सुरेश जोशी, बनबासा: भारतमा ड्रग्ससहित एक नेपाली नागरिक समातिएका छन्। आज शुक्रवार उत्तराखण्डको बनबासा क्षेत्रमा कञ्चनपुरका युवलाई समातेको हो। बनबासा प्रहरीले लागुऔषधमुक्त भारत अभियानअन्तर्गत कञ्चनपुर सिसैयाका गजबहादुर कुँवरका छोरा २४ वर्षीय गजबहादुर कुँवरका छोरा प्रकाश कुँवरलाई समातिएको जनाएको छ। बनबासा प्रहरी प्रमुख लक्ष्मणसिंह जगवानको नेतृत्वमा रहेको प्रहरी टोलीले उनलाई पक्राउ गरेको हो। उनको साथबाट २.७६ ग्राम स्म्याक बरामद गरेको बताइएको छ।
Author: महेन्द्रनगर पोष्ट
धनगढी: कैलालीको लम्कीचुहा नगरपालिकाले महोत्सवको लागि विद्यालय बन्द गर्ने निर्णय गरेको छ। नगरपालिकाले लम्कीचुहा उद्योग वाणिज्य संघको आयोजनामा भइरहेको ‘लम्की महोत्सव २०८१’ का लागि विद्यालय बन्द गर्ने निर्णय गरेको हो। नगरपालिकाले एक सूचना जारी गर्दै महोत्सवका लागि १४ देखि १६ गतेसम्म सम्पूर्ण सामुदायिक तथा संस्थागत विद्यालयहरूलाई बन्द गर्न भनेको छ। ‘यही मंसिर ६ देखि १६ गतेसम्म सञ्चालन भइरहेको लम्की महोत्सव २०८१ मा विद्यार्थीहरूका लागि विज्ञान प्रदर्शनी, विद्यार्थीहरूको विज्ञान प्रविधिबाट आविष्कार गरेका उपकरणको प्रदर्शनी तथा विद्यालयस्तरीय नृत्य प्रतियोगिता हुने भएको हुँदा १४ देखि १६ गतेसम्म स्थानीय बिदा दिएको जानकारी गराइन्छ,’ निमित्त प्रमुख प्रशासकीय अधिकृत तप्त भण्डारीद्वारा जारी सूचनामा भनिएको छ। महोत्सवको लागि…
काठमाडौं: नेपाल प्रहरीको प्राविधिक तर्फको प्रहरी बरिष्ठ उपरिक्षक (एसएसपी)मा ५ जना बढुवा सिफारिस भएका छन्। गृहमन्त्रालय अन्तर्गतको बढुवा समितिको सचिवालयका अनुसार नेपाल प्रहरीका प्राविधिक मेडिकलतर्फ रिक्त ४ एसएसपीका लागि बढुवा सिफारिस प्रकाशित गरिएको छ। एसएसपीका लागि बढुवा सिफारिस भएकामा एसपीहरु डा. केदार खड्गी, डा. छन्दबहादुर बुढाथोकी, डा. पवनकुमार राय र डा. सुवर्ण कुँवर रहेका छन्। त्यस्तै प्राविधिकतर्फकै कम्प्युटरमा पनि एसपी श्यामकुमार मण्डल बढुवा सिफारिस भएका छन्।
काठमाडौं: अन्तःशुल्क स्टिकर छपाइमा भएको भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका विकल पौडेल र सफल श्रेष्ठलाई आठ वर्ष कैद सजाय सुनाएको छ। विशेष अदालतले पौडेल र श्रेष्ठलाई तीन करोड ४२ लाख २२ हजार ८०० रुपैयाँ बिगो र सोही बराबरको जरिवानासमेत तोकेको छ। विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर, न्यायाधीशद्वय खुसीप्रसाद थारु र रितेन्द्र थापाको इजलासले आज सजाय निर्धारण गरेको हो। विशेषले यसअघि कात्तिक १४ गते सुनाएको फैसलामा मुख्यसचिव बैकुण्ठ अर्याललाई सफाइ दिने निर्णय गरेको थियो। अर्यालको हकमा इजलासले गरेको आदेशमा अनुमान, शंका र मनोगत आधारमा कसुर ठहर गर्न नमिल्ने उल्लेख छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गत असार ९ गते १२ जनाविरुद्ध दायर…
काठमाडौं: गृह मन्त्रालयका १२ जना उपसचिवको सरुवा भएको छ। मन्त्रालयको बुधबार भएको निर्णय अनुसार उपसचिवको सरुवा तथा पदस्थापन गरेको हो। जसमा सहायक प्रमुख जिल्ला अधिकारी र कारागार प्रशासकहरू समेत छन्। सरुवा सूचीमा उपसचिव गीता घिमिरेलाई ललितपुरको सहायक प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी दिइएको छ। यस्तो छ सरुवा
काठमाडौं: नेपाल प्रहरीकी बदनामित फरार इन्सपेक्टर बिनुकुमारी शाही जोडिएको मुद्दामा एकजना जेल चलान भएका छ। आज बिहीबार ललितपुरस्थित भैंसेपाटी प्रभागमा व्यापारीलाई थुनामा राखेर पैसा असुलिएको मुद्दामा योजनाकार भनिएका ताज इस्लाम जेल चलान भएका हुन्। आज उनलाई जेल चलान गरिएको जिल्ला अदालत ललितपुरका प्रवक्ता/सूचना अधिकारी राम सजिवन महतोले महेन्द्रनगरपोष्टलाई जानकारी दिए। उनका अनुसार जिल्ला अदालत, ललितपुरले बिहीबार थुनछेक आदेश दिदै इस्लामलाई पुर्पक्षका लागि थुनामा पठाउने निर्णय गरेको हो। यस्तै महतोले अन्य तीन जनालाई धरौटी र सामान्य तारेखमा छाड्न भनेको छ। न्यायाधीश टेकराज जोशीको इजलाशले सुष्मा विकसँग २ लाख र भिमादेवी थापासँग एक लाख धरौटी माग गरेको छ। सहायक हवल्दार महेन्द्र हमाललाई…
धनगढी: कैलालीमा चन्दा आतंक मच्चाउने २ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ।ईलाका प्रहरी कार्यालय, बौनियाको टोलीले उनीहरूलाई नियन्त्रणमा लिएको हो। आज बिहीबार बर्दगाेरिया गाउँपालिकामा पुगेर सहयाेग रसिद देखाएर चन्दा माग्ने क्रममा श्रमिक कम्युनिष्ट पार्टी नेपालका कैलाली संयोजक (अछाम तुर्माखाद गाउपालिका ४ चिसी) घर भएका ३६ वर्षीय तिलक बहादुर बयक र रुपन्देही बुटवल उपमहानगरपालिका वडा नं. ८ बस्ने वर्ष अन्दाजी ३२ का मुक्तिराम गैरेलाई नियन्त्रणमा लिइएको हो। कैलालीका प्रमुख प्रहरी उपरीक्षक (एसपी) पदमबहादुर विष्टले गाउँपालिका कार्यालयमा गएर सहयोग रसिद देखाएर चन्दा मागिरहेकाे भनी गुनासाे आएपछि इलाका प्रहरी कार्यालय बाैनियाकाे टाेलीलाई दुवै जनालाई बिहीबार पक्राउ गरेकाे जानकारी दिए। उनीहरुको साथबाट श्रमिक कम्युनिस्ट पार्टीको…
धनगढी: स्थानीय तहको उपनिर्वाचन आगामी मंसिर १६ गते हुँदै छ। यसअन्तर्गत कञ्चनपुरको भीमदत्त नगरपालिका-६ मा पनि वडाध्यक्षका लागि प्रतिस्पर्धा हुँदै छ। जुन रोचक देखिएको छ। किनकि यहाँ एकै परिवारका दुई सदस्य छुट्टाछुट्टै राजनीतिक दलबाट चुनावी मैदानमा उत्रिएका छन्। सत्तारुढ नेकपा एमालेले वडाध्यक्षमा बहादुर चन्दलाई उम्मेदवार बनाएको छ भने नेपाली कांग्रेसले उनकै भतिजा प्रकाश चन्दलाई। कांग्रेस उम्मेदवार प्रकाश एमाले उम्मेदवार बहादुरका जेठा दाइका छोरा हुन्। आज उपनिर्वाचनको नतिजा आफ्नो पक्षमा पार्न राजनीतिक दलका नेता(कार्यकर्ता चुनावी प्रचारप्रसारमा अन्तिम दिन सक्रिय छन् भने स्वतन्त्र उम्मेदवारले पनि चुनावी एजेन्डा देखाएर मत मागिरहेका छन्। आज राति १२ बजेबाट मौन अवधि सुरु हुँदैछ। तत्कालीन समयमा सो वडाका अध्यक्ष सवारी दुर्घटनामा बितेका…
दार्चुला: दार्चुलामा एक बृद्ध मृत अवस्थामा भेटिएका छन्। जिल्लाको मालिकार्जुन गाउँपालिका–२ जिउनाडास्थित खोलाको छेउमा सोही गाउँपालिका–८ मेलखेतका ६२ वर्षीय जसीराम पार्की बिहीवार मृत भेटिएको प्रहरीले जनाएको छ। उनी मृत भेटिएको घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
काठमाण्डौँ: गृह मन्त्रालयले मन्त्रालय र मातहतका निकायबाट प्रवाह हुने सेवासँग सम्बन्धित गुनासोको सम्बोधनलाई थप प्रभावकारी बनाउन ‘हेलो गृह मन्त्रालय गुनासो सुनुवाइ कक्ष’ स्थापना गरी सञ्चालनमा ल्याएको छ। मन्त्रालयले बिहीबार विज्ञप्ती जारी गरेर मुलुकको शान्ति सुव्यवस्था, अपराध नियन्त्रण तथा कानूनको प्रभावकारी कार्यान्वयन गरी सुशासन कायम गर्न मन्त्रालय प्रतिवद्ध रहेको जनाउँदै त्यसका लागि मन्त्रालयसित सम्बन्धित नागरिकका गुनासो, जिज्ञासा र सुझावको विभिन्न माध्यमबाट सम्बोधन गर्दै आएको जनाएको छ। ‘मन्त्रालय र मातहतका निकायबाट प्रवाह हुने सेवासँग सम्वन्धित गुनासोको सम्बोधनलाई थप प्रभावकारी बनाउन गुनासो सुनुवाई कक्ष स्थापना गरी सञ्चालनमा ल्याइएको हो,’ गृह मन्त्रालयका प्रवक्ता ऋषिराम तिवारीले भने, ‘मन्त्रालय मातहतका निकायबाट प्रवाह हुने सेवासँग सम्बन्धित गुनासोहरु सेवाग्राहीले…