Author: महेन्द्रनगर पोष्ट

इनरुवा – सुनसरीमा मानव तस्करीको अरोपमा प्रहरीले एक भारतीय नागरिकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारत, विहार राज्यस्थित सुपौलका ३२ वर्र्षीय मोहम्मद फिरोज रहेका छन् । प्रहरी नायब उपरीक्षक नरेन्द्रकुमार कार्कीका अनुसार काठमाडौँको शङ्खरापुर नगरपालिकाकी २० वर्षीया युवतीलाई ललाइफकाई भारत लैजाने क्रममा फिरोजलाई पक्राउ गरिएको हो । सीमा प्रहरीचौकी भन्टाबारीको प्रहरी टोलीले उनलाई कोसी गाउँपालिका– ८ स्थित नेपाल र भारत सीमाबाट पक्राउ गरेको हो । फिरोज काठमाडौँमा घर बनाउने काममा संलग्न थिए । फिरोजले पीडितलाई विवाहको प्रलोभनमा पारेर भारत लैजान लागेको प्रहरी अनुसन्धानका क्रमा खुलेको छ । घटनाबारे प्रहरीले थप अनुसन्धान थालेको छ ।

Read More

काठमाडौं – ड्युटीमा खटिएको प्रहरीमाथि आक्रमण भएको छ। नवलपरासी (पूर्व), हुप्सेकोट गाउँपालिका–३ रातोडाँडास्थित ड्युटीमा खटिएको प्रहरीमाथि आक्रमण भएको हो। प्रहरीलाई अभद्र व्यवहार तथा हातपात गरेको आरोपमा सोही ठाउँ बस्ने ४५ वर्षीय देवबहादुर विकसहित चार जनालाई प्रहरीले पक्राउ गरेको छ। प्रहरी चौकी हुप्सेकोटबाट खटिएको प्रहरीलाई मादक पदार्थ सेवन गरेका उनीहरूले गालीगलौज गरेपछि प्रहरीले सम्झाउने क्रममा प्रहरीमाथि आक्रमण गरेका थिए। उनीहरुको आक्रमणबाट २ जना प्रहरी घाइते भएका छन्।

Read More

काठमाडौं – आईसीसी विश्व क्रिकेट लिग–२ अन्तर्गत एकदिवसीय क्रिकेट शृङ्खला खेल्न नेपाली टोली संयुक्त अरब इमिरेट्स (यूएई) प्रस्थान गरेको छ । अभ्यास खेलका लागि श्रीलङ्कामा रहेको नेपाली टोली उतैबाट यूएई गएको नेपाल क्रिकेट सङ्घ (क्यान) ले जनाएको छ । श्रीलङ्कामा नेपालले तीन वटा खेल जितेको थियो भने एउटामा पराजित भएको थियो । यूएई र पपुवा न्युगिनी (पीएनजी) सँगको शृङ्खलाअन्तर्गत नेपालले आफ्नो पहिलो खेल चैत २ गते पीएनजीसँग खेल्नेछ । यस्तै दोस्रो खेल चैत ४ गते यूएईसँग, तेस्रो खेल चैत ७ गते यूएईसँग नै र चैत ८ गते अन्तिम खेल पीएनजीसँग खेल्नेछ । विश्व क्रिकेट लिग–२ मा आठ खेलमा आठ अङ्कसहित…

Read More

दार्चुला – आउँदै गरेको फागु पूर्णीमामा पर्ने होली पर्वलाई सभ्य, व्यवस्थित र मर्यादित तरिकारले मनाउन स्थानीय प्रशासनले आग्रह गरेको छ । सोमबार जिल्ला प्रशासन कार्यालय दार्चुलाले एक सुचना प्रकाशित गरी होली मनाउने नाममा कसैको इच्छ्या विपरित रंग दल्ने, अमर्यादित, गैह्रकानुनी र उच्श्रृखल किसिमका गतिविधि नगर्न सबैलाई अनुरोध गरेको छ । यदि कसैले यी यस्ता गतिविधि गरे प्रचलित कानुन अनुसार कडा कारबाही गरिने जिल्ला प्रशासन कार्यालय दार्चुलाका साहयक प्रमुख जिल्ला अधिकारी शिवराज जोशीद्धारा हस्ताक्षरित सुचनामा उल्लेख गरिएको छ । होलीमा विशेषगरी दार्चुलाका महिला तथा पुरुषहरुले ढोलक, मादल, मिजुरा, चिम्टा आदि लोक बाजाका साथ विभिन्न किसिमका लोक गाथाहरु अभिनयका साथ प्रस्तुत गर्ने…

Read More

नवलपरासी पूर्व – श्रीमानको हत्या गरेको आरोपमा प्रहरीले एक जना महिलालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बुलिङटार गाउँपालिका–५ राईकोट बस्ने ६५ वर्षीया श्याम कुमारी भिरकट्टा रहेकी छन् । ६५ वर्षीय चमन सिंह भिरकट्टाको हत्या गरेको आरोपमा ईलाका प्रहरी कार्यालय रुद्रपुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । श्यामकुमारीले घरायसी विवादको क्रममा बन्चरो प्रहार गर्दा चमन सिंह गम्भीर घाइते भएका थिए । उनको मध्यबिन्दु जिल्ला अस्पताल डण्डामा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

Read More

दार्चुला – दार्चुलामा स्थानीय तहको निर्वाचनको मिति नजिक–नजिक आउँदै जाँदा राजनीतिक दलहरूको सक्रियता बढ्दै–बढ्दै गएको छ । राष्ट्रिय राजनीतिलाई मार्गचित्र गर्न सक्ने आधारका रूपमा लिन सकिने स्थानीय तहको निर्वाचनमा आफ्नो पार्टीलाई बलियो पार्न राजनीतिक दलहरूबीच अहिले जिल्लामा तीव्र प्रतिस्पर्धा चल्दै जान थालेको छ । अघिल्लो स्थानीय तहको निर्वाचनको बेलासम्म गाउँ नफर्कने आरोप लागेका नेताहरू यसपटक धेरै पटक गाउँमा देखिएका छन्। अहिले टोल–टोलमा जनप्रतिनिधि छन्, सामान्य कार्यक्रम उद्घाटन गर्न पनि राष्ट्रिय राजनीतिका नेतादेखि टोलमै राजनीति गरिरहेका नेताहरूले पनि ठाउँ पाइरहेका छन । स्थानीय सरकारमा जितेको पार्टी त सरकारी योजना र कार्यक्रम लिएरै नागरिकको दैलोमा पुगेर आगामी निर्वाचनको तयारी स्वरूप हाजिर गरेर…

Read More

एजेन्सी – दक्षिण कोरियामा एकै दिनमा तीन लाखभन्दा पनि धेरै कोरोना भाइरसका सङ्क्रमित भेटिएको जानकारी पाइएको छ । प्राप्त जानकारी अनुसार सोमबार गएको २४ घन्टा यतामात्र तीन लाख ९ हजार भन्दा बढी कोरोना सङ्क्रमित पाइएको यहाँका स्वास्थ्य अधिकारीहरुले बताएका छन् । यहाँका अधिकारीहरुले सम्भवत यो संख्या अहिलेसम्मकै सबैभन्दा धेरै कोरोना भाइरसका सङ्क्रमितहरु भएको पनि बताएका छन् । यहाँको रोग नियन्त्रण तथा निवारण एजेन्सीले सो कुराको जानकारी दिएको हो । सो एजेन्सीका अनुसार यहाँ गएको २४ घन्टा यतामात्र ३ लाख ९ हजार ७९० जना कोरोना सङ्क्रमित देखिएका छन् । सो निकायका अनुसार अहिलेसम्म यहाँ ६८ लाखभन्दा बढी कोरोना सङ्क्रमित पाइएका हुन्…

Read More

काठमाडौं – प्रधानमन्त्री एवं नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा नुवाकोटमा स्थानीय तहस्तरका कार्यक्रममा सहभागी हुन गएका छन् । त्यहाँ दुईवटा गाउँपालिकाको नवनिर्मित भवनको उद्घाटन गर्ने कार्यक्रम रहेकाले बिहान ११ बजे देउवा नुवाकोट पुगेका प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द परियारले बताए । देउवाले किस्पाङ गाउँपालिका र तादी गाउँपालिकाको नवनिर्मित भवन उद्घाटन गर्ने परियारले जानाकारी दिएका छन् । साथै, अन्य स्थानीय तहका पार्टी कार्यकर्तासँग पनि छलफल र भेटघाट गर्ने कार्यक्रम रहेको छ । देउवाको साथमा कांग्रेस नेताहरू डा।रामशरण महत, अर्जुननरसिंह केसी, नुवाकोटका पूर्वजिल्ला सभापति जगदीशनरसिंह केसीलगायत छन् । सबै कार्यक्रम सकेर देउवा दिउँसो ३ बजेपछि काठमाडौं फर्कने योजना रहेको जनाइएको छ ।

Read More

काठमाडौं – आज साताको दोस्रो दिन सोमबार छापावाल सुनको मूल्य ५०० रुपैँयाले घटेको छ । १ लाख २ हजार ३०० रुपैँयामा कायम भएको छ र चाँदीको मूल्य तोलाको १० रुपैँयाले घटेर १४ सय १५ रुपैयाँमा कायम भएको नेपाल सुन/चाँदी व्यवसायी महासंघले जानकारी दिएको छ । साथै, तेजावी सुनको मूल्य पनि तोलाको १ लाख १ हजार ८०० रुपैयाँमा कायम हुन पुगेको छ ।

Read More

काठमाडौं – चिनियाँ विदेशमन्त्री वाङ यि चैतको दोस्रो हप्ता नेपाल भ्रमणमा आउने भएको छ । उनको भ्रमणको मिति पनि तय भएको परराष्ट्र मन्त्रालयले जनाएको छ। परराष्ट्र मन्त्रालय स्रोतका अनुसार चिनियाँ विदेशमन्त्री वाङले चैत १२ र १३ गते नेपाल भ्रमण गर्ने भएका हुन् । नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले भ्रमणबारे सत्तारुढ र प्रतिपक्षी पार्टीका शीर्ष नेतृत्वलाई जानकारी दिइसकेकी छिन् । नेपालका लागि चिनियाँ राजदूत यान्छीले प्रमुख दलका शीर्ष नेताहरूलाई १२ देखि १३ चैतसम्म चिनियाँ विदेशमन्त्रीको भ्रमण हुने जानकारी दिएकी छिन् । भ्रमणका क्रममा बिआरआई सम्झौतालाई अगाडि बढाउने विषयमा छलफल केन्द्रित हुने बुझिएको छ ।

Read More