काठमाडौं: नेपाल प्रहरी र सशस्त्र प्रहरीको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक–२०८१ को मस्यौदालाई स्वीकृतिका लागि मन्त्रिपरिषदमा पेश गर्न गृहमन्त्री रमेश लेखकले हस्ताक्षर गरेका छन्। केही दिन अगाडि लेखकले सो हस्ताक्षर गरेका हुन्। गृहमन्त्री निकट स्रोतका अनुसार प्रहरी र सशस्त्रमा प्रहरी महानिरीक्षक (आईजीपी) को उमेरहद ६० वर्षे तोक्ने विधेयकको मस्यौदामा गृहमन्त्री लेखकले हस्ताक्षर थालेका छन्। दुवै संगठनमा सेवा उमेर ६० वर्ष र तल्लो दर्जाले १६ वर्षे सेवापछि अवकाश लिन पाउने गरी प्रहरी र सशस्त्र प्रहरी सम्बन्धी कानून ६९ वर्षपछि नयाँ निर्माण हुन लागेको बताइएको छ। गृहमन्त्री लेखकको हस्ताक्षरपछि विधेयकको मस्यौदा स्वीकृतिका लागि मन्त्रिपरिषद्मा पेश हुनेछ भने मन्त्रिपरिषद्को स्वीकृतिपछि विधेयक संसदमा…
Author: महेन्द्रनगर पोष्ट
धनगढीः कञ्चनपुरमा विप्लव कार्यकर्ता सवार बस दुर्घटना भएको छ। कैलालीको धनगढीबाट कञ्चनपुरको महेन्द्रनगर जाँदै गरेको ना ४ ख ७७५५ नम्बरको बस कलुवापुरस्थित बनरामा दुर्घटना भएको हो। धनगढीमा नेत्रविक्रम चन्द (विप्लव) को कार्यक्रममा सहभागि भएर महेन्द्रनगर फर्कदै गर्दा बस दुर्घटना भएको हो। दुर्घटनामा २९ जना कार्यकर्ता घाइते भएका छन्। २ जनाको अवस्था गम्भिर रहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक उमेश जोशीले बताए। घाइतेहरुलाई उपचारका लागि अत्तरिया पठाइएको उनले बताए। घटनाको विषयमा विस्तृत विवरण आउन भने बाँकी नै छ।
दार्चुला: महाकाली नगरपालिका–४ बङ्गाबगरस्थित आफ्नै घरको छतबाट खसेर एक जनाको मृत्यु भएको छ। मार्मा गाउँपालिका–५ गोल्फा स्थायी घर भई बङ्गाबगरमा बसोबास रहेका ३६ वर्षीय राजेन्द्र महताको शुक्रबार साँझ छतबाट खसेर मृत्यु भएको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय दार्चुलाका अनुसार छिमेकीको घरको छतबाट आफ्नै घरको छतमा फाल हाल्ने क्रममा खसेर उनको घटनास्थलमै मृत्यु भएको हो। घर तल महाकाली किनारतिरबाट बाढीले बाटो बगाएपछि छिमेकीको घरको छतबाट आफ्नो छतमा जाने क्रममा खसेर उनको घटनास्थलमै मृत्यु भएको दार्चुला प्रहरीका प्रवक्ता कान्तिराज जोशीले बताए।
धनगढीः सुदूरपश्चिम प्रदेशका ४ जिल्ला विश्व बैंकको लगानी रोजाईमा परेका छन्। छनोटमा परेका ४ जिल्लामा पाँच वर्षे कार्यक्रम लागु हुनेछ। संघीय सरकारमार्फत प्रदेश र स्थानीय तहका सडक बनाउन र मर्मत गर्न पाँच वर्षे कार्यक्रम सञ्चालन गरिने भएको छ। प्रदेश र स्थानीय तहका सडकहरूको आवधिक मर्मत, नियमित मर्मत, स्तरोन्नति र नयाँ सडक समेत बनाइने भएको छ। विश्व बैंकको सहयोगमा प्रदेश र स्थानीय तहमा पाँचवर्षे सडक सुधार कार्यक्रम सञ्चालन गरिने भएको हो। प्रादेशिक तथा स्थानीय सडक सुधार कार्यक्रम (पीएलआरआईपी) अन्तर्गत विश्व बैंकको र नेपाल सरकारको १६ अर्ब ६४ करोडको लागतमा कर्णाली, मधेश र सुदूरपश्चिम प्रदेशमा उक्त कार्यक्रम लागू गरिनेछ। कार्यक्रम सञ्चालन गर्न सहरी विकासमन्त्री…
काठमाडौं: नेपाल प्रहरीभित्र बदनामको उपमा पाएकी निलम्बित एवं फरार इन्सपेक्टर बिनुकुमारी शाही अझै पक्राउ परेकी छैनन्। निकटस्थ स्रोतका अनुसार उनी नेपालभित्रै प्रहरी सेटिङमा लुकेर बसेकी छन्। बेलाबखत फरारै रहेको अवस्थामा उनले प्रहरी, प्रशासनलाई चुनौती दिनेगरी सामाजिक सञ्जालमा सक्रियता देखाएपनी पछि भने चुप बसिन्। उता प्रहरीले भने सिआईबीमार्फत अनुसन्धान भ्याइएको र थप प्रक्रिया जारी रहेको जनाएको छ। इन्सपेक्टर शाही उनै मान्छे हुन्, जो हनि ट्रयापिङवाला गिरोहसँग मिलेर असुलीमा मुछिएकी थिइन्। अहिले उनीमाथिको अनुसन्धान सकिएर फाइल जिल्ला सरकारी वकिल कार्यालयमा पुगेको छ। तर प्रहरी सेटिङदेखि प्रहरीबाट जोगाउन समेत चलखेल भएकोमा अहिले पनि उनलाई जोगाउने खेल जारी छ। स्रोतका अनुसार सोहीकारण प्रहरीले प्रतिवेदन…
धनगढी: सुदूरपश्चिम प्रदेश सभामातहतका तीन संसदीय समितिको काममा ढिलाइ भएको छ। अहिलेसम्म ती समितिहरूको सभापति चयन नहुँदा काम चुस्त हुन नसकेको हो। सार्वजनिक लेखा, अर्थ विकास र सामाजिक विकास समितिहरू लामो समयदेखि सभापतिविहीन छन्, जसकारण समितिहरूको कार्य प्रभावित गरेको छ। समितिका सदस्यहरूले ज्येष्ठ सदस्यहरूले सभापतिको जिम्मेवारी वहन गर्दै आएका छन्।
दार्चुलाः दार्चुलामा चरेशसहित २ जना पक्राउ परेका छन्। जिल्लाको शैल्यशिखर नगरपालिका–२ देथलाबाट सोही ठाउँ बस्ने २० वर्षीय रमेश भट्ट र नौगाड गाउँपालिका–६ बस्ने ७१ वर्षीय कासी धामी पक्राउ परेका हुन्। इलाका प्रहरी कार्यालय गोकुलेश्वरबाट खटिएको प्रहरी टोलीले २ सय ग्राम चरेशसहित दुबै जनालाई बिहीवार फेला पारि पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ। यस विषयमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ। यस्तै कैलालीमा लागुऔषध कारोबारमा संलग्न एक जना पक्राउ परेका छन्। जिल्लाको गोदावरी नगरपालिका–८ फकलपुरमा लागुऔषधको कारोबार भइरहेको सुचना प्रहरीले प्राप्त गरेपछि शुक्रवार एक जनालाई पक्राउ गरिएको हो। इलाका प्रहरी कार्यालय मालाखेती र लागुऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय धनगढीबाट संयुक्त…
धनगढीः कैलालीको टीकापुर आउँदै गरेको बस दुर्घटना भएको छ। जुम्लाको कालीकोटबाट टीकापुर आउँदै गरेको ना ४ ख ६०५६ नम्बरको बस दैलेखको आठबिस नगरपालिका–३ दुइसिस्ने भन्ने स्थानमा भित्तामा ठोक्किएर दुर्घटना भएको हो। दुर्घटनामा परेर घाइते भएकामध्ये ८ जनाको उद्धार गरेर स्थानीय अस्पताल पठाइएको जिल्ला प्रहरी कार्यालय दैलेखका प्रवक्ता प्रहरी निरीक्षक लालबहादुर सुनारले बताए। प्रवक्ता सुनारका अनुसार बसमा ३२ जना सवार रहेको खुल्न आएको छ। प्रहरी टोली घटना स्थलमा छ। घटनाको विस्तृत विवरण भने खुलेको छैन।
काठमाडौं: नेपाल प्रहरीका दुई जना प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी)लाई दर्ज्यानी चिन्ह प्रदान गरिएको छ। प्रहरी प्रधान कार्यालयमा आईजीपी बसन्तबहादुर कुँवरले डिआइजीबाट एआइजीमा बढुवा भएका बुद्धिराज गुरूङ र केदार ढकाललाई दर्ज्यानी चिन्ह प्रदान गरेका हुन्। आईजीपी कुँवरले दर्ज्यानी चिन्हद्वारा सुशोभन भएका प्रहरी अधिकृतहरूलाई बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरे। बिहीबार बसेको मन्त्रिपरिषदको बैठकले दुई जनालाई एआइजीमा बढुवा गर्ने निर्णय गरेको थियो। उक्त निर्णयपछि शुक्रबार प्रधान कार्यालयमा एक कार्यक्रम आयोजना गरी चिन्ह प्रदान गरेको हो। आईजीपी कुँवरले संगठनको हितको लागि सकल दर्जाको सामूहिक प्रतिवद्धता आवश्यक रहेको उल्लेख गर्दै आ-आफ्नो जिम्मेवारी र भूमिकामा सदैव क्रियाशील, चिन्तनशील र दृढ संकल्पित रहन उपस्थित प्रहरी…
कैलालीः अछाम रामारोशनका बुदे टमटा १९ वर्ष पहिले अछामबाट कैलालीको टीकापुर झरे। २०६२ सालमा टीकापुरमा जग्गा पाइन्छ भन्ने सुनेर टीकापुर झरेका उनी टीकापुर बहुमुखी क्याम्पसको नाममा भएको जग्गा अतिक्रमण भइरहेको क्षेत्रमा आएर बस्न पुगे। सरकारले गरिबलाई जग्गा वितरण गरिरहेको छ भन्ने लागेर उनी टीकापुर झरेका थिए। टीकापुर पुग्दा बुदेले सोचे जस्तो भएन। अछाममा हुँदा पनि अरुको काम गरेर दैनिकी गुजारा गर्ने बुदे टीकापुर झरेपछि अछाम फर्केनन्। अछामकै तडिगैराबाट ५० वर्षको उमेरमा टीकापुर पुगेका नन्दे लुहारलाई बुढ्यौलीले छोइसकेको छ। जग्गा पाइएला भन्ने आशामा बस्दा बस्दै लुहार सामाजिक सुरक्षा भत्ता पाउने उमेरको भइसकेका छन्। २० वर्षदेखि टीकापुर बहुमुखी क्याम्पस र वीरेन्द्र विद्यामन्दिर शैक्षिक…