Author: महेन्द्रनगर पोष्ट

धनगढी: नेपाल प्रहरीका इन्सपेक्टर दिपक धामीलाई कदरपत्र प्रदान गरिएको छ। जिल्ला प्रहरी कार्यालय कैलालीमा कार्यरत इन्सपेक्टर धामीलाई प्रहरी प्रधान कार्यालय नक्सालद्वारा प्रदान गरिएको कदरपत्र दिइएको हो। नेपाल प्रहरीले प्रदान गर्ने सेवा प्रवाहलाई पूर्ण प्रतिनिधित्व गर्ने गरी धामीले रचना गरेको नारालाई उत्कृष्ट ठहर गर्दै उनलाई कदरपत्र दिइएको हो। उनले “नेपाल प्रहरीको अपराध नियन्त्रण तथा अनुसन्धानमा भुमिका” शिर्षकमा रचित उत्कृष्ठ नारा “आँधी हुरी घाम होस चाहे परोस झरी, अपराध नियन्त्रणमा प्रतिवद्ध नेपाल प्रहरी” लाई उत्कृष्ट ठहर गरिएको थियो। सोही नाराबापत सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयमा आयोजित प्रहरी दिवस कार्यक्रममा उनलाई कदरपत्र प्रदान गरिएको हो।

Read More

धनगढी: सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयद्वारा कार्य सम्पादन मूल्यांकनका आधारमा १४ जना प्रहरीलाई पुरस्कृत गरिएको छ। ६९ औँ प्रहरी दिवसको अवसरमा बुधबार आयोजित औपचारिक समारोहमा इलाका प्रहरी कार्यालय मालाखेतीका प्रमुख प्रहरी नायब उपरीक्षक(डीएसपी) गंगाबहादुर थापासहितका १० प्रहरीलाई पुरस्कृत गरिएको हो। यस्तै अन्य ४ जनालाई भने विभिन्न जिल्ला प्रहरी कार्यालयबाट सम्मान प्रदान गरिएको छ। आज आयोजित कार्यक्रममा भने डीएसपी थापालाई नगद राशिसहित सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहले पुरस्कृत गरे। डिएसपी थापाले इलाका प्रहरी कार्यालय मालाखेतीको प्रमुखको रुपमा अपराध अनुसन्धान तथा लागुऔषध नियन्त्रणमा उल्लेखनीय कार्य गरेकाले पुरस्कृत गरिएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ। यस्तै, जिल्ला ट्राफिक प्रहरी कार्यालय कैलालीका प्रमुख प्रहरी निरीक्षक गंगाबहादुर सारु,…

Read More

धनगढी: सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयद्वारा आयोजित ६९ औं प्रहरी दिवस २०८१ कार्यक्रम सम्पन्न भएको छ। विभिन्न कार्यक्रम गरेर दिवस सम्पन्न गरिएको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका निमित्त प्रमुख एसएसपी श्यामकृष्ण अधिकारीले जानकारी दिए। उनका अनुसार कार्यक्रम सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री कमल बहादुर शाह प्रमुख अतिथि थिए। यस्तै उक्त कार्यक्रममा विशिष्ठ अतिथि सुदूरपश्चिम प्रदेश सरकारका प्रमुख सचिव डा. कमल पोख्रेल, सुदूरपश्चिम प्रदेश, आन्तरिक मामिला तथा कानून मन्त्रालयका सचिव सुशिल वैद्य, कैलाली जिल्लाका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र कुमार मिश्र थिए। यस्तै अतिथिको रुपमा सुदूरपश्चिम पृतना हेडक्वाटर तेघरी कैलालीका सहायक रथी किरण केसी, सशस्त्र प्रहरी बल नेपाल, नम्बर ७ वैद्यनाथ वाहिनी अत्तरिया, कैलालीका प्रमुख…

Read More

काठमाडौं: नेपाल प्रहरीकी निलम्बित इन्सपेक्टर बिनुकुमारी शाहीविरुद्ध पक्राउ पुर्जी जारी भएको छ। पक्राउ पुर्जी जारी भएपछि शाही फरार भएको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार ‘हनी ट्रयाप’को गिरोहसँग मिलेमतो गरेर व्यवसायीबाट रकम असुलेको आरोपमा उनीविरुद्ध पक्राउ पुर्जी जारी भएको हो। उनी भैँसेपाटी प्रभागमा तत्कालीन प्रमुख हुँदा सो आरोपमा डामिएकी थिइन्। त्यसपछि घटना सार्वजनिक भएकोमा ललितपुर प्रहरी परिसरले एक छानबिन समिति गठन गरेर अनुसन्धान गरेको थियो। त्यसपछि घटनामा शाहीको पनि संलग्नता रहेको निष्कर्षसहित समितिले उनलाई पक्राउ गरेर कानुनी दायरामा ल्याउन सिफारिस गरेको थियो। उक्त प्रतिवेदनका आधारमा इन्सपेक्टर शाहीका सवारी चालकसमेत रहेका सहायक हवल्दार महेन्द्र हमाललाई पक्राउ गरिसकेको ललितपुरका प्रहरी प्रमुख एसएसपी शेखर…

Read More

धनगढी: बैतडीबाट निर्वाचित भएर मन्त्री बनेका उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारी र सुदूरपश्चिम प्रदेश सरकारका भौतिक पूर्वाधार विकासमन्त्री सुरेन्द्र पाल गृहजिल्लामा छन्। उनीहरू गृहजिल्लामा कार्यकर्ता, मतदाता भेटघाट तथा समस्या संकलनमा व्यस्त रहेको बताइएको छ। उनीहरूले विभिन्न स्थानमा मतदाताका समस्याको संकलन गर्ने काम गरिरहेका छन् भने समस्या समाधानका लागि पहल गर्ने आश्वासन दिइरहेका छन्। मन्त्रीद्वय भण्डारी र पालले स्थानीय स्रोत साधनको उपयोग बठाउनुपर्ने बताएका छन्। गृहजिल्ला बैतडीमा रहेका मन्त्रीद्वयले मतदाता भेटघाटका क्रममा घोषणा पत्रका कुरा पूरा गर्ने पनि जनाएका छन्। ‘स्थानीय स्रोत साधनको प्रयोग गरेमा हाम्रो मुद्रा बाहिर जादैन, जसकारण देशमा देखिएको आर्थिकमन्दी पनि कम हुन्छ’ मन्त्री भण्डारीले भनेका…

Read More

धनगढी: सुदूरपश्चिमका मुख्यमन्त्री कमल बहादुर शाहले संघीय सरकारले ऐनहरु समयमा नबनाएका कारण प्रदेश सरकारले धेरै कुरा अडाडि बढाउन नसकेको बताएका छन्। ६९ औं प्रहरी दिवशका अवसरमा प्रदेश प्रहरी कार्यालय धनगढीले आयोजना गरेको कार्यक्रममा प्रमुख अथितिको रुपमा बोल्दै मुख्यमन्त्री शाहले यस्तो बताएका हुन्। ‘देश संघीयतामा गएपनि अहिलेसम्म प्रदेशले पाउने अधिकार पाएको छैन। प्रदेशले पाउने अधिकार नपाएकै कारण प्रदेश सरकारले धेरै कामहरु अगाडी बनाउन सकेको छैन। त्यसैभीत्र प्रहरी समायोजन पनि पर्छ,’ मुख्यमन्त्री शाहले भने। उनले प्रहरी समायोजन सहितका अधिकारहरु प्रदेशमा नदिने हो भने त्यसको विकल्प पनि सोच्नुपर्ने बेला आएको बताए। ‘प्रहरी समायोजन हुन्छ वा हुदैन ? यसको जवाफ संघीय सरकारले दिनुपर्छ। संघीय…

Read More

डडेल्धुरा । डडेल्धुरामा पनि प्रहरी दिवस मनाइएको छ । ६९औं प्रहरी दिवसको अवसरमा श्रद्धाञ्जली तथा सम्मान कार्यक्रम गरिएको हो। जिल्ला प्रहरी कार्यालय डडेल्धुराको आयोजनामा भएको कार्यक्रममा पूर्वप्रहरी संगठनका पदाधिकारी, अमर प्रहरीका आश्रित परिवार, अशक्त पूर्वप्रहरी तथा पूर्वप्रहरी र प्रहरी कर्मचारीहको उपस्थिति रहेको थियो। उक्त अवसरमा अमर प्रहरीका आश्रित परिवारलाई कार्यक्रमका प्रमुख अतिथि तथा जिल्ला प्रहरी कार्यालय प्रमुख, प्रहरी नायब उपरीक्षक सुगन्ध श्रेष्ठले कदरपत्र प्रदान गरेका छन्। अमर प्रहरी स्मारकमा पुष्प हार अर्पण गरिएको थियो भने अमर प्रहरीप्रति शोक सलामी अर्पण पनि गरिएको थियो । कार्यक्रममा प्रहरी निरीक्षक डम्बर बिष्टले प्रहरी दिवसका अवसरमा प्रहरी महानिरीक्षक बसन्तबहादुर कुँवरको शुभकामना सन्देश बाचन गरेका…

Read More

धनगढी: नेपाल प्रहरीका डीएसपी गङ्गाबहादुर थापा उत्कृष्ट प्रहरी घोषित भएका छन्। कैलालीस्थित इलाका प्रहरी कार्यालय मालाखेतीका प्रमुखसमेत रहेका थापा उत्कृष्ट प्रहरी घोषित भएका हुन्। ६९ औँ प्रहरी दिवसको अवसरमा बुधबार उनलाई उत्कृष्ट घोषित गर्दै सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयबाट पुरस्कृत भएका हुन्। उनलाई सुदूरपश्चिमका मुख्यमन्त्रीले पुरस्कृत गरेका थिए। उनी सम्मानित हुने सुदूरपश्चिमका एक्ला डीएसपी हुन्। कुशल कमाण्ड क्षमता भएका थापाले मालाखेती प्रहरीको नेतृत्व गरेपछि अपराध अनुसन्धान, ड्रग्स नियन्त्रण तथा होटलमा हुने यौनजन्य गतिविधिमा निर्मम भएर उल्लेखनीय काम गरेको बताइन्छ। सोही कार्यक्रममा थापासँगै १० जना अन्य प्रहरी कर्मचारी पनि सम्मानित भएका थिए।

Read More

धनगढी: नेकपा माओवादी केन्द्रले सुदूरपश्चिममा पार्टीका नेताहरुको कार्यविभाजन गरेको छ। पार्टी केन्द्रको निर्देशनअनुसार प्रदेश इन्चार्ज गिरीराजमणि पोखरेलले संघीय निर्वाचन क्षेत्र, प्रदेश निर्वाचन क्षेत्र, विभिन्न विभाग तथा जनवर्गीय संगठनका मोर्चाहरुमा नेताहरुको जिम्मेवारी बाँडफाँट गरेका हुन्। माओवादीले प्रदेशमा कार्यरत केन्द्रीय सदस्यको तीन सदस्यीय कार्यालय गठन गरेको छ। जसमा प्रदेश इन्चार्ज पोखरेल, स्थायी समिति सदस्य खगराज भट्ट र सुदूरपश्चिम प्रदेशका सहइन्चार्ज विना मगर सदस्य छन्। माओवादीले नौवटै जिल्लाका संघ र प्रदेश निर्वाचन क्षेत्र हेर्ने गरी नेताहरुको जिम्मेवारी तोकेको छ। कैलाली क्षेत्र नम्बर १ मा तिलक परियार, २ मा लालबहादुर सोडारी, ३ मा कृष्णकुमार चौधरी, ४ मा लक्षीराम आचार्य र क्षेत्र नम्बर ५ मा…

Read More

काठमाडौं: नेपाल प्रहरीका एसपी सञ्जयसिंह थापा सम्मानित भएका छन्। उनी महानिरीक्षक (आईजीपी) वसन्तबहादुर कुँवरबाट मंगलबार प्रहरी दिवसको अवसरमा सम्मानित भएका हुन्। थापा उनै विवादित एसपी हुन्, जो सुन तस्करी प्रकरणमा प्रहरीबाट भएको कमजोरीबारे छानबिन गर्न गठित उच्चस्तरीय आयोगको कारबाही सिफारिसमा परेका थिए। केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) मा रहँदा गरेको अनुसन्धानका क्रममा त्रुटि गरेको भन्दै विभागीय कारबाहीका लागि उनलाई सिफारिस गरिएको थियो। कारबाही सिफारिसमा परेका बेला उनी जिल्ला प्रहरी कार्यालय, नुवाकोटमा प्रमुख थिए। पूर्वन्यायाधीश डिल्लीराज आचार्य नेतृत्वको आयोगले गृहमन्त्रीलाई प्रतिवेदन बुझाएसँगै उनी नुवाकोट प्रहरी प्रमुखको जिम्मेवारीबाट हटाइएका थिए।

Read More