Author: महेन्द्रनगर पोष्ट

कैलाली-कैलालीको मोहन्याल गाउँपालिकाकी उपाध्यक्ष पुजादेवी बुढामगर माओवादी प्रवेश गरेकी छिन्। एमालेबाट निर्वाचित भएकी उनी पार्टी विभाजनपछि माधव नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) तर्फ लागेकी थिइन्। तर, उनले समाजवादी छोडेर आजैदेखि आफू माओवादी प्रवेश गरेको बताएकी छन्। सोमबार उनलाई धनगढीमा जारी कार्यकर्ता प्रशिक्षण कार्यक्रममा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले स्वागत गरेका छन् मोहन्याल गाउँपालिकाका अध्यक्षको निधन भएपछि उनले नै पालिकाको कार्यवाहक अध्यक्षको जिम्मेवारी सम्हाल्दै आएकी छिन्।

Read More

काठमाडौं – नेकपा एमालेका नेता भीम रावलले प्रधानमन्त्री शेरबहादुर देउवाको अभिव्यक्तिको जवाफ दिएका छन् । प्रधानमन्त्री शेरबहादुर देउवाले एमसिसीलाई लिएर अनावश्यक विरोध गरेको भन्दै सोमबार नुवाकोट पुगेर दिमाग खुस्किएको बताएपछि रावलले जवाफ फर्काएका हुन्। देउवाले दिएको उक्त अभिव्यक्तिको जवाफ दिँदै रावलले भनेका छन्, ‘तथ्यको जानकारीसम्म नराखि झुठा बोल्ने प्रमको या त आफ्नै ‘दिमाग खुस्केर’ होस हराएको हुनुपर्छ या जनतामा भ्रम छरेर देशहितविरुद्धको कृत्य छोप्ने कुत्सित चाल हुनुपर्छ।’ रावलले आफू ओली पहिलोपटक प्रधानमन्त्री भएको बेला उपप्रधानसहित रक्षामन्त्री रहेको बताउँदै एमसिसी सम्झौता संसदमा ल्याएको बेला नभएको स्पष्ट पारेका छन्। उक्त तथ्य जानकारी नराखी आरोप लगाएको भन्दै ‘दिमाग खुस्केर होस हराएको’ टिप्पणी गरेका…

Read More

काठमाडौँ-निर्वाचन आयोगले निर्वाचन प्रयोजनका लागि स्वस्तिक छाप एक महिनाभित्र बाह्य देशबाट नेपाल आइपुग्ने जनाएको छ।आयोगले नियमित पत्रकार सम्मेलन गर्दै यसबारे जानकारी दिएको हो। आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले भने, ‘कतिपय सामाग्रीहरू नेपालमा उत्पादनमा हुँदैन। २२ हजार मतदान केन्द्रमा तीनदेखि ४ वटा स्वस्तिक छाप पठाउनुपर्छ। स्वस्तिक छाप अघिपछि प्रयोग हुँदैन। त्यस्तो खालको चिज बाहिर देशबाट ल्याउनुपर्छ।’

Read More

कैलाली- सुदूरपश्चिम प्रदेशमा सोमवार थप पाँच जनामा कोरोना संक्रमण पुष्टि भएको छ। पछिल्लो २४ घण्टामा ९४१ नमुना परीक्षण गरिएकोमा थप पाँच जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालय डोटीले जनाएको छ। निर्देशनालयका अनुसार एन्टिजेन विधिबाट ८८५ नमुना परीक्षण गर्दा शुन्य र पिसिआर विधिबाट ५६ नमुना परीक्षण गर्दा पाँच जनामा संक्रमण देखिएको हो।यस्तै २४ घण्टामा दुईजना संक्रमित निको भई डिस्चार्ज भएको छ।

Read More

बझाङ – निर्वाचन अवधिभर लाइसेन्स प्राप्त हतियारहरू पनि व्यक्तिबाट फिर्ता लिई प्रहरी कार्यालयमा राख्न जिल्ला प्रहरी कार्यालय बझाङले मातहतका प्रहरी इकाइहरूलाई निर्देशन दिएको छ। जिल्ला प्रशासन कार्यालय बझाङबाट इजाजत लिई व्यक्तिगत प्रयोजनका लागि राखिएका लाइसेन्स प्राप्त हतियार निर्वाचन अवधिभर नजिकको प्रहरी कार्यालयमा सुरक्षित राख्न निर्देशन दिएको हो। वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनलाई लक्षित गरी स्वतन्त्र, भयरहित र शान्तिपूर्ण वातावरणमा निर्वाचन सम्पन्न गर्न तथा जनताहरूलाई सुरक्षाको प्रत्याभूति दिलाउनका लागि उक्त कुरा निर्देशन गरिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख तथा डिएसपी ज्ञान बहादुर विष्टले बताए।

Read More

दार्चुला-दार्चुलाको नौगाड गाउँपालिकामा एकदिने निशुल्क आयुर्वेद तथा वैकल्पिक चिकित्सा शिविर कार्यक्रम सम्पन्न भएको छ। फागुन २९ गते आइतबार हिजो गाउँपालिकाको होपरीगाडमा एकदिने निशुल्क आयुर्वेद तथा वैकल्पिक चिकित्सा शिविर आयोजनामा १३० जनाले सेवा लिएको जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र दार्चुलाले जनाएको छ। जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र दार्चुलाको आयोजना तथा नौगाड गाउँपालिकाको आर्थिक सहयोगमा एक दिने निशुल्क आयुर्वेद तथा वैकल्पिक चिकित्सा शिविर आयोजना गरिएको थियो। शिविरमा हात खुट्टा दुख्ने,घुडा दुख्ने,कम्मर दुख्ने,पिनास घाटी दुख्ने,टन्सिल ग्याष्ट्रिक दम सुगर उच्च रक्तचाप ,पाइल्स,कव्जियत महिलाहरुको तल्लो पेट दुख्ने, महिलाहरुमा सेतो पानी बग्ने समस्या, छाला, पत्थरी जस्ता समस्या भएका व्यक्तिहरुको निशुल्क उपचार गरी आयुर्वेदिक औषधि वितरण गरिएको कार्यालयका निमित्त…

Read More

काठमाडौं – नेपालमा पछिल्लो २४ घण्टामा ५८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य मन्त्रालयले दिएको विवरणअनुसार पीसीआर परीक्षणबाट ५० जना र एन्टिजेन परीक्षणबाट ८ जना संक्रमित थपिएका छन् । २४ घण्टामा पीसीआर ३ हजार ५३९ र १ हजार ८७९ एन्टिजेन गरी ५ हजार ४१८ कोराना परीक्षण भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। यस विवरणमा एसएमएस तथा इमेलबाट आएका एन्टिजेन परीक्षणका रिपोर्ट पनि समावेश गरिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। १४८ जना कोरोनामुक्त भएका छन्। कोरोनाबाट २४ घण्टामा कसैको मृत्यु भएको छैन । अहिले देशभर सक्रिय संक्रमितको संख्या ४ हजार ८१९ रहेको छ।

Read More

काठमाडौं – नेपाली कांग्रेसले १४ औं महाधिवेशन अन्तर्गत ७७ वटै जिल्लामा नयाँ नेतृत्व पाएको छ । केन्द्रीय महाधिवेशनअघि ६१ जिल्ला अधिवेशन गरेको कांग्रेसले महाधिवेशनपछि १६ जिल्ला अधिवेशन पनि सम्पन्न गरेको हो । आइतबार साँझ सर्लाही र सिन्धुपाल्चोकमा नयाँ नेतृत्व चयन भएसँगै कांग्रेसले जिल्ला अधिवेशन सकिएको हो। ७७ जिल्लामध्ये ४३ मा देउवा पक्षले नेतृत्वको जिम्मेवारी पाएको छ । महाधिवेशनमा देउवासँग पराजित शेखर कोइरालाको पक्षले २८ जिल्लामा नेतृत्व हासिल गरेको छ । यस्तै, नेता कृष्णप्रसाद सिटौला समूहले २ र विमलेन्द्र निधि पक्षले १ जिल्लाको नेतृत्व लिएको छ । पूर्वमहान्त्रीद्वय प्रकाशमान सिंह निकट एक र शशांक कोइराला निकट २ जना जिल्ला सभापति छन्…

Read More

काठमाडौं – प्रधानमन्त्री शेरबहादुर देउवाले एमसीसी पारित गर्दा नेकपा एमालेका नेता भीम रावल चर्को स्वरले बोलेको भन्दै कडा टिप्पणी गरेका छन् । आज नुवाकोटको किस्पाङ गाउँपालिकाको प्रशासनिक भवन उदघाटनमा पुगेका देउवाले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले विगतमा पेस गरेको प्रस्ताव नै पास भएको जिकिर गर्दै त्यतिबेलाका रक्षामन्त्री रावलले ‘किन राजीनामा नदिएको’ भनी प्रश्न गरे । केपी ओलीले पेश गरेको प्रस्ताव पास हुँदा भीम रावलको टाउको किन दुख्यो ? देउवाले कडा शब्दमा भने,‘किन दिमाग फुस्किएको थियो ?’ रक्षामन्त्री हुँदा एमसीसीबारे थाहा थियो कि थिएन भनी रावललाई प्रश्न गरे । रावलले एमसीसीको विरोध गर्नु औचित्यहीन र नैतिकताले पनि नदिने बताए । पदमा…

Read More

काठमाडौं – प्रधानमन्त्री शेरबहादुर देउवाले एमसीसीको विषयमा भ्रम फैलाउनेहरू नै एमसीसीको निर्णय प्रक्रियामा सामेल भएको बताएका छन्। सोमबार नुवाकोटको किस्पाङ गाउँपालिकाको भवन उद्घाटन गर्दै प्रधानमन्त्री देउवाले एमसीसीको विषयमा भ्रम फैलाइएको भन्दै त्यो भ्रम फैलाउनेहरू नै एमसीसीको निर्णय प्रक्रियामा सामेल रहेको बताएका हुन् । प्रधानमन्त्री देउवाले एमाले नेता भीम रावलले एमसीसीको सबैभन्दा विरोध गरिरहेको भन्दै उनले त्यस्तो बोल्न लाज मान्नुपर्ने समेत बताए । देउवाले स्थानीय तहको निर्वाचन स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न सरकार प्रतिबद्ध रहेको पनि जनाएका छन् । । ‘देश अहिले स्थानीय निर्वाचनको संघारमा छ । आगामी निर्वाचनलाई निष्पक्ष, स्वतन्त्र र भयरहित बातावरणमा सम्पन्न गर्न सरकार प्रतिवद्व छ,…

Read More