काठमाडौं- महानगरीय ट्राफिक प्रहरी महाशाखाले उपत्यकाको विभिन्न स्थानबाट हराएका २१ वटा सवारी साधनहरु फेला पारी सम्बन्धित धनीलाई बुझाएको छ। महाशाखामा आयोजित हस्तान्तरण कार्यक्रममा विभिन्न कम्पनीका १६ वटा मोटरसाइकल र ५ वटा स्कुटर सम्बन्धित धनीहरुलाई महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक उमेशराज जोशीले हस्तान्तरण गरेका हुन्। करिब एक महिनाको अवधिमा खोज तथा अनुसन्धानका क्रममा बरामद भएका २१ वटा मोटरसाइकल सोमबार सम्बन्धित सवारी धनीलाई हस्तान्तरण गर्दै महाशाखा प्रमुख एसएसपी जोशीले विभिन्न कारण सवारी हराउने र चोरी हुने गरेको बताए। ‘सवारी साधनमा डिस्क लक, ह्विल लक, सेक्युरिटी साइरन प्रयोग गर्नुपर्छ’ उनले भने ‘प्रविधि जडान गरेको छ भने चोरलाई चोरी गर्न समय लाग्छ र पक्राउ पर्ने…
Author: महेन्द्रनगर पोष्ट
काठमाडौं-संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतको न्यायाधीशमा प्रस्तावित तिलप्रसाद श्रेष्ठविरुद्ध मङ्गलबारदेखि लागू हुनेगरी १० दिनभित्र उजुरी दिन आह्वान गरेको छ। सिंहदरबारस्थित आज बसेको समितिको बैठकले सो उजुरी दिन आह्वान गरेको हो। समितिका सभापति लक्ष्मणलाल कर्णले संसदीय सुनुवाइको कार्यविधिअनुसार १० दिनको सूचना जारी गर्ने निर्णय गरेको र १० दिनपछि समितिको बैठकमा सुनुवाइको काम प्रारम्भ हुने जानकारी दिए। न्यायपरिषद्ले यही फागुन २६ गते विराटनगरका उच्च अदालतका मुख्य न्यायाधीश श्रेष्ठलाई सर्वोच्च अदालतको न्यायाधीशमा सिफारिस गर्ने निर्णय गरेको थियो।रासस
कञ्चनपुर- नेकपा माओवादी केन्द्र कञ्चनपुरको दोधारा-चाँदनी नगरमा उत्पन्न विवाद समाधानका लागि स्थानीय नेताहरुले माग गरेका छन्। सोमबार कैलालीको धनगढीमा नेकपा माओवादी केन्द्रका प्रदेश अध्यक्ष हरि चौधरी, केन्द्रीय सदस्य बिना मगर, पार्टी अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) का स्वकीय सचिव रमेश मल्ल सहितका नेताहरुलाई निवेदन दिएको हुन्। दोधारा-चाँदनी नगरमा भीम कुमाल र भक्त सुनार नेतृत्वमा दुई कमिटि रहेका छन। भीम कुमाल नेतृत्वको दोधारा चाँदनी माओवादी केन्द्रका स्थानीय नेता कार्यकर्ताहरुले प्रदेश अध्यक्ष चौधरी, केन्द्रीय सदस्य मगर सहितका अध्यक्ष प्रचण्डका स्वकीय सचिव मल्ललाई निवेदन दिएको छ। नेकपा माओवादी केन्द्र दोधाराचाँदनीका अध्यक्ष भीम कुमालले नगरमा देखिएका पार्टी विवाद समाधानका लागि नेताहरुलाई पत्र बुझाएको बताए।
बाजुरा-बाजुरामा अवैध घरेलु मदिरा बरामद गरी नष्ट गरिएको छ। जिल्ला सदरमुकाम मार्तडीबाट गौमुल गाउँपालिका–६ घट्मुना तर्फ जादै गरेको ट्याक्टर चेकजाँच गर्दा ४० लिटर अवैध घरेलु मदिरा फेला पारेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ। दिलीप रोकायाले चलाएको सुप्रप्र ०१-००५९९४ नम्बरको ट्याक्टर चेकजाँच गर्ने क्रममा लुकाई छिपाई गौमुल तर्फ लग्दै गरेको अवस्थामा ४० लिटर अवैध घरेलु मदिरा बरामद गरेको प्रहरी निरीक्षक धनदेब साउँदले बताएका छन्। बरामद गरिएको अवैध घरेलु मदिरा गौमुल गाउँपालिका उपाध्यक्ष सीता थापा, ६ नम्बर वडाका वडाध्यक्ष प्रकाश बहादुर रोकाया लगायत स्थानीय जनप्रतिनिधी र सर्वसाधारणको रोहवरमा नष्ट गरिएको साउँदले बताए। त्यस्तै बुढीगंगा नगरपालिका–६ बार्जुगाडस्थित प्रहरी चेक पोष्टमा पनि मदिरा…
दार्चुला-स्थानीय तहको निर्वाचनको मिति घोषणा भएसंगै दार्चुला जिल्ला सहित देशभरको राजनीतिक सरगर्मी बढेको छ। यसैविच निर्वाचन अवधिभर लाइसेन्स प्राप्त हतियारहरू पनि व्यक्तिबाट फिर्ता लिई प्रहरी कार्यालयमा राख्न जिल्ला प्रहरी कार्यालय दार्चुलाले मातहतका प्रहरी इकाइहरूलाई निर्देशन दिएको छ। जिल्ला प्रशासन कार्यालय दार्चुलाबाट इजाजत लिई व्यक्तिगत प्रयोजनका लागि राखिएका लाइसेन्स प्राप्त हतियार निर्वाचन अवधिभर नजिकको प्रहरी कार्यालयमा सुरक्षित राख्न निर्देशन दिएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका सुचना अधिकारी माधव विश्वकर्माले जानकारी दिए। वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनलाई लक्षित गरी स्वतन्त्र, भयरहित र शान्तिपूर्ण वातावरणमा निर्वाचन सम्पन्न गर्न तथा जनताहरूलाई सुरक्षाको प्रत्याभूति दिलाउनका लागि उक्त कुरा निर्देशन गरिएको उहाँले बताए।विहिबार जिल्लामा रहेको…
बैतडी –बैतडीको दशरथचन्द नगरपालिकामा जारी मेयर कप क्रिकेट प्रतियोगिता अन्तर्गतका सेमीफाइनल समीकरण पूरा भएको छन्। दशरथचन्द नगरपालिका ५ ले आज वडा नं ७ र ११ को टीमलाई हराउँदै सेमीफाइनलमा प्रवेश गरेको हो। दशरथ नगरपालिका ४, ५, ६ र वडा १० सेमीफाइनलमा प्रवेश गरेका प्रशिक्षक दिपेन्द्र बोहराले बताए। आज भएको पहिलो खेलमा दशरथ चन्द नगपालिका ५ ले वडा नम्बर ७ लाई १२९ रनले पराजित गरेको छ। टस जितेर पहिले ब्याटिङ गरेको दनपा ५ ले १८.३ ओभरमा १९१ रन बनायो। १९२ रनको विजयी लक्ष्यका साथ मैदान उत्रेको दनपा ७ को टोली ७.५ ओभर खेल्दै ६२ रनमा अलआउट भयो। सो खेलमा दनपा ५…
काठमाडौं-पूर्व प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष प्रचण्डले माओवादी आन्दोलनलाई समाप्त पार्न देशी तथा विदेशी शक्तिहरुले षडयन्त्र गर्दै आएको बताएका छन्। सुदूरपश्चिम प्रदेशको प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले एउटा ठूलो षडयन्त्र अन्तर्गत संसद विघटन भएको खुलासा गरे। अध्यक्षले प्रचण्डले भने, ‘विदेशी शक्ति जोडिए, न्यायालय पनि जोडियो। प्रतिक्रियावादी जोडिए। एउटा ठूलो सेटिंग थियो। यसको उद्देश्य माओवादी नेतृत्वलाई नेस्तानाभूत गर्ने एउटा डिजाईन गर्नका लागि गरिएको षडयन्त्र थियो।’ अध्यक्ष प्रचण्डले गरेको सम्बोधनको केही अंश– “यो षडयन्त्रविरुद्ध हामी सडकमा उत्रियौं र जनतालाई संघर्षमा उत्रिन अपील गर्यौं । तर यसपटक सबैभन्दा पहिला नेताहरु नै सडकमा उत्रियौं । जनतालाई अघि सार्ने हैन कि नेतृत्वले…
बाजुरा -एकल महिलालाई बलात्कार गरी फरार रहेका प्रतिवादीलाई जिल्ला प्रहरी कार्यलय बाजुराले पक्राउ गरेको छ । पक्राउ पर्नेमा जगन्नाथ गाउँपालिका-५ तल्लो काप्री बस्ने ३२ वर्षीय नेत्र भन्ने नवराज शाही रहेका छन् । शाहीले २०७४ साल पुस १३ गते राति गाउँकै एक पिडित एकल महिलालाई कोही नभएको मौका छोपी बलात्कार गरेर फरार भएका थिए । शाहीलाई प्रहरीले खोजतलास गर्दा सोही गाउँपालिकाकै ईलाकामा लुकिछिपी बसेको अवस्थामा फेला पारी आइतबार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी प्रमुख डीएसपी चर्तुभुज ओझाले बताए । शाहीलाई जिल्ला अदालत बाजुराले मिति २०७६ भदौ ३ गते २ बर्ष ६ महिना कैद ठहर गरेको थियो भने उच्च अदालत…
काठमाडौं-सशस्त्र प्रहरी जवानको लिखित परीक्षाको नतिजा प्रकाशन गरिने मिति तोकियो छ। सशस्त्र प्रहरी बल नेपाल, भर्ना तथा छनौट शाखाले सोमबार एक सूचना जारी गरेर उक्त जानकारी दिएको हो। नतिजा आगामी चैत १० गते प्रकाशन गरिने जनाइएको छ ।
उदयपुर -जिल्ला प्रहरी कार्यालय उदयपुरको नव निर्मित भवनहरुको प्रहरी महानिरीक्षक (आईजीपी) शैलेश थापा क्षेत्रीको प्रमुख आतिथ्यतामा उद्घाटन भएको छ । आज आयोजित एक कार्यक्रमबीच त्रियुगा नगरपालिका-१० बोक्से स्थितमा रहेको जिल्ला प्रहरी कार्यालय उदयपुरको नवनिर्मित कार्यालय, व्यारेक, हिरासत कक्ष, कार्यालय प्रमुखको निवास, सिनियर प्रहरी अधिकृत आवास, प्रहरी भान्सा घर तथा नागरिक सहायता कक्षको प्रहरी महानिरीक्षक थापा क्षेत्रीले उद्घाटन गरेका हुन् ।नवनिर्मित भवनहरुको उद्घाटन तथा निरीक्षण पश्चात कार्यक्रमलाई सम्बोधन गर्दै प्रहरी महानिरीक्षक थापा क्षेत्रीले नयाँ भवनको निर्माणमा प्रत्यक्ष अप्रत्यक्ष रुपमा सहयोग पुर्याउने सम्पूर्णमा धन्यवाद दिनुका साथै नयाँ भवनबाट पाउने प्रहरी सेवाको आशा जनतामा पनि बढ्ने भएकोले प्रहरीले प्रदान गर्ने सेवाको गुणस्तरीयतालाई अझ…