Author: महेन्द्रनगर पोष्ट

काठमाडौँ : भक्तपुरबाट एक व्यक्तिको २ करोड रुपैयाँ लुटपाट गरेको छ । ददिकोटका डिल्लीराज राउतको २ करोड लुटपाटमा संलग्न रहेको आरोपमा प्रहरी हवल्दारसहित ४ जनालाई पक्राउ गरेर काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको पक्राउ गरेको हो ।  पक्राउ पर्ने प्रहरी हवल्दार कृष्ण बहादुर बोहरा नेपाल प्रहरीको ‘सशस्त्र प्रहरी दुई नम्बर गण महाराजगन्ज’मा कार्यरत रहेको कार्यालयका एक अधिकारीले जानकारी दिए ।  पक्राउ परेकाहरूले असार ४ गते सो रकम लुटपाट गरेको उजुरीपछि प्रहरीले अनुसन्धान अघि बढाएको थियो । 

Read More

धनगढी : कञ्चनपुरको बेलौरी नगरपालिका १० शिवनगरका ३३ वर्षीय ओमजंग शाहलाई बलात्कारको आरोपमा पक्राउ गरिएको छ। इलाका प्रहरी कार्यालय सुखडका प्रहरी निरीक्षक दीर्घ बहादुर साउँदका अनुसार शाहलाई सोमबार नेपालगञ्जबाट पक्राउ गरिएको हो। श्रीमतीले दिएको किटानी जाहेरीको आधारमा जिल्ला अदालत कैलालीले असार ३ गते शाह विरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो। शाहलाई सोमबार नै नेपालगञ्जबाट इलाका प्रहरी कार्यालय सुखड ल्याई हिरासतमा राखिएको छ।

Read More

अत्तरिया- कैलालीमा लागुऔषधसहित डडेल्धुराका २ जना पक्राउ परेका छन् । कैलालीको चुरे गाउँपालिका-६ फल्टुडे पोस्ट नजिकबाट डडेल्धुराको अमरगढी नगरपालिका-२ कुस्माली बस्ने २१ वर्षका ललित ऐर र १६ वर्षीय किशोर सोमबार पक्राउ परेका हुन् । इलाका प्रहरी कार्यालय फल्टुडे कैलालीबाट खटिएको प्रहरी गस्ति टोलीले ललितको साथबाट १५० मिलिग्राम लागुऔषध खैरो हिरोइन जस्तो देखिने धुलो पदार्थ बरामद गरी दुवै जनालाई उनीहरु सवार एक थान मोटरसाइकल समेत नियन्त्रणमा लिइएको बताएको छ ।

Read More

काठमाडौँ : नेकपा एमालेले पार्टीका सांसद्हरुलाई बजेटको पक्षमा मतदान गर्न ह्वीप जारी गरेको छ । पार्टीका प्रमुख सचेक महेश बर्तौलाले बजेटको पक्षमा मतदान गर्न सांसदलाई ह्वीप जारी गरिएको बताए ।  आज बस्ने प्रतिनिधिसभा बैठकमा आर्थिक वर्ष २०८१/८२ को बजेटलाई निर्णयार्थ पेश गर्ने कार्यसूची रहेकोले बैठकमा अनिवार्य उपस्थिति भई बजेटको पक्षमा मतदान गर्न ह्वीप जारी गरेको हो । एमालेका मुख्य सचेतकले एमालेका सांसदहरुलाई अनिवार्य उपस्थितिका लागि ह्वीप जारी गरेको बताए ।

Read More

काठमाडौं : नेपाल–चीन कूटनीतिक परामर्श संयन्त्रको १६औँ बैठक आज बस्दै छ । बैठकमा सहभागी हुन चीनका उपविदेशमन्त्री सुन वेइदोङ   तीनदिने नेपाल भ्रमणको सिलसिलामा सोमबार काठमाडौं आइपुगेका छन् ।  बैठकमा नेपालको नेतृत्व परराष्ट्र सचिव सेवा लम्सालले गर्नेछिन् । प्रतिनिधिमण्डलमा विभिन्न मन्त्रालयका वरिष्ठ अधिकारीहरू पनि छन् ।   

Read More

धनगढी: कैलालीको अत्तरियामा कोठा भाडामा लिएर नै यौनधन्दा हुने गरेको पाइएको छ। हिजो (सोमबार) प्रहरीले छापा हान्ने क्रममा सो कुरा खुलेको हो। मालाखेती प्रहरीले हिजो गोदावरी नगरपालिका-२ बदनाम गल्लीका नामले परिचित आदर्श टोलमा चेकजाँच गर्दा घरमै कोठा भाडामा लिई अनैतिक क्रियाकलापमा हुने गरेको पाएको हो। त्यसपछि सो कार्यमा ३ महिलासहित एक पुरुषलाई समातिएको प्रहरीले जनाएको छ। समातिनेमा गोदावरी नगरपालिकामै बस्ने ६५ वर्षीया, २८ वर्षीया र ३४ वर्षीया महिला रहेकी छन् भने एक जना पुरुष रहेका छन्। अहिले उनीहरूलाई नियन्त्रणमा लिई अनुसन्धान कार्य भईरहेको बताइएको छ।

Read More

धनगढी: कञ्चनपुरमा चलिरहेको टेबुल पंखा शरीरमा खस्दा एक जनाको मृत्यु भएको छ । जिल्लाको बेदकोट नगरपालिका–७ गाउजी बस्ने ६८ वर्षीय रत्नप्रकाश लामिछाने घरको आगनमा टेबुल फ्यान (पंखा) चलाएर बसेको अवस्थामा शरीरमा खसेपछि गम्भीर घाइते भएका थिए । उनलाई उपचारका लागि महाकाली प्रादेशिक अस्पताल पुर्‍याइएकोमा चिकित्सकले चेकजाँच गर्दा मृत्यु घोषणा गरेको प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको छ ।

Read More

धनगढी: कैलालीको लम्कीचुहा नगरपालिकाकी मेयर शुशीला कुमारी शाही यतिबेला विदैशिक घुमघाममा मस्त छिन्। केही समय अगाडि नेपाल छाडेर उनी तत्कालै फर्किने सुरसार देखिदैन। उनले आफ्नो सामाजिक सञ्जालमार्फत नयाँ नयाँ स्थानमा घुमेको तस्बिर ब्याकटुब्याक सार्वजनिक पनि गर्दै आएकी छन्। रोचक कुरा त के छ भने स्थानीय सरकार असार १० गतेभित्र आगामी आर्थिक वर्षको बजेट कार्यक्रम ल्याइसक्नुपर्ने कानुनी व्यवस्था छ। जो हिजोको दिन थियो। तर, उनै शाही मेयर भएको लम्कीचुहा नगरपालिकाले मेयरै नभएपछि बजेट ल्याएको छैन। त्यहाँ आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम नगर सभामा पेस गरिएपनि बजेट भने आएन। एक वडाध्यका अनुसार मेयर शाही यतिबेला वैदेशिक भ्रमणको क्रममा डेनमार्कमा छिन्। उनी…

Read More

काठमाडौँ : उपमहासचिव विष्णु रिमाल नेतृत्वमा नेकपा एमालेका नेताहरूको जम्बो टोली चीन भ्रमणमा जाने भएको छ । रिमाल नेतृत्वको ३० सदस्यीय टोली मंगलबार चीन भ्रमणमा जान लागेका हो । चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) विदेश विभागको निमन्त्रणामा एमाले नेताहरु १० दिने चीन भ्रमणमा जान लागेको एमाले बताएको छ । त्यस क्रममा चिनियाँ कम्युनिस्ट पार्टीको उच्च तहसँग भेटवार्ता हुने एमालेले जनाएको छ । टोलीले चीनको बेइजिगसहित विभिन्न प्रान्तको भ्रमण गर्नेछ ।  भ्रमण दलमा रिमालसहित नेता भानुभक्त ढकाल, विनोद श्रेष्ठ, सुजिता शाक्य, इन्दिरादेवी गौतम, लालबहादुर थापा, नागेन्द्र शाही, जीवन गौतम, सांसदहरू महेश बस्नेत (इलाम), सरस्वती सुब्बा, मधेस प्रदेश अध्यक्ष चन्द्रेश्वर मण्डल, श्रीप्रसाद श्रेष्ठ,…

Read More

काठमाडौं : प्रतिनिधिसभाको बैठक आज पनि बस्दै छ । आजको बैठकमा आगामी आर्थिक वर्षको बजेट पारित गर्ने कार्यसूची छ। त्यस्तै अर्थमन्त्री वर्षमान पुनले विनियोजन विधेयक, २०८१ लाई पारित गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ। उहाँले आर्थिक विधेयक, २०८१ माथि विचार गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्ने छन । यस्तै राष्ट्र ऋण उठाउने विधेयक, २०८१ र भन्सार महसुल सम्बन्धी विधयेक, २०८१ माथि विचार गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची छ। त्यसअघि सांसदहरूले विभिन्न मन्त्रालयहरूको खर्च कटौतीको प्रस्ताव पेश गर्नेछन्। बैठकमा बैठकमा विनियोजन विधेयकमाथिको छलफलमा उठेका प्रश्नको जवाफ विभागीय मन्त्रीहरूले दिने कार्यसूची छ। परराष्ट्र मन्त्रालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, राष्ट्रिय…

Read More