेपालले राखेका ५ मागरुसी उपविदेशमन्त्रीसँगको ‘साइडलाइन’ वार्तामा मन्त्री श्रेष्ठले रुसी सेनामा नेपालीको सहभागितालाई लिएर त्यहाँका विदेशमन्त्री सर्गेइ लाभरोभसँग फोन वार्तामार्फत र नेपालमा रहेको रुसी…

Read More

काठमाडौं : नेपाल र चीनबीच भएको कूटनीतिक परामर्श संयन्त्रको बैठकमा दुवै पक्ष परराष्ट्रमन्त्री स्तरीय संयुक्त आयोग बनाउन सहमत देखिएका छन् । नेपाली पक्षबाट परराष्ट्र सचिव सेवा लम्साल र चिनियाँ पक्षबाट उपविदेशमन्त्री सुन वेइडोङ नेतृत्वको प्रतिनिधि मण्डलबीच मंगलबार भएको बैठकपछि परराष्ट्रमन्त्री स्तरीय आयोग बनाउने सहमति भएको हो । नेपाल र भारतबीच सन् १९४७ परराष्ट्रमन्त्रीस्तरीय संयुक्त आयोग छ । तर, चीनसँग सचिव स्तरको संयन्त्र मात्र रहँदा कतिपय निर्णय कार्यान्वयनमा ढिलाइ भएको भन्दै मन्त्रीस्तरमै संयन्त्र बनाउनुपर्ने विषय पहिल्यैदेखि उठेको परराष्ट्र मन्त्रालयका अधिकारीहरु बताउँछन् । बैठकपछि परराष्ट्र मन्त्रालयले जारी गरेको विज्ञप्तिमा अहिले भएका दुईपक्षीय संयन्त्रलाई थप मजबुत बनाउँदै परराष्ट्रमन्त्री स्तरमा नयाँ संयन्त्र बनाउन दुवै…

Read More

धनगढी : उत्तराखण्डका मुख्यमन्त्री पुष्कर सिंह धामीले प्रधानमन्त्री नरेन्द्र मोदी र गृहमन्त्री अमित शाहसंग भेटघाट गरेका छन्। तेस्रोपटक प्रधानमन्त्री बनेका मोदीलाई बधाई दिएका हुन्। मोदीलाई महासु देवता मन्दिरको प्रतिकृति, प्रसाद सामग्री र श्री बद्रीनाथ धामको शालसमते मुख्यमन्त्रीले प्रदान गरिएका थिए। यस्तै जौनसार बावर क्षेत्रमा रहेको महासु देवता मन्दिर क्षेत्रलाई गुरुयोजनाअन्तर्गत विकास गर्न प्रधानमन्त्रीसँग छलफल गरेको छन्। वार्ताका क्रममा प्रदेशको विशेष भौगोलिक अवस्था र रणनीतिक परिप्रेक्ष्यलाई ध्यानमा राखी अधिसूचित नियमावली २०७४ को व्यवस्थालाई यथावत राख्न प्रधानमन्त्रीलाई आग्रह गरिएको थियो। साथै, अलकनंदा, भागीरथी र सहायक नदीहरूमा प्रस्तावित जलविद्युत परियोजनाहरूका सम्बन्धमा, माननीय। सर्वोच्चको निर्देशनमा गठित विज्ञ समिति–२ को अन्तिम प्रतिवेदन जलशक्ति मन्त्रालय र…

Read More

काठमाडौँ : नेपाली सेनाको महासेनानी दर्जाको हायर कमान्ड तथा म्यानेजमेन्ट तालिम समापन भएको छ । नगरकोटस्थित नेपाली सैनिक वार कलेजमा ३५ जना महा सेनानी दर्जाका शिक्षार्थी सहभागी सि.सं. १२ हाइयर कमान्ड तथा म्यानेजमेन्ट तालिम आइतबार समापन भएको हो । तालिम समापन कार्यक्रमलाई सम्बोधन गर्दै प्रधान सेनापति प्रभुराम शर्माले नेपालको संविधानले निर्देशित गरे अनुसार नेपाली सेनाको मुख्य जिम्मेवारी राष्ट्रिय स्वतन्त्रता, सार्वभौमिकता र राष्ट्रिय अखण्डताको रक्षा गर्नु रहेको बताउँदै यस तालिमले शिक्षार्थी अधिकृतहरूमा राष्ट्रिय सुरक्षामा आउन सक्ने चुनौतीहरूको सामना गर्न मद्दत पुग्ने विश्वास व्यक्त गरे । प्रधान सेनापति शर्माले संस्थाको बृहत्तर हितका अगाडी व्यक्ति सदैव गौण हुने हुँदा संसारभरका सेनामा स्थापित मान्यता…

Read More