काठमाडौं- रुसी फैजले युक्रेनी सहर मेलिटोपोलका मेयर अपहरण गरेको छ। मेयर इभान फेडोरोभलाई अपहरण गरेको केही घण्टापछि नयाँ मेयर घोषणा गरेको बीबीसीले जनाएको छ। स्थानीय टेलिभिजनमार्फत मेयरको रुपमा सम्बोधन गर्दै गालिना ड्यानिलचेन्कोले अब आफ्नो मुख्य काम नगरका सञ्चालनका लागि नयाँ संयन्त्र तयार गर्नुरहेको बताएको बीबीसीले जनाएको छ। उनले आफू नागरिकका प्रतिनिधिहरु सम्मिलित नयाँ संयन्त्र बनाउन लागेको भन्दै चरमपन्थी काममा भाग नलिन आग्रह गरेका छन्। रूसी फौजले मेयरको अपहरण गरेको विरोधमा युक्रेनको दक्षिणपूर्वी सहर मेलिटोपोलमा सयौँले प्रदर्शन गरेका छन्। राष्ट्रपति भोलोदिमिर जेलेन्सकीले मेयरलाई तत्काल रिहा गर्न माग गर्दै रुस ‘आतङ्कको नयाँ चरणमा’ अघि बढेको आरोप लगाएका छन्। यसैबीच रुसी सेनाले युक्रेनको…
Author: महेन्द्रनगर पोष्ट
संखुवासभा -वडाध्यक्ष र मालपोतका कर्मचारीको मिलेमतोमा २७ रोपनी जग्गा हडपेको आरोपमा संखुवासभा प्रहरीले सात जनालाई पक्राउ गरेको छ।संखुवासभाको भोटखोला गाउँपालिकामा किर्ते कागज गरेर जग्गा जालसाजी गरेको आरोपमा वडाध्यक्ष र मालपोतका नायव सुब्बा सहित ७ जनालाई पक्राउ गरेको हो। भोटखोला गाउँपालिका–४ का वडाध्यक्ष किन्साङ भोटेसहितको टोलीले स्थानीय दलबहादुर तामाङको २७ रोपनी जग्गा जालसाजी गरी आफन्तको नाममा पास गरेका थिए। वडा अध्यक्ष भोटे, मालपोत कार्यालयका कर्मचारीसहित ७ जनाको टोलीले मृतक तामाङको नाममा रहेको जग्गा अर्काको नाममा पास गरेको अभियोगमा पक्राउ गरी सार्वजनिक गरेको हो। जग्गा जालसाजी गरेको आरोपमा पक्राउ परेका सात जनालाई शनिवार जिल्ला प्रहरी कार्यालय संखुवासभाले सार्वजनिक गरेको छ। पक्राउ पर्नेमा…
कैलाली-धनगढीस्थित नवजीवन सहकारी संस्था लिमिटेडको नयाँ नेतृत्व चयनका लागि शनिबार भएको निर्वाचनमा १७ हजार ८० मत खसेको छ। निर्वाचन समितिका अनुसार २९ हजार ५७७ जना मतदाता रहेकोमामा १७ हजार ८० मत खसेको हो। विहान ८ बजेदेखि साँझसम्म मतदान भएको थियो। नवजीवनको नेतृत्वका लागि रतनबहादुर कठायत र देवबहादुर बमको नेतृत्वमा दुई प्यानल चुनावी मैदानमा छन्। कठायतको प्यानलबाट चेतराज ओझा उपाध्यक्ष पदमा र उत्तमराज जोशी, रोम स्वाँर, केशवराज मिश्र, कृष्णबहादुर चौधरी, जयराज जोशी, पूर्ण जोशी, उपेन्द्र बिष्ट, भीमबहादुर बलायर, गणेश बम, गोपाल चौधरी र राधिकाकुमारी चौधरी सदस्य पदमा उम्मेदवार छन्। उनको प्यानलबाट लेखा समिति संयोजक पदमा चेतराज जोशी र सदस्य पदमा लक्ष्मीराज…
काठमाडौँ- जुम्लाको हिमा गाउँपालिकाले छाउपडी प्रथा नमान्ने र छोरीलाई पनि अंश दिने परिवारलाई सम्मान गरेको छ।‘महिलासँग उपाध्यक्ष कार्यक्रम’ मार्फत् छोरीलाई पनि छोरा समान अंश दिने र छाउपडी प्रथा नमान्ने परिवारलाई सम्मान गरिएको गाउँपालिका उपाध्यक्ष हिमाली रोकायाले बताइन्। ‘छोरा छोरी दुवै बराबरी हुन् भन्ने मान्यतालाई स्थापित गर्न हामीले त्यस्ता अभिभावकलाई सम्मान गरेका हौँ,’ रोकायाले भनिन्, ‘छोरीलाई अंश दिने र छाउपडी प्रथा नमान्ने परिवार हाम्रो समाजका आदर्श हुन्।’
काठमाडौं- क्रिस्टियानो रोनाल्डोले गोलमा अर्को कीर्तिमान बनाएका छन्।इंग्लिस प्रिमियर लिगअन्तर्गत शनिबार भएको खेलमा म्यानचेस्टर युनाइटेडका तर्फबाट उनले टोटनहमविरुद्ध २ का विरुद्ध ३ गोल गरेका हुन्। योसँगै फिफाको अभिलेखअनुसार क्लब तथा देशका लागि रोनाल्डाको गोल संख्या ८ सय ७ पुगेको छ। यो अन्तर्राष्ट्रिय फुटबलमा पुरुष खेलाडीका लागि सबैभन्दा बढी गोल हो। यो जितपछि म्यानचेस्टरको २९ खेलबाट ५० अंक भएको छ। जितसँगै म्यानचेस्टरले अर्को सिजन युरोपेली च्याम्पियन्स लिग खेल्ने सपना पुनःजीवित भएको छ। लिगका आठ खेलमा पाँचौंपटक हारेको टोटनहमको भने आफ्नै अर्को सिजन च्याम्पियन्स लिग खेल्ने सम्भावना कमजोर बनेको छ। २७ खेलबाट ४५ अंक जोड्दै टोटनहम सातौं स्थानमा छ।एजेन्सी
काठमाडौं-नेपाली काँग्रेसले स्थानीय तहको चुनाव लक्षित एक महिने अभियान आजदेखि शुरु हुँदैछ।काँग्रेस प्रवक्ता डा प्रकाशशरण महतका अनुसार यो अभियान फागुन २९ गतेदेखि चैत २९ गतेसम्म चल्नेछ। ‘यो अभियान लिएर हरेक घरमा काँग्रेसको नेतृत्व पुग्नेछ। समग्र विषयको विषयमा जनतालाई जानकारी गराउने छ’, प्रवक्ता महतले भने, ‘प्राप्त उपलब्धि सशक्त ढंगले काँग्रेसले जनता समक्ष राख्नेछ।’अभियानका लागि देशका ७७ जिल्लामै केन्द्रीय प्रतिनिधि खटाइएको प्रवक्ता महतको भनाइ छ। ‘फागुन २९ गतेदेखि एक महिनासम्म चुनावी अभियान सञ्चालन हुन्छ। त्यसपछि केन्द्रीय प्रतिनिधि र पार्टी पंक्तिलाई ७७ जिल्लामा पुगेर कामको जिम्मेवारी दिइने छ’, प्रवक्ता महतले भने, ‘सातै प्रदेशलाई महत्वपूर्ण भूमिका दिएको छ। सातै प्रदेशमा अधिवेशनबाट कमिटी बनेको छ।…
काठमाडौं-युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रूसविरुद्धको लडाइँमा अहिलेसम्म १३ सय युक्रेनी सेनाको मृत्यु भएको बताएका छन्। जेलेन्स्कीले पत्रकार सम्मेलन गर्दै १७ दिनको लडाइँमा १३ सय युक्रेनी सैनिकले ज्यान गुमाएको जानकारी दिएका हुन्। युक्रेनले पहिलोपटक आफ्नो तर्फबाट ज्यान गुमाएका सैनिकको आधिकारिक जानकारी दिएको हो। यसअघि युक्रेनले अहिलेसम्म १२ हजारभन्दा बढी रूसी सेनाको ज्यान गएको दाबी गरेको थियो। राष्ट्रपति जेलेन्स्कीले गत शुक्रबार मात्र करिब ५००–६०० रूसी सेनाले युक्रेनी सेनासमक्ष आत्मसमर्पण गरेको दाबी गरेका थिए। यद्यपि‚ राष्ट्रपति जेलेन्स्कीको दाबी पुष्टि गर्न नसक्ने अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्। रूसी सेनाको ठूलो संख्या युक्रेनको राजधानी किभबाट २५ किलोमिटर मात्रै टाढा छ। यसैबीच, फ्रान्सका राष्ट्रपति इमानुएलम्याक्रोन र जर्मन…
काठमाडौं -नेपाल तामाङ घेदुङको नवौं महाधिवेशन आजदेखि काठमडौंमा सुरू हुँदैछ। ‘तामाङ भाषा, संस्कृतिको प्रवर्द्धनसहित ताम्सालिङ प्राप्तिका लागि हाम्रो आन्दोलन, दीर्घकालीन संर्घषको योजनासहित जुझारू नेतृत्व चयनका लागि नवौं महाधिवेशन’ भन्ने नारासहित सुरू हुने महाधिवेशनको उद्घाटन धुम्बाराहिस्थित एक पार्टी प्यालेसमा आइतवार दिउँसो १ बजे हुने अध्यक्ष मोहन गोलेले जानकारी दिए। कोरोना महामारीका कारण पटकपटक स्थगित हुँदै आएको महाधिवेशन आजदेखि सुरू हुन लागेको हो। चैत १ गतेसम्म चल्ने महाधिवेशनले आगामी तीन वर्षका लागि नयाँ नेतृत्व चयन गर्नेछ। महाधिवेशनमा स्थानीय तह, प्रदेश, जिल्ला समन्वय समिति र प्रवास समितिका गरी करिब ८०० जना प्रतिनिधि सहभागी हुनेछन्।
काठमाडौं-प्रतिनिधिसभाको बैठक बस्दै छ। दशौँ अधिवेशनको ११औँ बैठक आज दिउँसो १ बजे नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा बस्न लागेको संसद सचिवालयले जनाएको छ। सचिवालयले बैठकका सम्भावित कार्यसूची सार्वजनिक गरेको छ। आजको बैठकमा सार्वजनिक लेखा समितिका सभापति भरतकुमार शाहले सार्वजनिक लेखा समितिको एक्काइसौँ वार्षिक प्रतिवेदन, २०७८ पेस गर्ने सम्भावित कार्यसूची छ। यस्तै, सभामुख अग्निप्रसाद सापकोटाले नेपालको संविधानको धारा १०१ को उपधारा (२) एवं प्रतिनिधिसभा नियमावली, २०७५ को नियम १६१ को उपनियम (१) बमोजिम देवप्रसाद गुरुङ, पुष्पा भुसाल (गौतम) र जीवनराम श्रेष्ठ प्रस्तावक र ९५ जना सांसद समर्थक भई प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्ध दर्ता गराएको महाअभियोगको प्रस्तावमाथि छलफल हुने दिन र समय निर्धारण गर्ने…
पोखरा -प्रेस चौतारी नेपालको अध्यक्षमा गणेश बस्नेत सर्वसम्मत निर्वाचित भएका छन्।पोखरामा भएको नवौं राष्ट्रिय महाधिवेशनबाट बस्नेतको अध्यक्षमा १५१ सदस्यीय केन्द्रीय कमिटी निर्वाचित भएको हो। बस्नेत सात वर्षअघि भएको महाधिवेशनबाट अध्यक्ष निर्वाचित भएका थिए। १७ सदस्यीय पदाधिकारीमा उपाध्यक्षमा राजेश राई, गणेश पाण्डे, सविन प्रियासन र देविका घर्तीमगर महासचिवमा हिरामान लामा, उपमहाचिवमा सुरोजंग पाण्डे र राजु सुवेदी, कोषाध्यक्षमा ईन्द्र आचार्य तथा सचिवमा विक्रम लुइँटेल, कमल उपाध्याय, विष्णु तारुके, सुष्मा पौडेल, प्रदीप आचार्य, विष्णु शर्मा, लोक्सरी कुँवर र हरिबल्लभ नेपाल निर्वाचित भएका छन्।